पुस्तक समीक्षा : उदाहरणीय लघुकथासङ्ग्रह

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’ मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट छन् । सबै लघुकथाहरू स्तरीय र लेखकीय कौशलका परिचायक छन् । कथाका विषयवस्तु चयनप्रति पनि डा. समीर अत्यन्त सजग र चनाखा देखिन्छन् । कथाविषयलाई उनी राम्ररी पर्गेलेर त्यसको गहन विश्लेषणपछि कथा रचनामा ढाल्ने गर्छन् उनी ।

डा. रवीन्द्र समीरको ‘अजुर्नदृष्टि’ विविध विषयवस्तुमा लेएकिा लघुकथाहरूको सङ्ग्रह हो । लामो कथाको तुलनामा लघुकथालाई नै आफ्नो सिर्जनमाध्यम बनाउन रुचाएका डा. समीर यो सङ्ग्रहलाई आफ्नो प्रतिनिधि सङ्ग्रह मान्दछन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : समय मुर्दावाद

~सुवास खनाल~

छाला उद्योगको चिम्नीबाट निस्केको धूवाँ
मेरै पसिनाको बाफ हो
त्यसैले तिमी भनिरहेछौ
यसले आकाश मैलो बनाउँछ ।

ओई साहू !
एक सय पेस्की नदिएको झोकमा तीन सयको उधारो रक्सी खाएछु
अब भन
तिमी कि म दोषी ?
हेर यी ठेला हातका
हस्तरेखाहरू बसाइँ गएछन्
भाग्य तिमीले खोसेका छौ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छाता कहिले फर्काउँछौ ?

~धानी गौतम~

सिमसिम भएर
मनसुन झरिरहेछ मेरो आँगनमा
गमलामा फुलेका थरीथरी फूलका बास्ना बिगार्दै
किन चोर्दै छन् इन्द्रले मेरो घरको सौन्दर्य ?

झ्याल नाघ्दै सिरानीसम्मै पसूँलाझैँ गरी
फैलिन खोज्दै छन् उनले बान्ता गरेका बाछिटाहरु
मलाई पनि किन मन पराइरहेको छैन मनसुनले ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Crisis

~Shirish Lamichhane~Shirish Lamichhane

I turn my TV on
And switch my channel to CNN
All I hear about is “Debt Ceiling”
I look up in my room
And get haunted by a creepy feeling!

August 2 is round the corner
And my phone bill is due! Continue reading

Posted in Poem | Tagged | Leave a comment

निबन्ध : जय नेपाल

~प्रकाश आस्था~

आमा जस्तै हो देश। देशको हालत जति नै खराव भए पनि देशलाई दुत्कार्न सकिँदैन। देशको नाम बारम्बार सम्झना हुने र साथीभाई माझ नयाँ अनुभुति पनि हुने आशयले पछिल्लो समयमा भेट र विदाईमा मैले ‘जय नेपाल’को अभिवादन प्रयोग गर्न थालेँ। यद्यपि, धेरैले जानेको कुरो हो, अभिवादनको पुरानो नेपाली सैली हो ‘जय नेपाल’। जीवनमा कुनै समय यस्तो पनि लाग्थ्यो ‘जय नेपाल’ मात्र नेपाली काँग्रेस पार्टीको हो र यसको सम्वोधन गर्दा समेत ‘नर्क’मा झरिन्छ। चरम राजनैतिक पुर्वाग्रह र अन्धताले ढाकेको ठिटौले समयमा त्यसो हुनु कुनै अनौठो पनि होइन रहेछ। हिजोको त्रुटि आज बोध हुँदैछ। अनि यतिखेर देशमा कतै Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

युनिका,

मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले तिमीलाई आरामी अवस्थामा भेट्नेछ। तिमी यतिबेला सुदूर गाउँमा आफ्नो जीवन पढिरहेकी हौली। त्यहाँ बिजुली छैन। कुपिको उज्यालोमा स्कुलका सर र मिसले दिनुभएको होमवर्क गरिरहेकी हौली। दिनभरीको थकाईले तिमीलाई निन्द्राले झमझम छोपिसक्दासमेत कहिलेकहिले त तिम्रो होमवर्क नसकिँदो हो। प्रश्नका उत्तरहरु रटान गरेर पढ्नुपर्ने शिक्षाले कहिले कहिले वाक्क लाग्दो हो। हामी सैद्दान्तिक शिक्षामा हुर्किन पर्नेहरुको बाटो त्यही हो। हामीलाई थाहा हुन्न हामी केका लागि पढिरहेका छौँ ? र पढेर भोलि के हुने हो ? त्यो पनि हामीलाई थाहा हुन्न। शायद यसकै भूमरीभित्र छौ तिमी अहिले। Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : मन पर्‍यो/मन परेन

