लघुकथा : जवान मन, अधबैँसे उमेर

~प्रकाश गिरी~Prakash Giri

सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिँए, एउटा फ्रेन्ड रिक्योष्ट आयो – ‘स्वेता सिम्खडा’।

मैले रिक्योष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाँए – “ओई! के छ खबर? सञ्चै छ्यौँ?”

“अँ यार! तिमिले त माया नै मार्यौ! कहिल्यै खोजेनौँ है मलाई?”

“मुटुभरी प्रेम बोकेर ‘आई लभ यू’ भन्दा ब्लक गरेकि होईनौ? म त त्यो बेलादेखि आजसम्म दिनरात तिमीलाई नै सम्झेर बसिरा’छु नि!” – म जिस्किएँ। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

सानै देखिए पनी मानचित्रमा प्रकृतिको छ यो धनी
गर्वले फुल्दछ छाती यो मेरो नेपाली हुँ म भनी

पुर्वमा बग्दछ मेची कल कल पश्चिम माहाकाली
उत्तरमा गगन चुम्बी हिम शैल अनी दक्षिण उर्वर भूमी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदज्यू हजुर पनि एक प्याग तान्ने कि ?

~अज्ञात कवी~

अधिकार ल्याउँछु भनी हिंडेका बा
फर्कदै फर्केनन कहिल्यै
आमा पनि हिँडिन खै कता
अलिकती भएको श्रीसम्पती
साहुले खोस्यो, किन कसरी पत्तै भएन ।

आईपुगे म पनि तिम्रै छिँडिमा
अब म पनि तिमी जस्तै
घाम खाँदै, झरी खाँदै
दुई चार बोतल लाउने भाको छु
शहिदज्यु हजुर पनि एक प्याक तान्ने कि
आज त जर्किन नै बोकी आकोछु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नु छ साथी जिल्लाउनु छ साथी

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
भूतकालका भूलहरु छन् !
शूलहरु छन् !
क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ !
स्थितिमा थिचो र मिचो छ !
छाती ठोक ! तर,
दम रोक !
‘जित्नु छ’ यत्ति घोक !
तिम्रा मुखमा बादल लागे
हाँस्ला कसरी फेरि लोक ?
दिल रोएको अरुले सुन्लान्
ताल्चा मार ! नउघार ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : याे सहर माकुराकाे जालाे

~गाेकर्ण भट्ट~Gokarna Bhatta

‘ल हेर्नु त मानिसहरु’ उनी भन्दै थिए, ‘तछाडमछाड छ, भागेका छन, दौडेका छन, कोहि सङ्ग फुर्सद छैन । कुरा गर्दा सबै बेरोजगार छन ।’

‘यो शहर हो नि दाइ । शहर मा नभागेर कहा दौडिएलान र मान्छेहरु’ मैले भने ।

‘खै के हो के हो, दिक्क लागी सक्यो, यो ठाउँ छोडेर कतै जाम भन्ने सोच्छु ।’

‘तर तपाइ सक्नु हुन्न शहरबाट भाग्न पनि । यो एउटा माकुरो को जालो हो, पासो’ मैले भने । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मोना

~राजेन्द्र ओझा ‘नयन’~rajendra-ojha-nayan

समयको यो कस्तो खेल,
पहिले के थिएन मोना सँग !
क्षमता थियो,
उल्लास थियो,
सकारात्मक भाव थियो ,
र इर्ष्या पनि थियो ।

दु:ख थिएन उसँग
तर त्यसलाई ग्रहण गर्ने,
त्यसलाई अनुभव गर्ने
र त्यसको भाव बुझ्ने,
आकांक्षा चै थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हिडे पछि

~बलराम तिमिल्सिना~Balaram Timilsina

कहॉबाट मिल्छ मायॉ हेला गर्दै हिडे पछि
हेर्न सुन्न लाज लाग्ने खेला गर्दै हिडे पछि

घुर्क्याएर दंग्याएर खुट्टा भैंमा खटाएर
पुरस्कार पाइदैन झेला गर्दै हिडे पछि Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिल्यै नसोच्नु!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

साचो प्रेम पैसा मा बिक्छ कहिल्यै नसोच्नु!
झुटो माया जीवन्त टिक्छ कहिल्यै नसोच्नु!

