कविता : जीवन अस्तित्व

~कुमार सिंखडा~Kumar Simkhada

मेरो माया देउरालीमा कुरिराखेकी छ
हजुर कुरिराखेकी छ
सपनाहरू आकासमा बुनिराखेकी छ
हजुर बुनिराखेकी छ
कसले खबर पुर्याइदेला, म छू एक्लै वनमा
निकास खोज्दै चालिराछु पाइला अन्धकारमा

ओइलिएको फूल जस्तै झरिजान सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~बासुदेव अधिकारी~Basudev Adhikari

चरनमा
जडीबुटी खाएको गाई
र शहरमा
दाना खाएको गाईमा
कसको दूध मीठो?
कसको मुत्र स्वादिलो?
यही भेद हो शहर र गाउँको
गाउँ र शहरको।

गाउँमा
असङ्ख्य रूखपात
असङ्ख्य डाँडाकाँडा
सबैको नाउँ
सबैको परिचय Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली कविताको विकासक्रम

~घनश्याम ओली~Ghanashyam Oli

पृष्ठभूमि वा पूर्वपीठिका

कविता संसारको सबभन्दा जेठो साहित्य हो । सबभन्दा बढी लेखिने र पढिने पनि कविता नै हो । कविताको सबभन्दा जेठो साहित्य वा ग्रन्थ ऋग्वेद हो । ऋग्वेद संसारको सबभन्दा पहिलो कविता हो । ई.पू. १५०० देखि ४५०० वर्षमा वैदिक युग पूरा भएको थियो । वेद चार प्रकारका छन्– ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद । त्यस्तै चार भाग छन्– संहिता, ब्राह्मण, आरण्येक र उपनिषद् । संहिता मन्त्र हो । ब्राह्मण व्याख्या, आरण्येक चिन्तन र उपनिषद् ज्ञान । वैदिक ऋषिका पहिला ऋषि दीर्घतमा हुन् ।

साहित्य भाषिक अभिव्यक्ति हो । त्यो भाषिक अभिव्यक्ति जसले हित गर्छ । साहित्य भनेको भाषिक कला हो । साहित्य सामान्य र विशेष हुन्छ । यावत् भाषामा लेखिएका कुरा साहित्य हो । त्यो सामान्य साहित्य हो Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कथा : शून्य

~सरु पेखरेल~Saru Pokharel

समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुसीका पटकाहरु पड्किनै रहेका छन् । तर यी हर्षबढाइँका पटकाका आवाजभित्र पनि तसर्नेहरुको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन थालेकी म आफन्तदेखि धेरै टाढा आफ्नाहरु सम्झेर पनि बिर्सन बाध्य थिएँ । दुःखैदुःखको भुमरीबाट पार लाग्न नसकेर त्यसै त्यसै जेलिएकी थिएँ र अझै पनि जेलिएकै छु । यद्यपि आज सात वर्षपछि आफ्नो जन्मथलोभन्दा पनि प्यारो लाग्ने मामाघरको आँगन टेकेकी छु मैले ।

‘नमस्ते माइजू !’ मेरो आवाज सुन्नेबित्तिकै आँगनको तलपट्टि बारीमा साग टिप्दै गरेकी माइजूले मलाई पुलुक्क हेर्नुभयो । ‘ए भान्जी !’ टिप्दै गरेको एक मुठी साग हातैमा लिएर माइजू मतर्फ आउनुभयो । माइजू कति दुब्लाउनु भएछ । अनुहारमा चाउरीका रेखा छपक्कै बढेछन् । असह्य पीडा बोकेका ती मलिना आँखा मेरो अनुहारमाथि टोलाइरहेका छन् । बितेका केही वर्ष अगाडि यहाँ दुःखको भयङ्कर पहाड खसेको छ । मैले थाहा पाएर र चाहेर पनि त्यो दुःखको केही हिस्सा बाँड्न यहाँ आउन सकिनँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : देश

~नवराज लम्साल~Nabaraj Lamsal

आज पनि बिहानै
यात्राको एउटा बस
घुम्न नपाउदै घामको कलिलो चुम्बन
धुँवाधुँवा भएछ !
डढेको दुवै हर चिस्याउदै
दुधे बालिका
फूलमा अडेस लागेकी छिन्
ढुंगा भएको छ उनकी आमाको मन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : लेख्छु गजल

~डा. घनश्याम परिश्रमी~Dr Ghanshyam Parishrami

देश दुख्दा लेख्छु गजल
नेता भुक्दा लेख्छु गजल

झुपडीका वेदनामा
मन पुग्दा लेख्छु गजल Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : गिनिजबुकमा चार दल

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल चार दल भएको छ । पछि फेरि नौ दल अथवा सौ दल के होला त्यो त भन्न सकिन्न तर अहिले हाम्रो देशमा चार दल छ ।

चार दल साहै्र शक्तिशाली छ । सरकारमा नभए पनि सरकार चलाउने सामथ्र्य राख्छ । दसैँ हरेक वर्ष आउँछ । यो वर्ष पनि दसैँ आयो । धेरै कुरा रोक्न सक्ने चार दलले दसैँलाई चाहिँ रोक्न सकेन । मलाई त लागेको थियो, संविधानसभाको निर्वाचन नहुन्जेललाई दसैँ पनि सार्न हो कि, तर त्यो गरेन । यहाँचाहिँ उसले आफ्नो शक्ति प्रदर्शन गरेन । मलाई अचम्म लागेर आयो । यतिखेर मुलुकका ठाउँठाउँमा सडकहरुमा झ्वाम्म पारिएका छन्, दुनियाँका घर भत्काइएका छन्, पर्खाल ठड्याइएका छन् । यातायात बन्द छन् । दसैँ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : प्रयास बाँकी छ

~नारायण गाउँले~Narayan Gaule

अझै विश्वास भत्काउने प्रयास बाँकी छ
उठ्नुपर्छ गर्न अझै खास बाँकी छ !

साम्राज्य त ढलेको छ अँध्यारोको तर
मिर्मिरेमा घाममाथि त्रास बाँकी छ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : लोडसेडिङ

~प्रेम ओली~Prem Oli

लोडसेडिङ्गले आजभोलि
उल्का उल्का ल्या’को छ
मैन बत्ती बाल्दा
खल्ती पनि ख्या’को छ
जादा सुटुक्क गए पनि
आउँदा
ठुलै पुरुस्कार पा’को जस्तो
केटाकेटी पनि सिट्ठी फुक्दै
होहल्ला नै मच्चाउछन
बाउ लाहुरबाट आ’को जस्तो ।

राइस कुकरमा भात बसाल्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~मदास~

अरुले खाए लाएको देखी
भित्र असह्य हुनु, हाम्रो बाध्यता
बर्बर कोर्कालीहरुमाझ
प्रतिष्ठित हुन खोज्नु
हाम्रो खाद्यता ।

असल भनाइन खोज्दा खोज्दै
खराब बन्न जानु असाध्यता
शान्तिको नाममा अशान्ति सिर्जनु
हाम्रो आराध्यता (बाध्यता) Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मनमा तिमी बस्यौ

~दीपेन्द्रसिंह थापा~Dipendra Singh Thapa

आँखामा त केके बसे मनमा तिमी बस्यौ
फूलभित्र सुवासजस्तै नदेखेरै पस्यौ,

अँध्यारोमा हराउँदा जून पाएजस्तो
शून्यतामा अनायासै धून छाएजस्तो,
नसोचेको नदेखेको सुख बनी खस्यौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आजका जोगी

~यज्ञेश~Yagyash Dhwoj Karki

मलाई छोटा कपडाभन्दा
छोटा विचारसँग सरम लाग्छ,
मूर्खको बातभन्दा
महापण्डितको उपदेश झिज्यार लाग्छ!

बहिरालाई
मुस्कुराएको वचन सब मिठो हुन्छ,
बेवाकूफ दर्शकलाई
बकबके लवारपाँडे विद्धवान हुन्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मधुमासको भोली

~विनय गौतम~Binay Gautam

मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई

उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो।

विहान उठनेबितिकै हिमाल देख्न पाईयोस

……………….

विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको पहिलो रातको विहान।सधै मलाई १५/२० मिनट लाग्ने,आज के भएर हो थाहा भएन वाथरुममा म छिरेको १ घन्टा भईसकेछ। सुगन्धाको आवाजले मलाई झसंग बनायो। मेरी एकमात्र बहिनी। चियाको लागि मलाई खोजेकी रहिछ।सुगन्धाले मलाई चिया दिएर अनुहार नहेरी बाहिर गई।आज ऊसको फरक स्वभाव मलाई अचम्म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिगानेकी अामा

~ध्रुव रिजाल~ Dhruba Rijal

खैरो छानोबाट उछिट्टिएका
पहेला बाछिटाहरूको संग्रह पिएर
उसले आफ्नो प्यास मेटायो
उस्को तृप्ती भित्र
खडेरिले खण्डहर बनेका
पहेला गहुँका बोटले पाएको
शीत तृप्तीको प्रतिविम्ब विम्वित हुन्छ
गरिविको चित्र कोर्ने एक चित्रकारले
उसको प्रतिविम्बलाई असभ्य देख्छ
हो उ एक सिँगाने केटो

अगेनोको छेउमा लडिरहेकी
अर्धचेतन युक्त आमाबाट पाउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको परागसेचन

~तीर्थ संगम राई~Tirtha Sangam Rai

धुपि सल्लाको बोटहरुमा
बशन्तले हात हल्लाई रहदा
लाली गुराँसहरु मुस्कुराई रहेका छन् ।

तर
राष्ट्रिय बिभूति बोकेको
लाली गुराँस हिजो आज
दन्त्य कथाको पात्र बनेर
किराँत प्रदेसका पाखाहरुमा
पाठ्क्रमका पानाहरुमा
चिप्किएर ईतिहास बनेको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गुराँस फुल्ने लेक

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बैँस हेर्नुपथ्र्याे । मेरो बैँस ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा खुबै आनन्द आउँछ । बिहेअघि मेरा उनीले मलाई देउरालीबाटै सुसेलेर डाक्थे । म एकैसासमा उनलाई भेट्न पुग्थेँ । जसरी रुखको टुप्पोमा भाले जुरेली कराँउछ, अनि तल कतैबाट खुसुक्क पोथी जुरेली त्यहाँ पुग्छे । देउरालीमा पुग्दा आफूलाई अझै उस्तै तरुनी ठान्छु । सेतो कपालमा रातै गुराँस फुलेको पाउँछु ।

मेरा उनीले छपक्कै लाली–गुराँस लगाइदिन्थे । भन्थे, तिम्रो गाला गुराँसभन्दा रातो छ । देउरालीलाई साक्षी राखेर कसम खान्थ्यौँ, ‘यो लेकमा गुराँस फुल्दासम्म हामीले एकअर्कालाई भुल्नेछैनौँ ।’ कति मानिसले धर्म छाडे होलान् । यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि उनलाई भुल्न सकेकी छैन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बिहानै बिहानै

~श्याम राज रानाभाट~Shyam Raj Ranabhat

किन आँखा राता बिहानै बिहानै !
पियौ कि मदिरा बिहानै बिहानै !!

के थियो र त्यस्तो पिडा मन भित्र !
गयौ मधुशाला बिहानै बिहानै !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छु हीरा मर्न देऊ

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

दिल कचौरा यो उचालौं खान्छु हीरा मर्न देऊ
रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ ।

एक निलमको छ ढोका जो कुवेरको द्वारमा
हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो भाग्य

~जीवन्त रुकु~Rukmani Satyal Bidari

मेरो भाग्य लेख्ने बेलामा भावी साह्रै कठोर भैछस्,
पत्थरै पत्थर काँ डा काँ डा मात्र तैले लेखिछस्
वर्ष मा घुम्छन ऋतुहरु अलग अलग सुबाश लिई,
तैले तर मलाई एउतै शिशिर ऋतु मात्र दियिछस्

फुल फूलने बोट हैन काँडे झार मात्र दिई छस्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आर. आर. चौलागाईंका ४ मुक्तकहरु

~आर. आर. चौलागाईं~R R Chaulagain

-१-
यहाँ हरदम खुट्टा तान्नेहरू धेरै छन्
ढुङ्गालाई देउता मान्नेहरू धेरै छन्
खै, किन किन ! ठिक बेठिक के हो पटक्कै छुट्टयाउँदैन मान्छे
यहाँ दूध हैन रक्सी छान्नेहरू धेरै छन् ।
२०७२ माघ २०

-२-

मान्छेहरू आफूले पाएका ती हैरानीहरू बिर्सिँदा रहेछन् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

विज्ञान कथा : ह्याकर

~मनोज बोहरा~Manoj Bohara

सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै ट्रिगरमाथि रहेको स्प्रिङ्ग तानियोस् र बन्दुक पड्कियोस् भनेर एउटा पातलो फलामको अंकुसेको एक भाग त्यस सानो मोटरमा र अर्को भाग उक्त ट्रिगरमाथि रहेको स्प्रिङमा जोडें।

त्यहाँ अझै एउटा समस्या देखिन्थ्यो, त्यो के भने कम्प्युटर चिपलाई इन्टरनेट कनेक्सन तथा मोटरलाई बिजुलीको सप्लाई दिन बाँकी थियो। त्यस बन्दुकभित्र रहेको चिपमा र मोटरमा बिजुलीको सप्लाई दिनको लागि युएसबी केवलमार्फत् व्यवस्था मिलाएँ। उक्त बन्दुकको लेन्स भएको भागमा वेब क्यामरा जोडेँ। यसरी युएसबी केवल (डाटा केवल) मार्फत् बन्दुकमा (कम्प्युटर चिप, वेबक्यामेरा) इन्टरनेट कनेक्सन दिनको लागि मोबाइलमा जोडें। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कतै भूल्यौ कि त?

~केदार न्यौपाने~Kedar Neupane

हामी त उस्तैछौं तिमीलाई के भा’को
विर्स्यौ कि आजभोलि किन नआ’को

तिमी आउँदा नि यो हाम्रो सानो झुप्री घर
अहिले पनि उही नै छ पानी तररर
परालमा सुत्थ्यौ हामी यौटै थालमा खान्थ्यौं Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यक्तीत्व समीक्षा : गिरीको याद

~शङ्कर लामिछाने~Shanker Lamichhane

कवि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्‍नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्‍न शङ्करको सिङ्गै किताब ‘विम्ब-प्रतिविम्ब’ मै पस्नुपर्छ ।

तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको ‘विम्ब प्रतिविम्ब’मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत ‘गिरीको याद’ निबन्ध भने अगमसिंह Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

Translated Poem : On Wife’s Sicness

~Kishore Pahadi~Kishor Pahadi
Trans : Gopi Sapkota

Taking the tea dust
From the tea packet,
I put it in curry,
Thinking it was spices!
While holding it carefully,
The bowl slips on the floor
Scattering the things around
Slice of potato
Why does its shape look different? Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

कविता : हाम्रा प्रेमगीतहरु

~मनोज न्यौपाने~manoj-neupane

वर्षौवर्ष अघि मैले
मनलाई मैन बनाएँ
र, लेखेँ त्यसमाथि तिम्रो नाम
मैन न हो, पग्लियो
र, मेटियो तिम्रो नाम ।

त्यसपछि मैले मनलाई पत्थर बनाएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘नारीचुली’का लेखक प्रर्साई हुन् या राणा

~पुष्कर लोहनी~Pushkar Lohani

केही दिनअगाडि मेरो हातमा एउटा मोटो किताब आइपुग्यो- सुनौला अक्षरमा लेखिएको WOMEN WRITERS OF NEPAL- झण्डै छ सय पृष्ठको । अनि नारी चुल्ठो अर्थात् बटारिएको कपालको तस्वीर- अस्मिना रंजीतको कला हो कि – Profiles and Perspective लेखिएपछि अनि छुट्टै लाइनमा लेखिएको अक्षर- JAGADISH RANA मनमा खुलदुली लाग्यो- जगदीश शमशेरले अङ्ग्रेजीमा ‘नारीचुली’को अनुवाद गर्दै हुनुहुन्छ भन्ने गाइँगुइँ पनि नचलेको होइन, चलेकै हो राम्रैसित- मज्जैसित । नरेन्द्रराज प्रर्साईको घनिष्टता र विश्वासिलोपनको मीठो उपहार हो कि भनी ठानेँ । Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : यसकारण केयरगिभरको काम कठिन हुन्छ

~दीप्स शाह~Deeps Shah

काम भनेको सबै नै गाह्रो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी । हुन त सबैमा केही न केही गाह्रो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन् भने सुविधा र रम्झम अर्कैको धेरै लाग्छ । विशेष पैसाकै निमित्त देश छोडेर टाढिएकाहरुको सवालमा र अझै न्यून कमाइमा कष्टकर शारीरिक श्रम विनिमय गर्न अदक्ष या अर्धदक्ष कामदारको हकमा भन्ने हो भने काम काम मात्र नभएर सजाय जस्तो बन्न पुग्छ । जिन्दगीको लम्बाइमा भन्ने शब्द कसले निर्माण ग¥यो होला भोगाइको शब्दकोशमा ? यही साढे तीन अक्षरको बाध्यताले मान्छेलाई हुत्याउँदै भूगोलको कुन कुन दिशामा लघार्छ र हामी उनिन्छौँ तिखो झिरमा विवश माछा उनिएझै अनेक कष्टसाध्य काम नामको सुइरोमा । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : दौंतरी

~टेकब कोइराला~Tek B Koirala

बुटो–बुटोमा चाहार्दै
कट्मेरो बेलौती टोकेर
आधा तिमी खान्थ्यौ
आधा म खान्थें

ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै
ऐंसेलुको मसिना टोपी टिपेर
कसको सोली ठूलो
प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ
म हारिदिने गर्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यसरी भत्किए कविजी

~माधव सयपत्री~Madhab Sayapatri

अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् र मसित अन्तरङ्ग कुरा गर्न पनि भ्याएका छन् । बाइक हकाइबाट थाहा लाग्थ्यो– उनी एक कुशल, अभ्यस्त बाइक चालक हुन् ।

त्यो दिन कविजीले मलाई आफ्नै घरमा बोलाए नरेफाँटमा । एकचोटि मात्र म उनको घरमा गएको थिएँ । घर पत्तो लाग्दैन न कि भन्ने संशयबाट मैले बेलैमा मुक्ति पाएँ । एउटा मन्दिर मेरो तारो थियो । त्यही मन्दिरलाई ताकेर गएँ । सजिलै भेटेँ कविजीको कवि निवास । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्ख

~सुरेम देशार~Surem Deshar

एउटा सुदिनसम्म
पर्ख
एउटा प्रगतिशिल दिनसम्म
हाम्रा भावनाहरूबाट सृजित
परिवर्तनका वाहवसम्म
पर्ख

अन्धकारमा उदाउने चन्द्रमासम्म
युगौयुगदेखी लेऊ परेका नदीसम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको आवाज

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

भावना बलिदानकोले
देश भै बिध्वंशकारी
रक्त क्रान्तिका बबण्डर
आउँदैछन् वेग मारी

नीच हत्याराहरूका
भावनामाथि चढी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शहीद बिष्णुलाल महर्जन

~विजय सुब्बा~Bijay Subba

महल बनायौ जीवन सजायौ मेरो बलिदान टेकेर
कता डो-यायौ हिँड्नेहरूलाई मेरो सपना देखेर

मेरा पनि तिम्रा जस्तै आफ्ना थिए प्यारा-प्यारा
तर देश भनेर जनता मानेर त्यागिदिएँ सारा-सारा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment