कथा : पेट्रियोटिक इन्लाइटमेन्ट

~शिव प्रकाश~SHiva Prakash

“तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स बनाएको यो संसार हेरेर मान्छे अझै रमाइरहेका छ तर ईश्वर हेर्न डराइरहेछ । ”

“तीतो पीडालाई मीठो बनाएर मान्छेले मान्छेलाई न्यूरोडको गुदपाक जस्तै गरि खुवाइरहेछ । मान्छे युगौदेखि निरन्तर खाइरहेछ ।”

“जापानको जयनेपाल रेष्टुरेन्टका काम गर्ने सेतीमाया हाम्रो साँस्कृतिक राजदूत हुन् । सेतीमायाको गुन्युचोलोलाई जापानका हजारौं नारीले चिनेका छन् तर हाम्रा नेपाली चेलीले गुन्युचोलो भनेको के हो ? सोध्न थालेका छन् ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~झमक घिमिरे~jhamak kumari ghimire

समयका पानाहरुमा मानव आक्रोश पोखिए
मूर्दावाद र जिन्दावादका नारा लेखिए
थुप्रैको पुत्ला सल्काइए
जिन्दगी त्यहाँ उभियो, विना रङ्ग
ऊ शालिक जस्तै
मौन, स्थिर उभिरहेछ
अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ ।

ऊ कञ्चन आकाश हेरिरहेछ,
जिन्दगी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रचन्ड हूँ

~शिरीष~

बाल्यकाल आफ्नो एक सपना झैँ सम्झन्छु
मन लाग्छ यि यादहरूलाई पछाडी नै छोड्न
तर मेरो वर्तमान हर दिन यिनलाई नै पुकार्छ
स्मरण भयो अब कि केही उत्तर छ यसमा खोज्न

राजसत्ता ढाल्ने प्रयासमा एककृत सब दलहरू
भूलेर अनेकता आफ्ना लक्ष्य र सिद्धन्तको
फूट आयो केही नै दिनमा जीतको फलस्वरुप
राष्ट्र र राष्ट्रहितमा अन्धकार बढ्दो भो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरैले आशा देखाए

~बाबु लामा~Babu Lama

धेरैले आशा देखाए
कतिले भरोसा दिलाए
तिम्रो गितमा संगीत भर्छु
भनेर हात पनि मिलाए
तर सबै झुट रहेछन
सबै अबसरबादी रहेछन

निभेको आगो होईन
बलेको आगो ताप्दारहेछन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : ऋतुहरूमा तिमी

~राजेन्द्र रिजाल~

ऋतुहरूमा तिमी हरियाली बसन्त हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ

(निर्दोष छन् ती तिम्रा हत्केलाहरू
तर मायाले भरिएका छन् औलाहरू) २
पवित्र छन् तिम्रा लाजका गहना २
तर चाहनाले भिजेका छन् ओठहरू Continue reading →

Posted in नेपाली गीत | Tagged | 3 Comments

कविता : स्वप्नहरू

~ईश्वर बल्लभ~Iswar ballav

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
कति परीहरू उड्छन्,
पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विसर्जनको दिशामा

~मिनबहादुर राना~

विदेशीले दिएको नारा बोकेर
देशले यत्रो गति लिइसकोको वेला
आफुलाई जनताको नेता भन्नेहरू
बेचेर देशको स्वाधिनता र स्वाभिमान
राता रात महलका मालिक भइरहेछन।

देखेर हाम्रो पानीको मुहान
लोभले लालचले, सुटुक्क उस्ले
र्‍याल चुहाउँदै मुख वाई रहेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आदि

~तोया गुरुङ~

अँध्यारोमा वेदाङ्किनी उदाई
दियोको सलेदो छोटो- तेलको किमत महँगो छ ।

मैनवत्तीको शिखा पग्लन्छ निरन्तर
मुद्राको मोल कति नै र
मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन
त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ
न मस्र्याङ्दी न कालीगण्डकी
सप्तकोसीमा जालैजाल छ माछाहरु निष्कलङ्क छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:स्वप्न

~श्यामल~Shyamal_1

खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी
रगतको बेगवान् नदीमाथि हल्लिदै छ
झोलुङ्गे पुल
भन्छन् योद्धाअरुले डामेका ढाडहरु
अब के—के हुने हो ।

कोचिएको छ खचाखच दिमागमा
बदलाको भूत
बाटाहरु यति धेरै छन् यस ठाउँमा
कुन बाटामा कोही किन जाने हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : फाली नहाल्नु

~आरती केसी~Aarati KC

ढुङ्गा भनेर झट्ट फाली नहाल्नु
त्यो देवता पनि हुन् सक्छ
टाढा छ भनि झट्ट बिर्सी नहाल्नु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : गिरगिर

~चर्चित ढुंगेल~Charchit Dhungel

खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा पसिना बगाएर पानी खाइसकेका भुक्तभोगीहरुलाई ‘गिरगिर’ शब्द नौलो होइन तर पहिलोचोटी यताको सफरमा आएकाहरुलाई ‘कौतुहलको कोलाज’ भएर Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : गोडधुवा

~नारायण तिवारी~Narayan Tiwari

घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल ।

त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान ल्याउनु पर्‍यो भने वा श्रीमती, केटाकेटीसित कतै टाढा जानु पर्‍यो भने चढ्ने हो रिक्सा । त्यो पनि केटाकेटीका बलले । केटाकेटीमा पनि छोरी जिद्दी गर्छे । भन्छे, ‘नाई हिँडेर नजाने, रिक्सा चढ्ने !’

छोरोलाई जे गरे पनि हुन्छ । अब त ऊ ठूलो भइसक्यो, सँगै हिँड्दा पनि हिँड्दैन । १२ कक्षा पढ्ने छोरो र आठ कक्षा पढ्ने छोरीसमेत एउटै रिक्सामा अटिने कुरा पनि त भएन । चढिन्थ्यो सबै जना कुनै बेला एउटै रिक्सामा, जुन बेला उनीहरू धेरै साना थिए, काखमा बस्थे, अट्थे । तर, अब…? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : चिच्च्याहट

~साइमोन आर्मिटेज~Simon Armitage
अनु : सुरेश हाचेकाली

म र त्यो केटा
हामी दुवै जना
पाठशालाको आँगनमा सँगै बाहिर निस्किएका थियौँ
उसको नाम र अनुहार
मेरो स्मृतिमा छैन सुरक्षित ।
हामी मापन गरिरहेका थियौँ
मानव ध्वनिले ढाक्न सक्ने विस्तृति
उसले सके जति चिच्च्याउनु पर्ने थियो Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : देश बनाउन सिक

~तुलसी पान्डे~

जीवनका हर पाइलामा
संयम हुन सिक,
अशान्तिमा रूझेको यो देशलाई
शान्त पार्न सिक
तिमी पंक्षी होइनौ तर पनि
अडिग भई अग्ला हिउँचुली
अनि शिखर चुम्न सिक
जहाँ बुद्ध जन्मे अनि
सीता र भृकुटी उदाइन
शिर ठड्याई गौरव गर्दै
त्यही देशको हुन सिक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी आवाज !

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

त्यो पारिको उन्यू फुलेको पाखो
र तितेपाती घारी
छ, नी
उ त्यो भीर मौरीको मह काढ्ने पहरो
सबै–सबै आदिबासी हुन् !

कहिल्यै घाम छिर्न नसक्ने
त्यो भीमकाय जङ्गल र
त्यही जङ्गलको बूढो ढुङ्गा
जतिकै पुरानो छु म
आदिबासी अनुहार !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र को अर्को म !

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

म को हो ! म के हो
म म नै हो वा होइन
कि म भित्र अर्को म छ
कि म भित्र नै छैन म !

त्यो म लाई म
कसरी भनुं म
जब उ मेरो मान्दैन
आफै जिद्दी मेरो जान्दैन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दमौलीको जादुगर

~यज्ञश~Yagyash

पोखराको फरेस्ट्री क्याम्पसको दुई-तीन चक्कर लगाएपछि मेरो पढाइको हेलिकप्टरले अन्तत: आदिकवि भानुभक्त क्याम्पस दमौलीमा ल्यान्डिङ गरेको थियो । भागेर फिल्म हेर्ने बानी स्कुल पढ्दै लागिसकेको थियो । ०५३ मा एसएलसीको ट्युसन पढ्नका लागि दुई महिना दमौलीको डेरा बसाइले त्यो बानीलाई ‘एडिक्सन’ बनाइसकेको थियो । डेरामा बसेको पुरानो घरको टिनको छानामा बसेर दिनभरि फिल्मको गफ गर्नु दैनिकी थियो । गुल्मोहरको चौतारोमा ‘ चौतारी-टेनिस’ खेल्नु र ४ बजेतिर आइपुग्ने तातो पाउरोटीको खाजा खानु हाम्रा अतिरिक्त क्रियाकलाप थिए । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~Chandra Gurung

सडकैभरि पोखिएका भक्तजन्
जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन
उफ्रिँदैछन् जोश र आक्रोश
कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे
ओऽऽम माने पेमे ओऽऽम माने पेमे
चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय
मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी
लट्ठिएको छ समय-
गल्ली-गल्ली, चोक-चोक नाराहरू हिँड्दै छन्
धर्मनिरपेक्ष/हिन्दू-राष्ट्र/गाई
यस बखत-
लोलाएको छ सरकारको रतन्धो आँखा
निदाएको छ जनताको दिमाग
पीडामा छ देशको निर्दोष अनुहार । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज, नदी र म

~तुलसी दिवस~Tulasi Diwas

समय थुनिएको बुइगलको भत्किएको पाखामा
शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो
अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई
दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज,
युगको आफ्नै छिंडीको चिसो भुइँतलामा
युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज,
बन्दीघरमा थुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज,
द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी
आफैँबीच चेप्टिएर पुरिएको आवाजहीन शून्य आवाज, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : या रुवाऊ या हँसाऊ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

या रुवाऊ या हँसाऊ मेरो प्यार तिमी हौ
दुख्दा मुटु निको पार्ने उपचार तिमी हौ

न भोक छ न प्यास छ खाली तिम्रै आश छ
बेहाल यो हालतको जिम्मेवार तिमी हौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सुतेको देश

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मेरो देश सुतेको छ,
उठ्नै नसक्ने गरी सुतेको छ|
भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ,
हो,मेरो देश सुतेको छ |

लोकमा सन्त्रास उठेको छ,
आगोमा बर्बर ज्वाला उठेको छ| Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा आगो हुँ

~दिपा एवाई राई~Deepa Yewai Rai

चकमक झुलोबाट निक्लेर
अगेनामा धुनि जगाई
तिमीलाई न्यानो पारी माया गर्ने
म एउटा आगो हुँ,

तिमी शिकार जानु अघि
मलाई पोल्टोमा राखेर
सधै सुरक्षीत हुन्छौ
जंगली जनवारसाग युद्व गर्न
कतै रात परेर अभर पर्दा
मलाई राँको बनाई बाल्छौ
हो -म तिम्रो सुरक्षाको कवज
एउटा असल साथी
डरत्रास, संकोच हटाउने एउटा आगो हुँ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हल्ला चलेछ

~राजु लामा~Raju Lama

हल्ला चलेछ राजै चर्चा चलेछ
मै विदेश जाँदा, विदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
हल्लै हल्लाको संसार
आउँदै छु म माया नमार

कसरी म भुल्छु नि लै लै, तिम्रो त्यो मायालाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : मेरो काठमाण्डौं

~निश्चल के.सी~ Nischal KC

मेरो काठमाण्डौं घरैघर भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं मोटरकार र टयाक्सी भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं सडक गल्ली भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं मन्दीरै मन्दीर भएको काठमाण्डौं । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

लघुकथा : याचना

~केशु बिरही~Keshu Birahi_new

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन ।जे दियो त्यसैलाई खुशी मानेर खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा । ऊ ठूलै भए पछि घरमा अंश वण्डा भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : माया को ढिस्को

~अभि सुबेदी~Abhi Subedi

धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हिंड्दै गर्दा…

~रूपेश श्रेष्ठ~Rupesh Shrestha

र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें।

****
“जुनीऽऽऽ”

केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो।

“हजुर”

उसले केहि बोलेन त्यसपछि। केहि भन्न खोजेजस्तो तर केहि भनेन।

“गौतम!” एकछिनमा उसले जस्तैगरि मैले बोलाएँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी कविता : प्रियतमयात

~नारायणदेवी श्रेष्ठ~narayandevi-shrestha

प्रियतम पूजा यय् योला जिं ?

आशान्त मनया पीडा न्यांका
अश्रु-अमृत-धा: मद्दिक छाया
व्यथित हृदयया चिन्ता च्याका
प्रियतम पूजा याय् योला जिं ? Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

समीक्षा : भाषाको प्रगतिशील पक्ष

~शशिधर भण्डारी~

कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ। आधार र अपनत्वको पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ। नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्व रहेको छ। त्यसका लागि डा. तारानाथ शर्मा कम्ती स्तुत्य हुनुहुन्न। उहाँको पातलो “सर्मावाद” नेपालको प्रगतिवादी आन्दोलनमा समेत चर्चाको शिखरमा रहिरहयो। चाहे जुन रूपमा होस्। Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आज

~अमन महर्जन~Aman Maharjan

रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा
को कति बल्द्यांग खाए को कति उपहास बने
त्यो छटपटी मा जन्मेको प्रजातन्त्र
आक्रोशमा बिउझेको यो गणतन्त्र
तुँवालोले ढाकेको सुनसान बस्ति संगै
सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा
पराइ र आफन्तको भुमरीमा
मडारिएको मेरो यो नेपालको माया
न्यु योर्क को व्यस्ततामा पनि एकै छिन
आफैलाई सोध्ने गर्छु “तँ को होस्” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : साइलीरिमै

~संकलन: धर्मराज थापा~

साइली रि मै
साइली रि मै चौरी गाई
झर्‍यो रि मै मधुवनैमा
उकालीमा जाँदा जाँदै दाइने पर्यो बर २
वनमा एक्लै गाई चराउने (काँ हो तिम्रो घर)२

वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो २ Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

लेख : नाम उर्फ उपनाम

~पदमसिंह कार्की~Padma singh karki

न्वारानको नाम तीर्थमाधव जुरे पनि लक्ष्मीपूजाको रात जन्मेकै कारण लक्ष्मीप्रसाद देवकोटाका रूपमा प्रकट भए । पूर्णिमामा जन्मेका पूर्णलाल श्रेष्ठ औपचारिक रूपमा सहिद गंगालाल भएर अमर रहे । त्यसै गरी चूडामणि बनारसको प्रसादका रूपमा विश्वेश्वरप्रसाद कोइराला बनेर नेपाली राजनीतिको शिखर पुरुष कहलिए भने बनारसमा युगवाणीको सम्पादन गरिरहेका लीला नटेश्वर शर्मा प्रसिद्ध समालोचक ईश्वर बरालका रूपमा स्थापित भए । Continue reading →

Posted in लेख | Tagged | Leave a comment