कविता : चेलि

~ध्रुब कुमार थापा~Dhruba Kumar Thapa

रातो चुरा रातो सारी रातै टीका लाएर
नाच गाउ दिदी बहिनी धोको फेरेर
बर्ष दिन सम्म तिम्रो पिन्जडाको बास भो
पीडा,दर्द,खुसी सबै आज भुल्ने दिन हो ।

लोग्ने अनि घरको कुरा जे जस्तो नि गीतमा
साथी सङि मनको कुरा खोल्ने छन नि तिजमा
परम्परा हाम्रो निम्ती जगेर्ना नि हुने छ
प्रगतीका पथ हिड नया नेपाल बन्ने छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : सिक्किममा नेपाली भाषाको सामाजिक शक्ति

~कृष्णमाया पुलामी~

१. पृष्ठभूमि

सिक्किममा नेपाली भाषा प्रयोगको प्राचीनताबारे गम्भीर शोध अपेक्षित नै छ । कुनै पनि भाषा र भाषिक समुदायको इतिहास एक–अर्कासँग सम्बन्धित हुने हुनाले सिक्किममा बोलिने नेपाली भाषाको सम्बन्ध नेपाली भाषिक समुदायको इतिहाससँग जडित हुनु स्वाभाविक नै छ । सिक्किमबारेका राजनैतिक, नृतात्विक, साहित्यिक तथा भाषिक अध्ययनहरूका धुमिल प्रकाशमा सिक्किममा नेपाली जातिको प्राचीनता पुष्ट्याउने केही स्फुट तथ्यहरू सङ्कलन गर्न सकिन्छ । रिस्ले (१८९४), प्रधान (१९८२), तिवारी (२०१३) आदि यस सन्दर्भका केही ठोस् अध्ययन हुन् । यिनै अध्ययनका आधारमा भन्नु पर्दा सिक्किममा नेपालीहरूको बसोबास Continue reading →

Posted in समालोचना | Tagged | 1 Comment

रुबाई : उस्तै होला

~पुष्कर बराल~

तिमी बस्ने म बस्ने सहर उस्तै होला
मन मिल्दै गएपछी रहर उस्तै होला

बाँच्याछु कसरी तिम्लाई बढी थाहा होला, Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कविता : देखासिकी देखावटी

~मणी पुमा~

देखासिकी देखावटी सबै हुन् ई चाडको नाउमा
कहिँ नभाको जात्रा यै हाडी गाउमा

जब देख्दछु यी सब बकबास कर्म कर्कशा
ततिन्छ रनक्क चड्छ उकालो मेरो पारो
मनमा कालो पोती तनमा रातै सिंगारी
के फल्नेहो खै तात्तो न छारो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जाहेरी

~राजन सिलवाल~

Rajan Silwal

पूरै दुइ दिनको बाटो हिँडेर थिन्ले सदरमुकाम आइपुग्यो । सुत्केरी छोरीलाई ज्वाईंले कुटेर मारेको थियो । अर्सइको नेतृत्वमा एक टोली घटनास्थलतर्फलाग्यो । थिन्ले अघिअघि लाग्यो । बाटो ढुग्ंयानी थियो, उकालोको कुनै दुःख थिएन । धरती डढाउँछु जसरी भाद्रको घाम खनिएको थियो टाउकामाथि ।

बाटामा होटेलहरु छँदै थिएनन् घन्टौंसम्म । प्यास मेट्न सकिन्थ्यो ठाउँठाउँमा । कर्ण्ाालीको भीर, छ घण्टा हिँडिसकेपछि पुरानो नेपालको अर्सइले थिन्लेलाई सोध्यो, ‘घरमा कुखुराको भाले छ कि छैन ? छैन हजूर ।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बर्ष दिनको तीज

~बसन्त थापा~

बर्ष दिनमा आउने तीज आयो रम झम
आउन दीदी आउन बहिनी नाचौ छम छम

ब्रिसिएर दुःख पीर ब्रिसिएर गम
आफ्नै पन सम्झिएर नाचौ छम छम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिजैमा

~अनुराधा पौडेल~

बर्ष र दिनकै ठूलो चाड तिजैमा
नाचेर आउँछु नि बरिलै
नाचेर आउँछु
साथी र सँगी भेला है पारी
धोको फेरि गाउँछु
धोको फेरि गाउँछु नि बरिलै
धोकै फेरि गाउँछु

माइती देश बादलुले ढाक्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अात्महत्या

~सुरज काफ्ले~ Suraj Kafle

दौडिए सफा आकाशमा,
पोका–पोका सेता बादलहरु,
जित्नु छ दौड जस्तै गरी,
हतार हतार गन्तव्य पकड्न ।
स्याँ स्याँ बादलहरु,
सितल ताप्न, आराम गर्न,
आकाशमा चौतारी,
निलो रंगको ।

धरतीको ऐनाले जन्माएको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीजको रमझम

~चम्पा देबी खड्का~

तीजको रमझममा निलो सारीमा एक महिला देखे
उनैलाई आकर्शनमा राखेर यो कबिता लेखे

सबैले रातो सारी पोते हातभरी रातै छ चुरा
उनको निलो सारी सबै खाली मनमा रोपिन छुरा

सबैको निधारमा रातो टिका ओठमा रातो लाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेध (छेकाबार)

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

म कलाकार होइन

म लेखक होइन

म पत्रकार होइन

न त म चित्रकार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अरु केहि छैन !

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

देशमा एउटा राजधानी छ, अरु केहि छैन !
बैश बिसाउने जवानी छ, अरु केहि छैन !! १

बाँदरहरु बसी रहन्छन, सिंह दरबारका
देश बनाउने कुराकानी छ, अरु केहि छैन !! २ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : तादी किनारको गीतः सरल भाषा, सशक्त प्रस्तुति

~जय सिंह महरा~Jay Singh Mahara

एउटा भनाइ छ- प्रत्येक मानिसका आ-आफ्ना कथा हुन्छन्, केहीले ती कथा संसारसामु ल्याउछन् शब्दहरूको बैशाखी टेकेर, र अमर बनाउछन् आफ्ना कथालाई जुगौँ जुगसम्म। तर केहीले आफ्ना कथा प्रस्तुत गर्न सक्दैनन् भाषाको घोडा चढेर र बिलाउछन्, खरानी बनाउछन्, वा माटोमा मिसाउँछन् आफ्ना कथाहरू आफ्नै लाशसँगै। कहिलेकाही यस्तो भैदिन्छ कथा भएका तर लय अनि भाषाको अभाव भएकाहरूका लागि श्री गणेश उपस्थित हुन्छन्, र भर्छन् लय अनि लेख्छन् तिनका कथा।

‘तादी किनारको गीत’ यस्तै समुदायको आवाज बनेको छ जसले आफ्ना पुस्तौँपुस्ताका कथाहरू भन्न bookc cover - Tadi Kinarko Geet - Mahesh Paudyalसकिरहेको थिएन। र उपन्यासकार महेश पौड्याल बनेका Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु (तीज बिशेष)

~दिपेन्द्र खड्का~Dipendra Khadka

१
विदेशिए बैनी आउन पाइन तीजमा
मिठो परिकार ख्वाउन पाइन तीजमा
नझार्नु आँसु रति पनि मेरो यादमा
माइती बनि छाउन पाइन तीजमा

२
तिज आयो नाचौ छमछम कम्मर मर्काएर
मिठो लोक गित अनि तिजको बाजा थर्काएर Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

सिजो : अनुहार

~रामकुमार पाँडे~Ram Kumar Pande

जूनको अनुहारमा जून पर्दा खल्लो भो

बरु चूक अन्धकार आए Continue reading →

Posted in सिजो | Tagged | Leave a comment

कविता : अब म लाहुरे हुन्न दिदी

~शुष्मा रुपाबुङ~Sushma Rupabung

तेज गतिमा गुड्दा गुड्दैको गाडी घच्याक्क रोकिए जस्तो
फेर्दा फेर्दैको श्वास प्याट्ट रोकिए जस्तो
अनि चल्दा चल्दैको बतास टक्क अडिए जस्तो..
एक्कासी खङरङ्ग भए !!
जब मेरो सानो भाई छेउमा कुद्दै आएर एकै स्वास्मा भन्यो
‘अब म लाहुरे हुन्न दिदी’
एकपलको लागि लाग्यो म सपना देखिरहेछु
प्रथम श्रेणिमा एसलसी उतिर्ण गरेर
किताब कापी थन्काएर लाहुरे हुन
दिन रात शारिरिक ब्यायाम मा तल्लिन..
दुई पल्ट फेल भएर पनि उहीँ जोस उहीँ जागर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : योजनगन्धाको सुगन्ध

~ डा. कपिल लामिछाने~book cover - Yojangandha - Binod Prasad Dhital

नेपाली उपन्यास जगतमा उज्यालो हुनुअघि (२०२८) जस्तो आञ्चलिक उपन्यास लेखेर ख्याति कमाएका साहित्यकार विनोदप्रसाद धिताल (१९८०) को दोस्रो उपन्यासका रूपमा योजनगन्धा (२०५२) देखापरेको छ । काव्य–कविताको रचना, उपन्यासलेखन र अनुवादबाट तिखारिइआएको धितालको परिपक्व लेखनीबाट सिर्जित प्रस्तुत उपन्यास नेपाली उपन्यास जगतमा एक थप प्राप्ति भएर उभिएको छ ।

योजनगन्धाको कथावस्तु मुख्यतः महाभारतमा र अंशतः हरिवंश पुराण र देवीभागवतमा आधारित छ । पात्रबहुल विशालकाय ग्रन्थ महाभारतको विशालताभित्र ओझेलमा परेका असङ्ख्य चरित्रमध्ये योजनगन्धा पनि एक हो । हिन्दू पौराणिक स्त्रीपात्र योजनगन्धाको महाभारतमै पनि उल्लेख्य स्थान छ भने उपान्यासकार Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अभागी’ पुस्ताको बयान

~लक्ष्मण श्रेष्ठ~Book cover - Mantha Darayeko Jug - Mohan Mainali

किशोरवस्थाको उकालो चढ्दै गरेको उमेरमा हिमाल खबरपत्रिकाको एक अंक मेरो हात पर्‍यो । नेपाल टेलिभिजन बाहेक अरु सञ्चारमाध्यमको पहुँच नभएको गाउँमा त्यो पत्रिकाको आफ्नै महत्व थियो ।

त्यो अङ्कमा प्रकाशित कालिकोटमा विमानस्थल खन्न गएका जोगिमाराका मजदुर मारिएको कथाले मेरो किशोर मनमा भुइँचालो ल्याइदिएको थियो तर, लेखकको नाम याद गर्ने भइसकेको रहेनछु । एसएलसी पास गरेर शहर ओर्लेको केही समयपछि मैले थाहा पाएँ हामीलाई दुःखको त्यो खबर सुनाउने मोहन मैनाली थिए ।

तिनै मोहन मैनालीले द्वन्द्वले पिल्सिएका साधारण मान्छेहरुको कथा सुनाउँदा देखे-भोगेको दृश्य र अनुभूतिहरुको संग्रह किताबको रुपमा हात परेपछि म रोकिन सकिन । तर मान्छे देखि मान्छे डराएको युगको Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : ‘एक चिहान’ उपन्यासको शैलीवैज्ञानिकबारे

~अनुराधा थापामगर~

हृदयचन्द्रसिंह प्रधान नेपाली साहित्य साधनमा प्रतिष्ठित नाम हो। उपन्यासकारका साथै प्रधानलाई हाbook cover - Ek Chihan - Hriday Chandra Singh Pradhanमी निबन्धकार, कथाकार, एकाङ्कीकार, कवि एवम् समालोचकका रुपमा पनि चिन्दछौं। प्रगतिशील अथवा मार्क्सवादी दृष्टिकोणको आधारमा प्रगतिवादी लेखनप्रति झुकाव राखेर लेख्न मन पराउने प्रधानलाई आलोचनात्मक यथार्थवादी उपन्यासकारका रुपमा पनि उभ्याउन सकिन्छ। आफ्नो मनमा लागेका कुरालाई प्रगतिशील आदर्शका आधारमा प्रभाववादी सोच राखेर कत्ति नहिच्किचाइकन प्रस्तुत गर्ने प्रधानको स्पष्टवादी शैली अनुकरणयोग्य मान्न सकिन्छ। प्रधानको २ वटा उपन्यास हामी अध्ययन गर्न पाउँछौ। उनका उपन्यासहरूमा स्वास्नीमान्छे (२०११) र एक चिहान (२०१७) रहेका छन्। उनका उपन्यासमा सामाजिक अन्धविश्वास, शोषण, दमन , अत्याचार, सामाजिक कुप्रवृत्ति तथा कुप्रथाप्रति दृष्टि दिएर यस्तो क्रियाकलाय तथा सोचको आलोचना गर्ने प्रवृति भेटिन्छन्। प्रधानको मूल विधाचाहिं निबन्ध हो। Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

गजल : पिरती बिज्दा थाहा पाए

~अतित मुखिया~Atit Mukhiya

काँढा रैछ पिरती बिज्दा थाहा पाए
पानी रैछ बैंशपनि भिज्दा थाहा पाए

पीडापनि कती मीठो बैंशमा पिरतीको
भारभई मनले मनलाई किच्दा थाहा पाए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हेराइ र बुझाइ

~एन.आर. शाक्य~

एकजना पहलमानलाई आफ्नो बलका बारेमा ठूलो घमण्ड थियो। उनको रिस पनि कडा थियो। तैपनि परेका बखत सबैलाई मद्दत गर्ने बानीका कारण उनी गाउँलेहरूबीच लोकप्रिय थिए।

पहलमानलाई एकदिन लाग्यो ‘यो संसारमा मैले पाउने र भोग्ने जति भोगिसकें, अब मैले स्वर्ग र नर्कका बारेमा जिज्ञासा राखंे। तर गाउँलेहरू उनका प्रश्नको जवाफ दिन सक्षम थिएनन्। त्यही ताका गाउँमा एकजना दुब्लो–पातलो साधु बास माग्न आइपुगे। गाउँलेले साधुलाई बास दिएर पहलमानलाई स्वर्ग र नर्कको कुरा बताइदिन आग्रह गरे। साधुले कोसिस गर्ने वचन दिए। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मलाई माया गर्छु भन्ने ए मान्छे

~गणेश कार्की~Ganesh Karki

मलाई माया गर्छु भन्ने ए मान्छे
यसरी नै सधै भरि माया गर्न सक्छौ के?

बसन्त र बहार मात्रै हैन यो जीवन
चल्ने गर्छ यदाकदा होस् उडाउने तुफान. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बर्णशङ्करको जन्म

~लोक राज भट्ट~Lok Raj Bhatta

दुरबिनले नदेखिने डाँडा मुन्तिरबाट
तिमी
आश्वासनको बतास पठाई दिनु
म
पहाड मास्तिरको भञ्ज्याङको डिलमा
फोनबाजाको भोलुम बढाएर
बसिरहुँला प्रतिक्षामा।

जति भुल्न खोजे पनी
जती जलाउन खोजेपनी
ब्ल्याक बक्समा झै
ताजै छन पुराना सँगतहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दिनभरिको शिकार हजुर

~ए.पी. सुमन~A P Suman

नखाऊँ कसरी आफ्नो त दिनभरिको शिकार हजुर
खाऊँ त के खाऊँ कान्छा बाको अनुहार हजुर

पुच्छर समातेर गधाको, बैतर्नी यहाँ तर्न खोजेँ
जिन्दगीमा यही गल्ती गरिरहेँ बार बार हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आस्था र अनास्थाभित्र मान्छे

~आचार्य प्रभा~acharya Prabha

मूर्ती पुजेर
मान्छेलाई घ्रीणित ब्यवहार गर्नु
मानवियता हैन जस्तो लाग्छ
त र…… बाध्यता,
जब मान्छेहरु नै मूर्ती भन्दा
अन्धो र कठोर बन्छन भने
अनी…. मान्छेहरु नै अचल बनेर
पापको भागीदार बन्छन भने
अर्को बिकल्प नै के रह्यो र ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : छुटेको प्रेम

~रमेश खड्का काशी~Ramesh Khadka Kashi

प्रियसी …

खै के भनेर सम्बोधन गरु म, मायालु भनू त मायारुपी शब्दहरु पनि जलेर खाग बनेको सरिर संगै जलिरहेछन, प्रियसी भनु त दाम्पत्य जीवनको दश वर्ष बित्दा पनि तिम्रो प्रिय हुन लायक बन्न सकिन ,श्रीमति भनौ त स्वयम्बरका मालाहरु ओइलाईसके , बस तिमीलाई कुसुम भनेर सम्बोधन गर्न चाहन्छु म ..

कुसुम, आज यो पत्र तिम्रो वियोग पछिका आसुहरुले लेख्दै छु म , हुन त् तिमि रंगीन दुनियामा रम्दै मलाइ नि भुली सकेकी होलियौ तर तिम्रो यो किरण तिम्रै स्पर्षहरुको अनुभूति गर्दै दिन काट्न बिबस छ । कुसुम ,हुनत Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म बिक्दै छु

~मोनिका नगरकोटी~Monica Nagarkoti

म बिक्दै छु यहाँ
हो , म बिक्दै छु ।
मलाइ बचाउ , म बिक्दै छु ।
मलाई लैजाउ उतै मेरो देसमा ,
अरबमा म पाक्दै छु ,
म त सीता कि छोरी ।
भुकुटी नारी ।
चुपचाप सह्दै छु ।

म फर्केर मेरि आमाको काखमा
अलिकती नुनिला आँखा को आँसु
चुहाउन चाहन्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सहरमा

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

इक्षा आकान्क्षाका बलि चडाए तिम्रो सहरमा
तिमिलाई खोज्दा आफै हराए तिम्रो सहरमा।।

चहानाको दियो वालि मायाको फूल फुलाउदै
आफैलाई तिखो काडा बनाए तिम्रो सहरमा।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : प्रयोग र साहित्य

~नरेश शाक्य~Naresh Shakya

साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत नै छ । कति दुःखलाग्दो ! हास्यास्पद पनि । कुपमण्डूकजस्तो उनीहरू आत्मलाप गाएर बस्छन्, कुप बाहिरको संसार देख्न अस्वीकार गर्छन् ।

दर्शन, विज्ञान, कला, साहित्य र संस्कृति सबै प्रयोग नै हुन् । प्रयोग धर्मी । मानव जातिले आफ्नो अस्तित्व र विकासको क्रममा हासिल गरेको उपलब्धि । माक्र्सको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी दर्शन, फ्रायडको Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

रामचन्द्र कार्कीका ४६ मुक्तकहरु

~रामचन्द्र कार्की~Ram  Chadra Karki

१.
आँशुको मुल्य बुझ र बोल,
मनको देउता पूज र बोल ।
निर्धालाई अब हँसाउ अनी,
पहाड सँग जुझ र बोल ।

२.
सक्छु भन्छौं मलाई ढाँट्न, मनभित्रको ईश्वर हेर,
जता फर्क हामी तिम्रै, सोचि देउन एकफेर ।
एउटै संसार तिम्रो हाम्रो इच्छा मात्रै फरक होलान्,
हाम्लाई मृग पाठो ठानी बन्न छाड्देउ तिमी शेर । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

देउडा गीत : आमा बुवा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

आमा हजुरले मेरा लागि जो कष्ठ उठाया
नौ महिना गर्भमा राख्या धेरै दु:ख पाया

रुया बेला दुध पिलाया छोडि सबै काम
हाथ समाई हट्न सिकाया कठै मेरि आमा Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : बादलको स्वागत

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल !
वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल !
भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल,
बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल,
कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती कमाल !
बिजुली नागिनी सँगमा चम्के, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँकै कविता लेख्छु म

~कृष्ण पहारी~Krishna Pahari

गाउँका कबिताहरु
सहरका भन्दा अलि फरक हुन्छन
आक्रोसित हुदैनन
किनकी गाउँ गरिब छ
र सहरमा झै गाउँका कबिताले
फुर्ती लगाउदैनन
चाकडी र चाप्लुसिमा
कबिताले सान देखाउदैनन ।
गाउँका कबिताहरु
नरम स्वभाबका हुन्छन
अनि कबिता लेखने हात पनि नरम हुन्छन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment