~“जीवन्त” रुकु~
विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् ,
आफ्नहरु नै पाराया भईदिन्छन् ।
जब दु:ख पर्छ आफुलाई ,
दुनियाँ सारा बिराना भईदिन्छन् ।।
हिजोको दिन भुल्छन यहाँ ,
आज मात्र देख्ने भेटिन्छन् । Continue reading
~“जीवन्त” रुकु~
विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् ,
आफ्नहरु नै पाराया भईदिन्छन् ।
जब दु:ख पर्छ आफुलाई ,
दुनियाँ सारा बिराना भईदिन्छन् ।।
हिजोको दिन भुल्छन यहाँ ,
आज मात्र देख्ने भेटिन्छन् । Continue reading
~चर्चित ढुंगेल~
‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। हर्ताकर्ता भएर उसले ङिच्च हाँस्दै उच्चमार्गी र निचमार्गीका कान फुक्ने काम गर्दछ। एड्शन अरान्ते दो नासिमेन्तो अर्थात् प्रसिद्ध अन्तराष्ट्रिय ब्रजालियन फुटवलर पेले फुटबल खेल्नकै लागि जन्मिएका हुन् भने दलेहरु दलाली गर्नकै लागि मात्रै जन्मिएका हुन्। पेलेका शरीरमा रगत भएर फुटबल बगे जस्तै दलेका शरीरमा दलाली मात्र बग्छ। Continue reading
~श्यामल~
तिमीलाई मैले देखेको उहिल्यै हो
तर हामी बस्थ्यौं हामीले नै बनाएका
पर्खालै पर्खालका घरमा
सिमेन्ट र छडहरुले बनाएका
अति गहँगा मनजस्ता
चिसा चिसा घरमा ।
भुर्इंचालोले हामीलाई देखाइदियो वास्तविक घर
प्रेमले ढलान गरिएका
न्यानो सासले स्पर्श गरिएका
आफ्नै करङहरुको छानोमुनि ओत लागेका
हाम्रा साना साना मुटु प्रेमले हल्लिरहेका छन् । Continue reading
~अभय श्रेष्ठ~
सहृदय वेश्याको प्रेममा
मैले उसलाई गरेको प्रेम
श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन ।
जस्तो कि तपाईंलाई थाहा छ- Continue reading
~अमर नेम्बाङ लिम्बू~
आज म मात्र कोठामा सुतिरहेँ,
केवल मेरो मनमात्र
घुम्नगयो बाहिर ।
कुनै वेला मेरो मनले
बाहिर एउटा अग्लो रुखमा बसेर
चियाइरहेको हुन्छ संसार।
कुनै वेला मेरो मनले
बुर्कुसी मार्दै चुम्नपुग्छ
टाढा एकार्कामा अडेस लागेर
उभिएका म्लान पहाडहरूलाई । Continue reading
~बिपुल सिजापति~
म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा खास मीठास छ, खास आकर्षण छ, खास मोहनी छ, विशेष शक्ति छ । मीठो यो हावाले घर सम्झाउँछ, आकर्षक यो हावाले आत्मियजन सम्झाउँछ, मोहिनी यो हावाले दसैँ सम्झाउँछ, शक्तिशाली यो हावाले देश सम्झाउँछ । यो हावा विश्वको जुनकुनै कुनामा चल्दा जहिले पनि नेपालीका मनमा मधुमास लेराउँछ । Continue reading
~विश्व राज भेटुवाल~
लमतन्न परेर सुतेको
हिउुद बर्खा र झरी
ओस र घाम खायको
यक निरिह
आफ्नो शरीर भरी
खाल्टै खल्टा लियर
खन्डहर हुन लाग्दा पनि
अरुको बोझ बोक्न
तल्लिन राजमार्ग । Continue reading
~कालीप्रसाद रिजाल~
यसै गरि बिताई दिन्छु, दुई दिनको जिन्दगि
हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी
भिड छ भिडमा, आफुलाई बिलाईदिन्छु
बिर्सीदिन्छु आफुलाई, होस म हराईदिन्छु
कि त लुकी यतै कतै, रोई दिन्छु सुस्तरी,
हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी Continue reading
~ईलामेली टीकाराम दुलाल~
तोटक छन्द
जुन ठाँउ थिएँ फुलदै म थिएँ
रसरङ्ग सुवाश दिदै म थिएँ
म फुलेँ भनि है कुन स्वार्थ लिएँ
तर एक यहाँ म त फूल थिएँ ।।१।।
कति मन्दिरको म प्रसाद भएँ
भमरा कतिको म त स्वाद भएँ
शरिरै चुसदै रस स्वाद लिए
सहँदै म बसेँ म त फूल थिएँ ।।२।। Continue reading
~हरि खनाल~
साँझ परिसकेको थियो । बाबा कार्यालयबाट नआउनुभएकोले सुमन गेटमै बसेर हेरिरहेको थियो । हुन त ऊ सधैँ बाबा आउने बाटो हेरेर बस्ने मानिस होइन तर त्यस दिन भने उसलाई बाबा चाहिएको थियो । ऊ बाबासँग केही महत्त्वपूर्ण कुरा सोध्न चाहन्थ्यो ।
‘सुमन ! आज किन भित्र नपसेको ? लेखपढका काम सक्यौ त ?’ आमाको आवाजले सुमनलाई पछ्याएको थियो । ‘आउँछु आमा ! तर आज बाबासँग केही बेर कुराकानी नगरी भित्रै पस्न मन छैन,’ उसले भन्यो । केही बेरपछि बाबा आइपुग्नुभयो । ‘बाबा ! बाबा !’ कार्यालयबाट आउँदै गरेका बाबालाई बाटैदेखि बोलायो सुमनले । बाबाले बुझ्नुभयो कि आज सुमन केही कुरा सोध्न निकै बेरदेखि पर्खिरहेको हुनुपर्छ । बाबाले सुमनको हात समात्दै भन्नुभयो । ‘छोरा ! तिमी के सोध्न खोज्दै छौ ? लौ सोधिहाल ।’ Continue reading
~मुक्ता सापकोटा~
देशले परिवर्तन चाहेको थियो
हेर, अयोनित, ठूलै आयो
धेरै ठूलो, चाँहेको भन्दा
थाम्नै गार्हो, मानौ फन्दा
थामोस् नि कसरी, बिचरो
बारम्बार एक पछि अर्को
आशा ठूलै फट्को मार्ने
फट्को त मारेकै हो ने
फगत परेछ उल्टो दिशा
जातियताको नाममा उफ् हिंसा Continue reading
~प्रा. डा. सूर्यमणि अधिकारी~
शैक्षिक सत्रको मध्यतिर कलेजमा विद्यार्थी युनियनको चुनाव हुने भयो। बिद्यार्थीहरु प्रमुख रुपले दुई समुहमा विभक्त भएकाले प्रतिस्पर्धा कडा थियो। दुवै पछय भोट माग्ने दौडधुपमा व्यस्त थिए! कलेजमा पढाइ हुन छाडेकाले म आफ्नै डेरामा थिएँ। मध्याह्नमा एकजना उम्मेदवार एउटा साथीसहित मेरो डेरामा आइपुगे। उनले शिष्टतापूर्वक अभिवादन गरी आफ्नो परिचय दिए।
उम्मेदवार आएर भोट माग्दा दिन्न भन्ने कुरा आएन। शिष्टाचारवश मैले उनीहरुलाई चिया खाएर जान आग्रह गरें। भित्रबाट चिया लिएर आउँदा उनीहरुले कोठाका झ्याल ढोका थुनिसकेका रहेछन्। मलाई Continue reading
~सुरेन्द्र सिंह~
बारेकोटको घाटबजारबाट पाँच मिनेटको नाक जोगाएर हिड्नुपर्ने उकालो र दश मिनेटको गहुँ बारीका कान्लैकान्ला नाघेर उक्लेपछि बतास सँग जिस्किदै गरेका केराका पातहरु देखिन्छन् । तिनै केराका पातहरुलाई पछ्याएर कान्लै कान्ला माथिको साँघुरोबाटो हिडेर गयो भने आरु र नास्पतीका रुखहरुले पहिला स्वागत गर्छन् । र, त्यही नेर देखिन्छ, आँखी झ्याल सहित खरले छाएको बीरबहादुर शाहीको पुरानो घर ।
सेतो कमेरोले पोतिएको घरका बाहिरी भित्ता । घर भित्र पस्ने एउटा अल्ली ठुलो मुल ढोका । र, ठुलोढोकाको सिरानमा पाँच कक्षामा पढ्ने भाइले बाँङ्गाटिङ्गा अक्षरमा कोरेको साढे चार अक्षरको शब्द, ‘स्वागतम’् । सानो आँगन, आँगनको डिलमा लहरै आरुका रुखहरु । आँरुका फूलका कोपिला जस्तै भाइबहिनी । अनि आरुकै रुख जस्ता शान्त बृद्ध बाआमा । Continue reading
~रेशम बोहोरा ‘भाबुक’~
परिवर्तनका कुरा गर्र्थिस्
मुक्तिका कुरा गर्र्थिस्
यो देशमा, हाम्रा दिन आउँछन् पनि भन्थिस्
हजारले मुक्ति पाउँदा
एकाध मर्नु गौरव हो पनि भन्थिस् ।
त्यसैले,
तँ सहिद बनेको खबर सुन्दा
मेरो छाति गौरवले चुलिएथ्यो
तेरो मृत शरिरमाथि
हर्षले शलामी दिएकी थिएं मैले । Continue reading
~देवकी अभिलाषी~
फेरि अब
फुल्नेछैन गुलाब बोटमा
निर्दोष हरिया हाँगाहरूले
गर्नुपर्ने छैन मृत्युवरण
तिमीले कलमी गरेर
