~राम लोहनी~
भूपू मन्त्री — हेलो! हरिजी हो?
बहालवाला — हजुर हजुर! यहाँ “कोपर्नु” भो?
भूपू — कोपरेको थिइँन नि। समातेको मात्रै हो।
बहालवाला — को बोल्नुभएको भनेको।
भूपू — म? म, हरि!
बहालवाला — ए, हरि! को हरि बोल्नुभो फेरि?
भूपू — म भूपू।
बहालवाला — प्रष्ट भन्नुस् न को भूपू? यहाँ धेरै भूपू छन्। कानुनअनुसारको सुविधाभोगी भूपू, गैरकानुनी सुविधाभोगी भूपू …
भूपू — म भूपू मन्त्री। तपाईँभन्दा पहिला त्यो कुर्सीमा मै त थिएँ नि।
बहालवाला — हाहाहहाहा! ए, ए! कान्डवाला?
भूपू — तपाईँले चाहिँ के बाँकी राख्नुभयो र!
बहालवाला — म त त्यहाँ पुगेपछि त्यस्तै हुन्छ कि भनेर गमलैमा काम चलाइदेको नि। हुँदाखाँदाको जागिरबाट हात धुने कुरा त भएन नि!
भूपू – भनेपछि तपाईँ पनि …
बहालवाला — मेरो बारेमा सुन्नुभाकै रहेनछ! त्यसै भएर मलाई हेडक्वाटरबाटै सतर्क गराइएको थियो हिलो खेल्न नजानलाई।
भूपू — मेरा नेता तपाईँका जस्ता दूरदर्शी परेनन्। आफू बिनसित्ती फसियो।
बहालवाला — के गर्नु! हिलो देखेपछि खेल्न मन लाग्ने। झन् हिलोमा कमल फूलेको देख्नै हुँदैन।
भूपू – हैन, तपाईँ हामीजस्ता लाई यस्तो हिलो खेल्ने मन्त्रालय दिएर किन फसाउन खोज्छन् हँ हरिजी!
बहालवाला — त्यै त हरिजी! तर म चाहिँ बचेँ। मन्त्रीले धान रोप्ने चलन छ भने सचिवहरूले पनि। अब के गरुम् भनेर हेडक्वाटरमा सोधेको। हेडक्वाटरबाट उपाय प्राप्त भयो।
भूपू — मन्त्रालयका मान्छे जेमा पनि ताली बजाउँदा रहेछन्। पोहोर मैले “समाउँदा” पनि ताली बजाका थे। अहिले गमलामा रोप्दा पनि ताली बजाकै छन्।
बहालवाला — हाहाहहा। ठिक भन्नुभो हरिजी!
भूपू — यसो भेटेर दु:खसुखको कुरा गरुम्ला हरिजि! अहिलेलाइ राखुम् है?
बहालवाला — हस् हरिजी!
भूपू — नमस्ते हरिजी!
बहालवाला — सुन्नोस् त हरिजी …
(फोन राखेको आवाज आउँछ)
(स्रोत : Kantipath.com)
