गजल : खरको छानो छ ।

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

चिटिक्क छ घर हाम्रो खरको छानो छ ।
बरण्डामा लाग्छ घाम साह्रै न्यानो छ ।
.
सबै भन्छन् ठुलो दादा साह्रै ज्ञानी रे ,
म त एक्ली प्यारी छोरी भाइ त सानो छ ।
.
गृहकार्य गर्नुपर्ने कति धेरै हो,
अहो ! कापी बाँकी अब एउटै पानो छ ।
.
गाई भैंसी बाख्रा प्यारा राम्रो खरायो,
माले गोरु हान्ने भयो झुले कानो छ ।
.
खेलौं साथी मिलीजुली आज विदा हो ,
ढुंगाकाछन् भाँडाकुँडा टिनको मानो छ ।

मधुमल्ला – ४, मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.