कविता : शुभकामना

~सार्थक सिम्खडा~Sarthak Simkhada

सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम”
साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई”
कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार”
बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !!

समुन्द्रिय छालसँगै लहरिने तिमीलाई,छ अक्षरको “मायाको साईनो”
हावाको झोका सँगै बहने तिमीलाई,सात अक्षरको “प्रगतिको कामना”
बर्षे भेल सँगै बग्ने तिमीलाई,आठ अक्षरको “सफलताको कामना”
धन, दौलत सँगै रम्ने तिमीलाई,नौ अक्षरको “फलोस फुलोस चाहना”
सामयिकचक्र सँगै परिबर्तित तिमीलाई,दश अक्षरको “नयाँ बर्षको शुभ -कामना ” !!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.