गजल : हिँड्न जाने

~रश्मिला कवाङ~Rasmila Kawan

हिँड्न जाने राम्ररी बाटो कतिकति
जिन्दगीमा घाउको खाटो कतिकति

आँसुमा तैरिएका मनका ती आशाहरु
चिन्नसके खुसिको पाटो कतिकति

अकबरे बिश्वासलाई ढाल्न त्यसै हुन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : फूललाई सोधेँ कहाँ गयो

~नरदेन रुम्बा~Norden Rumba_1

फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सौता

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी सकेको हुनाले त्यो फतफत र कचकचबाट उसले मुक्ति पाएको थियो । छोराछोरी नभएकोमा उसलाई कुनै आपत्ति थिएन किनकि रुक्मिणीलाई ऊ जति माया गर्थ्यो त्यति माया त ऊ छोराछोरीलाई पनि दिन सक्ने थिएन । चाहना नभएका छोराछोरी भएनन् भनेर उसले चित्त दुखाउने कुरा पनि आएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बेकार छ

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

आँखा राम्रो भएर मात्र के गर्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
अोठ राम्रा भएर के गर्नू?
जब ती अोठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्दैन भने! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~गोपालप्रसाद रिमाल~Gopal Prasad Rimal

म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउट पुकार
एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर-
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ-
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन-
म वालीजतिकै बलियो रहेछु
मलाई हटाउन रामलेजस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ ।

त्यसैले यो मेरो भुजाको बलले, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको असरलता

~शिरीष~

हिमालको चुचुरामा बसेका उनि प्रकृतिको त्यो दृश्य जब हेर्दछन
यस सरलताको रहस्य बुझ्ने प्रयत्न उनी गर्दछन् ।
तपस्या उनको जीवनको यही उत्तरको खोजी हो
तर्क बितर्क गर्दै उनि मग्न ध्यानमा पर्दछन् ।।

प्रचन्ड रविको किरण जब पर्दछ एक कोमल फूलमा
नडराई ऊ त अझै घुरेर उसलाई हेर्दछ ।
जङ्गलको राजा सिंह जब पर्दछ मानिसको हुलमा
उसलाई भने अपहरित हुने डरले पो घेर्दछ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी टाढिदै छौ अरे

~नवराज दाहाल~

पर देखें तिमीलाई
तिम्रै बाटो तर्फ झरें,
समिप पुग्दा नपुग्दै सुन्छु
तिमी टाढिदै छौ अरे।

सहयात्री अर्कै हुँदा तिम्रो
यो यात्रारुपी जीवनमा,
तिमी, अनी मात्र तिमी
रहिरहनेछौ मेरा यादहरुमा।……. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समाचार

~कृष्ण बजगाईं~Krishna Bajgai

प्रमुख समाचार

– केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
– शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
– धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विसंगत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

विसंगत सपनाहरुको संभोग
म के संगत !
बोझिल पहाडको छाती
चरक्क चिरेर
निस्कन्छन् खोलाहरु
खोलाहरु सँगै
केही पिसाचहरु
केही रहस्यहरु
चुपचाप !
चुपचाप !!
केही खुँखार मसानहरु
नारायणहिटी/हनुमान ढोका
हनुमान ढोका/नारायणहिटी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

श्रृङ्गारिक गजल : यता तिर नहेर्नु घरीघरी

~निशा प्रतीक्षित~Nisha Pratikshit

यतातिर नहेर्नु घरिघरि, मैले भनिदिएकी छु
गर्न पाउनेछैनौ मनपरी, मैले भनिदिएकी छु

अलिकति ठाउँ खाली हुँदा छेउमै बस्न आइपुग्यौ
केही गर्न दिन्न नजिक सरि, मैले भनिदिएकी छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : ति पर्दा उठायो

~विजय योजीत~Bijaya Yojit

उठायो कसैले ति पर्दा उठायो
यि आँखा रसाएर झर्दा उठायो !

सँधै टेकिराख्थ्यो दबाएर गोडा
रमायो कि वैरी म मर्दा उठायो ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : सिंहदरबारको साँढे

~महेश थापा~Mahesh Thapa

सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो।

“ए आयो, आयो!”

मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ।

“त्यसका साँढे यो भूकम्प भन्ने जिनिसले यसपालि बिताएरै छाड्छ कि क्या हो?” Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~Sen Wei
अनु : केशव सिग्देल

गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो
वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन्
गाँउ तल गहिरो छाँयामा अवस्थित छ Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : जिन्दगी पर्खिरहेकी लाहुरेनी

ज्योति जङगल~Jyoti Jungle

केही दिन अँगालेर जवान वसन्तलाई
त्यो लाहुरे
आँधीजस्तै परदेसियो,
मनभरि
शरीरभरि
प्रतिक्षा लिएर ऊ उभिइरही ।

आँसु बोकेका ओसिला रुमालहरु
प्रत्येक झरीमा कुहिएर माटो भए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : फ्रयांकर्फटको ट्राम

~यज्ञश~Yagyash

फ्रयांकर्फटको सपिङ एरनिामा मलाई छाडेर कुमार पन्तजी हिँडे। ‘के-के किन्ने हो किन्नूस्, सकिएपछि मलाई फोन गर्नूस्, म लिन आउँछु’ भनेर उनी मिटिङका लागि गए। मेरा अगाडि अब प|mयांकर्फटको ठूलो सपिङ एरयिा थियो, जसमा अनेकथरी लुगाफाटा, गहना र सौन्दर्य प्रसाधनका सामग्री भरएिका थिए। यसकै एउटा छेउमा थियो, पुस्तक पसल। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : भोकानांगा भाइ भाइ

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

रगत चुसेका छाती खोल्दै
भोका नांगा लागे उठ्न
आम दलितको पीडाबाट
लाग्यो दिनदिन प्रतिभा फुट्न

झुपडीले अब आँखा खोल्यो
बोल्दै धावा अब जनमत गम्क्यो
कदम कदमका आतुर गतिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सप्तरङ्गी बिहानीको उदय

~डा. गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

विदेशको एक्लो जीवन निरस बन्दै गईरहेको थियो । क्याम्पसबाट कोठामा फर्केपछि साथी भनेको कम्प्युटरमा मात्र हुने गर्थ्यो । क्याम्सपमा साथी नभएका र नबनाएको पनि हैन । तर यो मन भने कता कता एक्लोपनको अनुभवमात्र गरी बस्थ्यो । क्यानाडा आएको पनि तीन महिना भई सकेको थियो । चारजना दिदीहरुपछिको छोरा भएकोले होला ममा युवतीवादी प्रवृति बढी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

घुमाइरहेछन
टाउकोहरु माथि
बडेमानको जातो
र पिसिरहेछन
हाम्रा सुन्दर सपनाहरु ।

हाम्रै छातिमा खेल्छन परेड
हाम्रै काध चडेर
उक्लिरहन्छन सताको कुर्शी
र पुगेर घुमाउन थाल्छन
यामानको तेही जातो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उफ्

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

हेर्दैमा तिमीले मनभरिको त्यो खलबली उफ्
चियो पो कसैले गर्दै त छैन त्यो जगजगी उफ्

आखिर सुस्तरी जब तिमीले मलाई छोयौ
रोकिए झैँ लाग्यो तब समय त्यो गडबडी उफ् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नेवारी कविता : थ्व खःजिगु देश

~सौरभ शाक्य~Saurab Shakya

म्हगस, म्हगसया फैन्टेसिइ थनया नेता,थनया जनता
थःत गुलि हाकुतिनाबिइ सुयांगु बोलिइ, सुयांगु धापय्
सुयांगु भरे कि-थम्हं सार्बभौम त्वफ्यूगु चाइमखु
मात्र ल्यनाच्वनि वाउँ भटूया लिसा लिसा काःगु खँग्वः
ल्युनय् त्वताःधकि बिम्बः,शिल्प,क्वँय् मदुगु मेया अलंकार
जि छु कथं च्वये कबिता कि-देशं सास्ना फयाच्वंगु भुपरिबिस्तया चोट
जब कि न्हिया न्हिँ
त्वता वनाच्वन आस्था ,बिचाः सोचं
मात्र सुयांगु भरय् Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

अनूदित कथा : देशद्रोहीकी आमा

~म्याक्सिम गोर्की~Maxim Gorki
अनु : ईश्वर राई

आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन ।

कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका लप्काहरू अन्धकारलाई चिर्दै शहरको वरिपरि असंख्य हत्याराहरूका आँखाझैं देखिन्थे । यस्तो भीषणताले शहरलाई चारैतिरबाट डरैडरको खाडलमा हालिदिएका थिए । शहरका बासिन्दाले आफ्ना घरका सिकुवाबाट प्रतिदिन शत्रुहरूको घेरा मजबुत हुँदै गैरहेको देख्दथे । रातको समयमा शत्रुहरू आगाको Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : दुर्घटना र घटना

~इन्दिरा प्रसाई~Indira Prasai

दुर्घटना घट्नै पर्ने थियो, सायद।

घटयो पनि त्यसैले।

तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन।

दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन अमिलो भएर आयो । उसको बुबा भने दिनभरिको थकान बिसाएर मस्त निद्रामा पुगिसकेका थिए । उनलाई हेर्छु क्या निश्चिन्तताको निद्रा ! म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : देवताहरू

~युहान वल्फगन वोन गेटे~Johann Wolfgang von Goethe
अनु : सूर्य चापागाईं

ओसिला बादलले
तिम्रो फराकिलो स्वर्ग छोप, जिउस
अनि पहाडका टाकुराले र ओकका रूखहरूले ढाक
थिसल्स फूलको टाउको निमोठ्ने
बच्चाले जस्तै मनलाग्दो गर
अझै मेरो पृथ्वी तिमीले फिर्ता दिनुपर्छ
मेरो झुप्रो पनि जुन तिमीले बनाएनौ
अनि मेरो चुल्हो मलाई छोदिदेउ
जसको न्यानोपनाको तिमीले
मसंग इर्ष्या गरेउ
देवताहरू, Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : बिर्खे घर्तीपछिको म बिर्खे

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

बिर्खे घर्ती ! म जन्मी हुर्केको मेरो गाउँको पुछारमा हुनहुनिदै कत्ति न टाढा पुगुँला भनेर अविराम बगिरहने तमोर नदीमा ऊबेलादेखि अहिलेसम्म कति कति पानी बगिसक्यो ! तैपनि बिर्खे घर्ती मेरो सम्झनाको दर्पणमा समयको यति लामो दूरीबाट पनि टड्कारै देखिन्छन् । म सानै छँदाको कुरा हो । बिर्खे घर्तीलाई हाम्रा गाउँको भीउँसेन भन्थे । सुन्दै र गुन्दै जाँदा पछि बुझेँ—ठिक्कको कद, ठोस स्वर, हक्की स्वभाव, फुर्तिलो हाउभाउ, बटारिएका पाखुरा र उस्तै पिँडुला भएका बिर्खे घर्तीलाई महाभारतका विरलाकोटी बलवान् भीमसेनसँग दाँजेका रहेछन् । बिर्खे घर्ती बिनाकसुर जन्मदैमा विभेदकारी हिन्दू वर्णव्यवस्थाको नारकीय पीँधमा परेका थिए । अछूतको तहमा खसालेर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

बाल कविता : बानर

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

चोर्ने चिन्तन गर्दछ खाली
मानिसहरूका हरिया बाली
फेरि कसैको पनि फुल-बारी
देख्नै नसकी दिन्छ उजारी

अग्लो रुखमा उसको डेरा
मान्दछ मीठो अम्बा, केरा
निर्धा आए जाई लाग्छ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : बा

~नीरा शर्मा~

मैले धेरै पढेँ 
आमाका वेदनाका कथाहरू
तर कहिल्यै पढिना
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरू
धेरैपटक कविले
आमाकै तारिफमा कविता कोरें
आमाकै गीत–सङ्गीत भरें
आमालाई धर्ती भन्नेहरूले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधैँ ओझेल परे । Continue reading →

Posted in कविता | Tagged | 2 Comments

व्यङ्ग्य निबन्ध : मेरी बुढीको भुँडी पूजा

~लेखनाथ गौतम~

कहिलेकाही आँखा लगाउछु आफु जन्मेको साल तिर । जन्मेको ठाउँको सम्झना गर्छु । त्यो जमाना अर्कै थियो । लाग्छ त्यो अचम्मको समय र ठाउँ थियो । त्यो अती रोमन्चक ठाउँ थियो । तर पनि आफुमा केही कमी भए जस्तो अनी नपुगे जस्तो लाग्छ । आफ्नो जन्म बिजुली नभएको ठाउँ र समयमा, मोटर बाटो नगएको ठाउँ भिरपाखामा, फोन, टि.भी नचल्ने बेलामा अर्थात टुकी बाल्ने, मान्छेको भिड देख्न घन्टौ हिड्नु पर्ने र ‘सदर्’ मुकाम पुग्न दिन गन्नु पर्ने ठाउँमा भयो । सादा र सरल तर परिश्रमको हिसाबले कठिन ठाउँमा जन्मियो, हुर्कियो, बढियो र पढियो । तर खप्परले फेरि कहाँ बाट कहाँ पुर्यायो । जिन्दगीले नयाँ मोड लियो । कम्रेडहरुले भन्ने गरे जस्तै जिन्दगीले छलाङ मार्यो । टुकीको सहारामा कखरा चिनेको यो मनुवा बिजुली बत्ती बिना अन्धकार हुन्छ भन्ने मानसिकतामा पुग्यो । गाउमा गोरु चराउने, घास काट्ने, उकाली ओराली Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मैले त दोबाटो भेंटे

~ललिजन रावल~Lalijan Rawal

कतातिर लाग्ने होला मैले त दोबाटो भेंटे
काटिएका खुट्टा सँगै आफुलाई लाटो भेंटे

बिहानसँगै निक्लेका हौं कता कता पुग्यो साँझ
रातलाई च्यात्न पनि आफैमा नै फाटो देंखे
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : साहित्यकार मोहनराज शर्मा

~सुकुम शर्मा~Dr Sukum Sharma_Gobinda Sharma

१. प्रवेश
नेपाली भाषा साहित्यका क्षेत्रमा मोहनराज शर्मा सुपरिचित नाम हो । साहित्य सिर्जना, समालोचना, साहित्य, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माको सम्पादक व्यक्तित्व पनि विर्सन मिल्दैन । लामो समयसम्म प्राध्यापन पेसामा सङ्लग्न शर्मा भाषा साहित्यका गहन अध्येता हुन् । उनको प्रयोगमूलक साहित्य लेखन, वस्तुपरक वा भाषापरक समालोचना र आधुनिक व्याकरण लेखनमा महत्वपूर्ण योगदान रहेको छ । नेपाली सहित्यका सबै विधामा शर्माको उपस्थिति देखिन्छ । उनको सृजनात्मक लेखन, कथा, नाटक र निवन्ध विधामा उर्वर रहेको छ । यहाँ साहित्यकार शर्माको लेखकीय चिनारीको सामान्य रूपरेखामात्र प्रस्तुत गरिएको छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सिंहदरबारबाट कोसौं टाढा

~देवकी अभिलाषी~Debaki Abhilasi

म टाढा छु
सिंहदरबारबाट कोसौँ टाढा

थाहा छैन मलाई
यो देशमा
नागरिक हुनुको मापदण्ड के हो ?
कसको पक्षमा लेखियो संविधान ?
यो पनि थाहा छैन

म त टाढा छु
अग्ला–अग्ला पहाडको गहिराइतिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पुरुष

~दिनमान गुर्मछान~Din man Gurmachan

ऊ कोठाभित्र छिर्‍यो ।

आज पनि ऊ थकित देखिन्थ्यो । अनुहार निचोरिएको झैं थियो । उसको उदास र मलीन अनुहारले म झन् निराश भएँ । केही सोध्नै सकिनँ । ऊ सरासर आएर खाटमा पल्टियो । पल्टिनासाथ निदायो ।
म फेरि आफ्नै काममा लागें ।

हिजोआज ऊ सधैं साँझमा मात्र कोठामा आइपुग्छ । थकित अनुहार लिएर आउन थालेको छ । यसैगरी ऊ आउनासाथ खाटमा डङ्गरङ्ग पल्टिन्छ । अनि दुई घन्टासम्म मस्त निदाउँछ । राति अबेला उठेर खान्छ । दुई महिनाअघिसम्म त ऊ यस्तो थिएन । हिजोआज के भएको छ ? म अचम्म पर्छु ।

म काठमाडौं आएको छ महिना हुँदैछ । गाउँबाट सहरमा पढ्न भनी आएको । गाउँबाट आउँदा उसले मलाई सँगै बस्ने प्रस्ताव राखेकाले घरकाले मञ्जुरी दिएका थिए । सँगै बस्नेभएपछि सजिलो हुन्छ, खर्च कम हुन्छ भनेर सबै मानेका थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : सय थरी बाजा एउटै ताल

~दुर्गालाल श्रेष्ठ~Durga lal Shrestha

सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल
मेची काली सिँगै ढिको
साझा हाम्रो जान नेपाल

सय थरी नै हो जाती र जात
नाच्छौँ यसरी एकै साथ
झुक्छ जसरी लसरी पसरी
एउटै रूखका सयथरी पात Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment