कविता : मनोविज्ञानको शक्ति

~निर्भीक रार्इ~Nirvik rai

(भगवानको परिचय)

भगवानहरु सिर्फप्रतीक हुनाले
सबै भगवानको रुप फरकफरक भएको ।
विश्वास लिए गुइँठाले पनि वरदान दिने वा
भगवानको काम गर्ने ।
विश्वास नलिए स्वम्भुभित्रको
सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको
शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने ।
अर्थात भगवानको काम नगर्ने ।
विश्वास (मनोविज्ञान) भन्ने वस्तु
कत्ति शक्तिशाली र अनौठो भएको !
भगवान विम्व वा प्रतीक मात्र हुँदा
नकहिल्यै जन्मेको वा जन्मने र
नकहिल्यै मरेको वा मर्ने ।
कहिल्यै नजन्मेको भगवानहरु मरेको भन्नु
अपत्यारिलो भएको ।
तर प्रतीक, विम्व वा उपमाको भगवानहरु
पटकपटक जन्मने र मर्ने ।
भगवानले संसार रच्ने काम सिर्फ
विम्व, प्रतीक वा उपमा मात्र सम्भव भएको ।
विकासक्रममा संसार आफसेआफ उत्पत्ति भएको ।
विम्व, प्रतीक वा उपमामा मात्र हुने भगवानहरुले
पाप, पक्षपात, घृणा वा अन्याय जे पनि गर्न सक्ने ।

२०६७ कातिक, २०
मनमैजु, काठमाण्डू ।
जन्मथलो – भोजपुर, नेपालेडाँडा ।
पेसा – स्वतन्त्र अध्ययन र लेखन ।

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.