कविता : पिर्यतम लाई चिठि

~कृष्ण पहारी~Krishna Pahari

मेरो पिर्यतम
मन भरिको सम्झना
अनि मुटुभरिको थुप्रै
मायाका कोसेलिहरु
मात्रै तिमिलाइ
छितिज पारी बाट
तिम्रो पिर्यतमको
मीठो सम्झना।
मेरोपिर्यतम
आजकल
तिम्रो सम्झनामा
अलिकता मन कुडिएकोछ–
छाती भत भती पोलेकोछ
भन,बिछिप्त घाउहरु
कसरी देखाउ।
तिम्रो सम्झनामा
धेरै रातहरु दुखे
केबल
आखाभरी तिम्रो मुस्कान
पग्लिएर पोखिएकोछ
कैयौ रातका
तिम्रो इस्पर्स का चोटहरु
अनायासै दुखेकोछ
मेरो पिर्यतम
तैपनी तिमिलाइ मुटु भरिको सम्झना।
मेरो पिर्यतम
तिमी बिनाको रात
निकै अप्ठेरो लाग्छ
तिमी बिनाको साथ
निकै अप्टेरो लाग्छ
तैपनी तिमिलाइ
भन,कसरी बिर्सन सकु
कसरी आफै भित्र हराउन सकु
मत्रै तिमिलाइ
लाखौ मुरि मायाका
कोसेलिहरु अर्पन गर्दछु।

पोखराथोक, पाल्पा, तानसेन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.