कविता : शहर, मृत्‍यु र म

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

आज मृत्‍युलाई भेट्नु छ
यो बन्द कोठाभित्र जीवनका
दुर्गन्धित संवेगहरुसगँ
सतरंज खेलको घोडा हुन
सिक्दासिक्दै हारेको अनुभुती हुन्छ
उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य
पेट्रोल नहुँदो हो,
के ले पोल्दा हुन् हँ लास
शहरका मान्छेहरु ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर बुकी फूल तिमी

~जे.बी. शेर्पा ~J B Sherpa

एउटा कालखण्डपछि ,
आजै त हो,
मैले तिमीला , बेस्सरी सम्झिएको ,
समयको पत्र पत्र मुनि किचिएर ,
विस्मृतप्राय तिमी !
धन्य छ ट्युलिप ,
तिम्रै रंगीन दुनियाँले ,
आज मलाई ,
मेरो बिरानोझैँ बुकी फूल सम्झाई दियौ ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो लागि साँचीराख

~तीर्थ संगम राई~Tirtha Sangam Rai

थोरै आँशु थोपा-थोपा मेरो लागि साँचीराख ।
पीर नगरी पल-पलमा मेरो लागि बाँचीराख ॥

सक्छौ यदि प्रतिक्षाको क्षण-क्षणलाई बाँधीराख ।
सम्झनाले पीरोल्छ भने तस्वीर चुम्दै हाँसीराख ॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रस्तावना

~ठाकुर बेलवासे~Thakur Belbase

रबरजस्तो कति तन्काउनु मनलाई
आरनजस्तो कति पिटिरहनु बुद्धिलाई
कहिलेकाहीँ मनलाई झिकेर, आफैँबाट सङ्लो पानीमा धोइबस्छु
अनि, अरूको मनमा खुसी हुन्छु, कति खाँद्नु उही ओसिलो बुद्धि खप्परमा
कहिलेकाहीँ बुद्धिलाई खप्परबाट झिकेर घाममा सुकाउँछु
अनि, अरूको बुद्धिमा आनन्द लिन्छु
जन्मिएदेखिका अनेक बोझले, फलामको डल्लोजस्तो बनेको भारी टाउको
घाँटीबाट थपक्क झिकेर पुस्तक र्‍याकमा राखेर
अरूकै सपनामा म घन्टौँ मस्त निदाउँछु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सन्दर्भ लक्ष्मी जयन्ती

~शंकर लामिछाने~Shanker Lamichhane

२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- ‘माथि ऊ त्यो कोठामा जानुहोस् ।’

जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । ‘सुन्दरीजल’ र ‘शाकुन्तल महाकाव्य’ लेख्ने कविको साक्षात् दर्शन । भर्‍याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : हिलोको फुल

~बिटु केसी बराल~Bitu KC Baral

अकबरी सुनलाई कस्सी लाउनु पर्दैन
त्यस्तै सुन बन्नु
धेरै पढ्नु नानी
हजुरआमा भन्नुहुन्थ्यो
न पढाइमा अब्बल भएँ
न गतिलो
कुनै कामै गरे ।
थाहा छैन के भएँ ,
जे भएँ
सुनले
नलोभ्याउने भएँ ।

एक सामान्य बचपन त्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : सात गते फागुनका मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

सात गते फागुनका मैना , दुई हजार सात साल ।
अन्त्य भयो जहाँनिया , शोसक राणा काल ।।

चार जना नेपालका सपुत , अमर सहीद भया ।
देशको लागी रगत बगाई , स्वर्ग्या लोक गया ।। Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : मध्यरातको उपज

~शिरिष लामिछाने~Shirish Lamichhane

स्थिर छ समय
कालो यो रातमा
दुई शब्द म कोर्दै छु
कलम समाइ हातमा

सोध्दै छु आफुलाई
छ के मा रमाइलो?
निस्पट्ट अन्धकारको शुन्यता
या मधुर बिहानीको सुनौलो? Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : कछुवा ,मूसा, काग र मृगको कथा

