छोक : सपनाको बाँझो जग्गा

~सैलेन्द्र साकार~Shailendra Sakar

सपनाको बाँझो जग्गा
म र तिमीभित्र ब्यूँझेछ
तर हाम्रो इतिहास
धर्तीमै छोडिएछ ।

प्रिया त्यसलाई पहिले इतिहासले भिजाउनुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : घिउको जुल्पी

~रामकृष्ण भण्डारी~

सफासफुस भन्छन् । अचेलको पुस त त्यसरी नै जान्छ जस्तो पनि लाग्छ । तर ती पुस भने कहिल्यै फासफुस भएनन् । न सजिलै आए, गए । एक वर्ष पर्खेपछि मात्र आउँथ्यो पुस त्यतिबेला । पुस पन्ध्र खाजा खाने दिनका रूपमा विशेष थियो हाम्रा लागि ।

अचेल पुस आधाआधीमा निकै पर्व मनाइन्छन्– तमु ल्होसार, मगर समुदायको पर्व, डोटेली संस्कृतिको ठूली रात अनि क्रिसमड डे, ह्याप्पी न्यू इयरको तयारी आदि । तर, पहाडी जिल्ला गुल्मीको एउटा कुनामा, त्यो पनि २५–२६ वर्षअघि गााउँमै आफ्नै चाडबाहेक अरू के थाहा † प्राय: सधैं मकैको आटो खानुपर्ने हाम्रा लागि भात र अरू धेरै परिकार खान पाउने विशेष दिन थियो पुस १५ त्यो पनि आफूहरूले नै पकाएर । साथीभाइसँग एकै दिनमा दुई–तीनथरी खानेकुरा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : चुनावमा हार भयो

~राकेश कार्की~Rakesh Karki

हरियो वन नेपालको धन बनमारा झार भयो
उफ् कस्तो बैराग लाग्यो चुनावमा हार भयो

माईली, रिठ्ठे, मिसेरिया संसद भवन पुगे
पैताला फुटाई हिड्नेलाई पो सररर कार भयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : संरक्षणका संवाहक युवा

~आयाम फुयाल~Aayam Phuyal

म एउटा सूर्यको टुक्रा
म तापिएँ
बाफिएँ
खुम्चिएँ
अग्लिएँ
पग्लिएँ
छचल्किएँ
अनि बगेँ…
कैयौँ वर्षपछि आज
मानिस मेरो शिरारोहणको अभिलाशा बोकी आउँछ
र फोहोरको डङ्गुर बिसाइ
सफलता चुमेसरि बाहिरिन्छ
हे अर्धचेत युवा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : एउटा भब्य विदाई

~मोहम्मद नुरुल हुदा~Mohammad Nurul Huda
अनु : केशव सिग्देल

मेरा चलमलाइरहेका औंलाहरु तिम्रो शरिरमा ठोकिन्छन्
चाहे जहाँ राखौं म तिनिहरुलाई।

घना जङ्गल होस् वा निस्सासिने समुन्द्र
म हरेकपल देख्छु तिमिलाई।
तिम्रा आखाँहरु राता—वा—हरिया बत्ती झैं झिम्किन्छन् Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : इसारा दिदाँ पनि

~निशा प्रतीक्षित~Nisha Pratikshit

बजाउँदै हातका चुरा, इसारा दिदाँ पनि
बुझिदेनौँ मनका कुरा, इसारा दिदाँ पनि

आएकी हुँ समिपैमा, छ्न् रहर मनैभरी
मान्दिएनौ गर्न पुरा, इसारा दिदाँ पनि
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : बिस्तारो गर, ब्यूँझन्छे

