Poem : What I Stand For

~Pancha Vismrit~Pancha Vismrit

I am climbing up the mountain of days
Up to which the top looks so high
Where I can see
My sparkling Mt. Everest from
And I can see my homeland from
The days seem to be so colorless
which to lend me colors of rainbow
That to paint
That to decorate my diaspora
The days appeared to be so cruel Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : गाउँको वृद्धालय

~प्रोल्लास सिन्धुलीय~Prollas Sindhulia

बुढाबुढीमात्र छौं गाउँमा
छोराछोरीहरु छैनन्
सखारै
चराजस्तै चिर्बिराउने
नातिनातिनाहरु छैनन्
आँगनको डिलमा फूल छ
तर टिप्ने कलिला आँखाहरु छैनन्

त्यो अम्बाको बोट
जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु
त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो
बिहान जसरी रित्तो ब्युँझन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : को कसको हो

~किरण खरेल~Kiran Kharel

को कसको हो को कसको हो, कसले चिन्न सक्छ र
सिन्दूर हो या धुलो हो जिबन, कसले भन्न सक्छ र

आँखा नै हो मिठो सपना, देख्नु गल्ति होइन २
मुटु नै हो चोखो माया गर्नु गल्ति होइन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

म त एक रातो गुलाफ को फूल हु
आखिर मेरो त अस्तित्व नै राम्रो छ
लाग्छ त्यसैले होला म त अरुको नजर मा
भाग्य मानी पो छू की केहो
म त केवल स्वच्छ मन
सुगन्ध र मिठो वास्ना लिएर
माया पिरातिको डोरों माँ बेरिएर
सधै प्रेम र प्रेमिका को निमित्त्व
माया मा बेचिएको छू मेरो त जीवनको
गोरेटो नै राम्रो छ तर तिम्रो ??
आखिर तिमी त परेऊ ……………………………. Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : झल्को गाउ घरको..

~शिब थापा~Shiva Thapa

झल्को गाउ घरको कठै केई गर्याले मेट्टीदैन.!
मेरा जनम भुमी जसो ठौर काई गयाले भेट्टीदैन.!!

लागन लाग्यो बसन्त रितु हरीयाली छायको होला.!
डाली बसी दोफहरी का धुप कोयलीले गायको होला!! Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : छोरीहरुका लागि

~भरतराज गौतम~Bharat raj Gautam

ऊभन्दा अगाडि दुईवटा छोरीहरु जन्मिसकेका थिए । तैपनि उसको आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिन । ऊ नजन्मुन्जेलसम्म पनि हामीलाई थाहा थिएन कि ऊ छोरा थियो कि छोरी । तर उसैलाई अप्ठेरो होला भनेर उसकै मायाको खातिर मैले त्यस्तो कुनै टेस्ट पनि गराइन् । आमाको पेटमा भएको बेलामा पनि उसले आफ्नी आमालाई आफ्ना दिदीहरुले भन्दा अली बढी नै दुःख दियो । मैले हाम्रै चाहना बमोजिम धर्तीमा आउन तयार भएको त्यस नवआगन्तुकलाई आफ्नी आमालाई धेरै दुःख नदेऊ पनि भन्न सकिन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कुकुर स्तुति

~जे बी शेर्पा~ J B Sherpa

शीर्षक हेर्दै गाईजात्रा उत्सव को उपलक्षमा लेखिएको कुनै गाइजात्रेलेख होला भन्नेठान्नुहोला तर यो गाइजात्रे प्रस्तुति नभएपनी एउटा समसामयिक व्यंगपूर्ण कुकुर लेख हो भन्ने ठोकुवा चाहीं गर्ने आँट गरेकोछु ! नपत्याउने विचारगर्नु भएको भए एकैछिन समय दिनुहोसन त ….शायद तपाईको थोरै समय र सोचलेयो कुकुर स्तुति लाइ पनि केही योगदान पुग्छ्की ?

चाहेर वा नचाहेर होस मानव जिवनमा मानव जाती सित सवै भन्दा बढ़ी नजिकिएको प्राणी कुकुर नै होला, त्यसैले मानिसको जिवनमा कुकुरहरुसंग गाँसिएको साना ठूला, झीना मसिना सम्झना हरु वग्रेलती हुन्छन् ! कुनै मीठा, राम्रा कुनै नराम्रा र दुःख लाग्दा ! तर ति विचरा कुकुरहरुको बारेमा सोच्ने, कल्पिने प्राय धेरै Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

एकाङ्की : याचना

~बिपुल सिजापति~Bipul Sijapati

पात्रहरु
युगा – धनी व्यापारीकी पत्नी
सुभद्रे – काम गर्ने आईमाई
राजासाब — युगाको व्यापारी पति (छायाँ चरित्र)
साईला — सुभद्रेको पति (छायाँ चरित्र)

(एउटा आलिसान साजोसामानले भरिएको कोठामा युगा सोफामा किंकर्तव्यबिमुढ बसेकी हुन्छे । मञ्चको छेउबाट मञ्चमा सुभद्रे भित्र पस्छे )

सुभद्रे — लौ हजुर त अझैसम्म केही पनि नगरी बसिबक्सेको रैछ । राजाको तीनपटक फोन आई सक्यो ।

युगा आवाज पट्टि फर्कन्छे र एकछिन् सुभद्रेलाई टोलाएर हेर्छे । Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : क्यारे

~विचित्र डंगोल~

क्रान्ति भन्नु
भताभुंग पार्नु नै रहेछ क्यारे
जताततै भग्न स्थिति
देखिन लागिरहेछ

परिवर्तन भन्नु पनि
अदल बदल नै रहेछ क्यारे
मान्छेले नियत बदलेको
पाइन लागिरहेछ

विकास भन्नु पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो

~बिष्णु सुबेदी दोलखे~Bishnu Subedi 'Dolakhe'

हाकिम साहेब भन्दा त पियेन दाइ राम्रो
कम्तिमा पियेन दाइले बसौ हजूर त भन्छन,
गजधुम्म आकाश झै हाकिम साहेब
सुन्निएको बिरामी जस्तो
चुपचाप चुपचाप मनमा कुरा खेलाएर
आफ्नै धुनमा मस्त रहन्छन ,
पियन दाइ यसो मर्का बुझेर
केही थियो कि हजुर ? भन्छन
बस्नलाई बेन्ची त दिन्छन
हाकिम साहेब भन्दा त
पियन दाइ कता कता को जाती
हाकिमको भन्दा पियन दाई कै ठुलो छाती , Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : यहाँ बाँच्ने हर

~गोपाल योन्जन~Gopal Yonjan

यहाँ बाँच्ने हर जीवनलाई आफ्नु आफ्नु स्वार्थ प्यारो छ २
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ २

बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ २
तारा अरिसले जल्दछ २, बादल रोएर झर्दछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : दुष्मन प्रोहित

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

पत्र र पुस्तक अघि-अघि सार्दै
मरिसकेको धर्म फलाक्दै
मानिस मर्दा जुँगा मुसार्दै
तस्मै मार्दै पैसा झार्दै

स्वतन्त्र मानवलाई बिगार्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पवित्रा

~अनन्त लम्साल~Ananta Lamsal

पवित्रालाई दिनभर फुर्सदै जस्तो हुन्छ । बिहानको खाना ख्वाएर पतिदेवलाई स्कुल पठाएपछि घरमा त्यस्तो केही हुदैन । साँझ-बिहान पूजा आरतिको लागि बत्ती कात्छिन् फुर्सदमा । गाईवस्तु छैनन् घाँस काट्नलाई । पहाडको घरमा वस्तुभाउ नभएपछि गर्ने काम नै पो के हुन्छ र ? केही व्यापार व्यवसाय सुरु गर्ने अनि जोई पसल,पोइ स्कुलमा व्यस्त हुने योजनाले नै उनीहरूले गोबर सोहर्ने चाख देखाएनन् । सासु-ससुरा देवरसँग भएकाले बुढाबुढीको देखभाल गरेर भान्छाचौका गर्नुपर्ने बाध्यता पनि थिएन उनमा ।

