हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल र सरसामान हरुले भने मेरो मनै कताकता पुरयाई दिन्थ्यो र मलाइपनि उनिहरू संगसंगै हिढुँ हिढुँ लाग्थ्यो, तर मेरो घुम्ने बाल मनोइच्छा भने SLC पास भैसके पछि मात्र बिस्तारैपूरा हुन सुरु भएकोथियो ! जसनुसार पहिलो पटक ४ जना साथिहरु मिलेर मनोकामना र नारायाणघाट घुमेर पहिलो पटक आमा बाट “”नेपाली टुरिस्ट “” को पगरी गुथिएको थियो ! त्यसबखत सोह्र वर्षे उरंठ्यौलो उमेरमा घुमेको सम्झना हरु धूमिल धूमिल र मोटामोटी मात्रै याद छ ! हुनत सुखद: र राम्रा सम्झना हरु मा डुब्नु भनेको वर्तमान मा बाँचेर बिगत मा उड़ान भर्नु हो र आँखा चिम्लेर त्यों यात्रा गर्दा झन बिछट्टै आनंद आउँछ ! तर कतिपय महत्वपूर्ण क्षण हरु ले भविष्य मा कत्तिको महत्व राख्छ भनेर नसोच्दा ति अनमोल पल हरुको याद दिमागको रिसाइकल बिन बाट पनि डिलीट भै सकेको हुनेरहेछ !!! Continue reading →
उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ । एक सानो फरकले पनि यो बिरानो दुनियाँ रमाइलो लाग्दै थियो । तर सायद समयलाई पनि म रमाएको निको लाग्दैन क्यारे !
कस्तो परिस्थितिले मलाई डो-याउँदै दक्षिण भारत ल्याइपु¥याएछ । इन्जिनियरिङ पढ्न म रहरले यहाँ आएँ या बाध्यताले । ती कुरामा दुःख मनाउन छाडिसकेँ । तर खोइ किन कहिल्यै यो ठाउँलाई आफ्नो मान्न Continue reading →
उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै उनीसँगको मिठो भेट अनि स्वर्गिय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिएँ । भेट्ने ठाउँ सुदूरपश्चिमको चिसापानी तय भएको थियो । मध्यरातमा म चिसापानी झर्दा उनी Continue reading →
के लाग्छ तिम्लाई?
के म यत्तिकैमा सिद्धिन्छु ?
सम्भव छैन त्यसो हुन
कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म
तिम्ले थापेको ढडिया प्वाल पारेर
उम्किन जनेकी छु मैले
तिम्ले हान्ने जालमा सर्प भिराएर
पल्लो किनराबाट तिमी तर्सेको हेरेर
मज्जा लुट्ने खेलाडी हुँ म पनि Continue reading →
साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए । ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे ।
‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो हाम्रो साहित्य । अरु भाषाका भन्दा धेरै अगाडि हुने निश्चित छ ।’ अर्का डायोस्पोरिक गीतकारले थपे ।
मंगल ग्रहमा राखिने महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक बनाउन त्रिलोकनाथ शर्माको कोठामा जम्मा भएका चारजनाले दुइहजार अठार जनाको समिति बनायो । छापा पत्रिका त के अनलाईन मिडिया पनि कहीँ कतै समाचार आएन । Continue reading →
सुन्दैछु
पि्रयसीका एकाध बस्तीहरुमा
दोहोरी गीत नगाएको धेरै भो रे
रोधीघर पनि नधाएको धेरै भो रे
त्यहि भएर होला सायद
यु्वाहरु बिदेशीएको मात्र देख्छु
मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥
अफसोच
मेरो बिकट तर निकट बस्तीहरुमा
बिरह र बेदनाको चित्कार सुनिन्छ रे Continue reading →
गर्नेहरूले त प्रेम
त्यो मधुर रोशनी देखेर
जूनको पनि गर्लान्
त्यो मनमोहक सुवास देखेर
फुलको पनि गर्लान्
तर
जसरी मेरी आमाले
जन्मिँदै नजन्मेको मलाई
देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो
जसरी मेरा बा’ले
मेरा रहर र चाहनाहरूलाई
चिन्नुअगाडि नै प्रेम गर्न थाल्नुभयो Continue reading →
एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । एक नजर अनुहारमा प¥यो, आँखा जुधे । प्लेट छोडेँ । एकैचोटि उसले पनि छोडी, प्लेट खस्यो । फेरि उसलाई हेरेँ । म मात्रै हैन, ऊ पनि डराएको आभास भयो । बोलें , ‘सरी’ । ‘सरी’ उसले पनि भनी, एकैचोटी । फेरी हास्यौँ दुवैजना, एकैचोटी ।
पेन्टमा लागेको दाग सफा गरेँ र अर्को प्लेट लिएर ऊ बसेकै टेबलपछाडि गएँ । अचम्मको हाँसो देखेँ मैले ओठमा । हाँसोमा कस्तो मादकता ! भलै उसका ओठ ठूला, लामा अझ भनौं, नमिलेका होलान् । हाँस्दा ती मिलेर आए । अनौठो संयोजन थियो ओठ, दन्तलहर, हँसाइको तरिका र आवाजको । त्यो घटनापछि Continue reading →
सायद तिम्रो पिँडुला देखेर
अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर
अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर
केले हो मैले तिमीलाई प्रेम गर्न थालेको
एटलान्टिक सागरको यो एकान्तको
बालुवाको न्यानो स्पर्श गर्दै
सोच्दै छु म
त्यस्ता के कुरा हुन्
जसले मलाई तिमीसँग प्रेम गर्न लगायो Continue reading →
केटि –
सिरिमा सिरी नी कान्छा बताश चल्यो
बावरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नी कान्छा फालेर हान्दै
नबोले पनि हाँसन सुन मेरो निरमाया
केटा –
ढुंगाको छानो नी कान्छी टिनको छानो
नौतल्ले घरको वहाँ सम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नी कान्छी भेट र भा छैन
यो माया लैजाउँ कहाँ सम्म सुन मेरी निरमाया Continue reading →
उकाली ओरालीहरूमा भन्ज्याङ् अनि चौतारीहरूमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु
गायिका तारादेवीको सर्वाधिक लोकप्रिय गीत हो, यो । यस्ता सयौं गीत गाएकी छन् तारादेवीले, रेडियो नेपालमा । उनले गाएका बहुचर्चित गीतहरू नारायणगोपालसँग युगल ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, उकाली ओरालीहरूमा, निर्दोष मेरो पछेउरीमा, शुभकामना भरि, आऊ नआऊ तिम्रो खुसी, तिम्रा पाउहरूमा सधैं, आँसु र सुस्केरा, तिमीलाई हाँसेर बिदा मात्र, एक्लो जीवनमा, मनको निश्चलता, यति ठुलो संसारमा, तिमीले दिएका, सोचेजस्तो हुन्न जीवन, फूलको थुंगा, मलाई हाँसीदेऊ नभन, धेरैले लेखे, नौ Continue reading →