कथा : ज्योतिषी बा र मेरो प्रेम

~आनन्द हरी मैनाली~ananda-hari-mainali

बाहिर बाट बुवाले भन्नु “भो कान्छा अलिकति फूल र दुबो टिपेर ले त” ? म भित्र कोठा मा बसेर च्याट गर्दै थिएँ | बुवाको आदेश अनुरूप फूल र दुबो ल्याएर बुवाको हात मा दिदै फेरि कोठामा छिर्न खोज्दै गर्दा बुवाले भन्नु भो “तँ नि एकछिन यतै बस् ” छेवै मा दाई बसेको थियो | आमा ले भित्र बाट एक थाल चामल ल्याउनु भो र बुवाको अगाडी राखिदिनु भो | बुवाले आफ्नो हाफपेंट को सुर्ती राख्ने खल्ती बाट दुई ओटा सय को नोट थालमाँ राख्नु भो | म यी दृश्य हरु टुलूटुलू हेरिरहेको थिए ….के गर्नु खोज्नु भाको बुवाले अझै थाहा पाएको थिईन … ज्योतिषी बा हातमा चिनाको पोको लेर आएपछि पो बल्ल थाहा पाए चिना हेर्न रहेछ भन्ने |

सबैले ज्योतिषी बालाई नमस्कार गरेऊँ , आमा ले चिसो पानी ल्याएर दिनुभो… चिना हेर्ने भन्नसाथ मेरो मनमा एक्किसिमको डर , कौतूहलता पैदा भैसकेको थियो| दाई को चिना को पालो आयो बुवाले दाई ले ,आमाले आफुले सोध्न मन लागेको सबै कुरा सोध्दै हुनुहुन्थ्यो.. तेतिकैमा ज्योतिषी बा ले भन्नु भो “मैले येस्लाई सरकारी जागीर खान्छ भनेर पैले नै भन्या थियँ नभंदै खायो पनि “… दाईले मंद मुस्कान छोड्यो… बुवाको अनुहार मा नि गर्ब देखियो , आमा नि खुशी हुनुभो.. मलाई चाहिं मेरो के भन्नेहुन् ज्योतिषी बा ले भन्ने कुराले ले डर पैदा गरिरहेको थियो | हेर्दा हेर्दै मेरो पालो आयो , मनको ढुकढुकी झनै बढ्दै गयो… बुवा आमा ले सोध्ने कुरा हरु सोध्दै हुनुहुन्थ्यो.. अचानक ज्योतिषी बा ले बिहे को प्रसंग उठउनु भयो र भन्नु भो ….

“यस्को बिहे को लागि तपैहरू ले टेन्सन लिनु पर्दैन , यस्ले आफै खोज्छ तर जात चैं आफु भन्दा एक तह भए नि सानै हुन्छ है ”| आफैं ल्याए त झन खर्च जोगिन्छ नि बुवा ले भन्नु भो, हासों को माहोल बन्यो | म भने भित्र भित्र खुसीले गदगद भएको थिए… कतै मेरो प्रेम को बारेमा ज्योतिषी बाले थाहा त पाएनन् … ? जात नि ठ्याक्कै मिलाए त बुढाले… म बाहुन ऊनि क्षेत्री | ह्य़ा पाए नि पाउन् … यो कुरा उनलाइ कैले भनुम जस्तो भैरहेको थियो आफुलाई |

ज्योतिषी बा लाई बिदा गरेको केही छिन बित्न नपाउँदै उनलाई फ़ोन लगाए |

ऊनि : हाई कान्छु |

म: हाई बेबी |

ऊनि : के गर्दै , खाजा खायौ?

म: तेसई बसिराको, खाईसकें…. सुनन बेबी आज मेरो चिना हेरेको नि?

ऊनि: होर ?के के भन्यो त कान्छु ?

म: (मलाई बिहेकै प्रसंग जोड्न हतार थियो) मैले आफै केटी खोज्छु रे… मेरो भन्दा एक स्टेप सानो जात हुन्छा रे केटी को | ठ्याक्कै मिल्यो है हाम्रो ?

ऊनि : उम् | त्यो त भन्नाई पर्दैन नि कान्छु, तिमी मात्र मेरो लागि हो र म , मात्र तिम्रो लागि हो, तिम्लाई मेरो बाहेक कसैको हुन दिन्न |

म : म नि तिम्लाई म बाहेक अरु को कहाँ हुन दिन्छु र ?

यस्तै यस्तै कुरा भए पश्चात फोन राखें | मनमा उत्साह ,खुसी त छदै थियो, लाग्थ्यो म कति भाग्यमानी छु, यति माया गर्ने ऊनि पाएको छु | साथीहरु नि भन्ने गर्थे , तेरो लभ लाई मान्छु यार, तीन बर्स टिकाउनु चानचुन कुरा हैन …. तेस्लाई नछोड यार.. आफुलाई भने ऊनि संग तीन बर्ष के हजारों जुनी काट्न मन थियो…

लाग्थ्यो हाम्रो सम्बन्ध आँखा र आंशु , पानी र तरलता , घाम र छांया, ताप र प्रकाश जस्तो गहिरो छ |

दिनहरु यसरी नै चल्दै थिए … म ऊनि संग को सुखद भविस्य परिकल्पना गर्दै रमाउथें | मनलाई चंगा जसरी आकाश माँ उड़ाउंथें | एकदिन कलेज बाट आएर ब्याग मात्र के राखेको थिए मोबाइल मा उनको मेसेज देखें…

“कान्छु आई एम सरी हेरन मैले फ्यामिली को प्रेशर खप्न सकिन आज मैले इंगेजमेंट गरें… नेक्स्ट विक् बिहे छ मेरो अनि यहि मन्थ को लास्ट मा यु. एस. जान्छु | अब हाम्रो सबै रिलेशन सकियो, मलाई बिर्सिदेउ | वन्स अगेन आई एम रियल्ली भेरी सरी | गुड बाई ”

मेसेज हेरे पछि छांगा बाट खसे झैँ भएँ , आँखा बाट आंशु खसेको थाहै पाईन | मेरो मायालाई यु. एस. को पी. आर. ले खोस्यो की उनको परिवार ले खोस्यो म अकमक्क परें | एकमन ले सोचें उस्ले चाहेको भए यो सब रोक्न सक्थिन् … एक्कासी साथी इन्द्र ले भनेको कुरा ले नि झसंग बनायो शरीर “धेर माया माया नभन आइमाई को जातलाई भगवान ले नि चिन्न सक्दैन, जहाँ राम्रो अप्शन पायो तेतै जान्छन्” | खैर ज सुकै होस…….

तर आज तेहि सम्बन्धको पानी मा तरलता थिएन, घाम मा छांया थिएन , ताप मा प्रकाश थिएन | यी सब कुरा लाई नमिठो सपना ठानेर भुल्ने बाहेक अरु केही बिकल्प थिएन म संग |

अनायशै ज्योतिषी बा लाई सम्जिन पुगेछु आज र भन्न मन लाग्यो “बाजे तपैले भनेको मिलेन केहीनि …” म अब कोही नि ल्याऊँदिन… कसैसंग प्रेम गर्दिन… बरु जन्मदिने बाउ आमा को सेवा गर्छु जिन्दगी भर … मेरो जीवन वहाँहरु लाई नै सुम्पिन्छु |

सर्लाही ,जानकीनगर
हाल : काठमाण्डू , मैतिदेवी

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

5 Responses to कथा : ज्योतिषी बा र मेरो प्रेम

  1. sujan says:

    वावा मलाई मन परो

  2. Pradip theeng says:

    कथा, कविता र उपन्यास पढिन्छ समय मिले सम्म तर आफ्नै गाउँको भाईले लेखेको कथा पढ्न पाउँदा छुट्टै प्रकारको आनन्द मिल्दो रहेछ। भाइ आगामी दिनहरुमा पनि तिम्रा अझ राम्रा-राम्रा लेखहरु पढ्न पाँउ शुभकामना ।

  3. Sagar Giri says:

    सहि छ ब्रो | ajha lekhdai jau.

  4. Sita Mainali says:

    Good effort, nice

  5. Nabin says:

    अमेरिका गैसकी र कान्छु ??? बकवास कथा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.