जिन्दगी मा हजार चोट भोगेको त्यो मान्छे
क्षण भर मै हास्न सिक्छ कहिल्यै नसोच्नु! Continue reading

Posted in गजल | Tagged | 1 Comment

कविता : नेपाल युवती

~ज्ञानशाली घिमिरे~gyanshali-ghimire

बसेर रुन्छिन डाँडाको माथी नेपाली युवती
भिजाउछिन सधै बहाई आँसु पाखा र धरती
गण्डकी कोशी कर्णाली संग संगै बहेर जाउकी
स्वधित धर्ती टेकेर सधै पुकार गरौकी

बसन्तलाई कुर्दा कुर्दै गृष्मले छाएछ
प्रितिको फूल नफूर्ल्र्दै, पैरोले लगेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सधै एक्लो हुँदा मात्रै

~कर्मठ सुवेदी~Karmath Subedi

तिम्रो नै यादले भिज्छ आँखा सधै एक्लो हुँदा मात्रै
आगो बल्छ मुटुमा तिमीलाई अरुले छुँदा मात्रै ||

हिजो आज तिम्रो नै तारिफ सुन्छु सबैको मुख बाट
भड्किन्छ शान्त मन त्यसै, तिम्रो तारिफ सुन्दा मात्रै || Continue reading

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : रामायण र रामभक्तिपरक साहित्य लेखन परम्परा

~प्रा.डा. नारायणप्रसाद खनाल~dr-narayan-prasad-khanal

आचार्य भानुभक्तको द्विशतवाषिर्क सन्दर्भः

१. पृष्ठभूमि
जुन काव्यले भानुभक्त आचार्य (१८७१-१९२५) लाई भानुभक्त बनायो, यसको स्रोत संस्कृत साहित्यका आदिकवि वाल्मीकि र उपादिकवि पाराशर्य व्यासद्वारा रचित रामायणहरू नै हुन् । रामायणको महत्त्व र परम्परा सनातन नै रहेको बुझिन्छ तापनि वाल्मीकि र व्यासले नै त्रेतायुगमा ँराम’लाई अयोध्या राज्यका राजा दशरथ र उनकी महारानी कौशल्याका कोखबाट ऋष्यशृ· ऋषिको नियोग पद्धतिद्वारा अवतारी पुरुषका रूपमा धर्तीमा अवतरण गराएका हुन् । यिनै रामको जीवनी नै रामायण हो । नेपालीहरूको परम सौभाग्यको विषय हो, भानुभक्तीय रामायण नेपालको पहिलो रामायण महाकाव्य हो र भानुभक्त नेपालीका आदिकवि हुन् । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बालुवाको घर…

~अनुभव मञ्जरी~Anubhav Manjari

बालुवाको घर बनाई मन भुलाई रहेँ
तिम्रो साथ नपाउँदा नि माया गरी रहेँ

यो मनले तिमीलाई नै खै किन रोजेको ?
दुःख पीडा बिसाउनलाई न्यानो पोल्टा खोजेको ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : तिमीलाई रोज्ने मन

~कृष्ण वस्ती~Krishna Wasti_1

छोऊँभने वैलाउने लाजवन्ती बाला ।
नछोऊँ त मग्मगाउने वैजयन्ती माला ।।

हिर्दयको पीपलका हल्लाउँदै पात ।
तिम्लाई छुने बतासले लायो मलाई मात । Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जीतको झ्याली

~रश्मिला कवाङ~Rasmila Kawan

सन्धयाकालिन पर्यावरणभित्र शून्यता
बाटा खालीखाली पथिक खाली
लुरुलुरु हिडिरहेकी म लाग्यो आज मेरै रैछ बाटो
कुन देशकी महारानीझै अदम्य साहसले
आदिर नेपालकी विरगाना छोरी न परे
आफ्नो राष्टको निम्ति मरिमेट्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मास्टर काका

~आर. खर्बुजा~

त्यतिखेर नगरभित्र रहेका प्रत्येक घरधुरीहरुमा अनिवार्य शौचालय निर्माण गर्नैपर्ने नियम थियो। पारित नियम नगरवासीहरुले उत्साहपूर्वक कार्यान्वयन गररुन् भन्ने हेतुले शौचालय निर्माण कार्य सम्पन्न हुने बित्तिकै नगरपालिकामा जानकारी दिने नगरवासीलाई रु १,२००/– आर्थिक अनुदान दिने सूचनासमेत प्रकाशित गरेको थियो सूचनापश्चात् मास्टर काकाले पनि आफ्नो घरमा शौचालय बनाउनु भएको रहेछ। त्यसैले अब नपासँग रु. ७०० भए पनि सहयोग लिनुपर्छ भन्ने सोचेर एउटा निवेदन तयार गरी वडा समितिको कार्यालयमा पुग्नुभएछ।

वडाअध्यक्ष कार्यकक्षमै थियो। आफ्नै भतिजो भएकोले कार्यकक्षमा प्रवेश गर्न मास्टर काकालाई कुनै सङ्कोच लागेन। सिधै गएर लौ भतिजा मैले शौचालय बनाइसकें, अब ७ सय रुपैयाँ पाउनुपर्‍यो। निवेदन पनि ल्याएको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रोयो तिमीलाई सम्झी

~दिव्य गिरी~Dibya Giri

रातभर जून रोयो तिमीलाई सम्झी
दिन पनि उदास रहृयो तिमीलाई सम्झी ।

फुलेका थे मखमली बेली चमेली
गुलाफको फूल छोयो तिमीलाई सम्झी । Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसबुक पुराण

~बिम्मी शर्मा~Bimmi Sharma

मार्क जकरबर्गले जबदेखि फेसबुक दुनियाँसामु पस्के, तबदेखि परिवार र समाजमा एउटा जबर्जस्त क्रान्ति नै आएको छ । फेसबुक अर्थात् सबैका लागि आफ्नो र आफ्नो कामको प्रचारप्रसारका लागि निःशुल्क उपलब्ध गराइएको प्लेटफर्म । आफ्ना सबै भावना र सम्भावनालाई फेसबुकमा पोखेर र देखाएर लुकेर अरुको यसप्रतिको प्रतिक्रिया हेर्नुजत्तिको मज्जा शायद सिनेमाको हिरोले लुकेर आफ्नै सिनेमामा दर्शकको प्रतिक्रिया लिँदा पनि छैन होला ।

फेसबुकमा जे पनि गरिन्छ, त्योभन्दा फरक छ संसार । र, फरक छन् मान्छे । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : न्याय नबोल्नू हो बेमानी

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

पुरुषको इज्जत फाली
न्याय नबोल्नू हो बेमानी
त्यस्तालाई दूर धकेल्दै
बढ्दै जाऊ स्वाभिमानी

न्याय नबोल्नू………..

घरको फोहर मैला फाल
घोर विरोधी किल्ला ढाल
व्यापक छौ तिमी विजय छ तिम्रो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चाह कति कति !

~सजना गुरुङ~Sajana Gurung

तिम्रै प्रेम्को घुम्टो ओढी लजाउने चाह कति कति !
तिम्रै साथ्मा संसार मेरो सजाउने चाह कति कति !

हुन्थ्यो भने सम्बन्धको निर्णय त्यो मेरै हातमाथी
आफ्नो ठानी तिमीलाई कजाउने चाह कति कति ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : तारा चम्किला

~गणेश खड्का~Ganesh Khadka

मोतीराम गजलका तारा चम्किला
उनैबाट भए अरु सारा चम्किला

गीत,गजल,कविता,नाटक पनि लेख्थे
अरुलाई नि सिकाउने पारा चम्किला Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : लाम लगाउँछु

~ए.पी. सुमन~A P Suman

पहिला म बेरोजगारहरूको लाम लगाउँछु
अनि सबैलाई एकुन ओटा काम लगाउँछु

तिमी याद बिर्साउने औषधी पत्ता लगाउँ
म बस् त्यसैमा भएभरको दाम लगाउँछु Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : विचारले बाँचिरहने नाटक

~ईश्वरचन्द्र ज्ञवाली~book-cover-uni-mareka-chainan-khem-thapaliya

खेम थपलियाको नाटकको मूल्यलाई उजिल्याउन सक्ने भूमिका लेखन मैले पूरा गर्न सकिनँ । लेख्ने मानसिकता छैन, परिवेश छैन, साधना पनि छैन । यस स्थितिमा नाटकको भूमिका लेख्नु मेरो निम्ति यातनाजस्तै भयो । म भूमिका लेख्न विवश भएँ । तसर्थ यो भूमिका नभई मेरो आनुभूत्यात्मक गन्थन भएको छ । मलाई माफ गर्नुहोला । गम्भीर लेखनको जमाना पनि हराउँदैछ र अखबारी लेखन, टाक्कटुक्क, फास्सफुस्स लेखनले स्थान जमाउँदैछ । जस्तो राजनीति छ, लेखन पनि उस्तै भएको होला– अभिसार लागेको जस्तो ।
कृष्ण सेन ‘इच्छुक’ को जीवनका कुरा गर्दा, मृत्युको कुरा गर्दा, वर्गबैरीप्रति पाइने अपार घृणाका कुरा गर्दा, वैचारिक निष्ठा, प्रतिबद्धता, समर्पण, बलिदानका कुरा गर्दा, अटल र अविचल आदर्शका कुरा गर्दा संवेदनाका छाल उर्लेर आउँछन् । भावना, पीडा, आक्रोश र प्रतिरोधका भाव जागृत भएर Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

छन्द कविता : सम्झना

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो ।
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।
ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा ।
आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।।

बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् ।
सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन् ।।
पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश ।
लिएर जानु सम्झना मेरो टाढाको त्यो देश ।। २ ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : बधशाला जाँदा आउँदा

~पारिजात~parijaat_3

“ए हजुर यता सुन्नस् त…”

यसो फर्केर हेर्छु, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन बेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तार सोचिसक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ ।

मलाई पछिल्तिरबाट अचानक बोलाउने त्यस आकृतिको सबै बुंदा थाहा भइसकेपछि म भन्न थाल्छु, “आजभन्दा तीन वर्षअघि मैले तपाईलाई यही याममा यही मोडमा भेटेको थिएँ, आज अड्डा जाँदैछु, त्यतिखेर पनि तपाईले यही कोट लगाउनु भएको थियो । शायद मयलपोस शुरूवाल यो होइन, कोट अलिक खुइलिएछ तीन वर्षमा म यति खुइलिन्छ नै ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिमी घाम भन्दै कस्सियौ

~गणेश कार्की~Ganesh Karki

जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।

सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्याेदय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अधुरै रहन गयो

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

उकाली र ओराली अनि
डाडा र सीतल चौतारीहरुमा

तिमी आउने बाटो हेर्दै कुर्दै बसी रहे
बिबसताले सताएरै भए पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विफलताको मेरो साथी न्याउली

~रामचन्द्र कार्की~Ram  Chadra Karki

फुल्यो फुल हावा आई उडाई लग्यो हुरीले,
यो मनचाहि छिया छिया, बचन रुपी छुरीले ।
बिश्वास गरि आँट गरेँ चढाउनलाई ताँदो,
तित्रा जस्ती तिमी सामु, अन्जान म त आँदो ।

जत्रो रुख छ उत्रै छायाँ, पीपल र पाती,
मेरो माया मुठी हुदा तिम्रो माया पाथी ।
दोबाटो र चौबाटोमा, तानातान हुँदा तिमी,
परेलाले थाहा पाई, भाथ्यो झिमीझिमी । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निशा र सपना

~शिरिष लामिछाने~Shirish Lamichhane

हिजो राती एउटा सपना देखेँ
एक मीठो सपना;
म अमेरिकामा
मेरो घरमात्र नेपालमा
नेपाल जलिरहेछ
आर्यघाटको चितासरी
तर अमेरिका त चम्किरहेछ
अनेकन् बिजुली-बत्तीसरी
सपनामै झसँग भएँ
सपनामै आफुलाई छामेँ
र वरपर नियालेँ
पछी आफ्नो बेवकुफीमाथि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बुढी कहाँ भयौ र ?

~जय अधिकारी~jay-adhikari

तिमी बुढी कहाँ भयौ र,
त्यस्सै चिन्ता नगर न तिमी
नातिले आमा भन्यो भन्दैमा
बुढी भइन्छ र ?
के भनेर बोलाओस त त्यसले पनि
बहिनी भन्दिन जुँगाको रेखि आको छैन
छोरी भन्दिन विहे भाको छैन
छाला चाहीँ अलि चाउरी परेकै हुन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : घर बुढा बुवा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

कोई भन्छन प्यारी डार्लिङ कोई भन्छन् सुवा
मुस्कान भन्छ भगवान् हुन आफ्ना आमा बुवा

फोटोमा नै शिर झुकाउन्छु बर्दान पन माग्छु
प्रत्येक दिन फादर डे सोच्छु काम गर्न लाग्छु Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

शशीकला थापाका दुई ताङ्काहरु

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

१.
पहाडी ठिटो
विदेशी पहिरन
थाकेको मन
शहरी घरबार
हप्तादिने राशन

२.
आस्थाको भार Continue reading

Posted in ताङ्का | Tagged , | Leave a comment

कथा : ज्योतिषी बा र मेरो प्रेम

~आनन्द हरी मैनाली~ananda-hari-mainali

बाहिर बाट बुवाले भन्नु “भो कान्छा अलिकति फूल र दुबो टिपेर ले त” ? म भित्र कोठा मा बसेर च्याट गर्दै थिएँ | बुवाको आदेश अनुरूप फूल र दुबो ल्याएर बुवाको हात मा दिदै फेरि कोठामा छिर्न खोज्दै गर्दा बुवाले भन्नु भो “तँ नि एकछिन यतै बस् ” छेवै मा दाई बसेको थियो | आमा ले भित्र बाट एक थाल चामल ल्याउनु भो र बुवाको अगाडी राखिदिनु भो | बुवाले आफ्नो हाफपेंट को सुर्ती राख्ने खल्ती बाट दुई ओटा सय को नोट थालमाँ राख्नु भो | म यी दृश्य हरु टुलूटुलू हेरिरहेको थिए ….के गर्नु खोज्नु भाको बुवाले अझै थाहा पाएको थिईन … ज्योतिषी बा हातमा चिनाको पोको लेर आएपछि पो बल्ल थाहा पाए चिना हेर्न रहेछ भन्ने | Continue reading

Posted in नेपाली कथा | Tagged | 5 Comments