~चण्डी सुवेदी~Chandi Subedi

एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे। सबैजना साथी थिए रे। उनीहरु एकदम मिलेर बसेका थिए रे। एकदिनको कुरा हो कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो र।

“ म यो पोखरीमा बस्दिन , “ – कछुवाले साथीहरुसँग भन्यो। उनीहरूमा मूसा अलि बुद्दिमान थियो।

“कछुवा भाई , जान त जाऊ , तर बाटोमा ख्याल गर है “ – मुसाले भन्यो।

अनि कछुवा आफ्नो बाटो लाग्यो। मूसा, काग र मृग आफ्नो साथीलाई बाटोमा केही हुन्छ कि भनेर सतर्क Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जिउन सँगै सक्दिनन रे

~सार्थक सिम्खडा~Sarthak Simkhada

राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले
नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले

मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस
अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यास Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द भिस्सा पुन खोलीयोस्

~पूर्णिमा पिम्मी~Purnima Pimmi

विहानको मिर्मीरे घामको किरणसँगै
सुरुहुन्छ हङकङको जीवन
मनमा असंख्य पीडा भए पनि
वाध्यताले काम गर्नु परेको छ नि

सबको आआफ्नै पीडा अनेक
पीडा नभएको त नहोला एक
सुन्दर छ गर्व लाग्छ हाम्रो देश
तर त्यो भईसक्यो एकादेश Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मर्यादाहीन

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, अरु दिन पनि मार्दी हो तर मैले स्वास्नीलाई माइत पठाएदेखि यता देखेको आजै हो।

र ऊ मतिर हेरेर हाँसेकी थिई। दिनहुँ म हिँड्ने बाटोको छेउमा डेरा जमाएर माग्न बस्ने गर्नाले उसले मलाई अनुहारबाट चिनेकी होली। र म चाहिँ पनि सँधै त उसको वास्ता नगरी जाने आउने गर्थेँ। तर उसको यसरी धोती उचालाइबाट देखिएका पुष्ट काला तिघ्राले गर्दा म स्वास्नी सम्झेर तिर्खाएको हुँला र नै त मैले उसतिर कसरी हेरेको थिएँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झुपडी देखीको माया

~दीपेन गर्बुजा~Dipendra Garbuja

हाम्रो माया चोखो थियो
तर तिमी रहेछौ निष्ठुरी
झुपडीमा बस्ने
कसम खाएका थियौ
आखिर किन बनेउ पर्देसी ?
ती बिगतका यादहरुले
सताईराख्छ
तिमीलाई भुलौ म कसरी ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : केहि चोटले ज्ञानी

~गोपाल योञ्जन~Gopal Yonjan

केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानि हुन्छ
मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ

मान्छेले गर्ने कर्महरु, के ले असल खराब हुन्छ
आफ्नो अपजस हातहरुले, जे गर्यो त्यहि खराब हुन्छ
डढेको मन बाँकि राख, सबै एक छिनमा खाक हुन्छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भाव

~मुक्ता सापकोटा~Mukta Sapkota

खुशी के हो ? सायद म बुझ्दिन या बुझ्न चाहन्न
तर पनि त्यस्को अभावको महसुसले सताउछ
लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना
अनि झिना मसीना समस्याको आभासले सताउछ

यस्तै यस्तै आभास नै त भावना हुन्
तर फेरि किन महसुस गराई लाई भावना मान्दैन मन
सोच्दा सोच्दै सायद शब्दको अर्थ नै फरक हुने हो
अथवा भित्री गहिराइ नै नबुझ्ने हो झन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमि बिना….