~नारायण तिवारी~Narayan Tiwari

तिमीले कोट-पाइन्ट लगाएको
मन पर्यो
राष्ट्रियता
पोसाकमा नखोजेको मन पर्यो
तर, बन्दुक बोकेको मन परेन
बन्दुकको धङ्धङीले अझै गाँजेको
मन परेन ।

तिमीले स-साना मानिसहरूको आँसु पुछ्छु भनेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुकेको छ मेरो रारा

~अजय गिरी~

हरियाली डौटो ओडि, आकाश छुने रारा
मेरो शिर उचा पार्ने, नेपालकै तारा
ऐना हेर्ने अग्ला डाँडा, चुचेमारा भेक
निर्मल जल निलो तल, मुख धुने लेक
ढुकेको छ मेरो सारा बाटो हेरिहेरी
नयाँ प्रदेश बनाउनु छ कर्णालीलाई फेरि
एकसय सत्सट्ी मिटर आँत मुटु छुने
तीन पाँच कि.मि. लम्बा चौडा विशाल
छाती छुने
वारिपारी खेल्ने गर्छन् मिलन चौर अनि
घाँसे मैदान, ठाकुरनाथ, खत्याड खोला पनि
ढुकेको छ मेरो रारा……….. Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आँखै अगाडि

~निमेष निखिल~Nimesh Nikhil

धारिलो छ तरबार आँखै अगाडि
प्रियको छ उपहार आँखै अगाडि
….
जिन्दगी छैन कतै टाढाटाढासम्म
मृत्युको छ समाचार आँखै अगाडि Continue reading

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : म

~आर. आर. चौलागाईं~R R Chaulagain

म गणेश हुन सकिनँ कुमार भएर सुमेरू घुमिरहेछु
म कृष्ण हुन सकिनँ उद्धव भएर नैतिकता जोगाइरहेछु
मलाई कुनै पश्चाताप छैन कुनै आत्मग्लानि छैन Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कुकुरका पुच्छरहरू

~श्रीजना गोले~Shrijana Gole

कुकुरको पुच्छर !
मोदि सरकार !
नेपाल
कुनै परिकथाको
देश होइन
जहाँ तिमी
धोती हल्लाउँदै
निर्धक्क आफु खुशी
नाँच्न सकोस
मोदि सरकार !
तिमीलाई
थाहा हुनुपर्ने
नेपाल विरहरूको देश,
स्वाभिमानिहरूको देश,
पहलमानहरूको देश
जहाँ तिमीले नाक बन्दिको Continue reading

Posted in कविता | Tagged | Leave a comment

तामाङ कविता : तामाङ भिबा फुहुई निला

~गणेश बहादुर तमाङ~

रेगोले लु गाइसी जिन्जी
म्हेर्र्सी चिबा तामाङ कादे ।

तामसालिङदा नुप्नालाला
म्योसी जिन्जी सा मङकादे । Continue reading

Posted in तामाङ कविता | Tagged | 2 Comments

कविता : भूगोलमाथि उभिएको एउटा जैतुन

~आभास~Aavaas - Achyut Prasad Phuyal

मण्डेला
भूगोलमाथि उभिएको
एउटा जैतुन

सिङ्गो पृथ्वी ढाकेका छन्
यसका हाँगाले

फैलेका छन् यसका जरा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज तिम्रो धेरै याद आयो !!

~जे.बी. शेर्पा ~J B Sherpa

शरद को आगमन संगै ,
रुखपात हरुले जब रंग फेर्दै …..पहेँलो ..रातो …!!
डाँडै भरी, पाखै भरी ,
लाग्छ , प्रकृति ले पनी यही रंग मन परायो …!!
…..त्यसैले आज मलाई तिम्रो धेरै याद आयो ..!!!

शिरमा सेता शिखर हरु बोकेर ,
पाखा र फेदी अनि भंज्यांग हरु मा,
पहेँलै, रातै रंग हरु दलेर ,
मंद गतिमा कलकल गर्दै जब खोल्छा र खोला हरु ले गीत गायो ….!!
…..मलाई तिम्रो धेरै याद आयो …!!! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रात पर्नु अगाडि

~शुषमा मानन्धर~Shushma Manandhar

अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल नै लाग्दैन,लागेको कल ऊ उठाउँदैन,कदाचित उठाइ हाले पनि “सरी बिनु,अहिले म एकदम बिजी छु” भनी फोन राखिहाल्छ। उसको यो व्यस्तता भनौँ या उपेक्षा,मलाई पचाउन गाह्रो परिरहेको छ।

ऊ त्यही प्रमोद थियो जो मसँग सँगै बाँच्ने र मर्ने वाचा गर्थ्यो। मेरो व्यस्ततामा पनि झिँझो नमानी मेरो निम्ति घण्टौ पर्खन सक्थ्यो अनि मसँग भेट्न कस्तै बाधा अड्चनहरुको पनि परवाह गर्दैनथ्यो। अहिले परिस्थिति उल्टिएको छ। म उसलाई भेट्न र आइ परेको समस्या अवगत गराउन आतुर छु। ऊ भने मेरो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पिउँदै बसी राछु

~तीर्थ संगम राई~Tirtha Sangam Rai

ढाट्नै ढाटि उर्फ !! निर्मोहीले आँशु पिउँदै बसी राछु ।
घाडो भयो है आफ्नै जीवन तारे भीरबाट खसी राछु ॥

सँग सँगै भङ्गालोमा छलाङ्ग मार्दै तर्छु भन्थ्यौं खोलाहरु ।
छुटाई दियौ हातहरु डुबुल्किन्दै एक्लै म त बगी राछु ॥ Continue reading

Posted in गजल | Leave a comment

तारा ज्ञवालीका ३ मुक्तकहरु

~तारा ज्ञवाली~Tara Gyawali

(१)
……..म प्रकृति ……….
गुरांशमा रंग भरें गुलाबमा सुवास छरें
हरियाली जताततै धरतीमा खास भरें
आकाशको खुला दिल, ऋतुलाई बसन्तमा
सबैलाई खुशी दिएं आफूलाई खै के गरें………

(२)
पात्र विनाको कहानी छ व्यथा छ म संग Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : माथी लागे यहाँ

~राकेश कार्की~Rakesh Karki

खाने खाने माथी लागे यहाँ
नखाने चाहीँ थाँती लागे यहाँ

बोल्नेको हुकुम कमाण्डमा
नबोल्ने चाहीँ ताँती लागे यहाँ Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : फिलिङ्गेबारीमा दावा र होन्डा

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई विदा गर्न पर्खिरहेका थिए। छेउमा दावाको अल्गो मोटरसाइकल थियो। उनको पातलो, भाटे शरीर तीस वर्षे हुँदो हो। हेल्मेट विनाको शिरमा रातोरुमाल बाँधेर रेडी भए। पारि दिङ्लामा घाम झलमल्ल भएपछि ओरालो लाग्यौँ।

दावाले आफ्नो जीवनको दुःख र सङ्घर्षको कहानी सुनाउँदै लगे― यो जिटिजेडले हाम्रो अफिसलाई दिएको मोटरसाइकल, यो एकहाते जस्तै छ सर। मेरी श्रीमती यता झर्दा खूब डराउँछिन। तर आजसम्म कहिल्यै यो कतै कोल्टिएको पनि छैन। झरर… गर्दै जापानी होन्डा भित्री पहाडमा ओरालैओरालो झरिरह्यो।

धुलाम्मे बाटो, बेलाबेला आधाउधि पाङ्ग्रा धूलोमा गाडिएको बेला होन्डा फनक्क घुम्थ्यो भेसस…। तलबाट गाडी आउँथ्यो सबै कुइरीमण्डल पारेर, बुट्यान जङ्गल, छेउभित्तो केही नेदिखिने गरी। मुख छोपौँ सर, दावा बोल्थे। अलिभित्र झन् गहिरो धापजस्तो धुलोमा पुगेपछि ट्याक्टर आयो। यो जेमराजले छोप्छ, दावा बोले। Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Essay : Heal thyself

~Byanjana Sharma~Byanjana Sharma

When you are grieving the death of someone you hold dear, people usually argue that time heals everything. But time by itself cannot do anything to heal the intense pain brought by such a loss. And there are many who not the only one agree that time alone is not enough to cure such a deep and, unfortunately, invisible wound. Catheryne Morgan, a Holocaust survivor, who lost her parents in the infamous concentration camp at Auschwitz when she was merely 14, also expresses the same view in Allison Gilbert’s book, ‘Always too soon: Voices of Support for Those Who Have Lost Both Parents.’ She says, “Everything I am comes from living without my parents. Time does not heal. My pain is still strong, and it stings still. I live with it day in, day out; it will forever be a part of me.” Continue reading

Posted in Essay | Tagged | Leave a comment

व्यङ्ग्य कविता : शहीदको हूल

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

पुलिसको नाम सुन्दै सुराल बिगार्ने
छेरानन्द पनि शहीद भए
प्रजातन्त्र सम्झिदै दाह्रा किट्ने
पन्चानन्द पनि शहीद भए
छेपारीकान्त भाग्दा भाग्दै
डडाल्नामा गोली लागेर शहीद भए
कटुवालकाका आन्दोलन दबाउन
खल्तीमा ‘भाडा’ बोकेकोबोक्यै शहीद भए Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘राधापुराण’

~ध्रुव पन्थी~Dhruba Panthi

‘राधा’ का सर्जक कृष्ण धरावासीलाई पहिलोपल्ट उनको चर्चित कथा ‘झोला’ मार्फत् चिनेको थिएँ। ‘झोला’ कथासंग्रहका अरु कथाहरुको बारेमा त थाहा भएन, तर रेडियो नेपालबाट नवराज लम्सालको आवाजमा सुनेको उक्त मार्मिक शिर्षकथाले भने साह्रै प्रभावित बनाएको थियो। पछि ‘राधा’ पनि एक-दुई अंक रेडियो वाचनमा सुन्ने मौका मिल्यो, शायद हेटौंडा एफएम मार्फत् हुनुपर्छ हेटौंडामा हुँदा। रेडियो वाचनमा सुनेजतिका अंश निकै रमाइला लागेकाले र पत्रपत्रिकामा पनि राधाको धेरै चर्चा भएकाले ‘राधा’ पढिछाड्ने रहर उम्रिएको थियो। रहर गरे अनुसारकै सन्तुष्टी मिल्यो केही समय अगाडि धरावासीको यो उपन्यास पढिसकेपछि।

धरावासीकै शब्दमा ‘राधा’ एउटा आधुनिक पुराण हो। प्रेमकी प्रतिकका रुपमा पुजिँदै आएकी भए पनि पुराणहरुमा बालचरित्रमा सिमित राखी ओझेलमा पारिएकी पात्र राधालाई नै प्रमुख पात्र बनाउँदै पुराणका देवतालाई सामान्य मान्छेका चरित्रमा ढालेर बुनिएको छ यो आधुनिक पुराणको कथावस्तु। स्वभाविक Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गोलमटोल र झोल

~मथुरा गौचन~

स्थिति छ अहिले गोलमटोल
जनताले भोग्नु परेको
सास्तीप्रति चिन्ता छैन
पार्टीहरु ठोसिकरहेछन् ढोल ।
गोलमटोल…

कोही चौटा लुछिरहेछन् त
कोही पिइरहेछन् झोल
यद्यपि चलिरहेछ परस्पर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तँ के गर्दैछस् यहाँ?

~कुमार सिंखडा~Kumar Simkhada

उशाका शीतका लहरले रातका चारै प्रहरले
आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले
तँ के गर्दैछस् यहाँ?

यो वर्षात पनि छ बढो पक्षपाती
भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती
हरपल उर्लिएर आँधी दिन्छ चुनौती
उसै त टुक्रा मन खडा छ करौंती
अनकन्टार एक्लो रातिले निर्बल आफ्नै छातीले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका बिल्ली

~प्रेम वली~Prem Oli

एक दिन मेरो बिल्ली
सुटुक्क पुगेछ दिल्ली
कसैले बनाएछन् उसलाई
उल्लीबिल्ली
कसैले बनाएछन् सिल्ली
तर ऊ अझै ठान्दैन
कसैले उडाएको छ
उसको खिल्ली ।

बिरालोको चालमा गए पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुचाल

~झंकलाल आरोही~

तर्साई धम्क्याई हल्ला चलाई
जित्ने दाउ छ धूर्तहरुको
देश विदेशको धाक लगाई
मुड्ने दाउ छ अमूर्तहरुको ।

चाहोस्, नचाहोस् देशले
बलजफ्ती पराइतन्त्र हुली
इज्जत हुर्मत बेचेरै होस्
डट्ने दाउ छ अपूर्तहरुको । Continue reading

Posted in कविता | Tagged | Leave a comment

दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~Nisha Khanal Aryal

तेल अभिव चैत्र ११,

एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,।

सधै अरुको घरमा पुजा पाठ लगाएर दौनिक मागी ल्याएर आफ्नो परिवारको जीविका चलाइ रहेका ब्राह्मणहरुको छोरा छोरीहरुलाई राम्रो शिक्षा दिन गाउकै कमाईमा प्रयाप्त नभएको हुदा एक दिन दुई ब्राह्मणले सल्लाह गरि गाउ देखि टाडा अर्को सहरमा गएर केहि रुपैया ,पैसा कमाइ ल्याउने भनेर घर देखि हिडे । Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : सम्बन्ध

~दिपा एवाई राई~Deepa Yewai Rai

सम्बन्धको घना जंगलभित्र
म र ऊ
मेरो र उसको
उसको र उसको
अनि क-कस्को
के सम्बन्ध ?
कुन सम्बन्ध ?
कस्तो सम्बन्ध ?
यसरी धेरै प्रश्नहरूमा
सम्बन्ध खोजिन्छ

उत्तरविहीन
यो सम्बन्ध निसासीएको छ
विक्षिप्त भएको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको एक एक जोर्नी दुखेको छ। एघार बजी सक्यो। आज शनिबार लुगा पनि धेरै नै धुनु छ। ह्या, हिजो राती चुरोटको बट्टा कहाँ राखे मैले। बिहान बेडमा एउटा सल्काउन पाएन भने त मलाई चित्त नै बुझ्दैन। अस्ती एकदिन चुरोट सकिएर पसल जान अल्छि लाग्यो है; अनी अर्को कोठाको उही औतारीसँग एउटा चुरोट माग्न गएको त “एकछिन भित्र नै बसौ न बहिनी” रे, त्यस्को नियत मैले नबुझ्ने जस्तो। पहिला बहीनी पछी के के। त्यही पनि त्योसँग त्यसको कोठामा सँगै बस्ने? दिनको पचास चोटी एउटै गीत बजाउँछ। भित्ता भरी शाहरुखको फोटो टाँसेको छ। आफूले आँफैलाई फेरी शाहरुख नै सम्झन्छ, पाखे! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~Subha Chandra Rai 'Subas'

झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा अक्षता लिएर जोखाना हेराउन जानु पर्छ। गाउँमा अरु पनि झारफुके धामी नभएका होइनन् तर गाउँलेहरुलाई झाँक्रीकान्छामथि नै बढी विश्वास छ। नकाटेको जोगीको जस्तो लट्टपरेको कपाल (टोपी भित्र गुजुल्टिएको), जन्मजात नमाझेको पहेंलो दाँत, चिम्सो आँखा, ढ्याब्रे नाक, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म र उनी

~विनय गौतम~Binay Gautam

म र उनी
पहिले र अहिले
के फरक छ र।
फरक छ केवल
रंग र वजनको,
शब्द र आवाजको,
पुर्ण र अपुर्णताको।

म र उनी
पहिले ऊनको शब्दमा
मिठास थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको आकाश

~राधाकृष्ण खड्का~

म कोरिरहेछु मृत्युको आकाश
जड कठोरता छाडेर
सिसाझैँ छर्लंग देख्न सक्ने
ओमकारझैँ निराकार
मेरा सासहरूमा नीला नीला रंग पोतिरहेछु ।

मेरो आकाश, सायद फूल नफुलोस्
मेरो आकाश, सायद धूप नबलोस्
वषर्ात भएर नझर्ने
चट्याङ भएर नगर्जने
यस्तो आकाश
जसमा म आफैँ आकाश भएर Continue reading

Posted in कविता | Tagged | Leave a comment