कविता : निलो आकास !

~जुनिता सुब्बा~Junita Subba

फुलको गुच्छाले
हान्दा
दुख्ने भएसी
झरेकी थिएँ, आकासको छानाबाट
समुद्र सिरानी बनाई
निद पुर्याउन !
बार-बार तिमि समुन्द्रतटमा
यादहरु बिछाईरहदा
मेरो मौनतालाई
अङ्गालिनौ कि क्या हो !
र म निरस-निरस बोलिरहन्थे
छालहरुसँग
तिमीलाई ठुलो व्यंग्य प्रहार गर्दै

जमिनहरुसँग तिम्रो दोस्ती
नजानिँदो छ
तिमि लैजाऊ जमिनहरु
र बलेसी बनाऊ
म कसरि आउ , जमिनमा
तिम्रो ध्यान भंग गर्न
फेरी यथार्थ हामी देख्नेछौ
त्यो निलो आकास!

-जुनिता सुब्बा
संयुक्त राज्य अमेरिका
junitato7summits@gmail.com

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.