छोक : स्थिर

~जुनिता सुब्बा~Junita Subba

स्थिर बस्तुलाई
दौडिएको मेरो सोचबाट
दौडिरहेको म भन्दिन
बिज्ञान र प्रविधिको विकास
मिसायल तोप रोबोटलाई
अन्तर हृदयको खोज म भन्दिन
घटित र घटनाको प्रमाण यहाँ फेला पर्छनै
घटित तथ्यहरु म ख़ोज भन्दिन
अन्तरहृदयमा भोकाएको सत्यहरु म शोच भन्दिन
नहुनु मामा भन्दा कानो मामा भने झैँ
घटित घटनाको प्रमाणमा चित्त बुझेको छ
निर्मित सामाजिक मूल्य ,मान्यतामा
समाज भिजेको छ
अन्तर्दृष्टि सुनामी झैँ मडारिए
निर्मित मान्यता म रोक़ भन्दिन

-जुनिता सुब्बा
संयुक्त राज्य अमेरिका
junitato7summits@gmail.com

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.