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो
छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो |

संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि
मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो | Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : केहि मिठो बात गर

~काली प्रसाद रिजाल~Kali Prasad Rijal

केहि मिठो बात गर, रात त्यसै ढल्किंदैछ
भरे फेरि एकान्तमा रुनु त छंदैछ २

रमाइलो कुरा गर, सपनाको कुरा गर २
सँग सँगै बिताएको सम्झनाको कुरा गर
दु:ख छोड दु:खलाई त जिन्दगानी छँदैछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~

राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता जगाएका कतिपय प्रश्नहरुले समय बित्दै जाने मेसोमा उत्तर दिँदै जाने रैछन्। त्यसरी नै यो प्रश्नले पनि मलाई एउटा परिवन्दमा पारेर उत्तर दिई छोड्यो। एक अर्थले रमाइलो पनि लाग्यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : धेरै सुतेछौँ अब जाग जाग

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : ईन्द्रबज्रा

आफै हटाऊ ननिका बिचार
आफै जगाऊ दिल भित्र प्यार
देखाइ बाटो अघि लाग लाग
धेरै सुतेछौँ अब जाग जाग ।१।

ज्ञानी बनेको छ नि कर्मलेनै
बाढेर बाचौँ प्रित मर्मलेनै
माया छ ठूलो रिस राग त्याग
धेरै सुतेछौँ अब जाग जाग ।२। Continue reading

Posted in छन्द कविता | Tagged | 2 Comments

कथा : आ–आफ्नो धरातल

~शुषमा मानन्धर~Shushma Manandhar

विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, नशालु आँखा र परफ्युमको कडा बास्नाको सम्मोहनमा बाँधिएर म पनि उनीतिर हेर्‍याहेर्‍यै भएँ। पछाडि आएको गाडीको हर्नले नबिथोलेको भए हामीवीचको त्यो हेराहेर निकै बेर लम्बिन्थ्यो। अगाडिबढुन्जेल पनि गाडीको साइड मिरर मिलाउँदै उनले मलाई हेर्न छाडेका थिएनन्। साथी आइपुगेपछि मैले उसलाई पनि यो घटना सुनाएँ। ऊ अलिकति ईर्ष्यालु देखिई।

“भर्खरै गएको रातो कारवाला हो? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै रहन्छ सबथोक

~ठाकुर बेलवासे~Thakur Belbase

सबै उस्तै रहन्छन्
उस्तैउस्तै हिजोजस्तै रहन्छन्
बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू
मृत्युपछि पनि
सबथोक उस्तै रहन्छन्
मृत्यु नआउञ्जेलको ठूलो त्रास
अनि ठूलो भ्रम
सधैँको भूकम्प
सम्झानासाथ सधैँको निराशा
मृत्यु
रगतसँग हरपल ओहोरदोहोर गरिरहेको हुँदोरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो नहोस

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस।

हामी
टाईटानिकको यात्रु जस्तै…..
आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असुरक्षा

~टंक वनेम~Tanka Wanem

ओजनतह ओर्लेर
आँधी निम्त्याई रहेछ
आगोका लप्कोहरु
जयगान गाइ रहेछन्
विध्वंसको घडामा
बारुद भरिएर
बन्दुक पड्काई रहेछ
तोप नारि रहेछ
बाइलोजिकल
केमिकल र
न्यूल्कियरको भट्टीबाट
बिनासको
दुर्गन्ध उडी रहेछ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार बुवा

~डी. वी. पालुङ्वा~D B Palungwa

मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो
र यो कलात्मक चित्र अपेक्षाकृत
दर्शन र ब्रम्हाण्डको एउटा कुनामा
आफनो खेत इमान्दारिताका साथ खन्दछ
र आफनो खेत खन्दा अर्काको सांध नमिचेर
एउटा आदर्श किशानको अहम् भूमिका निभाएर
मुन्धुम फलाक्ने त्यो चित्र त्यो फेदाङमा
जो हरेक वर्ष न्वांगी पुजा गर्दछ
उधौंली उभौंली पुजा गर्दछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थोपा–थोपा

~सुविद गुरागाई~Subid Guragai

प्रकाशपुरमा जून
र जूनको पूर्णता पर्खिरहेका
सोझा चन्द्रवंशीहरूबीच
कोसीको अर्को किनारबाट उडेर
कालो बादल फैलिएको भर्खर हो,
खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको
आगन्तुक बादलभित्र आद्र्रताको मात्रा
बढी भएको पनि भर्खरै हो,

भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रातो राम्रो गुलियो मीठो

~दयाकृष्ण राई~Dayakrishna Rai

शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई केलाएर दृष्टिगोचर गर्न बाध्य गरायो । बेलायती साम्राज्यले आफ्नो उपनिवेशलाई सुम्पिएर मलायाबाट हात धोएर हङकङमा गोर्खा सैनिकको ब्रिगेडलाई स्थाइ रुपमा खडा गर्‍यो, हङकङ आफ्नो उपनिवेश रहुञ्जेलसम्म । हाम्रा बाजे र बाउको पालासम्म मलायाको लाहुरे भन्ने प्रचलन थियो हाम्रो गाउँ घरमा । हाम्रो पालामा हङकङमा स्थाइ रुपमा बस्ने भएकोले हङकङको लाहुरे भन्ने गर्थे हामीलाई र कतिपयले त मलायाकै पनि भन्ने गर्दथे । समय सापेक्ष हालै त युकेको लाहुरेमा परिवर्तन भइसकेको छ । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : छेक्न पाए पनि हुन्थ्यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~indra k.shrestha sarit

लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।

दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ
छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हिड्ने तस्वीरहरू

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

यात्राको सिल्शिलामा
म एउटा कन्क्रिट जण्गलममा
आइपुगेकोछु
यो जङगलमा कोब्राहरू छैनन्
ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन्
मान्छेहरू त झन
हुन सक्ने नै भएनन्
यो जंगलमा आइपुग्दा मलाई
यस्तो अनुभुत भैरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : दियौ किन

~बिष्णु नन्द चाम्लिंग~Bishnu Nanda Chamling

मुटु बस्ने छाती मेरो उधारी दियौ किन
सजाएर राखेको थेँ बिगारी दियौ किन

तिमीलाई मुटु भरिभरिको माया दिएँ
आखिरिमा दिनु सम्म दिग्दारी दियौ किन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : झरी र कफी

~रोबिन मानन्धर~Robin Manandhar

बिहान सबेरै उठ्ने बित्तिकै मैले मेरो प्यारो मित्रलाई खोजें । कोठा बाहिरको बार्दलीमा आएर हेरें, तर उनलाई देख्न सकिन । एकछिन त न्यास्रो लाग्यो किनकी मैले आज बिहानै उठेर मेरो प्यारो मित्रलाई हेर्न पाईन, उनले मलाई कति धेरै न्यानोपन दिन्थ्यो, जुन आज मैले पाइन । मेरा यी दुई नयनले उनलाई हेर्न तड्पिरहेछन् । मेरा नयनहरु विवश छन् उनलाई हेर्न नपाएर । सायद, आज बिहानदेखि नै सिमसिम झरी परिरहेकोले हो कि ? मौसम पनि अलि चिसो–चिसो छ । मेरो मित्रलाई ती मेरा दुश्मनहरुले छेकिरहेछ, मबाट मेरो मित्रलाई टाढा पारिरहेछ । तर, म उनकै यादमा छु, अलि अलि आशा पनि छ कि ऊ मसँग भेट्न आउँछ भनी । सधैं जसो, आज पनि यो नयाँ दिनको शुरुवातमा म उनलाई स्वागत गर्न बसिरहेको छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो तश्विर भेटियो

~मनोज काफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

घामको लालीमा तिम्रो तश्विर भेटियो
फुलको डालीमा तिम्रो तश्विर भेटियो ।

शहरमा पर्चाभेटें तिम्रो मात्र चर्चाभेटें
उनका तालीमा तिम्रो तश्विर भेटियो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी कुन जमानामा छौ

~कृष्णहरि बराल~Krishnahari Baral

आँफै पो खोज्नु पर्छ
जुनी काट्ने आफ्नो साथी
घरकाले खोज्छन् भन्छौ
तिमी कुन जमानामा छौ
आफूले भोग्नुपर्ने दु:ख र सुख सारा
अर्काले रोज्छन् भन्छौ
तिमी कुन जमानामा छौ

अड्डा छन् अदालत छन् Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment