कविता : मदन फेरी आउ

~रमाकान्त बास्तोला~ramakant-bastola

मदन फेरी आउ , ज्युदै छु भन्दै आउ
देश र जनताको लागि आधी बन्दै आउ,
कपूतको हातमा राज्य भो, शासन उनै गर्न थाले,
शासन प्रति धावा बोल्दै ज़न्जीर तोड़दै आउ
हे मदन फेरी आउ ,ज्युदै छु भन्दै आउ !
निरर्थक छौ सबै हामी तिम्रो बाटो कुरी राछौ,
बिदेशीको हस्तेक्षपमा धुरु धुरु रोहिराछौ,
त्यसैले मदन,
देशको आसु पूछन आउ , म ज्युदै छु भन्दै आउ
साम्राज्यबादको शिकार भएउ ज्युदै लास बनाईदै छ यहाँ
मुटु दरो पारी प्रतिकार गर्ने साहस बोकी आउ
आउ मदन फेरी आउ आसु पूछन आउ ,
सामन्तिको ढाल बन्न प्रेरणा दिदै आउ ।

हाल दुबई

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.