कविता : युगल जोडी

~कञ्चन पौडेल~

रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक
प्रेमले मगन भएर कस्तो बसेका नजिक ।

सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका
सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

दुई जोडी आँखा आपसमा जुदाई स्पन्दन जोडेर
अनन्त सम्म यसरी बाँचौ रिस राग छोडेर ।

युगौ देखी पवित्रता को उदाहरण बनेर
रचेका होलान शान्तिका गीत मनमा गमेर ।

हुनत होला त्यो मन भरी बेदना सागर
भनेका होलान यो ज्यान मास्ने कार्य मानबले नगर ।

परेवा हामी शान्तिका दुत शान्ति ले बाँच्न देउ
सौरब भरी स्वतन्त्र भई हामी लाई हाँस्न देउ ।

कञ्चन पौडेल,
टेक्सक्स अमेरिका
March 22nd, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.