बाल कथा : एङ्ग्री बर्ड

~जितेन्द्र रसिक~Jitendra Rasik

सबैले खेलेको देखेर शम्भुले पनि बाबालाई गुलेली किनिदिन अनुरोध गर्‍यो। बाबाले सम्झाउँदै भने, ‘धत्, गुलेली पनि खेल्ने कुरा हो?’ उसले जिद्दी गरे। तर, शम्भुको कुरामा उनको बाबाले ध्यान दिएनन्। शम्भु निन्याउरो मुख लगाएर घरबाट बाहिरियो। पर पुगेपछि सबै साथीको हातमा मटयाङ्ग्रा र गुलेली देख्यो। बाबाले नकिनिदिएकाले रिस उठ्यो। विद्यालय जान मन लागेन। घरबाट विद्यालय नजाँदा बाबाको गाली खाने डर छ उसलाई। खाना पनि मन लागेन। आधा खाएर छाडिदियो। ‘किन पूरै नखाएको?’ आमाले सोधिन्, ‘कि सन्चो भएन?’ आमाले बडो स्नेहसाथ निधारमा हातले छामिन्। ‘केही भाको छैन मामु,’ शम्भुले भन्यो। आमालाई भन्दा गाली खाइने डर भयो उसलाई। ढाँटिदियो। टिफिन खानु भन्दै आमाले २० पैयाँको दिइन्। पैसा पाएपछि फुङ्ग हुँदै हस् आमा भन्दै हतारहतार झोला बोकेर ऊ स्कुलतिर लाग्यो। पसलमा गएर २० पैयाँको गुलेली किन्यो। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : देख्छु देख्दिनँ

~शिरिष पराजुली~Shirish Parajuli

यसपाली मात्रै लडेको धरहरा
मेरो सपनामा आएर ठिङ्ग उभियो
जुन धरहराको टुप्पोमा बसेर एउटा कवि
शहरको कविता कोर्दै थियो ।

मेरो सपना ‘जुम’ भएर विस्तारै
कविको कवितामा ठोक्कियो
अनि त्यो कविता यसप्रकार थियो ।

सगरमाथा माथि बसेर कविता लेख्ने धोको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आवश्यकता

~तिलविक्रम थेवे ‘लुंगेली मगर’~Til Bikram Lungeli Magar Thebe

दुर्जन, दुच्छर र दुराचारीहरु
समजमा यदि नहुँदा हुन् त
सुधारवादीका आवश्यकता
पर्ने नै थिएन होला कि सायद ?
पतनोन्मुखी कार्य
अधमहरुले यदि नगर्दा हुन् त कहीँ
पुरुषार्थीको आवश्यकता
पर्ने नै थिएन होला कि सायद ?

द्रोही र भँडुवाहरु देशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमौजी स्वतन्त्रता

~पुन्टु पण्डित~

स्वतन्त्रता यहाँ मनमोजी भो
नकचरोको भरिभराउ गोजी भो
नेताको चालढाल पनि पोजी भो ।

जेसुझ जसको समझमा आउँछ
उसले त्यही नै गर्ने भयो
हिंसा, हत्या, लुटपाटले
उपद्रव गर्नेलाई तुर्ने भयो ।

व्यर्थैमा शान्तिको खोजी भो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हनोई, २०१४

~अमर शाह~

अग्ला महलले घाम छेकेर
उज्याला छैनन्, सडक-पेटीहरु
जहाँ बसेर केही बेरपछि साँझमा
पिउनेछ बियर मात्तिने गरी
स्वतन्त्र भियतनामको नयाँ पुस्ता ।

खडा छ, लामो युद्धको साक्षी
लेनिनको अग्लो सालिक
सैनिक संग्रहालय सामुन्ने
र, प्रमाण छन् संग्रहालय परिसरका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तीन प्रधानमन्त्री र एउटा आम मान्छे

~नयनराज पाण्डे~Nayan Raj Pandey

एकादेशमा, मैले भेटेको थिएँ तीन प्रधानमन्त्रीहरूलाई । अहिले सोच्दा लाग्छ, नभेटेकै भए हुन्थ्यो ।