~कृष्ण धरावासी~Krishna dharabasi

बिहान ७ बजेको थियो होला, एकाएक मोबाइलमा रिङ बज्यो । हेरेँ, सञ्जीवको नाम थियो । हामी उति फोनमा कुरा गर्दैनौँ । फोनमा बोलेर हाम्रा कुरा पनि सकिँदैनन् । एकदम महत्त्वपूर्ण समाचार नभई प्राय: हाम्रा फोनमा घन्टी जाँदैनन् । मैले फोन उठाएँ । उताबाट भारी स्वरमा सञ्जीव बोले, ‘कृष्ण । पाँच मिनटअघि आमाको प्राण गयो ।’ एकपल्ट थररर भएर हल्लियो भित्र कतै । बुबाले बोल्दै गरेको सुनेँ, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ यो वाक्यले झन् थर्कियो भित्र । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : हाँस्न थालेको स्कुल

~नरेश ढेंगा~Naresh Dhenga

विद्यालयको भित्ते पत्रिकामा उसले निबन्ध लेख्यो, ‘दुश्मनहरु’। त्यस निबन्धमा दुश्मनहरु भनेका विद्यालयका शिक्षकहरु थिए। सरहरुले बिनाकारण दिएका शारीरिक यातनाको एकएक विवरण दिएको थियो उसले। आफूले सहने सक्ने क्षमता गुमाएर नै यो लेखिरहेको उसले बताएको थियो, निबन्ध मै।

भोलिपल्ट ऊ उठेन।

‘राजु, उठ अब। स्कुल जान पर्दैन?’ आमाले भनिन्। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कथाहरु

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

निरस हरेक आँशुले सिंचित कथाहरु
कल्पिएँ उदासी पढेर लिखित कथाहरु

वियोग अघिका अनेक भरोसा आपसमा
वियोग घडीमा प्रत्येक बिनित कथाहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : तीन मेल

~सुबिन भट्टराई~Subin Bhattarai

मेल १

मेरी प्यारी,
हक नभए पनि यो सम्बन्धले तिमीलाई सम्बोधन गरेँ है। ठिक हो कि होइन यसो गर्नु, थाहा छैन। तर आज म आफ्ना भावनालाई कसैले तोकिदिएको ठिक वा बेठिकको कसीमा राख्न चाहान्न। थुनेकै हुँ वर्षौंसम्म आफैंलाई। अनेकन बाटो खोज्दै ती पोखिन नखोजेका कहाँ थिएँ?

थाहा छ, आज यसरी यो अवस्थामा पोखिनुको कुनै अर्थ छैन। र, मलाई त्यसको कुनै मतलब पनि छैन।

युनिभर्सिटीको पहिलो वर्ष। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म मातें

~भोगेन एक्ले~Bhogen Ekle

म मातें आज
सँधै जाँड पिएर मात्ने म
आज लाज पिएर मातें
घिन पिएर मातें
ए हङकङ,
तिम्रो अपमान पिएर मातें ।

मेरो जात अब नचल्ने भो तिम्रो भान्सामा
टाढाको कुरै छाडौं, लाग्यो तगारो छिमेकैमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आमाको मन

~सरण राई~Saran Rai

समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् ।

मेरा समकालीन साथीहरू सबै मातापिता भएका छन् । एकादुई झुक्किएर अविवाहित बसेका होलान् तर ती नगण्य छन् । यस युगमा सबै मानिसहरूले विवाह गर्नु अनिवार्य मानिन्छ र विवाहपछि छोराछोरी पाउनु झन् अनिवार्य मानिन्छ । छोराछोरी नभएमा समाजमा हीनताबोध महसुस गर्नुपर्ने अवस्था हुन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चरित्र

~विष्णु लामिछाने~Bishnu Lamichhane

यौनसम्बन्धी उनको र मेरो सधैँ बहस चल्थ्यो, उनी एकाबिहानै यस्तै कुरा लिएर आउँथे मकहाँ । फलानो र फलानी त हिजो हल्लिँदै रेष्टुरेण्टतिर गएका थिए, फलानो अफिसको फलानो कर्मचारीले सोही अफिसको एकजना केटीसँग … छ्या कस्तो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : गन्न बाँकी थियो

~ललिजन रावल~Lalijan Rawal

कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो
तिमी भने हिंडी हाल्यौ केही भन्न बाँकी थियो

