देउडा गीत : खालिगडा लवामाली

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

खालिगडा लवामाली , देउताको थान पन ।
चन्चल मन बैरागी नहो , अब त मान पन ।।

डाँडा खेल्ला लवामाली , स्कुल पढ्न्या दिन ।
आकाश पाताल एकै गर्दो , यती घुम्छै किन ।।

खापरमाण्डौ बिच चौर , पानीको खाल थियो ।
जन्मथात है टाढा आज , भाग्यले फाल दियो ।।

कोई स्वदेश कोई बिदेश , सँगी साथी सबै ।
हृदय बस्याको माया , मरला कि कबै ।।

अतित सम्झी मुटु दुख्छ , आँखा आँशु टम्म ।
मन घुमाउँन्या परिचक्र , रैजा अब थम्म ।।

चन्द्र कुवँर ” चन्द्रमा ”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.