“कति पल्टिनु बिछ्यौनामा ? रातभर पनि यहीँ, दिनभरि नि यहीँ । रातोदिन पल्टँदापल्टँदा ओछ्यान पनि गनाउन थालिसक्यो ।’ पवित्रालाई वाक्क लाग्छ कहिलेकाहीँ । यसो मन बहलाउन घुम्न जाने मान्छे नन्द, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिदाइ नववर्षलाई

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

जुवाका सोइला भाँचेर
हल गोरुहरु उन्मत्त भई
छाडा साँढे भएको बेला
तिनले तिम्रो कुमारित्वसँग
सिँघौरी खेल्न के बेर
त्यसैले ए नववर्ष !
धेरै सिंगारिएर नआऊ
अझ दुई चार वर्ष पर जाऊ
नत्र कलङ्कित हुन सक्छ
तिम्रो सुन्दर नाऊॅँ
दुईटै हात भाँचिएको बेला Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : पर्खी बसें आउला भनी

~विश्व बल्लभ~

पर्खी बसें आउला भनी मेरो उठने पालो
मेरो उठने पालो
कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो
भै गएछ कालो मेरो उठने पालो

वारिपारी अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छाँया आफै सँग भागी हिँड्न थाल्यो
भागी हिँड्न थाल्यो
आफ्नै माँया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शब्द

~सुरज दाहाल~Suraj Dahal

शब्द हुन चेतना
शब्द हुन वेदना
शब्द हुन संवेदना
शब्द हुन न्याय गित
शब्द हुन सत्य सगिँत
शब्द हुन शिव शिवत्व
शब्द हुन बुद्ध बुद्धत्व
शब्द हुन ज्ञान
शब्द हुन अज्ञान
शब्द हुन प्रज्ञान Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : बेर बेर सवाल

~गजेन्द्र गजुर~Gajendra Gajur

बेर बेर सवाल हमर याह रहैछै
सत्य बात किए लगैत बेजाह रहैछै

अपना टाग्ङ तर दाबल रहलो पर
कछेर प पुहुचेने किए नाह रहैछै Continue reading

Posted in मैथिली गजल | Tagged | Leave a comment

कविता : बसन्त

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

फक्रन्छन् कोपिलाहरु
सुभाष मिठो छर्दै
चिरबिर गर्छन् चरीहरु
उन्माद आफ्नो पोख्दै
ऋतुराज बसन्त आज
घोप्टियो धरातलमा
पोख्दै आफ्ना अवयबहरु
लौ हेर लौ हेर भन्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बुझ्नै सकेनौ तिमीले

~चेतन कार्की~Chetan Karki

बुझ्नै सकेनौ तिमीले, आँखाको भाखा मेरो २
हजार अर्थ अरुले, लाएर के गरूँ २

मुटु मुटुमा प्रीत बनी, भरिन सक्छु म
अधर अधरमा गीत बनी, छरिन सक्छु म
दोहोरयाइनौ तिमिले मेरो गीत भन्ने सारा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : फेसबुक ट्रयाजेडी

~पोस्तक श्रेष्ठ~Postak Shrestha

कलेजको क्याफ्टेरियामा कुनाको एउटा टेवलमा एक्लै अक्सर एक्लै हुन्थिन् उनी। दुब्ली, अलि छरपरष्ट कपाल, चस्मा लगाउने। ब्याकप्याक, फेरी प्लाष्टिकको झोलामा केही कितावहरु वा यस्तै केही सामानहरु, कानमा इयरपड्। मिन्नेसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन्। हस्याङ-फस्याङ गर्दै आउथिन्, एउटा कफीसंग बेगल लिन्थिन् र त्यसबिचमा झोलाबाट एउटा किताब निकालेर केही पृष्ठ हेर्न भ्याउथिइन् र फेरि हत्तार गरेर निस्किन्थिन्।

एकदिन उनी अलि लामै समय बसिन्। म छेउको टेवलमा थिंए। कुनै चिनजान थिएन, बोल्ने कुरा भएन। उनी एशियाली मुलुक को त हुन् तर कुन देशको होलिन् भनेर कुतुहलता लागिरहेको थियो। यत्तिकैमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : मेरो गाउँ

~निश्चल के.सी~ Nischal KC

मेरो गाउँमा
हरियाली बन छ ।
त्यसैले मलाई
त्याहाँ जाने मन छ ।

मेरो गाउँ
सन्दर र शान्त वातावरण छ ।
त्यसैले मलाई
त्याहाँ बस बस लाग्छ । Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

स्वदेश गान : आमा भन्दै रुन पाऊँ

~एस्पी कोइराला~S.P. Koirala

आमा भन्दै रून पाऊँ बिराउँदा बाटो
मुटु दुख्दा छुन पाउँ एक मुठी माटो

छातीमाथि रोपेको छु फर्फराउने झण्डा
मैले टेक्ने जमीन ठूलो आफ्नै प्राण भन्दा
शिरमाथि माटो राख्ने आमाको त्यो अर्ती
आत्मा भन्दा निकै प्यारो म जन्मेको धर्ती Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : गल्ति हजार हुन्छन

~गोपाल योञ्जन~Gopal Yonjan

गल्ति हजार हुन्छन, यहाँ होस हराएको बेला
एक्लै तिमि नआउ, म मात्तिएको बेला

मेरा यी हातहरुले, कहिं घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ
रूपको के मूल्य हुन्छ, म पशु भएको बेला Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मन्दिरको घडेरी

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

‘आजको मितिमा बसेको यस छलफलले हाम्रो गाउँमा एउटा मन्दिर बनाउने निर्णय गरेको हुँदा भोलि बिहान ठीक सात बजे यही आँगनमा सबै जना भेला भई मन्दिरको घडेरी खार्न जानुपर्ने कुराको जानकारी गराउँदछु’ जेठाले निर्णय सुनाई सबैको इच्छा बुझ्न खोज्यो–‘यस निर्णयप्रति सहमति जनाउने र विमति जनाउने सबैले पालैपालो हात उठाउने ।’ विमति हुनेमा कसैले हात उठाएन । सर्वसम्मतले उक्त निर्णय पारित भयो । गाउँमा मन्दिर बनिने कुराले सबैलाई उत्साहित बनायो । भोलिदेखि सबैले उक्त प्रस्तावित मन्दिर निर्माणका लागि श्रमदान गर्नु पर्ने भयो ।

एकाबिहानै काँधमा बेल्चा बोकेर मन्दिरको घडेरी खार्न हिंडेको कान्छालाई बारीको डिलमा घाँस काटिरहेको मन्तरेले देख्यो । मन्तरेलाई नदेखेजसो गरेर कान्छो खुइँखुइँ ओरालो लाग्यो ।

‘ओए, काँ हिंडेको ?’ हँसियाले अड्याउँदै एकमुठी घाँस डोकामा हाल्दै कान्छालाई मन्तरेले भन्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परेवा जोड़ी

~राधा वाग्ले~

स्वछन्द भई आकाशमा हावा मिठो सुसाउँदै
बाज आई झम्टीन्छ की संकेतले बचाउँदै।
मंदिरको अन्नदाना मिठो मानी पचाउँदै,
बाँच्छन् हाम्रा धरोहरमाँ शान्ति गीत रचाउँदै ।

बढाई प्रीतको डोरी चुच्चो चुच्चो समाउँछ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गन्तव्य हो

~मुक्ती नेपाली~

मैले क्रान्तिका खोक्रा नारा कति खोकें।
कति सोझा सीधा किसान र मजदुरलाई सपना बाँडे।
उ हेर मेरो गन्तव्य आर्यघाटमा पुग्यो।
मैले बन्दुक बोकाएँ सपना बाँडेर।
मैले रगतको भल बगाएँ सपना बाँडेर। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : झेल लगायो

~सुविद गुरागाई~Subid Guragai

समयले अनेक झेल लगायो ।
भुमरीमा मनको नाउ फसायो ।

मनको गुहार सुनेन कसैले !
रुँदै हिँड्न कायल हाल गरायो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : के नै पो जलेको रैछ र !

~रोबिन मानन्धर~Robin Manandhar

स्कूलको आज अन्तिम दिन । उसले सोध्यो, ‘के छ अबको नयाँ सोच ?’ मैले भनें, ‘खासै केही छैन, सायद कुनै जागिर खोज्छु, अनि काम गर्छु ।’

कक्षामा पढाइको कुरामा सबैभन्दा अब्बल भएपनि नजिकको साथी ऊ मात्रै थियो, जिवन । कक्षा ८ मा अर्काे स्कूल छाडेर मेरै स्कूलमा भर्ना भएको थियो । सबैसँग जिस्किने, सबैसँग मिठो बोल्ने । एकदिन जिवन स्कूल नआउँदा सबैबीच चर्चा हुन्थ्यो, उसको । लाग्छ, ऊ स्कूल नआएपनि हामीबीच नै छ । ऊ मेरै बेन्चमा बस्थ्यो तरपनि हामीबीच बोलचाल कमै हुन्थ्यो । कक्षामा सबैले मलाई पढन्ते भनेर चिन्थ्यो, सायद त्यसैले गर्दा होला, सबैले मलाई घुसघुसे भन्थ्यो । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : किरी किरी बनै भरी

~गोविन्द गोदार~

किरी किरी बनै भरी करायो झ्याउँकिरी
मरी मरी ढाकछोप गरी लुक्दैन जवानी
हो…हो… लुक्दैन जवानी

छोयर गयो हावाले सुस्त
प्यारीको वदन
आउ मिलाउ बढाउँ संगै
जीवनका कदम
हो…हो…जीवनका कदम

लरक्क लरक्यो फूलको थुंँगा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चोटहरु

~निर्भीक रार्इ~Nirvik rai

झुन्डिएर लौकाझैँ फलेकी नैनकला
दुनियाँलाई ऋणसापट छर्दा ।
बिपनामा सिरीखुरी भएकी नीरमाया
नेताको आडमा करोडौँ कुम्ल्याउने
सपना देख्दादेख्दै योजना फेलखाँदा ।
बिगतमा कुकुरलाई कवाफ खुवाउने दिलसराको चुलो नबलेको
अहिले तिनीसँग फर्सी किन्ने पैसा नहुँदा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सिमीका कोसा

~चण्डी सुवेदी~Chandi Subedi

त्यसो त माइली दिदी त्यति अपरिचित होइनन्। उनी एकदम मधुरो बोल्दथिन। एउटा हाते मेशिन थियो। त्यसैले गाउँ भरिको कपडा सिलाउन उनीलाई हम्मे हुन्थ्यो। श्रीमान विदेश थिए केरे। छोरा छोरी हामीसित पढ़दथे।

त्यो जमाना दमिनी भनेर हेला त गर्ने नै भए असतीहरुले। एउटी आइमाइले कसरी त्यत्रो परिवार धानेकी थिइन , अचम्म लाग्दथ्यो।

दशैं पनि आयो। सदा झैं। मेरो पनि स्कुल ड्रेस सिलाउनु थियो। माइली दिदीकहाँ लगेर दिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : धोधारमा छु

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

खसेका तारा गन्दै
उस्लाइ नै मागेथे
चोखो छ त्यो मन भन्दै
साचोमाया साचेथे

आखिर सुन्य रैछ संसार
उस्को माया पाउन सकिन
स्वार्थी नै रैछ उस्को हेर्ने नजर
जति गरेनी उस्को साथ पाइन Continue reading

Posted in कविता | Tagged | Leave a comment