~रामशेखर नकर्मी~
यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा।
यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक।
स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी बगिरहेको छ। त्यहाँ बस्नेहरूका लागि खान र लाउन जति भने पनि पाइन्छ, मन लागेको ठाउँमा घुम्न पाइन्छ, मन लागे जस्तो गर्न पनि पाइन्छ। तिनीहरूको हेरचाह गर्ने नोकरचाकरहरू छन्, नाचेर, गीत गाएर रमाइलो गर्ने गन्धर्व–किन्नर र अप्सराहरू छन्। तिनीहरू बिरामी भएमा औषधि गर्ने वैद्य र डाक्टरहरू छन्। तिनीहरूलाई पढाउने , ज्ञान दिने मास्टर, प्रोफेसर र पन्डितहरू छन्। भन्नुस् कि जीवनलाई चाहिने सबैथोक तिनीहरूलाई प्राप्त छ। त्यसैले तिनीहरूलाई हाइसुख छ। तिनीहरू राम्रा छन्, झकमक छन्, सुग्घर, हृष्टपुस्ट र सन्तुष्ट छन्। Continue reading →