कविता : उस्तै कुराहरु

~मुक्ति गौतम~Mukti Gautam

बाटोमा,
फूलहरु भेटिए
फूलहरुले
फूलकै कुरा गरे
सुगन्ध र शुन्दरताको
झरी र बतासको
पुजा र उपहारको
कैद र फूलदान
या
चुडिनु र कपालमा सजिनुको;
झर्नुको
बगैचामा फूल्नुको
अँध्यारो
र उँज्यालोको
फूलहरुले मनको कुरा गरे।

ढुङ्गाहरुले
ढुङ्गाकै कुरा गरे
कठोरपन र निरशता
निर्माण र भार
टुक्रिनु
र फ्याकिनुको कुरा गरे
हस्तक्षेपको कुरा गरे
मुर्ती बनेर उभिनुको कुरा
औलाहरु
या
गलामा सजिनुको कुरा गरे
माया
अपमान
र
रहरका कुरा
ढुङ्गाहरुले
धैर्यताको कुरा गरे।

हिउँले
ताप
र
अस्तित्वको कुरा गर्यो,
पानीले
बहाब
र
गहिराईको कुरा गर्यो,
हावाको कुरा
चराको कुरा
जङ्गलको कुरा
जीब\ निर्जीबहरुको कुरा
सबैले कुरा गरे,
पुरा जीबन जीउँन नपाउँनेहरुले
रोगको कुरा गरे
भोकको कुरा गरे
हिंशाको कुरा गरे
बिपत्ती
र
अकाल मृत्यूको कुरा गरे।

कुराहरु
उस्तै हुदारहेछन् सबैका
सपनाहरु
रहरहरु
पीरहरु
उस्तै हुदारहेछन्,
मात्र
फरक ब्यक्त गर्नुको रहेछ
या
बुझ्नुको।

-मुक्ति गौतम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.