खानुसम्म खायौं हिजो, आज अनिकाल पर्दा
नयाँ बाली लगाउन बीउ धन्न बाँकी थियो Continue reading →

Posted in गजल | Tagged | 2 Comments

गजल : यै राष्ट्रको भलो हुने

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त
यै राष्ट्रको माटोसँग माया प्रीति लाउँछु म त

मिहिनेत गर्यौ भने हिरा मोती यही फल्छ
शुभ्- सन्देश सुनाउदै पूर्व पश्चिम धाउँछु म त Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : पर्खिबसें आउला भनी

~नीर शाह~Neer Shah

पर्खिबसें आउला भनी मेरो उठ्ने पालो
कुर्दा कुर्दा जिन्दगी नै भइगएछ कालो

वारीपारी अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छायाँ आफैंसँग भागी हिंड्न थाल्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ब्ल्याक एण्ड ह्वाईट सम्झना

~सुन्दर शिरीष~Sundar Shirish

‘तेरो पोई कहाँ छ ?’

आँगनमा कोहि कड्किएको सुनें । म चुलोमा ढिँडो मस्काउँदै थिएँ । हुर्रिएर आँगनमा पुगें । साँझ झमक्क भएको थिएन । आमा आँगनको डिलमा बसेर जुठा भाँडा मस्काउँदै थिईन । आँगन त टाटेपाटे लुगा लगाएकाहरुले भरिएका थिए । थपिने क्रम बढ्दो थियो । सबैले बन्दुक बोकेका थिए । कोहि आँगन मुन्तिरको बाटोमा पनि थिए । म डराउँदै आमाको गुन्युँ समाउन पुगें । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : केही क्षण सहि हाँस्दै

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

केही क्षण सहि हाँस्दै जिउन चाहन्छु
अझै एक प्याला साथी पिउन चाहन्छु

मात हट्यो भने उस्को घृणामा जल्दछु
आए जति मन भित्र मुखले बोल्दछु
जथाभावी बोल्ने मुख सिउन चाहन्छु
अझै एक प्याला साथी पिउन चाहन्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : वर्तमान नेपालको परिस्थिति

~दिपक शर्मा सुवेदी~

कोशी खोई, मेची खोई, खोई, महाकाली
ठान्छु राम्रो जसलाई उही हुन्छ जाली
डडेलो सल्किएको जस्तै भयो खर
नेपाल आमा म नेपाली छैन मेरो घर

सानो झुप्रो हाली बसे गन्डकीको तिरमा
खेती बाली गर्न जान्थे मकालुको भिरमा
ढकमक लालीगुराँस बनै भरी फुल्थ्यो

जहाँ हुन्थ्यो, जहाँ पुग्यौं सबै हुन्थ्यौं साथमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सबक सिकाउनुछ

~सुशिल “एकीकृत”~

निकम्बा यी ठूला दललाई सबक सिकाउनुछ
भारतीय कवाडीका हातमा बिकाउनुछ

फोहोर घरमा रह्यो भने धेरै गनाउँछ
यथासिघ्र लैजानलाइै भैया झकाउनु छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित निबन्ध : स्वास्नीमान्छेहरुको मुक्तिका विषयमा

~लु सुन~Lu Xun

कन्फूसियसको भनाइअनुसार “स्वास्नीमान्छेहरू र तल्लो वर्गका मानिसहरूसित व्यवहार गर्नु अत्यन्तै गाह्रो हुन्छ। उनीहरूलाई नजिक आउन दियौं भने उनीहरू सम्मान राख्दैनन् र पर राख्यौं भने इवी गर्छन्।” यहाँ स्वास्नीमान्छेहरू र तल्लावर्गहरू एकै ठाउँमा थुप्य्राइएका छन् तर मलाई यसो भन्दा आश्चर्य लाग्छ। त्यो के भने यसमा उसले आफ्नी आमालाई पनि गाभेको थियो कि थिएन? पछिका कट्टरपन्थी कन्फूसियसवादीहरू कमसेकम देखाउनाका लागि मात्र भए पनि सधै आफ्ना आमाहरूसित सम्मानपूर्वक व्यवहार गर्दथे। तर त्यसो भएर पनि चीनमा आमा भइसकेका स्वास्नीमान्छेहरू पनि आफ्ना छोरा नभएका सबै मानिसहरूबाट हेला गरिएकै छन्। Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

