कविता : जताततै

~आकृति शाक्य~

बर्बादीको हालै अहिले जताततै
निष्ठाको ख्यालै नगरिएको पाइन्छ अहिले
जताततै
स्वतन्त्रताको विशेषता
नारीले नांगिनु हुन गएझैँ छ
मनपरी मूल्य असुलेर उता
व्यापारी मोटाइनु भएझैंछ
दलहरुबीच अवगालै
हावी भएझैँं छ अहिले
जताततै

अदक्षहरुको भरपत्यारमा
व्यवस्था टिकाउन खोजिँदो छ
हुल्याहा मूल्याहा बटुलेर
बलियो हुने उपाय रोजिँदो छ
बेढंगी चालढालै छ अहिले
जताततै

असफल राष्ट्र हुने खतरा
दिन प्रतिदिन बढ्दै जाँदो छ
वचन टिकाउ देखिन्न कतै
सिद्धान्तले हावा खाँदो छ
तालै बेताल छ अहिले
जताततै

बिग्रहकारीको उक्साहटमा
गरिएको ध्वंसक काम कुरा
अफापसिद्ध भएझँै लाग्छ
देखिन्छन् अगुवा सब अधुरा
बुद्धि विवेक कंगाल छ अहिले
जताततै

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.