~राज थापा~
तिमीलाई भनी रोपेको यो गुलाबको फूल
फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभएर !
यो वर्ष प्रणय दिवस् गयो हाम्रो भेटै नभएर
भेट त हुनथ्यो कुनी के भयो मनै नभएर ! Continue reading
~राज थापा~
तिमीलाई भनी रोपेको यो गुलाबको फूल
फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभएर !
यो वर्ष प्रणय दिवस् गयो हाम्रो भेटै नभएर
भेट त हुनथ्यो कुनी के भयो मनै नभएर ! Continue reading
~निलम कार्की निहारिका~
मेरी सानी नातिनी
निन्द्रासँग लडिबुडी गर्नु अगाडि
कथा सुनाउन ढिपी गर्छे सधै मलाई
मैले उसलाई
एकादेशबाट थालनी गरेर
बूढो बाघको कथा सुनाएछु
एकादेशको जङ्गलमा
एउटा बूढो बाघ थियो
ऊ निक्कै बलियो थियो
आफ्नो बलमा घमन्ड गथ्र्यो ऊ Continue reading
~तीर्थ संगम राई~
दिनाङ्क- २०५३।११।१२
मोरङ्ग-७ लेटाङ्ग
श्वेता,
कहाँबाट लेखनको सुरुवाद गरुँ बिषय वस्तुलाई जताबाट घुमाउन चाहे पनि वृत बनेर ह्दय भित्र अल्झिरहने हुँदा पुनः मन भरीका विभत्स अनि कुण्ठित् भावनाहरुलाई नलेखि रहन सकिन । क्षमा चाहान्छु फेरी नदोहोर् यााउने गरी अन्त सम्म पढि दिने कष्ट गरी दिए पुग्छ ।
श्वेता मानव जीवन जहिले र जुन सुकै अवस्थामा पनि बाँच्न सक्नु पर्दो रहेछ सायद यो कुराको जानकारी तिमीलाई पनि हुनुपर्छ । तर सँगै जीउनु पर्ने हाम्रो सामाजिक सँस्कार र प्राकृतिक अनुरोधको कारण कहिले काहि तिमी र म पनि नजिक हुने प्रयत्न गुै हुन सक्छ यो पुर्णतया गलत थियो होला तर निकटताको पराकाष्ट नाघ्ने गल्ति मेरो मात्र अवश्य थिएन यसमा तिमीले नै एक कदम अघि सारेकी थियौ होईन र…॥ Continue reading
~भोगेन एक्ले~
गोमाकी आमा छोरीको लक्षण निको नदेखेर सशंकित थिई । नभन्दै छोरीको महिनावारी रोकियो । ठूलो पीरमा परे बूढाबूढी । कसको हो, को हो, राम्ररी फकाएर सोध्नु लगायो बाउ चाहिंले । आमाले फकाउनै परेन । फलाफल धामीलेजस्तै बकी गोमाले, “अस्ति ठूलाघरे बाकोमा तिमीले धान लिन पठाउँदा घरमा बडामात्र थिए । धान झिक्न तल्लामाथि ढुकुटीमा लगे अनि … ।“
मर्नुको जूनी भयो आमालाई छोरीको कुरो सुनेर । राति ओछ्यानमा सबै कुरो सुनाइन् बूढोलाई गोमाकी आमाले । बाउको होस हवास गुम भयो । छाँगाबाट खसे उनी । बोल्नै सकेनन् धेरैबेरसम्म । “कसरी यस्तो गर्नु सकेको ठूलाघरे दाईले ! आफ्नो छोरीसमानको यसलाई । अब भोलि के होला ? टोल छिमेकीले के भन्लान् ? Continue reading
~घनश्याम ओली~
त्यतिबेला सरिता बीएमा अध्ययन गर्दै थिइन् । ‘बढेकी छोरीलाई अब घरमा राख्नु हुन्न, यसको पनि बिहे गरिदिनुपर्छ’ उनका बुबाआमाले गाइँगुइँ कुरा गरेको उनको कानमा प¥यो । उनलाई मनमा चिसो पस्यो । त्यसको हप्ता दिनपछि उनकी माइजूले एउटा केटा लिएर आउनुभयो सरिताका लागि । आमाले ‘छोरी चिया लिएर आइज’ भन्नुभयो । उनले चिया ल्याएर सबैलाई दिइन् । त्यो केटाले सरितालाई निकै घुरेर हे-यो । दुई जनाको बिहेको बारेमा निकैबेर भलाकुसारी भयो । केटाले सरितालाई मन पराएछ । उनलाई पनि केटो ठिकै लागेको थियो । केटाको घर चितवन रहेछ । पढे लेखेको, हेर्दा पनि खाइलाग्दो केटो देखेर सरिताले मनमनै यत्तिको केटासँग घरजम होला भन्ने सोचिन् । सामान्य परिवारको केटो पार्टीको कार्यकर्ता पनि रहेछ । Continue reading
~पदम भण्डारी~
कोर्कोराउनु मात्र हुन्न, पोथी बास्न जरुरी छ
घरमुलीको नाममा उनको, फोटो टाँस्न जररी छ
महिला पुरुष एउटै रथका, दुईटा पाड्ग्रा भनेपछि
सभ्य समाज निर्माण गर्न, रुढी मास्न जरुरी छ Continue reading
~माइकल रोथेनबर्ग~
अनु : केशव सिग्देल
मैले अन्तिम ठूलो हात्ती
भूईंमा लडेको देखेँ
शिकारीहरुले त्यसका दाह्राहरु लगे
महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए
फिनिक्स, एरिजोनामा Continue reading
~निशा प्रतीक्षित~
लाग्छ चुमिरहु ती ओठ बिस्तारै बिस्तारै
लियो मनले यस्तै अठोट बिस्तारै बिस्तारै
न लाग्छ भोक न लाग्छ निंद नै रातमा
लौ न लाग्यो यो कस्तो रोग बिस्तारै बिस्तारै Continue reading
पूर्व उदाउँछ
पश्चिम अस्ताउँछ
झोक्रेको साँझपछि
रात निदाउँछ ।
अनि ताक परी बसेका सम्झनाहरू Continue reading
~मुकेश राई~
एउटा सीमाहिन आकाश
शायद शून्य सिवाय केही छैन,
यही सीमाहिन शून्यतामा नै
आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर
तैरिरहेछन घाम, जुन, ताराहरु
अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु !
यहिँ शून्यमा तैरिरहने भूगोलमा
आ-आफ्नै स-सानो अस्तित्व बोकेर
कोलाहलमय महासागरमा सल्बलाउँदै Continue reading
~तीर्थराज अधिकारी~
ऐना आफैँ
कसैको चित्र कोर्दैन
सामुमा काला–गोरा
जस्ता रुपहरु उभिन्छन् Continue reading
~रोहितकुमार ‘हैप्पी’~
अनु : लक्ष्मण अर्याल
पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए | Continue reading
“जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँसभरी के गरेर मरीस् त ? पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि ।” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई भनी ।
“तँ मेरो कुरालाई अलि गम्भिरता साथ लिई दे न, रञ्जिता । म चाहिं मनको पीर अलि हलुका पारिदिन्छे कि भनेर भन्छु । ऊ भने हावामा कुरा गर्छे ।” – शोभना अलि झर्केर भनी । Continue reading
~चन्द्र गुरुङ~
सखारै
एउटा कलकलाउँदो दिन उदाउँछु
दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिसि्रन्छु
अहोरात्र पसिनाको अविरल खोला बगाउँछु
ढाडका कोमल हड्डीहरु खियाउँछु
जोतिन्छु खुरन्धार
मानौँ लानु छ आकाश-धर्ती नै !
समय यसरी बित्छ
मनमा अड्दैन
कर्कलाको पातमाथि नाच्ने शीतको सौन्दर्य
जीवनको आकाशमा सूर्यको उज्यालो फैलिँदैन
कुनै अर्थ छैन जूनको शीतलता । Continue reading
~शिव प्रकाश~
“हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।”
अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो।
“तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० वर्ष भयो।” चियाको सुर्को तान्दै सुस्केरामिश्रति स्वरमा श्याम अंकल बोल्नुभयो। छेउमा बसेकी आन्टी एकटकले भुइँतिर हेररिहनुभएको छ। लाग्छ, छोराछोरीका विम्बहरू उहाँहरूले टेकेको त्यो धर्तीमा नाचिरहेका छन्। Continue reading
~ज्ञानमणि नेपाल~
केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँच जना छोरीहरु दिनदिनै हुर्किदै थिए । तिनीहरुको लालन –पालन र शिक्षा–दिक्षा , अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित् हुनु स्वभाविक थियो । लाग्दै थियो– छोराको आशामा पाँच छोरीहरुको जन्म हुनुले उनलाई अहिले पछुतो भईरहेको छ । Continue reading
~उमा गौतम~
तिम्रो मेरो बासुरीको धुन मिल्यो क्यार
एक्लै बसी टोलाई हेर्ने जुन मिल्यो क्यार
मुस्कान दिन राजी छैनौ भन्ने कतै सुन्न पुगे
हास्न छुडी अथित सम्झी रुन मिल्यो क्यार Continue reading
~खोजराज गोले तामाङ~
म त नयाँ संविधान चाहन्छु !
आफ्नै प्यारो पहिचान चाहन्छु !!
भूपडी नै पाए छाएर बस्थेँ नि !
भन्दिनँ म आलिशान चाहन्छु !! Continue reading
~हिक्मत वाइबा तामाङ~
तसाम ङ सिला ख्रेन्बासे , ङ दास दोसी टिआखाम .
ङई म्हईला साई घेला , ङ लास दोसी टिआखाम..
रेगे ले या यारी थोसि गीक ज्याबामान्बा .
यो ङयासे रेदाङसेन ,ङ आश दोसी टिआखाम .. Continue reading
~दीपक चापागाई~
देशभक्तिहरूको एउटै माला बनाएर
सहिदहरूको सपनाताई पहिर्याई दिनु छ ।
राष्ट्रघाती देशद्रोहीहरूको चिहान बनाउन
एउटा भयानक आधुनिक मिसाइल बनाउनु छ
राष्ट्र–राष्ट्रियतामा सधै आघात पुर्याउने लाई
गाँउ, बस्ती अनी शहर बाट सधैलाई लखेट्नुछ । Continue reading
~आभास~
चिलाउनेको रूखले घोषणा गर्यो
अब सबै रूख चिलाउने बन्नु पर्छ
र फैलाउनु पर्छ आफ्नो अस्तित्व
अर्थात्
हामी सबै चिलाउने बन्नु पर्छ
श्रीखण्डको रूखले इन्कार गर्यो
र भन्यो– Continue reading
~राम भट्टराई~
बिर्सिए झैँ ठान्यौ होला सम्झिरहेछु
म त तिम्रै मायाको बन्दी भएछु
तिम्रो यादले कतै जानै दिएन
यो मुटुले अरू कुनै नामै लिएन
एकान्तमा के के कुरा गम्दीरहेछु Continue reading
~श्यामल~
मैले पहिलोपटक कवि भूपी शेरचनलाई एकेडेमीमा भेटेको थिएँ । यद्यपि म उनलाई भेट्न निकै आतुर थिएँ, तर त्यसअघि म नेपालगन्जमा भएकाले उनीसँग भेट्ने कुनै तारतम्य मिलेको थिएन । ‘हामी’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘हो चि मिन्हलाई चिठी’ जस्ता बहुचर्चित कविताका स्रष्टा भूपी मेरो मानसमा रहस्यमय प्रतिभाझैँ थिए । म उनलाई छुन चाहन्थेँ । म उनका रचना प्रक्रिया र विचार बुझ्न चाहन्थेँ । म उनको अध्ययनको पाटो कति बलियो छ भन्ने जान्न चाहन्थेँ । तर, त्यो अवसर सहजै उपलब्ध थिएन । Continue reading
~नोवल निरौला~
दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि।
एकादेशमा एक सिकर्मी वस्दथ्यो। उ एकदम मिलनसार, ईमान्दार थियो। त्यसैले होला गाउँको महाजनले उसलाई निकै मान्थे। महाजन चाँहि जिल्ला भरि घर बनाउँथे। अर्थात उनी ठेक्केदार थिए। त्यो सिकर्मीले यति राम्रा घर बनाउँथ्यो भनिसाध्य छैन। तर उ भने झुपडिमा बस्थ्यो, धेरै कमाउन सकेको थिएन। वस्नको नाममा टहरो मात्र थियो उसको। कलाभएर पनि आफ्नो घर वनाउने हिम्मत उसमा थिएन। Continue reading
~विश्वेश्वरप्रसाद कोइराला~
अनु : लक्ष्मण अर्याल
आकाशमा ताराहरू चमचमाइरहेका थिए |
”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो |
”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा पहिले तिमी पनि त्यहीं थियौ |” – आमाले भन्नुभयो | Continue reading
~शोभा शर्मा~
‘ऊ त्यो भीरमाथिको ढुंगामा बसेर मलाई तिम्रो चित्र बनाउन मन छ,’ मैले भनिदिएँ ।
वरिपरि कोही छैन । खोला मात्रै सुसाएको छ । यो निर्जन बाटो एक्लै बोल्दै म कहाँ हिँडिरहेकी छु, थाहै छैन । ‘ल हिँड, म पु-याइदिन्छु,’ केटा मान्छेको आवाज सुनेर म झस्किँए । म त एक्लै बोल्दै हिँडिरहेकी । जवाफ दिने को हो ? मन चिसो भयो । ऊतिर फर्किएँ । चिनिनँ । नचिनेको मान्छे देखेर मेरो अनुहार निलो भएको हुनुपर्छ । Continue reading
~टि पी मिश्र~
याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर होला बिचरा जाडोले काँपिरा’थे । फूलपातीको दिन भएकोले म धेरै खुसी थिएँ । बाले खसीको पुच्छर र कान चैँ पक्कै मलाई नै दिने मेरो आशा ! Continue reading
अनायास प्रेयसीको सवाल बद्लिँदैछ
बिना मेसै मेरो पनि जवाफ बद्लिँदैछ
कहाँ बसुँ दोधार भो आँखामा या मुटुमा
आँखा स-यो मुटुतिर विभाग बद्लिँदैछ Continue reading
~नगेन्द्र थापा~
….
केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगि मेरो जागेर आउँछ
केटि –
तिमी देख्दा न भै नाडी ओर्लेर आउँछ
छाती भरि लाजै लाजले भरेर आउँछ Continue reading
~मुक्ता सापकोटा~
एउटा गरिब केटी थिई
बिरामि भै ओछ्यान परी
औषधिमूलो केहि पाइन
एक दिन ऊ तेसै मरी
उनको थियो एउटा बच्चा
तोते बोल्ने मनको सच्चा
भयो त्यो बिचरा टुहुरा
कसले दिने उसलाई सहारा Continue reading
~बिष्णु सुबेदी दोलखे~
अचेल गाउँहरु हास्न छोडेका
छन गाउँहरु हास्न छोडे पछी
को पो निर्धक्क हास्न सक्छ र ?
गाउँको मुटुपारी डाँडा थुम्कोमा
बन्धुकको घोडा चडेर ……….
मृत्युहरु टुक्रन्छन
हेर्दा हेर्दै
क्षण भरमा सिङो बस्ती खरानी बन्छ
गाउँलेहरु खरानीको थुप्रो मा आफन्तहरु को
अनुहार खोज्छन
गलेर पानी भइसकेको मन Continue reading
~लेखनाथ काफ्ले~
मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी।
मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। उसले पनि मलाई देख्यो। उ मोबाइलमा कुरा गर्दै थियो।
उसको कुरा सकिए पछी म उसकै छेउ मै खाली रहेको सीटमा बस्न पुगे। “मलाई एक कल पनि गरेनौ त” मैले गुनासो गरे। ”खासै काम पनि परेन, फेरी भेट्ने बाहाना पनि भएन” उसले साँचो कुरा भन्यो। Continue reading