देउडा गीत : सात गते फागुनका मैना

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

सात गते फागुनका मैना , दुई हजार सात साल ।
अन्त्य भयो जहाँनिया , शोसक राणा काल ।।

चार जना नेपालका सपुत , अमर सहीद भया ।
देशको लागी रगत बगाई , स्वर्ग्या लोक गया ।।

यसै दिनमा प्रजातन्त्र , त्रीभुवन ले ल्यायो ।
अन्धकार देशको हट्यो , सुनौलो दिन ब्यायो ।।

बिगतका दिनमा कैयौ , उलथ पुलथ भया ।
कयौ सपुत यसको लागी , ज्यान दियर गया ।।

प्रजातन्त्र रुपान्तरित , गणतन्त्र भयो ।
प्रजाको विकासको ईच्छा , मनै भित्र रयो ।।

सुरक्षित सुनिस्चित होईजाउ , हक अधिकार हाम्रो ।
प्रजातन्त्र अमर रहोस , फलोस फुलोस राम्रो । ।

?? प्रजातन्त्र अमर रहोस ??

चन्द्र कुवँर ” चन्द्रमा ”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.