कविता : भोका र नांगा उठ

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

ए कंकाल दरीद्रता बीच डुबेका जाग भाइ अब
ए लाखौं झुपडी भई उठ लडका देशबासी सब
तोडी दुर्ग दिने महाप्रलयको दुधर्ष आँधी उठ
व्यक्तिवाद समूल नष्ट गरने ब्याधी उपाधी उठ

खोक्रा पेट अनाज भेट नहुने भोका र नांगा उठ
कोदाला उठ बञ्चरा र हँसिया नाम्ला र डोका उठ
साहूका करकापका कठिनता भोग्नेहरू हो उठ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पल पल रोएँ

~रमण गायक~

पल पल रोएँ जिन्दगीमा कति आँसु गए खेर
संगालेर राख्या भए ताल बन्थ्यो हेर

चुरा लाउँला धागो लाउँला तिम्रै नामको सिन्दुर हेर
सजाउँला यो जुनी भन्थेँ सबै गयो खेर
एउटै कुरा भन्नु थियो मन भित्रै रह्यो हेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : मैले भेटेका नौ बहिनी पारिजात

~आहुति~Bishwa Bhakta Dulal 'aahuti'

१. जेठी पारिजात

वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम लाग्ने मान्छे होइन; मञ्जुल, रायन भन्नेहरूसँग जोसँग पनि सुत्दै हिंड्ने मान्छे हो । ती राल्फा अभियानमा जे पनि गर्दै हिंड्ने हुन् ।’ एउटा भर्खर १७ वर्ष लागेको ठिटो जसले भर्खरै कम्युनिस्ट पार्टी भेटेको थियो, आफ्नो नेताले त्यतिबेलाको भूमिगतकालमा भनेको कुराको प्रभाव उसमाथि कस्तो पर्‍यो होला ? मेरो दिमागमा राल्फा शब्द पहिलोचोटि ठोक्किएको थियो । ‘यो राल्फा के हो नि ?’ मेरो यो प्रश्नको जवाफ यसरी दिए ती नेताले कि म कुनै सोध्नै नहुने कुरा सोध्दैछु, उनले भने, ‘राल्फासाल्फा हामीलाई चाहिएको कुरै होइन नि त्यो !’ पारिजातको एउटा पनि रचना नपढेको र हिन्दु परिवारको महिलाको आचरणसम्बन्धी सामन्ती नैतिक शिक्षाबाट प्रशिक्षित म पुरुषमा वास्तवमा पारिजात भनेकी एक बाइफाले चरित्रहीन लेखिका रै’छ भन्ने कुरूप बिम्ब त्यसरी रोपियो । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : ऊ अर्थात बन्दकर्ता

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

भर्खरै
ल्याम्पोस्टमुनि
एक आकृती सल्बलायो
म हेर्दैछु उस्लाई
मध्यम कद्
रातो फेटाले निधार कसेको
एक हातमा लठ्ठी र अर्कामा
दुइ- चार सर्को तानिएको चुरोट्
रातो गन्जी र
निलो पेन्ट्
ऊ
बड्दै छ अगाडि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अनावृत

~केशु विरही~Keshu Birahi_new

उसमा एक्कासी आएको परिवर्तन देखेर म आश्चर्यचकित थिएँ । हिजो सम्म ऊ त्यती वोल्न पनि रुचाउन्नथ्यो । हाम्रै छाप्रो भएर कलेज जाने गरेपनि ऊ नदेखे झैँ गरेर हिड्थ्यो । वोलाइगए पनि नसुने झैँ गथ्र्यो । उसको व्यवहारले यस्तो भान हुन्थ्यो कि मानौ उसको लागि म एउटा अपरिचित मानिस थिएँ ।

आज ऊ के भएर यसरी एक्कासी मसंग आत्मियता वढाउँदैछ ? सामिप्यता खोज्दैछ ? र एउटा घनिष्ट मित्रको झैँ व्यबहार गर्दैछ । यी सव कुरामा म अनविज्ञ थिएँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एउटा साँझको अवसान

~अमर नेम्बाङ लिम्बू~Amar Nembang Limbu

जिन्दगीको यो गोधुली साँझमा
फ्लिक्कर फोटो जस्तो देखिने
म बाँच्ने धरतीको यो कोलाजभित्र
जिन्दगीका थुप्रै पानाहरू
पल्टिसकेका रहेछन् यहाँ।

केवल लर्खराइरहेका छन्
मेरा झ्यालढोकावरिपरि
क्यान्भासमा कोरिएका
अस्थिपञ्जर रेखाचित्रहरू जस्तै
दिवंगत आफन्त र मित्रहरूका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हूँ यात्री

~भैरबनाथ रिमाल “कदम”~Bhairabnath Rimal kadam

हूँ यात्री एउटा रुमल्ली हिंड्ने अँधेरी रातमा
हूँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा

जिन्दगी बित्यो साहरा सधैं आँसु पो लिएर
उजाड रह्यो जीवन त्यसै सधैं दुखमा हिंडेर
म सामू कहिले किन हो किन मधुमास आएन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मगर भाषी गजल : हिके ढाटा नाकोई

~तारा थापा मगर~Tara Thapa Magar

कुन्च बैमान ङाके हिके ढाटा नाकोई
ङउ दास्मो अर्कुङ वैना लाटा नाकोई

सधै देउला नाको बिना मुके माहेक्ले
छिनिङ पिहिन ङाक्के हिके बाटा नाकोई Continue reading →

Posted in मगर गजल | Tagged | Leave a comment

संस्मरण : असार स्मृति

~सरिता तिवारी~Sarita Tiwari

त्यो बेला असार सबैभन्दा दुख्याहा महिना लाग्थ्यो मलाई । मकै भाँच्ने र थन्क्याउने माचो यही बेला, भल छोपेर आफ्ना-आफ्ना खेत रोप्न तारिख मिलाउनुपर्ने यही बेला, दिनदिनै खोलाले बाँध बगाइदिएपछि कुरियापिच्छे बाँध लाउन जानुपर्ने बाध्यता पनि यही बेला । भएन, बस्तुभाउ गोठमा बाँधिराखेर तिनलाई बारीको घाँस काट्दै ख्वाउनुपर्ने चटारो उस्तै । स्कुल असार र साउन ड्याङ्गै दुई महिनालाई बिदा हुन्थ्यो । हेडमास्टरदेखि स्कुलका साथी-संहाती जम्मै भेटिन्थ्ो खेत-खेतमा । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सूर्यमुखी

~रेसम विरही~

सूर्यमुखी फूल
अहा ! तिम्रो मुखमण्डलको सौन्दर्य
तिमी उम्रन्छौ माटोमा
फुल्छौ आकाशमा
झुक्छौ भुइातिर
फर्किएर सूर्यपट्टि
दण्डवत् गर्छौ हरदम

वाह ! सूर्यमुखी
वाह ! तिम्रो नतमस्तक सौन्दर्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गीतको बन्दुक

~वसन्त विवश आचार्य~Basanta Biwash Acharya

सुस्ता र कालापानीको आँसुले
कुलेखानी भरेर
मलाई उज्यालो बनाउन नखोज
जून पहेलिएर सुन बन्न सक्तैन
समयले बुढ्यौली ओढाएको पल
म अँध्यारो जिन्दगी बाच्नँ चाहन्छु

बोकेर गीतको बन्दुक
दौडिरहेका छन् सहस्र परेवाहरु
बुद्ध खोज्नलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment