~ज्यो. कुबेरनाथ भट्टराई~ 
मर्छु र मार्छुको दोसाँधमा
तड्पिएको छु म तिमीमा
ख्यालठट्टाको यो बात होइन
तिमी बिना मेरो जीवन चल्दैन ।
हरघडीको प्रयत्न यो छ
तिम्रै प्रतीक्षामा मन अडेको छ
भन कुरा नघुमाई सोझो
आलो र काँचो नबनाई चाम्रो ।
मनभित्रको तनमा
सजाएको छु दिलमा
जिद्दि नगरी अब आउ यता
तिम्रो मै हुँ नसोच अरुता ।
धनी र गरिब छैन खाली
समान छ प्रेमका थाली
रित्तो छैन भरिलो छ
भवसागर तर्नलाई अपार छ ।
बुझेर प्रिय मनको
कुभावना हटाउ दिलको
तब खारिन्छ प्रेम स्वच्छ भावमा
अनि युगान्तकारी भई बस्छ दिलमा ।
सेजेपा, पाँचथर
(स्रोत : श्री रुपरेखा)
