गज़ल : कतै मस्ती कतै पीडा

~कोमल प्रसाद भट्ट~Komal Bhatta

कतै मस्ती कतै पीडा, कतै बस्छन गुनासाले
कतै भोका कतै प्यासा, कतै रुन्छन निराशाले

सबैको जिन्दगी लाग्यो, कथा उस्तै व्यथा उस्तै
दगुर्दै छन दिनै पिच्छे, सबै ठूला सुखाशाले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : शरशैयामा छ देश

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

शर शैयामा लेटेको छ आज देश ।
सञ्जीवनी सुघाईदिने देख्दिन पौरुष ।
छिया छिया परेका शरिरका अवयव ।
कालकुट पिएर सम्हाल्ने देख्दीन पात्र ।
१

शनै शनै स्खलीत राष्ट्रिय स्वाभिमान ।
सत्तासंग साटीने गरेकोछ स्वाभिमान ।
कोशी गण्डकी महाकालीको छ कहर ।
अब फास्टट्रयाकले पुरा गरिदिने रहर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : महादेवको त्रिशूल

~आषिश श्रेष्ठ~Ashish Shrestha

आज बाटोमा महादेवसँग भेट भयो,
शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर,
ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले !
म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ,
बुढा अचानक घोप्टो परेर रुन लागे,
मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए ! Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य व्यङ्ग्य तीज गीत : तीजको लहर

~प्रमोद अमात्य ~Pramod Amatya

तीजको लहर आयो बरिलै
म बुडालाई ज्वरले पार्यो ठहरै

बुडीको नयाँ सारी आयो बरिलै
बुडीले सुनको चुडी लायो बरिलै Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : साथ छुटे पछी रोएँ

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

तिम्रो मेरो साथ छुटे पछी रोएँ ।
अन्तै तिम्रो नाता जुटे पछी रोएँ ।

तिम्रो मायाँ मन भित्र सजाँएको थिएँ ।
निर्दइले सबै लुटे पछी रोएँ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Story : A Ruined family : Legacy of Smoke

~Jiwan Kshetry~Jiwan Kshetry

“Jail or Rehab-home”, Jange thundered “That is where a person like me can live.” He was now virtually unable to control his rage as his hapless mother took further defensive posture at the corner of the room. It had been a straight third day through which he had not got even a puff of hash and he found himself pitiable with increasing sweating and anxiety. The culprit to blame in the whole affair was his mother who now dared telling him she had no more money and he could do anything, even kill her if he wanted. Everything was fine even up to last week when she gave him some amount whenever he asked though after some hesitation. Continue reading →

Posted in Story | Tagged | Leave a comment

गजल : झुक्ने छैन अब !

~राधा भट्टराई~Radha Bhattarai

धेरै झुकेँ सम्झौतामा झुक्ने छैन अब !
धेरै चुकेँ विवशतामा चुक्ने छैन अब !!

रहर र कहरमा प्रवाशको वास भो !
छुटेँ निकै कर्तव्यमा छुट्ने छैन अब !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म त तिम्रै हुँ नि आखिर

~पुष्पा खनाल~Pushpa Khanal

किन यति सताउँछौ
किन चाँडै रिसाउँछौ
म त तिम्रै हुँ नि आखिर
किन डाँडा कटाउँछौ

माया गर्छु भन्थ्यौ धेरै
मन पराउँछु भन्थ्यौ धेरै
मैले हुन्न भन्दा पनि
तिमी त हौ भन्थ्यौ मेरै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लेखस्व

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सक्छु, मिस । ल आउनुहोस मलाई अँगालो हाल्नुहोस’ । उनले मलाई च्याप्प समातिन र जथाभाबी प्रेम बर्षाउन थालिन ।

कुरा के भयो भने, केहि घन्टा अघि उनलाई भैंसेपाटिको एक खरिबोट मुनि दर्केपानिमा भेटाएको थियँ। मैले नाम सोध्दा स्मृति बताईन । दर्केपानिमा उनको महँगो जालिदार गाउन भिजेर भित्रका सबै देख्न नहुने कुरा देखीएका थिय । मैले मेरो पानि-ज्याकेट उनलाई भिराएँ । मैले बोकेको आफ्नो ब्याग उनलाई पानि-ज्याकेट भित्र भीर्न भने, किनकि ब्याग भीत्र ल्यापटप, मोबाईल फोन , केहि थान कबिता र एउटा किताब थियो , टोनि मोरिसनको लभ । उनले आँखा झिम झिम गर्दा तर्केको पानि नाकको टुप्पो , ओठ र चिँउडो हुँदै डल्लो परेर उनको रातो हिलदार बुटमा झर्दै थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : आई मस्त चर्यौ आँसु

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

उदास् मनको चहुरमा, आई मस्त चर्यौ आँसु
यस्तो मन नि डढाएर, गर्नु घात गर्यौ आँसु ।।

तिमीले त हल्का लियौ, पर्नु पीर मलाई पर्यो
मन, मुटुभित्र भित्रै, विष प्याला छर्यौ आँसु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हुरीका पत्कर

~भैरव अर्याल~Bhairab Aryal

आफैं आफैंदेखि हराएको
आफैं आफैंदेखि डराएको
आफैं आफैंबाट हराएको
यो सुकेनासले सताएको मान्छे,
आजको मान्छे
मान्छे भन्ने मान्छे-
सुत्छ प्रत्येक रात
मृत्‍युको वारण्ट पुर्जी सिरानमुनि घुसारेर,
उठ्छ प्रत्येक प्रात फरिया र थाङ्नाको फेटा बाँधेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : जय घण्टाकर्ण

~तेजेश्वर बाबु ग्वंगः~

लोक हित निमित्त आत्मदाह स्वीकार्नु घण्टाकर्ण अजाको कुर्वाण चेत ठान्छु। रोपार्इं धान खेती सकिएपछि काठमाडौं उपत्यका र अन्य जिल्लामा पनि मनाइने पहिलो चाड घण्टाकर्ण / गठेमङ्गल पर्व रहेको छ। राजनैतिक, धार्मिक, सामाजिक अनि आर्थिक कारणले असङ्ख्य नेवार समुदायका परिवारहरू विभिन्न जिल्लाहरूमा निर्वासित भए। मल्ल शासनपछिका नेवारहरूको बसाइ सराइ शाह वंशको चहकमहकसित गाँसिन्छ। झाङिन्छ पनि। बसाइ सराइ निस्तो हुन्न। मान्छेका बसाइ सराइ भन्नु संस्कार र संस्कृतिकै पनि ठाउा सराइ भन्छु म। जहाँ जहाँ नेवार बसाइ सराइ हुन पुग्यो त्यहाँ त्यहाँ संस्कृतिकै स्थानान्तर हुन पुगेको छ। नेवार बस्तीबीच अझै घण्टाकर्ण चाड मनाइन्छ। धनकुटा, पोखरा, पाल्पा, डोटी केही जिल्ला यस कोटीमा पर्छन्। Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : खेतको दृश्य

~डिल्लीराज बस्याल~

गगन सारा घनघन गरि धर्तिमा नीर पोखियो
वृक्षका पात पात पखाली शुद्धता सारा छचल्कियो
उर्लँदो वैँशको मात बोकि नदि बहिन वेगले
सारा किसानको प्यास बुझि हर्ष दिइन् मेघले।

खेतका पट्पट् फुटेका धाँजा टिलपिल सारा पानीले
रोपाइको हतार भो सबलाई मार्ग खोलिन् पानीले
सिरी सिरी पवन झोक्का पसिना ओभाउँछ
कलकल पानी अञ्जुली भरि तिर्खा मेटाउँछ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पलायन प्रकृति

~त्रिचन्द्र प्रतीक्षा~ Trichadra Pratikshya

रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा
गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा ।

थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई
अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सके लुटेरै आइज गोरे !

~रुपकेशरी उलक~

गोरे !
मैले सुनेको
तिमी अमेरिकातिर
उड्दैछौ अरे
अमेरिका त ठूलो महादेश
मैले नक्सामा देखेको
त्यहाँ पुगेर नि गोरे !
त्यहाँका साँच्चिकैका गोरेहरूलाई
दुई चार प्रश्न सोध्न
नभुलेस् है गोरे।

तिनीहरूको मन केले बन्दो रैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिका, ओ अमेरिका ! तिमीलाई मेरो एउटा प्रश्न

~रमेश सुवाल~

तिम्रो छातीमा ब्रिटिस बुट बज्रेको बेला,
‘स्वतन्त्रताको लडाइँ’ लड्ने
तिम्रा जर्ज वाशिङ्गटनहरु,
तिम्रा जेफर्सनहरु,
तिम्रा ह्यामिल्टनहरु,
आतङ्ककारी थिए या देशभक्त?
क्रान्तिकारी थिए या मानवअधिकारविरोधी?

बेलायती साम्राज्यले
तिम्रो देशलाई नाकाबन्दी लगाएको भए,
‘दुष्टहरुको मण्डली’ भन्दै तिम्रो खेदो खनेको भए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरालाई चिठ्ठी

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

प्रिय छोरा
तिम्रो आनन्दमय जीवनमा
म दुखी रहेको तिम्री आमा
नेपालको तर्फबाट धेरै मायाँ

कसरी सुनाउँ तिमीलाई
मेरो खवर छोरा
साँझ विहान करैकरले खान्छु
कहिले मुटु मै घोच्छ
त कहिले पैताला तिर लुच्छ
यो शरीर सवै एकै चोटी
भतभति पोल्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~Sagar Karki

धुलो जस्तै छरपष्ट
अनगिन्ती छरिएकाछन् सपना
मेरा आखाँभरी लम्पसार लडिरहेका छन् ।

कहिले पानी बनेर
आँखाका डिलबाट खस्दा
च्यातिएर मुटु रगत खसेझै लाग्छ,
अनी हतार हतार पुछ्दछु सपना
कतै बग्दै बग्दै प्रियसीका आँखा नभिजाओस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लालसलाम छ मेरो पनि

~विष्णुकान्त आचार्य~

समाजवादी गणतन्त्र मान्नेहरुलाई
गरिबको कथाव्यथा
जान्नेहरुलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है।

शिक्षा, स्वास्थ्य, रोजगारीको ठेक्का लिनेलाई।
विस्तारवादको सामु उभी धावा
दिनेलाई
लालसलाम छ मेरो पनि लालसलाम छ है Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अब चुप रहनुहुन्न

~देविका खुलिमुली~

सबको आवाज बुलन्द गर्दै
आज म चिच्याइरहेछु
म कराइरहेछु
म गुहारिरहेछु
मेरो अस्तित्वमा कुनै दाग छैन
जसरी गङ्गा पवित्र छिन्
मेरो सोचाइमा कुनै स्वार्थ छैन।

आजको युग हाम्रो हो
आजका राम दश वर्ष वनवास गई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘ह्वाइट केन’ उपन्यास पढ्दा

~सुलोचना मानन्धर~Sulochana Manandhar

‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’

उद्धृत भनाइ साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित मनीषा गौचनद्वारा लिखित दोस्रो उपन्यास ‘ह्वाइट केन’का मुख्य पात्र भास्वत्ले ह्वाइट केन दिवसमा व्यक्त गरेको अभिव्यक्ति हो। मन र मस्तिष्कले संसार देख्ने दृष्टिविहीनहरूप्रति केन्द्रित यस उपन्यासले एक दृष्टिविहीन पात्रको प्रेम, जीवन र सङ्घर्षलाई लेखकले खोतलेकी छिन्। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~जानुका नेपाल~

परदेशमा बित्यो जीवन छातीभरि देश दुख्छ ।
जति सम्झ्यो उति झन्झन छातीभरि देश दुख्छ ।

सपनामा देश देख्छु कल्पनामा त्यतै पुग्छु
सम्झनामा त्यही रनवन छातीभरि देश दुख्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेम गीत

~दिव्य गिरी~Dibya Giri

मोडमा आँखा जुधेपछि
मुटुको ढुकढुकी अझ बढेपछि
मनभित्र मायाको भुल्का उठेपछि
छातीभित्र पिरतीको ज्वाला सल्केपछि
तिम्रो तस्बीर
दिन-रात सजाएकै हो आँखामा
र तिम्ले हाँसिदिँदा मात्र पनि
छातीभित्र भुर्इंचालो जाँदा
मनको शान्त तलाउमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विचरो गौंथली

~विजय गिरी~

भक्तपुर कमलविनायक नजिकै एउटा पुरानो घरमा गौंथलीको गुँड बनाउन थालेको हुन्छ। परालका त्यान्द्रा र नल टिपेर मेहेनत गरेर त्यस सुधो चरोले केही समयमा गुँड पनि तयार गर्छ। समय बग्दै जान्छ नदीजस्तै, गौथलीको गुँडमा पहिले अण्डा र पछि स–साना चल्ला पनि देखापर्छन्।

चल्ला च्याँ च्याँ गर्दै भोकाएको सङ्केत दिइरहेका हुन्छन्। गांैथली चारो टिप्न भनि छेउकै घरको बिस्कुन नजिक उड्छ। सोही बिस्कुनको गुहालो लाग्दै गरेकी नेवार्नी आमाले हा..हा.. गरेर गौथलीलाई उडाइदिन्छिन्। चारो नभइनहुने भएकोले गौथली बिस्कुन खोज्दै अर्को घर अनि अर्को घर चहार्छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले..

~रामु गैरे~Ramu Gaire

मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।

मटीतेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झिमझिम तारा

~सरोज गोसाईं~Saroj Raj Gosai

शैशव कालमा हरेक दिन
विद्यालयको बिहानी प्रार्थनामा
झिमझिम ताराको गीत गाउँथ्यौं
ताराको अर्थसित मतलब नाईं !

कति आँखा आकासका रातमा
आँखा झिम्काउँदै जिस्काउँछ सगर
दिनमा कता गए आश्चर्य मनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~Ram Kumar Pande

हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु ।

मन्त्रालयको व्यापक हेरफेर गरेर द्वन्द्व, बन्द र गन्ध त्रि-मन्त्रालय खडा गरी यसलाई अझ अघि बढाउने र एकापसमा लडाउने महामन्त्री नियक्त गरिएको छ । द्वन्द मन्त्रालयको कार्यक्षेत्र जोइपोइको झगडादेखि दलल Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : युवा दर्पण

~हरिप्रसाद वास्तोला~

क्रान्ति सचेत
युग नै पार्ने फड्को
भविष्य द्रष्टा।

निःस्वार्थ त्याग
समाजकै खातिर
तौल उच्चता।

समग्र युवा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यस्तो नाकाबन्दी

~शंकर भण्डारी~

कति गर्छ गरोस् उसले यस्तो नाकाबन्दी
हामी पनि च्यात्छौं अब असमान सन्धि

लगेकै हो नदीनाला उसले छानीछानी
नबुझेको कहाँ हो र उसको आनीबानी
चल्न दिनुहुन्न अब उसको मनोमानी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो गीत मेरै प्रतिबिम्ब

~गोपाल योन्जन~Gopal Yonjan

मेरो गीत मेरै प्रतिबिम्ब होइन
यो टुटि जाने होइन, जो फुटी जाने होइन
आकाश जस्तै अमर गीत मेरा
म जस्तो दुइ दिनको पाहुना होइन
मेरो गीत….

केहि गुनगुनाउँछु धेरै शान्ति पाउँछु
त्यहि शान्ति बाँटन नै यहाँ गीत सुनाउँछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नाता किनार भेटियोस्

~रुद्र प्रभात~Rudra Prabhat

छोइबग्दा मनको नाता किनार भेटियोस्
मनको प्यास मेटाउने पियार भेटियोस्.

जब छुन्छ तिम्रा कोमल हातहरुले यो मन
मनको झंकार बजाउने गितार भेटियोस्. Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पालो पर्खिरहेको मान्छे

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

भास्कर बहुलायो।

यो दुई अक्षरको खबरमा एक हजार भोल्ट करेण्ट थियो सायद। सुनेदेखि मेरो दिमाग रन्थनाइरहेछ।

खबर बिहानै विश्वविद्यालयको क्यान्टिनको टेबलमा पुगिसकेको थियो। क्लास भेटाउन विद्यार्थीहरु हतरपतर दौडदै गर्दा खबर त्यो भन्दा अघि–अघि थियो। गेटदेखि कक्षाकोठासम्म सर्वत्र भइसकेको थियो– ‘भास्कर बहुलायो’। विश्वविद्यालयको विशेषता हो यो कुनै एफएम रेडियोको आवश्यकतै पर्दैन खबरहरु तरंगको घोडा चढेर वायुको बाटो गरी कान कानसम्म पुगिरहेका हुन्छन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment