कविता : जिन्दगी

~गौरी मल्ल~Gauri Malla

जिन्दगी , तँ क्रुर छस
स्वार्थी छस ,
तैँले कसैलाई केही दिईनस !
फगत लिन जानेको छस , लिँदैछस् …!
असिम् विश्वाशले
मानिसहरु तँलाइ हुर्काउँछन ,
अहोरात्र ..
तेरै गुण गाउँछन !
… तेरो बिखालो बिभत्स
अस्तित्वको पूजा गर्छन् ..!
तर तँ …?
तँ कत्ती मुर्ख छस .., Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : पुलिस र कविता

~विमल निभा~ Bimal Niva

पुलिसले कविता पढ्यो
र भन्यो
राम्रो छ
पुलिसले कवितालाई राम्रो भन्यो
कवितामा लेखिएको थियो
के लेखिएको थियो कवितामा
पुलिसलाई थाहा छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संसारलाई हेर्न देऊ

~तुलसी पान्डे~

निर्दोष यी नयनले संसार, हेर्न देऊ,
नारीलाई दमन गर्ने नीति फेर्न देऊ।

कालो निमय कानुनलाई च्याति फाल्न देऊ,
नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ।

क्रान्तिकारी पदहरु अघि बढ्न देऊ,
यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मनको प्यास बढ्यो हेर

~आचार्य प्रभा~acharya Prabha

तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।

अन्जान र खाली थियो मनको सँघार मेरो
आकासको सुन्दर महल कस्तो गरी ठड्यो हेर । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालो

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

मिर्मिरे उज्यालोलाई
कुल्चनेहरू ,
अनन्त अनन्त सम्मका
सुन्दर सम्भावनाहरूलाई,
फोहरमा फाल्नेहरू ,
उत्साहित फूलका बगैँचाहरूमा
बिहान बिहान
पातमा टल्किने
शीतका थोपाहरू,
झुल्के घाममा टल्कँदा
आफ्नै आँखामा
नलुकाएर
निर्मम् खस्न दियौ भुइँमा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको फ्रेमबाहिर

~महेश रेग्मी~

प्रार्थनासभामा प्रार्थना गर्दा
सोच्थेँ –
जीवनको समय सच्याउन पाए हुन्थ्यो ।

कपडा बदलेजस्तो
समय बदल्न पाए
देश र
इतिहासको समय सच्याउनु हुन्थ्यो ।

समयलाई जित्न नसकेपछि
सबै-सबै हारिँदोरहेछ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बह्मपुत्रको सम्झना

~देवी नेपाल~Devi Nepal

अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ
काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ
गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो
के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो ।

कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर
ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका जिन्दगीभर
अपार जलको राशी छेउ बगर फुङ्ग छ
नचिने जलको मूल्य यस्तै जीवन बन्दछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : न्याहूलको विरह र हुचीलको अकर्मण्यता

~प्रकाश के.सी.~Prakash KC

एकादेशको घना र अदाप्य जंगलभित्र एउटा हुचीलको परिवार थियो । त्यस परिवारका मूली हुचीलले आफ्नो महाकम्प आवाजको हुँकार र कडक उर्दीले जंगलै थर्कमान पारेर राखेको थियो । पहिले पहिले त आवाजको अदपपन र हुँकार नै उसको परिचय थियो । किनभने उसले आदेश गरेपछि त्यसको पालना नभए चराचुरुंगी जगतमा हलचल मच्चिइहाल्दथ्यो । आज्ञा पालना नगर्नेलाई दुबै पखेटा भांचेर शरीरमा बडेमानको चुच्चोले निर्मम चिरफार गरी भित्रि कलेजो निकालेर उसको प्यारी हुचील्नीलाई खुवाउँदथ्यो, आफू पनि घांटी तन्काएर एकैचोटमा निलिहाल्थ्यो । मृत चराको बाँकी शरीर स्याना हुचीलको हूलमा हुत्याउँदथ्यो । स्याना हुचील खुशीले रम्दथे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मोनालिसा र मार्च ८

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

ओ ! इन्द्रेणी नायिका
सदियौ कुजिएर
एउटा फोटो फ्रेममा
कति कुरीरहन्छौ
घाम र पानीको आगमन

दिन चाहान्छु तिमीलाई
नीलो आकाशमा
उडदै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~आयाम फुयाल~Aayam Phuyal

म एउटा खोक्रो पाना
ममा छन् अनगिन्ती सपना
मसँग छन् अपार शब्द
तर,
म आफैँ कोरिन सक्दिनँ
म आफै केही बोल्न सक्दिनँ
किनकि म देख्दछु-
‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध
सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका
अघि लत्राइएका नतमस्तक माथ जन सभामा धर्म निरपेक्ष बनी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मको नाममा

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर
घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा
जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर…
एउटा ढुङ्गालाई थपना राख्छ मान्छे
र,
सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै
धर्म गरें भनी मख्ख पर्छ ।
आफू झैं मृत्यु पर्खिरहेको
कुनै अरिमठ्ठे बोकासँग सिङ्मा सिङ जुधाउँदै
बल दँजाई रहेको कालो बोकालाई तानेर
अचानोको सामु पुर्याउँछ मान्छे Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली भाषा विकास र विस्तारको इतिहास

~यादव देवकोटा~Yadav Devkota__2

हामीले नेपाली भाषाको रुपमा चिनेको भाषाले निकै लामो यात्रा पार गरेर आजको स्वरुपमा हामी सामु उपस्थित छ । नेपाली भाषाको विकास र निर्माण–विर्निमाणबारे पछिल्लो समय केही बौद्धिक बिर्मशहरु चलेका छन् ।

भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली भाषाको सबैभन्दा पूरानो प्रमाण हो । विसं १०३८ तिर लेखिएको अनुमान गरिएको दुल्लु शिलालेख पछि समयक्रममा लेखिएका दर्जनौं शिलालेख, ताम्रपत्र, कागजातहरुले नेपाली भाषाको इतिहासको प्रमाणिक विकास क्रमलाई प्रष्ट्याउ‘छ । नेपाली भाषा र संस्कृतिस‘ग सम्बन्धित रहेर प्रकाशित पुस्तक र त्यसका तथ्यहरुको आधारमा यस आलेख मार्फत् नेपाली भाषाको विकासक्रमलाई सरसर्ती चित्रांकन गर्ने प्रयास गरिएको छ । Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : सांसद् पत्नी

~रामनाथ खनाल~Ramnath Khanal

गाउँको बीच भागमा सानो फुसको घर छ । घरभित्र पिलपिल बलिरहेको टुकी अँध्यारो चिर्न खोजिरहेको छ । वर्तन सिद्धिएको दियो जस्तै धिपधिप गरी निभूँलाझैं गर्छ ।

च्याँsss

अचानक बच्चीको चर्को आवाजले वातावरणमा कोलाहलता छाउँछ । रातको सन्नटा चिर्दै परसम्म आवाज फैलन्छ र निस्तव्धतामा विलाउँछ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : पपेट

~अज्ञात~
अनु : सञ्जु बजगाईंSanju Bajgain

मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए।

“मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्।

साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका युवा भने मिस्टर टि.आर.को वेबसाइट फ्लावर एण्ड फ्रुट डट कमको फोटो ग्यालेरीमा हेर्न पाइनेमा विश्वस्त थिए।

मिस्टर टि.आर., नामको प्रयोग गर्ने शैलीमै फरक छन् उनी। पश्चिमा प्रभाव भन्न मिल्छ। जस्तो मिस्टर Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : भूतपूर्व कवि जी सँग

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

ओ भूतपूर्व कवि जी
आङ्गमा घाम सुकाएर
निधारमा चिट चिट पसिना उमारेर
के सोचिरहनु भएको
यो अभावग्रस्त मौसममा
एक छाक भात कि
एउटा पीडायुक्त कविता ?

जीवन भर कलमलाई घोडा बनाएर
कत्ति डुल्नु भो गाँउ वस्तीहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तन दिएँ मन दिएँ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

तन दिएँ मन दिएँ बदलामा होश राख्छु
दूर हुन खोज्नेसँग मागेर म दोष राख्छु

जाऊ जाऊ दूर जाऊ कति अझै रोकिरहुँ
तिम्ले सोँचेभन्दा अब दूरी दुई कोश राख्छु Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : भूतसँग जम्काभेटका सम्झना

~सुविन श्रेष्ठ~Subin Shrestha

दरबार स्कुलमा हराएको बल, मसंगै टांसिएको र भर्‍याङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अघिल्तिर द्रुत गतिमा पाइला चाल्ने आईमाईनै मेरो सम्झनामा छन्। भूत हुन्छ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्‌भूत परिस्थितिको कुनै जवाफ पाउन सकेको छैन। यो मेरो भ्रम भनेर भन्ने मित्रहरूले यो साक्षात्कारलाई जोक्स वा कुनै काल्पनिक कथा किन नमानोस्। न्यूरोडमा अस्ति दिउँसै घटेको भूतकाण्डपछि आफ्नै भोगाई र भेटका भूत सम्झनालाई यत्तिखेर शब्दमा उतार्न खोज्दैछु। यो अन्धविश्वासलाई बढावा दिन लेखिएको ब्लग हैन, आफूले भोगेका अनुभव बाँड्न खोजेको मात्रै हुँ। Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : बुद्दिसागरको ‘फिरफिरे’ उडान

~जनकराज भट्ट~Janak Raj Bhatta

बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । साधारण कुरा गर्ने र रमाइलो हुने हुनाले चिया गफ पनि रमाइलो हुने गरेको छ । त्यसैले पनि कर्णाली ब्लुज पढेदेखि नै बुद्दिसागरको अर्को कृति कहिले आउँछ भनेर प्रतीक्षा रह्यो, लामै समय लाग्यो पनि ।

यति भनिसक्दा मैले मित्र बुद्दिसागर र लेखक बुद्दिसागरमा फरक छुट्ट्याउन सक्दिनँ भन्ने लाग्छ भने यहाँभन्दा अगाडि नपढे नि हुन्छ।

यहींबाट शुरु गरौं, “फिरफिरे” कुनै महान् पुस्तक होइन । पुस्तकभित्र अनेकौं पात्रहरु आउँदै जाँदै गर्दा Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : जनता र नेता

~दिलिप आचार्य~Dilip Acharya

“यी नेताहरू सबै फटाहा हुन‘” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।

“हो त नि‘ कसैले केही गर्ने हैनन् ‘सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।

“एउटा–दुईटा मात्रै हैनन् ‘ के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन । Continue reading

Posted in लघुकथा | Leave a comment

पुस्तक अंश : सहरको कथा

~किशोर नेपाल~Kishore Nepal

कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम बढाउन चाहन्थेँ। तैपनि, परिस्थिति सधैं एकनासको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई ‘इस्यु’ बनाएर मेरा विरोधीहरूले मलाई ‘वुमनाइजर र प्लेब्वाइ’ भन्नसम्म पनि बाँकी राखेका थिएनन्। ती दुवै गुण ममा थिएनन्। सत्य अलिकति बेग्लै थियो। व्यक्तिगत रूपमा म आइमाईहरूको चरित्रको अध्ययनमा निकै रूचि राख्दथें। आइमाईका बारे मभित्र अनन्त जिज्ञासाहरू थिए। त्यस्तो जिज्ञासा कसमा हुँदैन र? संसारमा लडिएका ठूला–ठूला युद्धका कारण बनेका थिए आइमाईहरू। आफ्नै पतिहरूद्वारा जुवाको खालमा दाउ थापिएकी द्रौपदी सुरूक्क कौरव पक्षमा लागेकी भए महाभारतको युद्ध हुने थियो कि थिएन? रावणले अपहरण गरेर लगेकी सीताले अशोक वाटिकामा रावणसँगै विवाह गरेकी भए त्रेतायुग लम्बिने थियो कि थिएन? Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

मुक्तक : भावना

~रजित ओझा~Rajit Ojha

फेरि आज भावना लहर बनी ठोकिएछ
फेरि आज चौतारिमा मन बिसाउन रोकिएछ।
देखाउन मन लाग्दैनन् भावना कसैलाइ Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : राष्ट्रियताप्रति सचेतना प्रगाढ बनाउने पुस्तक

~नारायण शर्मा~

आफ्नो मातृभूमि गुमाउँदाको पीडा कति गहिरो हुन्छ? यसलाई अहिले सिक्किमेली जनताले अनूभूति गरिरहेका छन्। सिक्किम कुनै बेला एक स्वतन्त्र राष्ट्र थियो। त्यहाँका जनता सार्वभौम थिए। तर अहिले उक्त स्वतन्त्र राष्ट्रलाई भारतीय विस्तारवादले निलिसकेको छ। जनमत संग्रह र संविधानसभाको नाममा भारतले कुटिल चालबाजीद्वारा सिक्किमको सार्वभौमिकता हडपेको थियो।

सिक्किमलाई भारतमा गाभ्नको निम्ति भारतीय विस्तारवादले धेरै पहिल्यैदेखि योजनाबद्ध प्रकारले काम गरिहेको थियो। खासगरी पछिल्लो समयमा इन्दिरा गान्धी प्रधानमन्त्री बनिसकेपछि उनले भारतीय गुप्तचर संस्था “रअ” लाई यस मिसनका लागि पूरा जिम्मेवारी दिएर योजनाबद्ध किसिमले खटाएकी थिइन। अन्ततः त्यही “रअ”को ग्रान्डडिजाइन बमोजिम स्वतन्त्र राष्ट्र सिक्किम सन् १९७५ सम्म आइपुग्दा पूरै भारतमा विलय भएको थियो। Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : गुडबाई ! ईशारा

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

त्यसदिन म अफ मूडमा थिएँ। नेपाल जानु पर्ने नियमित उडान रद्द भएको थियो र म कतारको दोहा एयरपोर्टमा यसै अल्मलिदैँ बसेको थिएँ। नेपालमा पुगिसक्नुपर्ने बेला म डिउटी फ्रीभित्र रुमल्लिरहेको थिएँ। घरी सुनका महङ्गा गहनाहरु, घरी अत्तरको सुगन्धित बास्नाहरु, घरी रेड र ब्ल्याक लेबलहरु नियाल्दै समय काट्दै थिएँ। सुरक्षाको लागि खटिएका एकजना नेपाली दाइ भेटिए। चिनजान भो, कुराकानी पनि लामै भो। उनको तनखादेखि नेपालको ठेगानासम्म मैले सोध्न भ्याएँ। उनले पनि ‘लाहुरे भाइ, पैसा त टन्न कमाइएको होला’ भन्न समेत भ्याए। उनीसँगको कुरालाई सकेर म पहिलो तलातिर उक्लिएँ। लिफ्ट्को अन्तिम खुट्किला उत्रिसकेर केही पाइला मात्र म के हिंडेको थिए पछाडिबाट कसैले मेरो हात समाते।

तपाईं जगत दाइ हैन र ! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : शब्दको किनारैकिनार

~अभि सुबेदी~Abhi Subedi

राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धको घेरा

~विमल पोखरेल~

मलाई बाँच्नु नपर्ने भए
खाना र भोको पेटको नाता
तोडिदिने थिएँ मैले
मेरो यति धेरै श्रम
एकमाना चामलका लागि
त्यो चामल काँचै चपाउने कि
पकाएर भात बनाउने?
एक माना चामलको परिपरि
करिब आधा दर्जन पेट कराइरहेका छन् ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सारा जनता उठ्नुपर्छ

~पुष्पा गैरे ‘संघर्ष’~

देशको मुहार फेर्नलाई, सारा जनता उठ्नुपर्छ
दुश्मनको जरो काट्न, सबै मिली जुट्नुपर्छ

जन्मभूमि नेपाललाई, टुक्राटुक्रा पार्न थाले
देश टुक्राउने दलालीलाई, हाँडीभित्र भुट्नुपर्छ
देशको मुहार……

दश वर्षमा स्वीजरल्यान्ड बनाउने गफ गर्थे Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : वैचारिक शुन्यतामा हराउँदा

~शिवराज पन्थी~

म वैचारिक द्वन्द्वसँग धेरै लडें
झोलै बोकेर समर्पित पनि भएँ
न त सोचेको मुक्ति प्राप्त गरें
न बोकेको लक्ष्य नै !
म त कथित पो भएँछु कता?!
दीर्घकालिन लक्ष्यका लागि लडेंथें
नैसर्गिक अधिकारका लागि लडेंथे
लडिरहनुसँग यत्ति लिन भएँछु कि !

हराएँछु म स्वार्थको विहारमा
पूर्ण लक्ष्य प्राप्ति नहुँदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : ‘नेपालीपन’ Vs ‘नेपाली पारा’

~मनोज गजुरेल~Manoj Gajurel

केही वर्षअघिको कुरा हो, सिक्किममा पवन चाम्लिङ्को पार्टीले नेपाल/भारतका कलाकारको ‘जम्बो’ टोली लगेर एउटा कार्यक्रम गर्‍यो। कार्यक्रममा ‘कलिउड कलाकार’ जितु नेपाल ‘मुन्द्रे’ देखि ‘बलिउड कमेडियन’ राजु श्रीवास्तवसम्मलाई बोलाइएको थियो । रमाइलो कुरा त, राजु श्रीवास्तव हेलिकप्टरमा पुगे भने जीतू नेपाल गाडीमा ! राजुको सुरक्षा विशेष प्रकारको थियो भने जीतु नेपाल एक्लै बिन्दास देखिन्थे ! अर्को गज्जब कुरा, कार्यक्रममा जितुले जति पारिश्रमिक पाए, राजुले त्यसको सयौं गुना बढी लिए। अंक उल्लेख नगरौं, तर नेपाली र भारतीय कलाकारले पाएको त्यो ‘फिगर’मा यति अत्यासलाग्दो अन्तर थियो कि, यो सुन्दा चसक्क चित्त दुख्दथ्यो! Continue reading

Posted in लेख | Tagged | Leave a comment

अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ

~लु सुन~Lu Xun

१) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको छ भने “कुकुरलाई पानीमा नकुट” भन्ने कुरोले असल व्यवहारको अर्थलाई अझ राम्ररी खुलस्त पार्न मद्दत गर्छ।

अंग्रेजी नजानेकोले, यसको पूरा अर्थ म बुझ्दनँ तर “कुकुरलाई पानीमा नकुट” भन्ने कराले असल व्यवहारको अर्थात् भावनाको एउटा पक्षलाई प्रतिनिधित्व गर्छ भने मेरो विचार त्यसभन्दा भिन्नै छ भनी मैले भन्नै पर्छ। आँखालाई बिझाउने काम नदिने हो भने–“मेरो शिरमा नक्कली सिङ जड्ने” होइन भने अर्थात् मैले मेरो लेखको शीर्षकमा यो कुरा स्पष्ट गरी राखिनँ, जे भए पनि मेरो भनाई के भने पानीमा खसेका कुकुरललाई कुटे हुन्छ। Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

छोक : रोटी

~आभास~Aavaas - Achyut Prasad Phuyal

यो कुनै प्रतिष्ठित बिम्व होइन
जसलाई
न घाम झैँ कवितामा सजाउँन पाउँ
न जून झैँ गीतमा गाउँन पाउँ
यो कुनै गुराँस होइन Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जाली रुमाल छोडी जाने

~डा.भोला रिजाल~Dr. Bhola Rijal

जाली रुमाल छोडी जाने माया कहाँ छौ
मनको ढोका फोडी जाने माया कहाँ छौ

सिमल पनि ढुंगा जस्तै किन यति सारो
शीतले पनि पोल्दो रैछ पत्याउन गहारो
निर्मोहीको सम्झना झन आफैभन्दा प्यारो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मृत्युको आह्वान

~सुमन लम्साल~Suman Lamsal

प्रिय शासक !
म असरफ फयाद
तिम्रो हारेको युगमा जितेको सिपाही
जो तिम्रो हातबाट मृत्यु चाहन्छ ।

तिमी र मबीच अलिकति फरक छ ।

मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु
तिमीले रगतको रंगजस्तै देख्छौ
म आफ्नाको जीवनलाई धर्म भन्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment