~उमेश राई ‘अकिञ्चन’~
एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता
छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !
विपरित बहिरहेछ हावा Continue reading
~उमेश राई ‘अकिञ्चन’~
एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता
छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !
विपरित बहिरहेछ हावा Continue reading
~गोपाल पराजुली~
युग समय दिनेछ
र नयाँ दिनको प्रारम्भ हुनेछ
सपनाहरूले दृश्य पाउनेछन्
द्वन्द्वको तस्बिरमा देखिएको देश
हराएर
नयाँ इतिहास बनेपछि
देश अर्को तस्बिरमा आउनेछ
बालकहरू
आफ्ना बाबुको हत्याको खबर सुनेर
आमाहरूसँग
प्रश्न सोध्ने छैनन् Continue reading
~बिमल रेग्मी~
खेतबारीको बीचमा
ठिङ्ग उभिएर बसेको छ बुँख्याचा
लाग्छ बुँख्याचा
बच्चा र बटुवाहरूलाई तर्साउन बसेको भुत हो
हात फिजारेर उभिएको छ बुँख्याचा
आफ्ना मालिकको बाली जोगाउन
थोत्रो मैलो लुगा लगाएर
एउटा डरलाग्दो रूपमा छन् बुँख्याचाहरू।
बुँख्याचा आज पनि उभिरहेकै छ,
मालिकको त्यही थोत्रामोत्रा लुगा लगाएर Continue reading
~राजेश नेपाली~
उठ्नै पर्ने भयो फेरि राताराता झन्डा बोकी
रोकिंदैन पदचाँप अब जनताको कोटीकोटी
हातमा हात जुटाउँदैछन् अब यहाँ जनताहरु
तह लगाउन हिंड्नेहरुलाई झुटो नाराहरु खोली Continue reading
~मणि बनबासी~
सपना धेरै देखायौ तिमीले बिपना मारेर।
कल्पना मात्रै जिन्दगी भन्ने भ्रममा पारेर।।
मीठो बोली र मुस्कान दिन्छौ खुकुरी धारेर।
फोगटाहरु बनाउदैछौ रे गह्राचाहि खारेर।।
दुनियादारी फकाउछौ तिमी फुल बुट्टा भरेर।
घरभित्र स्वागत गर्याछु भन्छौ ढोका नै बारेर।। Continue reading
~भुवनेश्वर शर्मा~
कौडेको लेकमुनी
मेरो सानो गाऊं छ |
डांडामथिको मेरो गाऊंबाट
सेताम्य हिमाल देखिन्छ |
बिहानीको नीलो आकाशमुनि
पहिलो घामको किरनले, Continue reading
~दिपक साउँद~
डडेल्धुरा उग्रतारा, दिपाईल डोटी सेति
कठै मेरी जनम थली, सम्राई लाग्छे यति
किरमणी अईसेलु झूल, बन पागी रै छ
काफल गेणी रुख डाली, सम्राई लागी रैछ Continue reading
~प्रमिला पाण्डे~
वेदनाले तड्पेर रुँदा उनकै काखमा आँसु पुछेको छु,
मनको बगैचामा गुराँस फुल्दा उसैसँगै साटेको छु
लाखौंको भीडमा आफूलाई एक्लै भेट्दा मित्रताको हात उसैले बढाएको हुन्छ । गुलाब टिप्न लाग्दा काँडाहरुले पारेको रक्ताम्मे शरीरमा मलम लाउने पनि उही, संसारले बिरानो ठान्दा आफ्नो केवल कविता हरपल साथ दिएको छ दुःखमा, सुखमा कसरी बिर्सिन सक्छु र उसलाई । हे ईश्वर, उसलाई बिर्सेको पल मृत्यु दिनू मलाई ।
यसरी आफ्नो मनको बह पोख्छन् कवि सजनकुमार ‘र पो आत्मा रुँदैछ’ एक उत्तरआधुनिक शब्दाञ्जलीमा । रोबर्ट फस्टले भनेका छन् ‘जब मानिसभित्रको भावुकता विचार बन्दछ र विचार शब्दमा परिवर्तन हुन्छ, Continue reading
~कुमार नगरकोटी~
गुलजार
केही सेल्फिस मानुष एन्ड मानुषी सेल्फी खिचिरहेका थिए । मलाई कतै पुग्नु थियो सायद । तर कहाँ ? निश्चित खबर थिएन । धेरै दिनपछि म त्यो दिन आफ्नो गुफाबाट बारिएको थिएँ । लगभग एक महिना बाह्यजगत्सित निरपेक्ष रही केवल गुफामा बसी लेखपढ गर्दै आफ्नो आयुसित म दिल्लगी गर्दै ओम स्वाहा:, ओम स्वाहा: हुँदै थिएँ ।
नित्य बिहान ४:३० मा उठ्थें । घरबाट सुटुक्क निस्कन्थें । Continue reading
~शिव प्रकाश~
अभिशाप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस् तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ,
त्यो मान्छेभन्दा महान छस्
गुनी छस्
ईमानी छस्
विष्टा खान्छस् त के भयो ?
निष्ठा छ तँभित्र Continue reading
~चाँदनी शाह~
उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु
उकाली ओरालीहरुमा Continue reading
~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~
मेरा लागि आफु हार्ने गफ नलाउन मित्र
यो मनका पिडा खार्ने गफ नलाउन मित्र
मुखले मात्रै ठिक पार्छौ हातमा सिन्को छैन
आकाशका तारा झार्ने गफ नलाउन मित्र Continue reading
~दिनेश अधिकारी~
जिन्दगी आफैँ जित हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
अर्थोकै होला अरूको लागि
जिन्दगी नै हो संसार मेरो
म साथी कहिले बाटोको लागि Continue reading
~दिनेश अधिकारी~
कुन बाटो हेरूँ ?
कुन भाका भरूँ ?
कुन गरूँ सिँगार ?
आउँदै छ आज परदेशबाट मनको पियार
ढोकामा बत्ती बाल्नु कि मैले कलशै पुज्ने हो ? Continue reading
~आयाम फुयाल~
नेपाल दुख्यो, भूमि काँप्यो
आर्तनाद पोखियो
खै, खै मेरो अस्तित्व??
खै मेरो सार्थकता??
खै मेरो स्वाधीनता??
अनि आँखाबाट कर्णाली बगायो, त्यो पनि धमिलो…
झसङ्ग भई सत्तेजुगका प्रल्हादले माटो नियाले
देख्छन्-
बन्दुकको नालले गरेको राजनीति Continue reading
~तीर्थराज अधिकारी~
पढेर सचिवसम्म भएकाहरु
नपढेरै पनि मन्त्री भएकाहरुको
कारिन्दा बन्ने तीव्र लालसाले Continue reading
~भरत भूर्तेल~
“यसपालिको हैजा,” स् वास् थ्यमन्त्रीजीले गीत गाउनुभो, “मलाई कतै लैजा ।”
“कता लैजाऊँ हजुर ?” हैजाले सोध्यो, “जाजरकोट जाने ?”
“जाजरकोट,” मन्त्रीजीले भन्नुभो, “त्यहाँ त पुगेर आइहालियो नि !”
“त्यसो भए रुकुम जाने ?” हैजाले बतायो, “रुकुम पनि रमाइलो छ ।” Continue reading
~राजन काफ्ले~
नवोदित सूर्यले
हिमालमा फ्याँकेको रोशनी
परावर्तित भएर उजेलिएको
एउटा शान्त, सुन्दर गाउँ थियो त्यो
हिमालको फेंदिमा
नौरङ्गी डाँफे
मोहनी लालिगुराँस Continue reading
~डोन्ना स्मिथ याकेल~
अनु : महेश पौड्याल
“हजुर, यो कहाँ पर्यो होला?”
“समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर ।
“मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको …. Continue reading
~रवि प्राञ्जल~
थुप्रै आवाजहरू कोठाभित्र छरिएका छन्
म टिप्न सक्दिन यी आवाजहरूलाई
लौन कोहि आई टिपिदेऊ यी आवाजहरू
म आवाजभित्र बोल्नै नसक्ने भइसकेको छु
मेरो भित्रको आवाज हराइसकेको छ ।
दिन बदलिसकेको छ रुन्चे साँझ बनेर
साँझ पनि अब ढल्नेछ रातको गहिराइमा Continue reading
~लेनिन बञ्जाडे~
‘यिनै हुन्, हाल् यिन्लाई…..’
अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के भो…..’ Continue reading
~मेघ बस्नेत~
जहाँ प्रेमलापमा व्यस्त हुन्छन् सूर्यकिरण र हिमात्रामा चुली
अनि पारी हिमालबाट गिज्ज्याउछन् गुराँस राता निला फुली।।
जहाँ मध्यरातमा चन्द्रमा र विशाल धर्तीको क्रीडा
अनि अती प्रसन्न भई वृक्ष बजाउँछन् माधुरी विणा।। Continue reading
~पेशल आचार्य~
नेपालीले के जान्यो ?
बुद्धलाई छिमेकीले विवादमा तान्यो
शान्ति देखाउँथ्यौँ उसले क्रान्ति ठान्यो
नेपालीले खै ! के जान्यो ? के जान्यो ??
आफ्नै बाउ, दाजु र भाइलाई गोली हान्यो ।।
हिमाल
पर्यटकलाई देखाएर डलर झाथ्र्यौं
आफैँलाई आफैँले मख्ख पाथ्र्यौं Continue reading
~ध्रुव पन्थी~
धेरैले भनेजस्तै,
धर्तिको यो कुनामा धेरै चिज बदलियो
अन्धकार वस्ती र बञ्जर खेतहरुबीच बग्ने
यहाँका नदीहरुमा पानी मात्र बगेन
थुप्रै नेपालीको रगत र आँशु पनि बग्यो
पानी, रगत र आँशुभन्दा वेगले शायद समय बग्यो
समयले धेरै चिज लछारेर बग्यो, पछारेर बग्यो
जुग बदल्छौँ भन्नेहरु
जुग त के साँझ पनि नढल्दै आफै बदलिए
तर कठै! समय बगेर जहाँ पुगे पनि
हाम्रो नियति भने जमिरह्यो – एकनाससँग, एकतमाससँग
त्यसैले त आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ! Continue reading
भीमबहादुर कँडेल
आउनैपर्ने भो राजा ल्याउनैपर्ने भो
हिन्दू राष्ट्र जोगाइराख्न ल्याउनैपर्ने भो
विश्व चर्चित हिन्दू राष्ट्र हाम्रै नेपाल हो
उठ जाग राष्ट्रभक्ति देशका सपुत हो ।
पृथ्वी ती नारायणले सब्को भलो गर्दै
टुक्रा टुक्रा राज्य थिए एकीकरण गर्दै
आउनुस् राजा बाहुबलको कदर गर्नैपर्छ
देशबासी जनता सबको आँसु पुछ्नैपर्छ । Continue reading
~यज्ञराज पकुवाल ~
नेपाली जनता हिजो आज भोलि विचार्दछ
नयाँ चुनाव हेरेर देशले सास फेर्दछ
पाउला फेर्न पाओस गरिब देशले अब
स्वयम्भु हेर्न चाहन्छ झुपडीभित्र दीपक ।१।
नयाँ नेपालको नारा व्यर्थमा खेर गो अब
परिवर्तनको अर्थ भ्रष्टाचार भयो सब
हेर्न पर्खिबसेका छन् इमानदार सब दर्शक
पार्टीले गोल लाएनन् भत्क्यो मैदान नै तब ।।२।। Continue reading
~आकृति शाक्य~
बर्बादीको हालै अहिले जताततै
निष्ठाको ख्यालै नगरिएको पाइन्छ अहिले
जताततै
स्वतन्त्रताको विशेषता
नारीले नांगिनु हुन गएझैँ छ
मनपरी मूल्य असुलेर उता
व्यापारी मोटाइनु भएझैंछ
दलहरुबीच अवगालै
हावी भएझैँं छ अहिले
जताततै
अदक्षहरुको भरपत्यारमा Continue reading
~उज्ज्वलदीप~
दिउँसै सिकुवाको गुन्द्रीमा पल्टेर उँघ्दै गरेका खडुपाध्ये भर्खरै उठेर आँखा मिच्दै तमाखुको एक सर्को तान्न मात्र के लागेका थिए परबाट आफ्नी जहान र बुहारी आफूभन्दा ठूला घाँसका भारी बोकेर आउदैगरको देखे। तमाखुको लामो सर्को तानेर आङ तन्काएका खडुपाध्येका आँखा आँगनमा फराकिलो गरी लिपेको ठाउँमा पुगे। उनी झस्किए– लौ मरियो अब! उनी उठेर ताउर माउर गर्दागर्दै सासूबुहारी आइपुगिहाले। बाहुनी बज्यैले आफ्ना खसमका भर्खरै सुतेर उठेका भन्दा राता आँखा पारिन्। उनको क्रोधको सीमा रहेन। बुहारी झगडामा मुछिनु ठीक छैन भनेर घरभित्र छिरी। उसको मन अब के चैं हुने हो भन्ने डरमा कामीसकेको थियो। डराउनुस्वाभाविकै थियो। Continue reading
~Khagendra Bhattarai~
I screamed. I was really unhappy. I can’t help thinking about my Gopi uncle when I read a small news item in Melbourne Herald Sun a few days back. Why the hell Peter brought that stale newspaper and showed me that news? Jesus! It’s so annoying.
“It’s bloody hilarious, innit?” he asked me while chomping his casserole. He pushed the newspaper towards me and I read it. I hate the newspaper. It does not publish anything about our great reformers when they share their dreams in open air theatre. They do not care when our revolutionary party cadres block roads and stage strikes for days and Continue reading
~होम सुवेदी~
पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडावर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा सकिनसकी लागिरहेकी नै छिन् । धेरै गाईवस्तु हेर्न नसकिने भएर यिनीहरुले चलाए । भैंसी त उहिलेदेखि नै पाल्न छाडेका हुन् । एक माउ गाई र एक हल गोरु पाल्नैपर्छ गाउँमा घरगृहस्थी गरेपछि । ट्वाकलमा परेवा छन् । खोरमा दुई माउ बाख्रा र एउटा खसी छ । यिनीहरुलाई यी वस्तुभाउ पनि अहिलेलाई घाँडो जस्ता भइसकेका छन् । यिनको रेखदेख, खोले, घाँसपानी आदि गर्दा दुबै आजित भएका छन् । के गरुन् बबुराहरु– छोरानातिको बसोबासो यहाँ छैन । Continue reading