~कोपिला कुमारी~
तेरै बास्या स्वाइलो हुन्छ,बास पातलका न्याँउला…।
पाकिरेइ काफलकि डाली,घर आया खाँउला…।।
हेरी रैइ हो बाटो इजु,चेली आली भणि,..।
रातदिन आशामा बस्सि,दिनबार गणी….।। Continue reading
~कोपिला कुमारी~
तेरै बास्या स्वाइलो हुन्छ,बास पातलका न्याँउला…।
पाकिरेइ काफलकि डाली,घर आया खाँउला…।।
हेरी रैइ हो बाटो इजु,चेली आली भणि,..।
रातदिन आशामा बस्सि,दिनबार गणी….।। Continue reading
~ज्यो. कुबेरनाथ भट्टराई~
खोज्दा खोज्दै रोज्दा रोज्दै
ढलेछ वसन्त त्यो
ध्वाँसी, थेप्ची, पुड्की, काली
प्नि पाउन कठिन भो ।
सधैं सधैं जवानीमा म
इन्द्रधनु पनि बसमा पार्छु भन्थें Continue reading
~दीपेन्द्र दोङ तामाङ~
भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निन्द्रदेवीलाई आह्वान गरिरहें तर अहँ फिटिक्कै निन्द्र परे पो । अपार्टमेन्टभन्दा केही मिटर मात्र पर रहेको रेल्वे स्टेशनबाट आइरहेको संकेत ध्वनी र रेलको आवाजले रातको निरवतालाई चिरिरहेको थियो । यता मन जति चङ्गा बनेर कता कता उड्दै थियो उति उति नै आँखाबाट निन्द्र पनि भाग्दै थियो । शायद भोलि र पर्सी दुई दुई दिन छुट्टी भएर पनि मनमा मनोविज्ञानले असर गरिरहेको थियो ।
जबर्जस्ती ब्ल्याङ्केटमा गुटमुटिएर बस्नु भन्दा कतै बाहिर निस्कनु वेश भन्ने निष्कर्षमा पुगें । रातको ११ वज्दै रहेछ । म जुरुक्क उठें र लुगा लगाएर विरालोको चालमा सुस्तरी बाहिर निस्किएँ । आसपासका कोठामा रहेकाहरुको निन्द्रा नविथोलिऊन र स्वतन्त्रता नखोसियोस् भन्नेमा म पूरै सतर्क थिएँ । त्यसैले सुस्त चालमा हिडेर लिफ्टसम्म पुगें र लिफ्टबाट सोझैं भूइँतालामा झरेर बाहिर निस्किएँ । Continue reading
~श्याम रेग्मी~
झुपडीको छिद्रबाट
पसेको घामले
मेरो घरको भित्तामा
जब
एउटा आँखा बनायो,
त्यही दिन देखेको हुँ-
दुनियाँ रंगीन छ ।
त्यही दिन बुझेको हुँ,
उकाली ओराली गर्दा
बाले
नाम्लो लगाएर पिठ्यूँमा
भारी होइन,
मलाई बोकेका रहेछन् । Continue reading
~रामचन्द्र ज्ञवाली~
आङ ढाक्न लाई कोरा छैन बिछ्याउन बोरा छैन मल्मल को के कुरा ।
सिङो संसार मा केही छैन सुकुम्बासी हामि हामी महल केकुरा ।।
सुतेर नाङो ध्रर्ती यो माटो माथि हेर्दाइ छौ तस्बिर ति बिरहरुको ।
केयस्तै थियो होला र सपना लडेर मर्ने हाम्रा ति वीर सहिद को ।।
भन्थे करान्ति कारी कदम लियर बढ् हे वीर नेपाली हो ।
रुन्छौ नि कती देश भरका हामि जस्तै सर्बहारा कङाल हो ।। Continue reading
~धर्म गौतम~
मानिसको स्वभाव र प्रवृत्तिको अध्ययन गर्नेहरु भन्दछन्, यो प्राणी जहिले पनि सुखको खोजीमा हुन्छ । सुखको चाहनामा डुबेकै कारण त्यसको प्राप्तिका लागि ऊ दुःख समेत गर्दछ र यसरी गरेको दुःख ऊ संझनामा राखिरहन चाहँदैन, स्मृतिमा पनि ऊ आप्mना सुखद क्षणकै संवरण गरिरहेको हुन्छ । उसको अभीष्ट सुख हो र दिल दिमागमा, ऊ तिनै कुरा खेलाइरहेको हुन्छ । एकथरी विद्वान त कतिसम्म भन्दछन् भने हामीलाई बाल्यकालको संझना रहँदैन, त्यसको कारण हो हाम्रो बाल्यावस्था दुःखपूर्ण रहनु । यो सम्पूर्णत अरुमा, आमा वा अभिभावकमा नै सही, आश्रित हुने भएकाले, आपूmले चाहेको गर्न नपाएकाले पनि त्यस्तो भएको हुन सक्दछ ।
नभन्दै आप्mनो बाल्यकालको स्मरण सुनाउनेहरुले रमाइला कुरा नै उल्लेख गर्ने गरेको पाइन्छ । कतै कसैका कुरा सुन्दा कष्टकर लागे पनि त्यसबाट सम्बन्धितले भने सुखकै अनुभव गरेको अथवा सुखको लक्ष्य प्राप्तिमा त्यस्ता कष्टलाई सहज वरण गरेको पाइन्छ । भिन्न क्षमता भएकी लेखिका झमक घिमिरेले आप्mनो अक्षरारम्भको दारुण कथा लेखेकी छन्, त्यो पढ्दा आँशु आउँछ पाठकका आँखामा तर Continue reading
~रुपेश श्रेष्ठ~
फेरी घाम उदायो
अनाहकमा
मेरो वस्तीको नग्नता
उदाङो हुने भो ।
रात ओढेर
बल्ल बल्ल निदाएको वस्ती
जाग्ने भो फेरी
अब कता लुक्ला यो ?
अब के मात्र छोप्ला यो ? Continue reading
~सुशिल गौतम~
सुन्दर बिहानीको कल्पना गर्दा गर्दै
फिस्स उडेको मांसपिण्डका आशहरु
कल्पना कै भग्नावशेषले थिचेर
गतिहिन ढलिरहेका यि हुन
भोका प्यासा लाशहरु ।
बाचुन्जेल चिच्याएका भोका क्रन्दनमाथि Continue reading
~सुविद गुरागाई~
जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि !
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि !
हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ?
डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! Continue reading
~सन्तोष पौड्याल~
‘तिमीलाई मेरो माया लाग्दैन?’ म बढी नै आक्रोशित भएँ। मैले हजार बार ऊसँग विवाहको प्रस्ताव राखीसकेकी थिएँ। यस्तो गर्नु निरर्थक हो भन्ने जान्दाजान्दै अन्तिम कसरतमा लागें।
सधैं झैं कुल भएर उसले जवाफ फर्कायो ‘तिमिलाई माया नगर्ने भए २० माइल काटेर भेट्न आउथे र?’
हुन पनि ऊ सधैं राजधानी पार गरेर मलाई भेट्न साँखु आइपुग्थ्यो। दुई वर्षदेखी झरी, बादल, बतास वा घामले उसलाई छेकेको मलाई थाहा छैन। हामी साली नदीको काखमा बज्रयोगिनीका आँखा छलेर प्रेम गथ्र्यौं। एकअर्कालाई जतनसाथ सुम्सुम्याउथ्यौं। अनि बाटो लाग्थ्यौं। हामीले प्रेम गर्न सुरु गर्दा जन्मेका साली किनारका पालुवाहरुमा मस्त जवानी फक्रिसकेको थियो। तर उसले मलाई अन्माउने सुरसार कहिल्यै देखाएन। Continue reading
~विश्व बल्लभ~
मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो
रातको निदरीमा निद टुट्यो
तिमीलाई पनि यस्तो हुन्छ कि हुँदैन
पिरतीले नसाले छुन्छ कि छुँदैन
भन माया, भन माया
जिन्दगी यो जिन्दगीमा माया त एक चोटी लाउनु नै छ Continue reading
~रोशन राउत~
एउटा शुन्य,अन्धकार भित्र
कोर्दै छु जीवनको रङ्गिन चित्र
मिथ्या यो संसार,मिथ्यै हो जानी
तैपनि बुन्दै छु स्वपनको खानी
भोलिको सुखको झिनो छ आस
बित्दैछ आजको सुमधुर मधुमास Continue reading
~आभास~
आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ
मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ
घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ
तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ Continue reading
~जनक दाहाल~
थोरै धुवा धेरै आगो
जस्तो जीवन उस्तै फोटो
एकैछिन पहेलो, त्यसपछी मोटो
खुब गरेउ भगवान! पुग्यो होला नि धोको?
तल शितल माथि आगो
जस्तो स्वरूप उस्तै चालो
शरण पाउन भनेर ॐ शान्ती जप्यो
खुब गरेउ भगवान! बिथैमा तिमीले लगेउ Continue reading
~दिपक अधिकारी~
अस्ताउनै लागेको सुर्य झैं,
घरले जा-जा र बनले आ-आ भनिरहेपनी,
मेरो त अझै पनि बाँच्ने रहर सेलाएको छैन,
फुस्रिएका ईँट्टा झैँ अनुहारै फुस्रो भयपनी,
मेरो मन चाँहीँ फुस्रिएको छैन ! Continue reading
~दीपक जडित~
खुशी छल्केको
एक हूल मनमा
चन्द्र र सुर्य । १
———
त्यो अँगालोमा
चन्द्र सुर्य देखियो
अनन्त हर्ष । २
——— Continue reading
~कोरङ्गी प्रेम~
शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको निम्ति ति सबै बाटोहरू तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै बि.ए. सम्मको अध्ययन पुरा गर्दछ ।त्यस पछि उस्का दुःखका दिनहरू क्रमश ओरालो लाग्छन ।अब उ आफ्नै गाउँको प्रस्तावित माविमा अंग्रेजी र गणित विषयको Continue reading
~बुद्धीलाल तमाङ~
मेरो इतिहास,
बीरहरुको बिरताको इतिहास थियो
बलिदानका कथाहरुको इतिहास थियो
त्याग र समर्पणका गाथाहरुको इतिहास थियो
जिउदा र जाग्दाहरुको इतिहास थियो
अखंड जितहरुको इतहास थियो
जितै जितको इतिहास थियो
अहा! मेरो इतिहास! Continue reading
~रवीन्द्र शाह~
फूलको पातमा दुई थोपा आँसु यो मेरो खस्यो कि
गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि
गगन बिचको झल्किने तारा कुन चाँही हाँस्ने हो Continue reading
~संजीव चापागाईं~
आमा रहेछ शक्ति ,आमा रहेछ माया ,
जिबन्तता त्यो भर्ने ,आमा रहेछ छाँया ,
आमा रहेछ धर्ती, बांच्ने त्यो मौनता मा ,
आमा रहेछ पुष्प ,फक्रन्छ श्रीजनामा।
………………….
खोजेर वा नखोजी ,माया अनेक भेट्छु ,
आमा त्यो तिम्रो मात्र , निस्वार्थ माया देख्छु ,
आमा छोडेर टाढा ,निरस यो बस्ति भेट्छु ,
तिम्रै त्यो माया भित्र, जिबन जिबन्त देख्छु। Continue reading
~सुकुम शर्मा~
१. उठान
सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ भने वस्तुगत तटस्थीकरणमा वस्तुनिष्ठता या वस्तुपरकता आउँछ । साहित्यिक अभिव्यक्ति यी दुवै पक्षसँग सम्बन्धित हुन्छ । साहित्यका विधामध्ये निबन्ध लेखनमा यी दुवै पक्षको प्रयोग र विशिष्ट परम्परा निर्माण भएको छ । यस लेखको सन्दर्भ क्षेत्र भने चयन गरिएका निबन्धका आधारमा आत्मपरकताको खोजी गर्नु हो । Continue reading
~भाउपन्थी~
“नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । कस्तो हुँदो रहेछ नयाँ नेपाल भनेर हेर्न उसले बोलायो ।
“कति दिऊँ, नयाँ नेपाल ?”
