Poem : Misapprehended

~Shirish~

I never desired, but should I have deserved
From you my love, to never get loved
I kept you waiting too long to bear
Once I shunned you, but now I care
For the love was too deep to rub out
You were the only, what my life was about

Assuring myself at every point of life
That the fruit might not yet be ripe Continue reading →

Posted in Poem | Tagged | Leave a comment

सडक नाटक : मेरो टोपी

~नारायण योगी~

(मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्)

प्र.व्यक्तिः
१ –टोपी हाम्रो गौरव हो।

२– हाम्रो पहिचान हो।

३– हाम्रो देशको सान हो।

४– टोपीद्वारा मातृभूमिको सन्देश छरिरहेका छौं। Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

पत्र साहित्य : विदेशमा बिचल्ली एक चेलीको पत्र…

~सुरक्षा बराल~Surakshya Baral

पुज्यनिय माता पिता
सादर नमस्कार ।

तपाईंहरु आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु र श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु । आज म मुटु दहृो बनाएर यो पत्र लेख्न वाध्य छु । मैले भन्नै पर्छ, बुबाआमा पिडालाई नासोको रुपमा लिएर म आरामै छु , मेरा कुराहरुले मेरो बुबाआमाको मन नदुखोस् यो मेरो भाग्य को खेल हो या कर्मको खेल मैले नै बुझ्न सकेकि छैन । Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : एउटा सपना देख्ने मान्छे

~गिरिप्रसाद बुढामगर~Giri Prasad Budha

एउटा सपना देख्ने मान्छे
एक दिन उसले
एउटा सपना देख्यो
संघीयताको !
संघीयता भित्र आफ्नो राज्यको !
त्यो राज्य भित्रको उ एउटा हकदार !!!
त्यसैले
उ आफ्नो राज्यको मनोरम पहाडवाट
सेता झर्नाहरू खसेको देख्यो
पाखाहरूमा चेलीहरूको मिठो भाका पायो
चौपारी र देउरालीहरूमा
वाँसुरीको गुन्जन सुन्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के भनु ?

~दिपक पौड्याल~

अन्धकार चिर्दै
बन्धनहरू तोड्दै
अगाडि बढिरहेको बेला
अनेकौं मोडहरू पार गर्दै
शिखर चढिरहेको बेला
चटक्क यात्रा छोड्नेहरूलाई
ईतिहासलाई हिलो छय्ापी
ल73य मोड्ने हरूलाई
खै के भनु?

विजारोपण दोषको
के नौलो भयो र?
समय–समयका बर्बरहाटहरू
जसको प्रतिवाद तिमी पनि गर्‍यौ
उही पुराना शैलीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के काम भो

~कमला क्षेत्री ~

आफू बोलेको आफै नबुझ्ने बातको के काम भो
समयमै संविधान नदिने ६०१ सभासद् खातको के काम भो

कर्तव्य र दायित्वलाई बिर्सेर कुर्सी तान्न व्यस्त नेताहरु
मकैसम्म नरोपेर दिएको त्यो साथको के काम भो

सडक होस् या सदनमा कुर्सी मात्र देखेका छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आज म स्वतन्त्र छैन

~विवेक अर्याल~

गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन
प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन
स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा
शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !!

सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए
हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए
समाजको त्यो दुगमा, काटे मैले राष्ट्रको नासिका
नवीनता छर्छन गाबैमा, बगलीमा छुरा भिरेका !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पवृक्षको कथा

~पीताम्बर भट्टराई~

हजुर आमाले भनेको
कल्पवृक्षको कथा
जे सोच्यो त्यही पुग्ने
जे माग्यो त्यही मिल्ने
चुनावको दौडानमा
कल्पवृक्ष सम्झेर
आफ्ना पीडा र
बेदनाहरुको अन्त्य सम्झेर
डम्म मतपत्रमा छाप लगाउने हातहरु
नयाँ आशा र उमंगहरु
बोक्ने कोटी कोटी छातीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मालिकराम राई ‘वियोगी’~Malikram Rai 'Biyogi'

माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले स्वयं आफ्नो, कसैले अरुको घटनामा आधारित कथा लेख्न उसलाई अनुरोध गर्न थाले । सबैलाई एउटै उत्तर दिने गर्थ्यो ऊ- “कथा भन्ने कुरो त्यसै लेखिदैन । जुनसुकै घटनाले पनि लेखकको अन्तरभावनालाई छोएको हुनुपर्छ, चाहे त्यो सानै घटना नै किन नहोस् । कुनै पनि घटनाप्रति लेखक मानसिकरुपमा प्रभावित हुनैपर्छ । अनि मात्र कुनै विधाको सिर्जना हुन्छ ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बास गरि बस्दो रैछ

~राजेश नेपाली~

जो सजिलै मनजितेर बास गरि बस्दो रैछ
त्यही आखिर घात गरि उसैलाई डस्दो रैछ

झुटो सपना देखाएर तारा झार्छु भन्ने हरू
नत सक्े टिप्न न नै तारा खस्दो रैछ

इमानको यहाँ मोल छैन बैमानको चर्चा बढी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ Krishna Murari Gautam 'Chatyangmaster'

सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर,
महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब ।
महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति,
विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब त सुघ्र

~समर परियार~

अस्ताउँछन् घामहरू
फेरि झुल्की नै रहन्छन्
बग्छन् पानी निरन्तर मुहानबाट
फेरि निस्कि नै रहन्छन्
मर्छन हरेक मानवहरू तर मर्दैनन् उसका विचारहरू

लड्दैछन् वीर अझै पनि न्यायको निम्ति
पार्नलाई निमिट्यान्न अत्याचारहरू
ए पाखन्डी हो छोड अब देश चिथोर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्यारो हुँदो रै’छ

~प्रकाश आस्था~

आमा र जन्मभूमि प्यारो हुँदो रै’छ
बाबुरामको ’नि मनलाई मातृप्रेमले छुँदो रै’छ

बाबुआमा लिई तिमी तीर्थ हिँडेछौ बाबु
हाम्रा त छोरा मारिए त्यसै, आँसु चुहुँदो रै’छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : आमाको जवाफ

~बिन्दु अधिकारी~

रञ्जनाको घर हिमाली जिल्लाको सानो बजारमा थियो। आमाको दूध खान पाइन। काखमा लुटुपुटु गर्न पाइन। ऊ ख्याउटे थिई। ऊ बिरामी परिरहन्थी। कठै १ लेकको चिसो ठाउँका धेरै रात रोएरै बिताउँथी ऊ। दुइ छोरा हुर्कन लागेपछि छोरीको रहर जागेछ रञ्जनाकी आमालाई। उनी गर्भवती भैछन्। चाहना जेमा थियो त्यो नै मिल्यो। छोरी नै जन्मिइन्। तर दैवको लीला जन्मिएकी छोरीको मुख हेर्नै नपाई जननीले संसारबाट बिदा लिइन्। बच्चा जन्मेपछिको अत्यधिक रक्तस्रावले उनको मृत्यु भयो। धेरै सपना बुनेकी थिइन् Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

समालोचना : भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ

~डा.राजकुमार छेत्री~

१.परिचय-

मानिस सामाजिक प्राणी हो। समाजमा उसको आफ्नै किसिमको जातीय संस्कृति, सभ्यता र परम्परा रहेको हुन्छ। मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुनाले  त्यसभन्दा पृथक भएर बस्न सक्तैन। मानिस सांस्कृतिक परिवेश बोकेको समाजमा जन्मन्छ, हुर्कन्छ, र त्यही परिवेशमा उसले जीवन बिताउँछ। मानिस जन्मेको दिनदेखि नै उसको सांस्कृतिक जीवन सुरू भइहाल्छ र मरिसके पछि पनि उसको अन्त्येष्टि त्यही समाज र जातिको सांस्कृतिक परम्पराका आधारमा हुन्छ। संस्कृति कुनै पनि समाज, जातिको आस्था-विश्‍वास र परम्पराको मानदण्ड पनि हो। हाम्रा Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : सहीदगेट

~पवन भण्डारी “किरण”~

केही पाइला पर
बडेमानको घोडामा
तरबारी भाषामा खबरदारी गर्ने राणादूत,

छेवैमा
भाग्लान् भनेर खटाइएको
सिंगो टुकडी फौज,
केही पर चौबीसै घण्टा जाग्राम बस्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चोट

 ~आलोक~

‘म हजुरको कथाकी पात्र ।’

भर्खर साहित्यमा स्नातकोत्तर उपाधि लिएकी जुहीको कथाको शीर्षक पढेपछि विनय शर्मा अलि भावुक भए ।

कथा आद्योपान्त पढेपछि उनलाई खलखल पसिना आयो ।

‘यसरी सबै कुरा नखोलेको भए हुन्थ्यो जुहीले ।’ विनयले मनमनै सोचे ।

पात्र, स्थान, घटनाक्रम सबै मिल्छ विनयको जीवनसँग । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिजो र आज

~गोविन्दप्रसाद आचार्य ~

लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो
अन्यायको छातीमाथ मजासँग चढे जस्तो
डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो
संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो

मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो
लडाईको मैदानमा रात र घात हुन्न जस्तो
मञ्चबाट बाघले पनि मान्छे खान्न भन्दै थियो
आऊ बनका मृगहरु धक नमानी डुल भन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको मिसकल आयो

~महेश बराल~Mahesh Baral Ghritakoushik

आज,
अचानक उनको याद आयो ।
एक्कासी आयो,
प्यास आयो, सम्झना आयो,
अनी,
एक झोँका उन्माद आयो ।
किनकी
आज उनको मिसकल आयो ।

मिसकलमा एक झंकार आयो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हाम्रो नेपालमा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

दिन दहाडै ईज्जत लुट्छन् हाम्रो नेपालमा
बिहान थुन्छन् साँझ छुट्छन् हाम्रो नेपालमा

भ्रष्टाचार को बिरोधमा छुस्स बोल्यो भने
गोरु झै मरुन्जेल कुट्छन् हाम्रो नेपालमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सदर काठमाडौँ, मोफसल काठमाडौँ

~श्यामल~Shyamal_1

काठमाडौँलाई कविता र कथामा गाली गर्नेहरूको संख्या कम छैन । तर पनि, काठमाडौँ आउने र तीन–चार आनादेखि रोपनीका रोपनी जग्गा खरिद गर्दै अन्यत्रबाट यहाँ सर्नेहरूको संख्या बढिरहेकै छ । काठमाडौँलाई सतहमा मात्र चिनेर भद्दा गाली गर्नेहरूलाई हाम्रो समयका कुशल कथाशिल्पी र कवि राजवले ‘काठमाडौँलाई गाली गर्नेलाई’ शीर्षकको कविता लेखेका थिए (हेर्नूस् : असमर्थ श्लोक कवितासंग्रह) । तर, यो उपल्लो र सतही काठमाडौँका भारदारहरू न कविता पढ्छन्, न त तिनले कविता नै बुझ्छन् ।

काठमाडौँलाई जहिले पनि शासक वर्ग र धनी उपल्लो वर्गको Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा, माटो र धर्ती

~बासु ढकाल~ Basu Dhakal

आमा!
मलाई एक मुट्ठी माटो देऊ
कतै जीवन दर्शनको उकालोमा
थकाई मार्नु पर्ला
म,चौतारी रोपी दिन्छु
अथवा
मलाई एक मुठी ऑटो देऊ
कतै देश निर्माणको बाटोमा
भोक मेटनु पर्दा
म दुईचार टुक्रा रोटी बेली दिन्छु
या Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनुराधा

~भरत बागलुङे~Bharat Baglunge Paudel

२०६५ सालको मध्ये हिउँदको चिसोलाई थप्पड हान्ने गरी मेरो सेलफोनमा इन्दिरा चिच्याई अजय एउटा दुर्घटनाको खबर छ । आफुलाई सम्हाल है । इन्दिराको अमुत भाषाले मेरो ओंठबाट निस्कन आँटेको आवाज मुखभित्रै अड्किन्छ । इन्दिरा धरमराएको आवाजमा बोलिरहेकी थिई अनुराधा अब यो दुनियाँमा सजिब छैन । अनुराधाको मृत्युको खबरले मेरा हात खुट्टाहरू लग–लग काँप्न थाल्छन्, मुटुको गति बढेर आएको ढुकढुक आवाज मेरा कानमा बज्न थाल्छ र आँखाबाट बर्रर आँसु झर्छन् त्यसपछि म उभिएकै ठाउँमा थचक्क बस्न पुग्छु ।

आँखा वरिपरी अनुराधाको निर्दोष चेहेराको प्रतिच्छाया घुमिरहन्छ र कानमा उसको सुलोलित आवाज बजिरहन्छ– ए कवि तिमी चिया कालो लिन्छौ की दुध राखेको तर म त दुध चिया नै लिन्छु है । के साँच्चि अब यो आवाज मैले कहिल्यै सुन्न पाउने छैन ? आपैmलाई प्रश्न गर्छु म र आँसुले भरिएका आँखा उठाएर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : यो हाम्रो देश

~दानबहादुर थापा~

बाँचिरहोस् यो हाम्रो देश अखण्ड भएर
समृद्ध शालिन स्वतन्त्र नेपाल अटल रहेर

विरको रगत पोखेर यहाँ बनकेो नेपाल
प्रकृति भित्र सुन्दरता बोकी उठेको हिमाल
मेचीकाली तराई पहाड हिमालको काखमा
डाँफे र मुनाल बाँची नै रहुन नेपाली भाकामा
बाँचिरहोस् ………………………. Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : कसरी तिमीलाई स्वागत गरौं?

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

हे नव वर्ष!
तिम्री दीदीले मेरो प्यारो दाईको
प्यारो फक्रदै गरेको जीवन
यही आगनमा चुढेकी थि
र मैले एउटा कलमले
श्रद्धाञ्जली लेखेको थिए उसलाई
आज पनि म त्यही आगनमा छु
अर्को कलम पनि
किन्न सकेको छैन
त्यही आगनम उभिएर
त्यही कलमले तिम्लाई
खै कस्तो शुभकामना लेखुँ म ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : जात-जात भन्नेलाई

~यज्ञेश~Yagyash Dhwoj Karki

जात-जात भन्नेलाई
झूटो धर्मको मात लागेको छ,
जात-जात भन्नेलाई
अन्धविश्वासको बात लागेको छ, Continue reading →

Posted in कविता | Leave a comment

गजल : डेरा अन्तै सार्यौ

~शान्ति शर्मा~Shanti Sharma

रित्याएर मेरो मुटु तिमीले डेरा अन्तै सार्यौ
आफू बाँच्यौ मोजमस्तीमा रुने चैँ मलाई पार्यौ ।

आदर्शका कुरा गर्थ्यौ कहिलेकाहीँ भेट हुँदा
आजभोली भन्दा भन्दै आधा जीवन त्यसै टार्यौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अभियान

~दिपा एवाई राई~Deepa Yewai Rai

उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो ।उसको अग्लो नाकको डाडी पहाड झैं अटल भएर उठेको थियो । अनि त्यो पातलो ओठलाई सेभीङ्ग गरेपछि आएका वरीपरी हल्का दाह्री जुङ्गा मौलाउदै गरेका काला ठुठ्ठाले कुनै पनि आईमाई मान्छेलाई एक किसिमको परिपक्ताको घोषणासँगै कामिङ्ग चढाउन तम्सेका छन् झै देखिएको थियो । त्रमश: म उसको कम बलीयो शरीरलाई मौन भएर एकहोरो एकएक गरी निहाल्दै घोरीएर हेर्न थालेछु । सायद मेरो त्यस्तो किसिमको हेराईको अवस्थालाई कसैले देख्थ्यो भने मलाई पक्कै पनि भन्ने थिए कि “यसले आई सेक्स गर्दैछ”। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : भोलानाथ या झेलनाथ?

~प्रकाश आस्था~

‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’

आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले।

सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको भएर हो कि के हो कुन्नि, पहिरनको सुन्दरतामा सदैव चनाखो झलजीको कोटको शोभामा आज भने यसले दख्खल पारेझैँ लाग्थ्यो। बाँसुरीको बजनले निम्त्याएको असन्तुलनले गर्दा कोटको गोजीको मुख बक्रबृत्ताकार बन्न पुगेको थियो भने कोटको एक भाग झोल्लिएको प्रस्ट देखिन्थ्यो। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अभियुक्त हेल्थपोष्ट

~श्रवण मुकारुङ~Shrawan Mukarung

द्वन्द्वकालमा-
शहर पसेका जमिनदार
फर्किए गाउँ
र गरे- जग्गादान
अरब गएका युवाले
खोले संस्था
र पठाए- आर्थिक सहयोग
ढुङ्गा, माटो, काठ, पानी
जुटायो गाउँले
गाउँलेले
गरे- श्रमदान
एनजीले
हालिदियो- टिनको चम्किलो छाना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कारागारभित्रको जून

~बिष्णु राई~ Bishnu Rai

जून
आयो भनेर पर्खेको
अझ टह टह आएको छैन
ल्याम्पोष्टको भरै छैन
कसको रगतले रात सहिछाप लगाउँछ
स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ
जता ततै त्रास छ ।

जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बदनाम चरित्र हुन्छ

~श्याम राज रानाभाट~Shyam Raj Ranabhat

बदनाम पिरती होइन ,बदनाम चरित्र हुन्छ
जाँच हजार चोटी ,माया पबित्र हुन्छ

रुपैले जोडेको माया ,देखिन्छ बजार भरि
मन ले जोडेको माया ,सधै मन भित्र हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment