दिपेन्द्र खड्काका तीन मुक्तकहरु (तीज बिशेष)

~दिपेन्द्र खड्का~Dipendra Khadka

१
विदेशिए बैनी आउन पाइन तीजमा
मिठो परिकार ख्वाउन पाइन तीजमा
नझार्नु आँसु रति पनि मेरो यादमा
माइती बनि छाउन पाइन तीजमा

२
तिज आयो नाचौ छमछम कम्मर मर्काएर
मिठो लोक गित अनि तिजको बाजा थर्काएर
आउने साल के हो के हो कसलाई थाहा हुन्छ
मिली रमाइलो गरौ फुल बुट्टे साडी लर्काएर

३
मर्काउदै कम्मर तिमी छोटा लुगा लाउछौ
लर्काउदै यौवन तिमी डिस्को बार धाउछौ
कुलतमा लागेर तिम्रो नियति खराब भयो
कति अरुको मन मस्तिसकमा छाउछौ

दिपेन्द्र खड्का ( बबुरो )
ठेगाना : टाँडी – १, तिल्केनी , किरात चोक
मोरंग, कोशी
नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.