कविता : मृत्यूपछिको जीवन

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

प्रत्येक उभौलीमा…
प्रत्येक छौवामा
सापादु भरीको वासिम
नछुङ्ले फलाक्ने “लेभेनेउ” सँगै
“खाली” को नाममा दायलुङमा खनिन्दा
प्रत्येक किरातीले
आफ्नो सौन्दर्य भेट्ने गर्छ,
तर,
मरेपछि बाँच्न
र, “खाली” भएर दायलुङमा बस्न
त्यति सजिलो छैन किरातीलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : के भनि बोलाऊँ

~दिपा एवाई राई~Deepa Yewai Rai

के भनि बोलाऊँ
बैमानीले ज्यानै लिएछ
जालि माया गाँस्नेले
यो मायालाई एक्लै पारेछ
के भनि बोलाउ..

पापी नजरले बाटो छेकेछ
एक्लो मेरो जवानीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : साला पहाड में क्या है?

~मीन बहादुर विष्ट~Min Bahadur Bishta

मुहानबाट निस्केर फुत्त
कहीँ हुत्तिँदै कहीँ थामिँदै
तर कहीं कतै पिन
पछाडि फर्केर एक नजरसम्म नलाउँदै
बरु उल्टै दुई किनारहरुमा
सालिकझै उभिएका रोगी पहाडहरुलाई
लात हान्दै बेस्सरी
भागिरहेछ नदी
देश छोडेर ।

काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला
र कम्मरमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : False Truth

~Rajan Kafle~

The same destiny’s daughter
who kept her hand on my heart
and said with a gentle whisper
-dear, we are entwined by non verbal contract
made up in the heaven
before our souls were pumped with life
before our eyes glowed with light
before the sun set
before the moon crept
our spirit and soul intermingled Continue reading →

Posted in Poem | Tagged | Leave a comment

लघुकथा : हरिलठ्ठक

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : धेरै दिन भो तिम्रो झझल्को

~विश्व बल्लभ~

धेरै दिन भो तिम्रो झझल्को
यो मनमा आउन छोडिगो
कतै तिमीले माया मार्‍यौ कि
मलाई साँचै नै भुलिदियौ कि

पिरती यो जिन्दगीमा केबल तिमीसँग
दुई मुटुको ढुकढुकी एउटै थियो रंग
भेट नहँदा मसँग सोध्ने मेरो बानी भो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फलाम पिट्ने मान्छे

~कृष्ण बिश्वकर्मा~Krishna Bishwakarma

गोर्खाली पहिचानको धरोहर
सिरुपाते खुकुरी
तर,
उस्को आरनको कथा
अझै अज्ञात गर्भमै कैद छ
करौतीका दाँतीमा रेत लगाउंदै
ऊ बडो गर्बले भन्दै थ्यो….
पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे
बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा
पुर्ख्यौली पसिनाका पाइन परि
तेजिला र धारिला भा थे रे ।

उतिबेला उस्का आरनहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ठालुहरूले भुकेर कतिञ्जेल

~आजाद अजनवी ~Aajad Ajnabi

तर्साउने हो त्यी ठालुहरूले भुकेर कतिञ्जेल
अनि बाँच्ने हामी चाहीं झुकेर कतिञ्जेल।

रगत पसिना त हाम्रै हो बजेट यो देशको
अब ढाँटी खाने तिनले लुकेर कतिञ्जेल। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पण्डितको पछुतो

~मदन “मुमुक्षु”~

पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित ठूलै रूख ढले झैं ढले। आँखा चिम्म गर्दा उनको मस्तिष्कमा चुनावका एक एक दृश्य नाच्न थाले।

“चालिसे चोकमै सम्राट्को सालिक ठड्याउँछु….।” पाँचवर्ष अगाडि नगर सदस्यको चुनाव जितेर आएका राति उनले यही संकल्प गरे। आफ्नो वडामा आफ्नै सक्रियतामा सम्राटको सालिक ठड्याउँदा आफ्नो व्यक्तित्व निकै अग्लिने सोचाइ पन्डितले राखे। आफ्नै खेमाका भएकाले जिल्लाका सभापति र नगरका प्रमुखलाई मनाए। पैसाको जोहो हुने भयो। तर आफ्नै पार्टीका जिल्ला अध्यक्षले यसमा विरोध जनाए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : महत्वाकांक्षीहरूको भीड

~एम.पी. खरेल~

कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका नाममा हरेक क्षेत्र महत्वकांक्षीहरूको भीड बनेको छ। गीत संगीत क्षेत्र हेर्नुहोस्, पत्रकारिता क्षेत्रतर्फ हेर्नुहोस्, चिकित्सक, राजनीति, साहित्य र लेखनका हरेक क्षेत्र हेर्नुहोस् जता कतै मान्छेहरूो महत्वकांक्षा चरम छ। Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : बोल्न डराउँछन्

~मीनबहादुर राना~

देख्नेहरू नै यहाँ बोल्न डराउँछन्
नदेख्नेहरू यहाँ विना मेसै कराउँछन्

समानता ल्याउने कुरा जालझेल हुन्छ
हप्की र दप्की गरेको मन पराउँछन्
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : असल छिमेकी

~रमेश पोखरेल~

मुलुकलाई दक्षिणले जहिलै छेको हाल्छ
स्वच्छन्दले बग्ने पानी आफै थुन्न थाल्छ
हरेकवर्ष पानी थुन्नु उसको सद्भाव?भो
सिंगै गाउँ डुबाएको हेर्नु नियति भो।

पहिले बाँध्छ सीमानामा जबरजस्ती बाँध
जनविरोध भइरहँदा नि सरकार झक्छ काँध
टनकपुरमा छिमेकीको उसले इज्जत लुट्यो
हाक्का हाक्की मेरो देशको कालापानी लुट्यो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन्न

~तुलसी पाण्डे~

मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न,
दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न।
टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न
दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न।

नेपालको भुमिमाथी आँखा गाडनु हुन्न ,
विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न।
विरताको इतिहाँस बोकेको धर्तिमा ,
साम्राज्यवादका तिखा नङ्ग्रा गाडन दिनु हुन्न। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अचेल पश्चिम पनि दुख्छ

~ज्ञानु विद्रोही~

पूर्व पनि दुख्छ अचेल पश्चिम पनि दुख्छ
आँखै अघि खेल्छ तस्बीर छाती अति दुख्छ

मेची दुख्छ काली दुख्छ मधेशसँगै हिमाल
कैले सुस्ता बाँध कैले कोशी बनी दुख्छ

मन्दिरमा रक्तभेटी झुपडीमा भोक Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कोहि बचिरहे छ !

~संगीता भट्टराई~

म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो अफिसको रौनक थिइन् उनि ! किनकि उनि बिना हाम्रो अफिसमा सन्नाटा छाउथ्यो, हामी अफिसमा १५ जना स्टाफ थियौ केटा ९ जना र केटि ६ जना केटीहरुमा सबैभन्दा जुनियर स्टाफ म नै थिए म भन्दा माथ्लो पोस्ट कि थिइन दिया जसलाई ऐले मैले खोजिरहेको थिए, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्यारो देश

~रेशम विसी~

मेरो देशको माटो मेरो देशको ढुङ्गा
सम्झना आउँदा मन हुन्छ चङ्गा
नदि र नाला छहरा छाँगा
हिमाल पहाड अनेक गङ्गा

तराईको फाँट अन्नको भन्डार
उच्च शिखर छ चिनाउने संसार
लाली गुराँस, बेली मुस्कुराउँछ
डाँफे र मुनाल मयूर नाँचिरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वहारा

~रेम राना~

म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको
सम्पत्ति मेरो केबल हात पाखुरी
नाफाको आधारमा म बाँच्दिन
किनभने म परजिवी होइन
अरुको कमाईमा बाँच्ने।

बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु
त्यही अतिरिक्त श्रम भित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित निबन्ध : बत्तिमुनि टिपेका केही विचारहरू

~लु सुन~Lu Xun

गणतन्को दोस्रो वा तेस्रो वर्षतिर बेजिङका केही राष्ट्रिय बैंकहरूले निकालेका नोटहरूको विश्वसनीयता दिनदिनै बढ्दै गइरहेको भनुँ झन्–झ्न दरिलो हुँदै गइरहेको बेला मैले के कुरा सुनें भने सधैभरी चाँदीको मोहमा परेका गाउँलेहरूले समेत ती नोटहरू कति सजिला र पत्यारिला थिए भन्ने कुरो बुझे र ती नोटहरू लिन र तिनको प्रयोग गर्न खुशी भए। “विशेष बुद्धिजीवीहरू” को विषयमा कुरा नगरौं, बढी विवेकी मानिसहरूको हकमा, उनीहरूले उहिले नै नचाहिँदो दुःख दिने, बोझला, चाँदीका सिक्काहरू आफ्ना खल्तीभित्र बोक्ने कामलाई छाडिसकेका थिए। वास्तवमा चाँदीका लागि विशेष मोह वा भावना भएकाहरूलाई छाडेर, हरेकले बैंकका नोटकै, त्यसमा पनि बढ्ता मात्रमा चिनियाँ नोटहरूकै प्रयोग गरिरहेका थिए। तर अपशोच, एक्कासी एउटा गम्भीर अधोगति देखा पर्‍यो। Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

गजल : ४ जात ३६ वर्ण

~गोपालप्रसाद भट्टराई “खुशी”~

४ जात ३६ वर्णलाई सजाउन आएको छु म
दुःखी मुहार मुसुक्क हसाँउन आएको छु म

बलियो एक सुन्दर नेपाल टुक्रा, टुक्रा पार्दै छन रे
त्यसैले हिमाल, पहाड, तराई बचाउन आएको छु म
४ जात ३६ वर्ण………. Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनधारा

~जुमिरकाँढे शेशी~

कठिनाईहरुले भरिएको जीवन
त्यसमा पनि आकास खस्छ
पृथ्वी अतल गहिराइमा भासिन्छ
समाउने डालो लुछिन्छ
टेक्ने हाँगो भाँचिन्छ

अब के रह्यो र जिन्दगी
दिउँसै निस्पट्ट कालो रात परेको छ
आँशुको नदी बगेको छ
हिड्ने यात्रामा भीरै भीर छ
बेचैन हृदयमा पीरै पीर छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम छ तिमीलाई

~लक्षीराम आचार्य ‘अविरल’~

एउटा सिउँडीको फुल्न खोजेको
कोपिला थियौं तिमी
निराहारतामा पनि रमाउने
रूखो चट्टान माथि
उभिएका थियौं तिमी
गोडमेल र मलजलको अनुभूति
कहिल्यै नपाउँदा पनि
दुर्लभ सजीव वनस्पति
भएर जोहो टारेकै थियौं तिमी
तर पनि तिम्रो आधार
आसनमा ज्वालामुखी, भूकम्प
सबै बर्सिरह्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साथी

~कमल धिताल~Kamal Dhital

‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो ।

‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा हु गर्नुपर्छ । घुम्नुपर्छ, यसरी खाइन्छ जिल्लाको जागिर ? पागल बनिन्छ पागल यसरी बस्दा ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सारा नाता तोड़ी दियौ ।।।।

~बाबु लामा~Babu Lama

देउरालीलाई साची राखी लायको माया चौतारीमा बसि छुट्टायौ
देवि देवता भाकी खाएको कसम भञ्ज्याङ्मा पुगि छुट्टायौ
ए स्वार्थी मायालु सन्सारबाट बिदा लिने मलाई बनायौ

जङ्घार तर्दा खेरी हातेमालो गरि सङ्गै तरौ भन्थेउ
जीउँदै जादा आउने दुख सुख सङ्गै बाडयौ भन्थेउ
तर आज कस्को पछि लाग्यौ विचैमा मलाई छोडयौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : देउताको मकै

~विनय कसजु~Binay Kasaju

धेरै वर्षघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान परिवारबाट आएका थिए ।

उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे । गाउँगाउँमा घुम्थे र नयाँ जातको रुख बिरुवा देखे भने त्यसको बिऊ बटुल्थे । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : आमा

~किशोर पौडेल~

हरेक साँझ सँगै जब अन्धकार छाउँछ धर्तिमा
मानौ म नाबालक शिशु
आमाको काख खोजिरहेको छु
तर मसंग जे छैन त्यसैको आशामा कुरिरहेको छु,
जब हुरी बतास आउँछ मेरो जीवनमा
मानौ म बाटो हराएको बटुवा
आमाको हात खोजिरहेको छु।
जति–जति बढिरहेको छ उमेर
उति–उति बढदैछ आमाको याद्
सपनाहरुको बिसंगत समिकरण बन्यो यो जीन्दगी। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चलाऊँ देश बचाऊ अभियान

~ताराधर शर्मा~

पूर्खाले एकिकरण गरिदिएको नेपाल
टुक्राउँदैछन् संघीयताको नामले
विविध अनेकतामा एकता बोकेको हाम्रो संस्कृतिलाई
शदियौं देखिको जातीय सद्भावलाई
खलबलाउँदै छन् जातीय संघीयताको नामले

जातीय संघीयताका नारा दिई
नयाँ नेपालका कुरा गर्छन् यहाँ
अब्बल दर्जाका क्रान्तिकारीहरुले
मात्र सत्तामा पुग्नको लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : तिमी म

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

केटा – तिमी ढल्दो रात रोक
——म ढल्किँदो जुन छोप्छु
केटी – त्यो मलिलो मन भरी
——म प्रितीको फूल रोप्छु

केटा – आऊ आऊ काख मेरो
——किन राख्नु अझै दूरी ?
केटी – प्रिय रोक रोक छिटो
——भएँ गल्दो मैन सरि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : चोर चिहान

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

रोमाञ्चक खबर विद्युत गतिमा टोलभिर फिंजियो – नेताले घडरी किने। हाम्रो टोलमा। घर बनाएर आफैं बसोबास गर्न।

नेता ऐरेजैरे होइनन्, नम्बरी सुन हुन्। त्याग–बलिदानका कथा र पराक्रमका गाथाले उनको जीवन गरिमायम छ। जीवन–संग्राममा के मात्र झेलेनन् र उनले? जनतासँग माछा–पानीको साइनो गाँसेर उनले निरंकुशतन्त्रको संगीन र बन्दुकको मोहोरीलाई हाक्काकाक्की हाँक दिए। उनले मृत्युलाई कतिपटक छक्काए, कति पटक उपहास गरे। कारागारका बिजुलीका तार टाँगेका आकाश छुने पर्खाल उनले नघेनन् कि। कारागारमुनिको धरती फोरेर तानाशाहीको दमनयन्त्रलाई उनले जिल्लाएनन् कि ? के मात्र गरेनन् र उनले ? Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उद्घोष विद्रोहको

~मानबहादुर भण्डारी~

बोधगम्य छ यो संसार,
गम्नलाई मस्तिष्क यहाँ खियाउँनै पर्दछ
दृष्टिभ्रम पालेर हुँदैन
उज्यालो पाउन चिहाउनै पर्दछ।

यहाँ बुझाई आ–आफ्नै भएतापनि
भेद खुट्टाउन नसकी अल्मलिनुको पीडा अनेक
जलन अनेक, अनि पृथक बुझाई, पृथक भोगाई अनेक
आत्मघात, विश्वासघात, घातप्रतिघात
स्नेह, प्रित, माया भनौं आपसमा साटासाट
कोही आफै लुटिंदा पनि सन्तुष्ट हुन्छन्
कोही अरूलाई लुट्दा पुरूषार्थ ठान्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किआउ लाहुरेदाई

~देवेन्द्र बस्याल~devendra-basyal

फर्किआउ लाहुरेदाई
फूलै फूलको गाउँ
वास्नै बास्नाको ठाउँ
झलि र मिलि थियो
यो लाहुरेहरूको गाउँ

घर यो लाहुरेको रे
समाज यो लाहुरेकै रे
तर आज किन?
घरहरू रित्तै छन
सारा समाज रित्तो छ
कहाँ गयौं लाहुरे दाई
किन छाड्यौ यो समाजलाई? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले पराई

~लोकराज अधिकारी~Lokraj Adhikari

तिमीले पराई ठानेपछि पराई हुन के भो र
तिम्रो मेरो बिचको नाता पनि भन्नु के रह्यो र
आखिर डाँडा काट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ

हाँस्दा तिमी सँगै हाँस्छु रूँदा सँगै रून्छु भन्थ्यौ
तिमी बादल बन्यौ भने म त बर्षा हुन्छु भन्थ्यौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्न तिमीलाई

~तुलसी पाण्डे~

अमिट ती जड्डे खम्बा ढलिसके पछि,
नेपालकोसीमा खोज्न कहाँ जान्छौं तिमी,?
शत्रुमित्र छुट्याउने भावना नै मरे पछि,
कुन मित्रको खोजी गर्दै हि्रड्ने गर्छौ तिमी?

नेपालको भूमिमा विदेशी भित्र्याएपछि
रगतको नाता खोज्दै कहाँ जान्छौं तिमी?
आफ्नी आमा रूवाएर अरूलाई हसाँएपछि
आमाका स्नेह खोज्ने कहाँ जान्छौं तिमी? Continue reading →

Posted in कविता | Tagged | Leave a comment