~कमल प्रकाश पौडेल ~
सुन्ने तिमी रैछौ र त, गजल् फुर्दा रैछन् निरु
तिम्रो अनुपस्थितिमा, श्रोता कुर्दा रैछन् निरु ।।
गजल छैन आज ?’ भन्यौ, आतुर हुँदोरैछ मन
तिम्लाई भनेपछि कलम्, झन् दगुर्दा रैछन् निरु ।।
तिमी जस्तै निरुहरू, असीमित भएदेखि
काव्य बन्न के बेर जब, बसमै जुर्दा रैछन् निरु ।।
थकाउँछु गजलैले, जोडतोड लाग्या भए
उम्किनै नसक्ने गरी, प्रेमले पुर्दा रैछन् निरु ।।
–रचनाकालः–२०६२÷१२÷१९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