सोधाइले उसलाई शंका पनि लाग्यो कि कतै यो नयाँ नेपाल भन्नु उसको थेगो त थिएन ।
“ए दाइ, यो थेगो हो भने बिक्री गर्ने मालझैँ किन चिच्याएर हिँडिरहेको ? देशलाई पनि बदामझैँ बेच्न पाइन्छ ?” Continue reading
~कला अनुरागी~
तिमी चढेको विमानजस्तै
फुत्त उड्यो मेरो मुटु
र, गयो सातो तिमीसँगै ।
त्यही दिनदेखि
एउटै दृश्य आइरहन्छ आँखामा-
तिमी बिस्तारै छुटाउँछौ अँगालो
समाउँछौ चपक्क हात
अनि, छाड्छौ बिस्तारै
र, बढ्छौ
मैले जुनीभर नदेखेको अनकन्टारतिर ।
आत्तिरहन्छ मन Continue reading
~संगीतश्रोता~
महाराज पृथ्वीनारायण शाहसँग
जम्काभेट भयो एक गणतान्त्रिक साँझमा
अचानक कीर्तिपुर पाँगा दोबाटोमा !
मैले सोधेँ-
बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ?
उहिल्यै काटिगएका थियौ किपू-ज्यापूका नाक-कान
के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?
मेरो ठाड्ठाडो प्रश्न सुनेर पनि
शालीन देखिए बाजे महाराज
र भने- ‘बाबु, यो गोर्खे-खुकुरीको जमाना होइन Continue reading
~अनमोल मणी~
बितेका बाटाहरू हेर्दै नहेरी भेटेर
जाऊ फेरि भेट हुन्छ हुन्न!
फेरि यस्तै दिन नहुन सक्छ
नवहन सक्छ यस्तै हावा
पहिरो जान सक्छ लेउ लागेको
प्राचीन बाटो
कुनै शासक Continue reading
~शिरिष पराजुली~
जब हामी दुई भयौ;
मौनता र आँसुमा
आधा भाँचिएको मन
वर्षौं देखि मर्मतको खोजिमा ।
बिहानीको शीत;
मेरा ओसिला परेलामा
म सम्झन्छु चेतावनी
जो म सोचिरहेको हुन्थे ।
सबै टुक्रिएझै;
कतै तिम्रो नाम गुन्जाएमान हुन्छ Continue reading
~पूर्णबहादुर बस्नेत~
मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त खालि ‘दिदीलाई सन्चो छैन, जा। दिदीले बोलाएकी छ’ भनेपछि फुरूङ्ग हुँदै म दिदीघर आएकी थिएँ।
उमेरले ठूली भए पनि घरकी दौँतरी, साथी जे भने पनि दिदी नै हुनुहुन्थ्यो। त्यस्ती साथीको बिहे भएर पराइ घरमा गएपछि मलाई नियास्रो त अवश्य लागेको हो। तर दिदी त झन् पुतलीजस्तै भएर रातो साडीमा भिनाजुसँग हिँड्दा उनको उज्यालो अनुहारले मलाई खुसी तुल्याएको थियो। लोग्ने पाएपछि आइमाईको जिन्दगी पूरा हुन्छ कि जस्तो भान भएको थियो मलाई। दिदी निकै खुसी देखिन्थिन्। त्यही दिनदेखि हाम्रो बाल्यपन र साथित्व समाप्त भएजस्तो लाग्यो। लड्ने, चल्ने, जिस्किने सबै औपचारिक रूपमै समाप्त भएका थिए। दिदीमा प्रौढता आएजस्तो लाग्यो। उनले वास्तविक जीवनमा प्रवेश गरिन् कि भन्ने लाग्यो। Continue reading
~दुर्गा राइ~
मेरो देशको गती
अनी
यो साइकिल एउटै
एउटै पारीबेश मा छ,
साइकिल लाई चाढ्ने को भार
दुबै लाई फेरी अर्काकै सार,
देशलाई दिशा दिनेहारु धेरै आए Continue reading
~पुष्प अधिकारी ‘अन्जली’~
यादहरू यसरी बारम्बार आँउछ ,
अँखाभरि सपना लगातार आँउछ ।
सस्तो सस्तो राहत बोकेर अचेल,
जसको पनि घरमा सरकार आँउछ । Continue reading
~प्रकाश धामी~
लागि गयो बसन्त रितु,पलाई गया पाला ।
खेत बारी आउन लाग्या,गँहु जहु बाला ।।
मेल पलुई झप झपना,सिमल फुलि लाल । Continue reading