कविता : विद्यार्थी आवाज

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

दानवताकन दूर धकेल्दै
जनजागृतिको दैलो खोल्छु
न्याय उठाउन बन्दूक खुकुरी
खुर्पि खुँडाको भाषा बोल्छु

नेपालीको ज्यान बचाउन
भर्तिकेन्द्रको बाटो मास्छु
शहर शहरमा जुलुस निकाल्छु
पर्चा छर्छु पोष्टर टाँस्छु

निम्न वर्गको ख्याति जगाउन
कलम रगड्छु आगो पार्छु
जरजर दुनियाँमाथि परेको
बर्बरताको शेखी झार्छु

वेग वेगका छाल उठेका
बाँध फुटेको धक्का झेल्छु
शहर गाउँका भेदभावको
गहिराइमा पौडी खेल्छु

हिजो गरेका जति बदलाको
रगत निचोरी धरती पोत्छुर्
धर्मपशु अनि धनपशुलाई
हलो भिर्राई पर्ती जोत्छु

आज पढेको शब्द शब्दले
जागृत गर्छु झुप्रा झुप्री
काला धनको छातीमाथि
खेल्छु कपर्दि उफ्री उफ्री

विद्यार्थी हूँ पीडित जनता
मुक्ति हुने अभिभारा बोक्छु
राजनीतिमा भाग नलेउ
भन्नेलाई ठोक्छु ठोक्छु

जागृतिको कर्नाल फुक्छु
भोका नांगा अघि अघि र्सार्न
नसा नसामा रगत उमाल्छु
भोलीको दिन झलमल पार्न

सडे गलेका चिथरा भिर्ने
डोको बोक्नेको दुनियाँमा
हुने र्समर्पण प्राण बिर्छाई
हृदयदेखिको मेरो धामा

अवधि पुगेका पीडक दुर्बल
सके हुँदै गई क्षीण मनोबल
प्रगतिशीलको उदित किरण नव
निस्केको छु ज्योतित भइ अब

भूखमरीको शक्ति श्रोतले
देशद्रोहितको हरकत ढाल्छु
नूतनताको आवाहनमा
युग पुरानुको लाश निकाल्छु

देश चाहिँ यो कृषि प्रधान
किसान पाउँदैनन् खान
सहन शक्तिको परिधी टुट्नु
स्वाभाविक हो मैले उठ्नु

आर्थिक पीडा परदा असहन
हृदय जलेको देश छ दनदन
कटु अनुभवको आगोमाथि
खेल्नु छ मैले राख्नु छ ख्याति

भोका नांगा दाजुभाइ
चाहिँ दुनियाँमा छरिएका
दूर देशका वेश्यालयमा
दिदीबहिनीहरू भरिएका

युवक हृदयले प्राण बिर्सजन
गनैं पर्ने ज्ञात भैसक्यो
नेपाली हूँ भन्न पनि अब
लाजमर्नुको बात भै सक्यो

(युगविजय-१ – २०४०)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.