——-

त्यतिबेला मैले आफूलाई बहुतै ठूलो मनुवा सम्झिएको थिएँ, जतिबेला पहिलोपल्ट नेपालका प्रधानमन्त्रीसित मेरो फेस टु फेस भेट भएको थियो । भावुकता घाँटीको मध्यभागमा अवस्थित मेरो सुकोमल किल्किलेमा आएर रोकिएको थियो र मलाई केही शब्द बोल्नुअघि मज्जाले रुन मन लागेको थियो । भावुकताले टनाटन भएको बेला प्राय: मलाई बोल्नुभन्दा केही अघि रोएर आफ्नो आँसु निखार्न मन लाग्छ । शौचालयको सुविधा छ भने त्यस्ता रोमाञ्चक क्षणमा म समयमै सुसु पनि गर्ने गर्छु । नत्र, ऐन मौकामा सुसुले च्याप्छ र मेरो ध्यान चुरो कुरोभन्दा अन्यत्रै जान थाल्छ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : अपूर्ण भएँ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

अरु त पूर्ण सधैं म अपूर्ण भएँ
सानो भयो रे मुटु !लौ संकीर्ण भएँ

न त सवाल कुनै न परीक्षा भयो
गल्ती हुनु त कहाँ ! अनुत्तीर्ण भएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अनमोल उपहार

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

जानी नजानी दुइ हरफ लेखे तिमीमा अर्पण
मन लक्ष्मी ! मन सरस्वती ! यी गुच्छा तिमीमा समर्पण .
~~~~
तिहारको दिन धूप बत्ति पूजा उज्यालो सौरब
आजैको दिन जन्मियौ तिमि नेपालको गौरब .
~~~~
जूनेली जून मदन मुना सुरिलो धुनमा
तिमि छौ प्यारा सदैब अटल जनको मनमा . Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : उनै स्वरसम्राट्को सम्झना

~टीका भण्डारी~Tika Bhandari

एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा…स्वरसम्राट् नारायणगोपाललाई नेपाली संगीतप्रेमीहरूले स्मृतिमा सजाउन थालेको पनि २५ वर्ष पुगिसकेछ कति छिट्टै । उनै कालजयी श्रष्टा नारायणगोपालको स्मरणमा उनकै जीवनसँग जोडिएका महŒवपूर्ण घटना, सुखदुःखका क्षण, अविस्मरणीय र रोचक जीवनपल, उनका जीवनका अनुभव र अनुभूतिहरू यो लेखमा खोजमूलक ढंगबाट प्रस्तुत गर्ने जमर्को गरेको छु । २००८ सालमा गायक प्रेमध्वज प्रधान, नारायणगोपाल, गीतकार राममान तृषित आदि मिलेर ‘नवकला परिवार’ नामक संस्था खोलेका थिए । नारायणगोपाल त्यस समूहका टोले कार्यक्रममा गीतहरू सुन्न र तबला बजाउन जाने गर्थे । Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

युगल गीत : मैले गाएको गीतमा

~भूपी शेरचन~Bhupi Sherchan

मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ
मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ

मेरो दिनको घाम हौ तिमि, मेरो रातको जून
मेरो अधरको गीत हौ तिमि, मेरो गीतको धून
मैले पाएको जीतमा तिम्रै जोशिलो पुकार छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म कसरी भनूँ

~गोपाल योञ्जन~Gopal Yonjan

म कसरी भनूँ यो माया हो
न तिमी मेरी न म तिम्रो
बरु भनी देउ यो सपना हो
जो तिम्रो हो अनि मेरो

यति नगिच भएर पनि
हामी टाढा नै हुनु पर्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रात र सपनाहरु

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

प्रत्यक रात
हेम्लकको नशामा
अर्धचेतनामा
भयङ्कर सपनाहरुसँग
साक्षात्कार गर्दै
अधमरो निदाउछ
युवा ।

सपना बग्छे
समाजसँङ्ग
सस्कारसङ्ग
सम्बन्धसङ्ग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिल्यै नरुवाओस्

~मिलन आचार्य~

त्यत्रो खुशी पनि चाहिएन तर कहिल्यै नरुवाओस्
नामले माम पाकेन उनी चाहन्छिन चूलो धु“वाओस्

बरु परेन भन्छिन् आकाशभरी फूल फूलाउन पनि
सपनाको महल पनि देख्दिनन् र भन्छिन् छानो नचुवाओस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तुवाँलो परेको भविष्य

~अमर नेम्बाङ लिम्बू~Amar Nembang Limbu

हजार सपनाहरूमद्ये एउटा सपनालाई
च्याप्प समातेर
यो जीवनलाई कच्याककुचुक पारेर
मुठीमा बोकी
भोलिका पुच्छरहरूलाई समात्दै
अघिअघि हिंद्डैछु म।

सागरका लहरहरू झैं यो मनका लहरहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य गीत : भटट जागरण गीत

~उही कुमार लामा~

नर्सिङ्गा, दमाहा, गाना, बजाना सबै जी शाह
लयः- गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ

भद्रकालीबाट उठ, कट्टुवाल-सट्टुवालहरू उठ
सूर्यबहादुर थापा उठ, तुलसी गिरीहरू उठ
यो देशको स्वाहावंश फर्काउनलाई उठ।

पाँडे गाली लेख्न जान्नेहरू सूर्य खड्का भएर उठ
केही लेख्न नजान्नेहरू रणवीर धमला भएर उठ
लडिजाने र काजु खानेहरू दिल्ली अस्पतालमा सुत Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिहानीको कथा

~गंगा बीसी~Ganga BC

यसपटक तिहारमा घर गएको बेला भेट भएका एक पात्रले अहिले पनि चिमोटिरहेको छ । उनको कथाले दिनदिनै घच्घच्याइरहेको छ । जबसम्म यो कथा लेखिने छैन, तबसम्म म चिमोटाइमा परिरहनेछु ।

बिहानी बुढाथोकी, वर्ष १६ । उनको छोटो परिचय यही हो । बिहानी आफैंमा क्रान्तिकारी नाम लाग्न सक्छ । यसमा केही सत्यता नभएको पनि होइन । तर, त्योभन्दा सत्य उनको छोटो जीवनमा आएको उतारचढावको कथामा छ । दिनको बिहानीमा जसरी पूर्व क्षितिजमा लाली छाउँछ, बिहानी बुढाथोकीको जीवनमा भने त्यो कहिल्यै आएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हे शहीद !

~ज्ञानु गौतम~

तिमीले सोच्यौ
सायद
मैले आहुति दिंदा
साच्चीकै नया नेपाल बन्ने छ,
यहाँ कोही भोको नांगो आशिक्षित बेरोजगार रहने छैन,
त्यही सोचेर तिमीले
सजिलै प्राण आहुति दियौ
नेपाल आमा को लागी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : र्सवहारा जिन्दगी

~गणेश घिमिरे ‘मार्मिक’~Ganesh Ghimire Marmik

आकाशको छानो धर्तीको ओछ्यान तकिया आफ्नै शीर
अभाव ओढी चौरीमा लडी खेलाउँछन् मनमा पीर

शहीदका तस्वीर हातमा लिई पल्टेर हेर्दैछन्
व्यर्थैमा मर्‍यौ शहीद भनी गुनासो गर्दैछन्

घाम र पानी तुषारो शीत छेकेन क्रान्तिले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पतित-पावनी श्री गङ्गाजीको झाँकी

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

ठाडै कैलाशदेखी
द्रुततर गतिले गड्गडाएर झर्दी
झर्दा श्रीशङ्करैको
गल-गलित ठुलो सर्पझैं सल्ल पर्दी ।
लाखौं चट्टान चिर्दी
विकट गिरिशिला-कन्दरा चूर्ण गर्दी ।
बन्दै नाची दगुर्दी,
श्रवण-विवरमा नित्य संगीत भर्दी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माइली

~अमर भाट~

पढ्ने लेख्ने उमेरमा गोठालोको काम
नेपालकी छोरि हुँ म माइली हो नाम

धनिमानी जाने स्कूल जान सक्तिन म
दिन दिनै मिठो मिठो खान सक्तिन म
खेलौना हुन् मेरा लागि यिनै पशु पंछी
हाम्रै भाग्य खोटो अरे संनानीले भन्छी
कैले होला हाम्रा बाउले कमाउने दाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विना वजनका मान्छेहरु

~गीता त्रिपाठी~Geeta Tripathi

बादलको देशमा
बादलकै मान्छेहरु
टेक्छन् बतासे खुट्टाहरु र
सरिरहन्छन् कहिले यता
कहिले उता

तिनका हलुका वजनहरु
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बिहान ल्याउन लाई ………

~विज्ञान काफ्ले~

बेवास्ता भो जनताप्रति न त वास्ता देश माथि,
यस्ता नेता निर्मूल पारौं देश बनाउन जुटौं साथी |

पिल्सिने र दु:ख भोग्ने हामी सबै जनता हौँ,
यिनका चलखेल राज्य माथि अब यसलाई रोकौं साथी |

संघियता, स्वतन्त्रता, अधिकारका मिठा कुरा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : आमदब्लमको काखबाट सगरमाथाको दर्शन

~शान्ता नेपाली~

पुस महिनाको ठन्डी। झिसमिसे उज्यालो। एयरपोर्ट पुग्दा बिहानको सातमात्र बजेको थियो। अरू साथीहरूलाई खोजेँ। म नै पहिला पुगेछु। हामी लुक्ला जाँदै थियौं। पर्यटन वर्षको उद्घाटन गर्न आमदब्लम हिमालमा दीपप्रज्ज्वलन कार्यक्रम तय भएको थियो। त्यही कार्यक्रममा भाग लिन १० जना आरोही टोलीका साथ हामी केही पत्रकार त्यता लागेका थियौं।

लुक्ला भन्ने बित्तिकै एकपल्ट मुटु ढक्क फुल्यो। त्यहाँ मौसमको भर हुँदैन भनिन्थ्यो। आखिर त्यही भयो। फ्लाइट पछि सारियो। झन्डै १० बजेतिर मात्रै मौसममा सुधार आएपछि प्लेन उड्ने भयो। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीत : मैले पुण्य मन पराएँ

~राम मान “तृषित”~Dr. Ram man 'Trisit'

मैले पुण्य मन पराएँ, या पाप मन पराएँ
जे होस मैले तिमिलाई, चुपचाप मन पराएँ

जब फूल र काँढा र दुइटा, संगै रमाउन सक्छ
जब दागको रंगमा पनि, टिका समाउन सक्छ
नसोध मैले बरदान या श्राप मन पराएँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Color

~Mukta Sapkota~Mukta Sapkota

Colors are the smiles of nature,
Sacred, divine and solemn
Contributing to beauty

Friends of their neighbors
Lovers of their opposites
With utmost purity Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : रण मैदानको झलक

~ठाकुर मान लामा~Thakur Man Lama

उफ !
बम र बारुदको धुवामा
नजरहरु दुस्मनलाई
हेर्न थाक्दै गइरहेछन्
कारुणिक दारुणिक चिच्यावटहरुमा
आफ्नै कमाण्डरको आदेश
सुन्न छाड्दै गइरहेछन्

चोइटा चोइटा टुक्रिएका लाशहरु
छातीमा गहिरो घात पुर्‍याउदैछन्
किन गर्दैछौ अरुको संहार
ह्दयमा यस्ता अनेकन
बात हुर्क्याउदैछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्राकृतिक सुन्दर संसार

~विनय गौतम~Binay Gautam

१
अप्राकृतिक सुन्दर संसारमा
प्राकृतिक सुन्दरीहरुको मेला
गोधुली सन्ध्यामा खचाखच
विभिन्न विचारका मस्तिष्कहरु
तछाडमछाडको लिगलिग दौड जस्तै,
मांसपेसीमा जुरमुराएका
उच्च रक्तचाप शिथिल पार्न
भेला भएका अनौठा शरिरहरु
टिकटको पर्खाईमा
अप्राकृतिक सुन्दर संसार।

२
अनौठा रंगका पर्दाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मनमाया

~उपेन्द्र सुब्बा~Upendra Subba_1

बाख्राको टाट्नोछेउ माउ कुखुरा कराउँदै निस्क्यो– ‘क क कुदे, ग…, क क कुदे, ग…!’ सुँगुरखोरको छानामा बसेको नाहेन भाले पनि उसरी नै कराउन थाल्यो । बाँसको फकफकेलाई डोरीले तान्दै मनमाया कराई– ‘हरेरे… हरे… हरे… !’ फकफके दुईपल्ट मधुरो गरी फक फक बज्यो । स्याल तर्स्यो तर्सेन, सुँगुरखोरको सुँगुर भने थुतुनो ठाडो पार्दै ‘च्वाँ च्वाइँ…’ गर्‍यो । टाट्नामा बाँधेका दुई माउ बाख्रा कराउन थाले । कोक्रोमा सुतेको भाइ तब रुन थाल्यो ।

मनमाया कुद्दै आई र कोक्रो हल्लाएर भाइलाई सुताउन खोजी । बाख्रा र कुखुराहरु कराएको हल्लाले भाइ सुत्न मानेन ।

मनमाया मात्र नौ वर्षकी छे । वर्ष दिनको भाइ हेर्नु र कुखुरा स्यालले लान्छ कि ? भनेर गोठालो गर्नु उसको काम हो । दुईदिनदेखि झरी पानी रोकिएको छैन । जेठको अन्तिम महिना छ । मनमायाको आमा खेतको नाममा भएको चार फोक्टा खेत हिल्याउन गएकी छिन् । मनमायाको बाउ लाखबहादुर सदरमुकाम गएका छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

देउडा गीत : एइ खोली का पल्ली खोली

~दिपक साउँद~Deepak Saud

एइ खोली का पल्ली खोली, औसेलु का झुल
बासन लागी न्याउली चडी़, फूली रन्ना फुल

मैना चडी़ काफली रुख, लाल पड्याकि गेणी Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

अनूदित कविता : चित्र शहरको

~कार्ल स्यन्ड्बर्ग~Carl Sandburg
अनु : शिरिष पराजुली

संसारको लागी एक बधशाला
खराब राजनिती र नेताको जमात
राजनितीको जोर-बिजोरमा
चिच्याहट, खस्रो झगडा
यो शहर हो, ठूलो अधिकारको लागि ।

तिनीहरूले भने तिमी नैतिकहीन छौ,
हो म विश्वास गर्छु,
किनकी मैले तिम्रो खराब श्रृङ्गार
पोतिएकी स्त्रिलाई
गाउँबाट झरेको केटा फसाएको देखेको छु । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘माइ-नोज’ अंकलसँग नेपाली Movie Watch गर्नेहरु !

~मनोज गजुरेल~Manoj Gajurel

अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’

मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’

‘ओह, गाण ईट, म्यान-ओज अंकल !’

मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’

अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट एवर ! यु नो, यस्टरडे मैले नेफाली मुभी वाच गरेको नि !’

सोधें-’ कुन मुभी वाच गरेको बाबु ?’ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : के गल्ती भएकै हो त?

~अजबी राधा~

रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म प्रभातसँग बिहे नगर्ने निर्णय गरी ऊबाट स्वतन्त्र हुनुछ। र बाँकी जिन्दगीको यात्रामा एक्लै हिँड्नु छ। प्रभात – मैले सबैभन्दा बढी माया गर्ने पुरुषपात्र, बिगत ४ वर्षदेखि प्रेमसम्बन्ध चन्दैछ ऊसँग। दिउँसो ऊसँग भएको कुराकानी मेरा आँखा अगाडि नाचिरहेको छ।

प्रभात -निशा ! एउटा कुरा सोधुँ ?

निशा -सोध न कस्तो कुरा ? एउटा किन हजार प्रश्न सोध न । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment