कविता : भाव

~मुक्ता सापकोटा~Mukta Sapkota

खुशी के हो ? सायद म बुझ्दिन या बुझ्न चाहन्न
तर पनि त्यस्को अभावको महसुसले सताउछ
लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना
अनि झिना मसीना समस्याको आभासले सताउछ

यस्तै यस्तै आभास नै त भावना हुन्
तर फेरि किन महसुस गराई लाई भावना मान्दैन मन
सोच्दा सोच्दै सायद शब्दको अर्थ नै फरक हुने हो
अथवा भित्री गहिराइ नै नबुझ्ने हो झन्

दुनिया अजीव छ जुन् कसैको लगि सत्य छ
अरुका लगि झुठा ठहरिन्छ वा अर्थहिन छ
जुन कल्पना गर्छु या जुन नजरिया ले दुनिया हेर्छु
त्यो कसैको निम्ति पूर्ण हास्यास्पद छ

दुनिया यस्तै छ पागलपना र सद्य हुनुको भिन्नता मागे तिमिलाई नै पागल देख्छ
सहि र गलतको रेखा कसरी छुट्याउने हो भनि सोधे अकमक्क हुन्छ
हो सब् अर्थहिन् छ हुनु र नहुनुको फरक् आफैमा अनौठो र अच्चम्म लाग्दो छ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.