जबर्जस्ती सारेका बेमौसमी बोटमा
यसपालि
गुलाब फुलेन
ठीकै भो Continue reading
~रत्न शमशेर थापा~
केटि – ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो
केटा – जाँदैन बाचा खेर पर्ख लिन आउँला
केटि – मिर्मिरे उषामा औंठी साट्न आउनु
शिरमा रेशमी फित्ता बाँधी आउनु २ Continue reading
~सौरभ शाक्य~
मिखां क्वब्वाःलःथेँ हाइच्वन ख्वबि
न्यंक कुलामय् गनं मखनाच्वन रबि
मनय् पीर, ब्यथा गुलि लिकुंका तयेफइ ! Continue reading
~तारा ज्ञवाली~
त्रिशुली तटमा………..
भूकम्पले पनि हल्लाउन
नसकेको हृदय
हल्लाईरहेछ –
तिम्रो यादले
प्रकम्पनको पीडाले पनि
नगरेको लगातारको प्रहार Continue reading
~आभास~
एकान्तमा
पनीको तप् तप् बज्छ
र गुनगुनाउन थाल्छ
पिपलको पात
एकान्तमा
शीत झर्छ
र फक्रनथाल्छ
सयपत्री फूल
एकान्तमा Continue reading
~राकेश कार्की~
“आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो।
“ए हो” मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी लगाए पछि त्यही घर्रामा राखेको थियो। आज भेट्दै भेटेन। दराजमा पनि सबै लुगा पन्छाएर हेर्यो। कतै छैन।
“हनि, तिमीले मेरो टोपी देखिनौ ?“
“ए यहाँ लिभिङ रूममा पो छोडेछौ स्विटहार्ट” षोडशीले टिभीको स्वर सानो पार्दै भनिन्। मोहन श्रीमती भएको ठाउँमा आयो। Continue reading
~सुदर्शन राजोपाध्याय~
थिएँ म एकदिन सयपति
भइयो पनि एकदिन म हजारपति
भन्छन् आजकल मलाई लखपति
हैन म अरबपति करोडपति
रहर छ बन्ने खरबपति
हुने छैन म पतिदेबको पति
उफ ! गन्हाउने भएछ त्यो सुन्दर वाग्मति
चाबहिल भएछ अब त्यो चारुमति Continue reading
~सुरेश ‘समान’~
प्यारी जुनकिरी खड्का,
पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे चरन छ, त्यती पर सम्म तिमीलाई नै हेर्न धाँउछु, सत्ते । हिजो सन्सरबार पनि गजुरेकोमा गा’को थें। थुप्रै मान्छे जम्मा भा’थे रेडियो सुन्न। तिम्रा साथीहरु असर्फी, चमेली, मिठ्ठी, केसरी पनि आका’थे। यि आँखाले तिमीलाई चारैतिर खोजे, भेटेनन, दिनै खल्लो भयो। जोर हप्ता भयो दर्शन Continue reading
~पासाङ गोपर्मा~
साधक पिण्डोल र राजा उदयन थलचर, नभचर र जलचरका हिस्रक पशुपक्षीको आˆनो उदर पूर्तिका निमित्त क्षेत्र निर्धारण गरे झै मानिसको एउटा समूहले क्षेत्र निर्धारण गरेको छ सय इशा पूर्वको कौशाम्वी । आज भारतवर्ष वा इण्डियाको नामबाट चिनिने मुलुकको त्यस ताकको नाम जम्वुद्वीप वा जम्वुलिङ वा पवित्र भूमि । त्यस बेलाको पवित्र भूमि आकारमा विशाल थियो तर आज सम्भावनाको खेलको चक्करमा सानो भएको छ र अझै हुादैन भन्न सकिन्न ।
प्रभुसत्तात्मक कौशाम्वी अनि शासक राजा उदयन । राजनीतिक, सामाजिक, व्यापारिक र वौद्धिक विकासमा कौशाम्वी छिमेकी राज्य मगधभन्दा निक्केै पछाडि थियो । त्यसै राज्यको एउटा प्रतिभाशाली सामान्य युवा नागरिकको नाम हो पिण्डोल । पिण्डोलको मनमा ज्ञान हासिल गर्ने उत्सुकता जाग्यो । आजको जस्तो शक्तिलाई हेरेर नगरपालिको सााचो सम्मानस्वरूप विशिष्ट पाहुनालाई चढाउने र सामान्य नागरिकलाई भुस्याहा कुकुर सरह व्यवहार गर्ने संस्कारको विकास त्यस ताकै भएको थिएन । तसर्थ, युवा Continue reading
~कणाद महर्षि~
अहिलेभन्दा पहिले राम्रो लेख्थेँ
भनूँ भनूँ लाग्यो
आफूले आफैँलाई सोध्न मन लाग्यो
– हो कि होइन?
अब उत्तर म के दिऊँ
सोधेको आफैँले Continue reading
~उमेश राई ‘अकिञ्चन’~
नाराहरुका पछि
दौड्दै
आएका
जुलुसझैँ
कहाँ
हराए
निर्माणाधिन
क
वि
ता
हरु
कुनै गुरिल्लाको Continue reading
~राम शरण श्रेष्ठ~
राम्रो सोच्दा सोच्दा थाकी सकेँ म ।।
बुद्ध खोज्दा खोज्दा थाकी सकेँ म ।।
किन मेरा कुरा पनि कोहि सुन्दैनन्
ब्यथा पोख्दा पोख्दा थाकी सकेँ म ।। Continue reading
~तीर्थ संगम राई~
परायाको सिन्दुर हाली मेरो सामु नआऊ अब
अरुसँग मलाई जस्तै झुटो माया नलाऊ अब
सुहागरातको बिछ्यौना तिम्रो प्रिय हुन्छ जब
सतीत्वको स्वाङ् पारी उसलाई पनि नदाऊ अब Continue reading
~गणेश बहादुर तमाङ~
तामाङ ह्रिमठिम साइबा काते
म्रप्सङ खासी भोट ह्रिला ।
छोर्गे मोक्कोन तमाङ कादे
ताम्सालिङदा खोट भिला ।
भोट् पिन्गे ताम्सालिङ्दा
पिन्ना पाङ्बा पार्टी दाम्सी । Continue reading
~होम सुवेदी~
‘यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !’ मनमनै बलरामले कुरा खेलाउने गर्थे । ‘यसो हेर्न हुने मान्छेलाई त डेरा दिनुपर्छ नि । कमसेकम घरको रेखदेख पनि हुन्थ्यो अनि..!’ उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न आयो भने उनको प्रतिक्रिया हुन्थ्यो आफैंसँग । अघिल्लो पटक आफ्ना छिमेकीले ठेलावाललाई डेरा दिएकोमा उनको आफैंसँग यस्तै गुनासो थियो ।
बलरामले यसभन्दा उताको सोचलाई आफैंभित्र पचाएझैं गरेका थिए । बलरामका छिमेकी घरका मानिसले Continue reading
~फूलमान वल~
मैले
गाउँ छोडेको दिन
चराहरुले गीत गाउने छन
यो तोरीबारी,
यो अम्रिसोघारी,
यो गोरेटो,
यो चौतारो,
सब–सब हुनेछन अंध्यारो
र, भन्नेछन–
ए परदेशी,
जाने नै भए,
लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु
लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो
लैजाऊ – तिमीले अँगेनामा आगो फुक्दा निस्केको त्यो लय Continue reading
~प्रवेश खतिवडा~
१।
२०१०, जुन।
एकाबिहानै फेसबुक खोल्नु मेरो दैनिकी नै भै सकेको थियो। रिकोमेन्डेड फ्रेन्डस को लिस्टमा यौटा अनौठो नाममा गएर आँखा टक्क अडियो। अना मिका, न्यु ट्याब खोली हालेँ हतार हतार, निलो बटन क्लिक गरेर एकछिन उसको एक्टिभिटी नियाँले।
केहि घन्टा पछि, फेरी फेसबुक खोल्दा यौटा नोटिफिकेसन र यौटा म्यासेज आएको रहेछ। हेरेँ, त्यहि अनामिका अनलाइन रैछ, लैखिएको थियो, “हेल्लो बोधिसत्व।”, ढिला नगरि रिपलाई गरेँ, “हाइ”
टुप्लुक्क प्रश्न गरि, “सो, बुद्धु कि बुद्ध?”, सोचेँ, फरासिली रैछ। Continue reading