~ध्रुब कुमार थापा~
रातो चुरा रातो सारी रातै टीका लाएर
नाच गाउ दिदी बहिनी धोको फेरेर
बर्ष दिन सम्म तिम्रो पिन्जडाको बास भो
पीडा,दर्द,खुसी सबै आज भुल्ने दिन हो ।
लोग्ने अनि घरको कुरा जे जस्तो नि गीतमा
साथी सङि मनको कुरा खोल्ने छन नि तिजमा
परम्परा हाम्रो निम्ती जगेर्ना नि हुने छ
प्रगतीका पथ हिड नया नेपाल बन्ने छ । Continue reading