कविता : पर्ख

~सुरेम देशार~Surem Deshar

एउटा सुदिनसम्म
पर्ख
एउटा प्रगतिशिल दिनसम्म
हाम्रा भावनाहरूबाट सृजित
परिवर्तनका वाहवसम्म
पर्ख

अन्धकारमा उदाउने चन्द्रमासम्म
युगौयुगदेखी लेऊ परेका नदीसम्म
लेऊ बगेर नदीका ढुङ्गा सफा र स्वच्छ
नभएसम्म पर्ख
एउटा परिचयको पहिचान नखुलेसम्मपर्ख
अनि जीवनको यात्रामा परिचित नभएसम्म
पर्ख

समयसापेक्ष देशले मागेको
संघियतासहितको संविधाननबनेसम्मपर्ख
एउटा सुदिनसम्म पर्ख
ऊ आउँछ र त्यसपछिका परिवर्तनलाई
आत्मसात गरी
फेरि पर्ख मात्र पर्ख
आफू मृत्युको डोलीमा नचढेसम्म
पर्ख

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.