अनूदित कविता : वसन्त क्रृतुमा

~जाई योङ्गमिङ्ग~Xai Yongming
अनु : केशव सिग्देल

वसन्त क्रृतुमा, जब रुखभरी जड्याँहाको अनुहार जस्तै कृत्रिम फूलहरु फूल्छन् राताम्य भएर
म परम्परा खोज्छु ति वास्तविक हिमालहरु
वास्तविक पानी असली चरा र फूलका वास्तविक चित्रणहरु
ति रङ्गहरु जसले युवतीहरुलाई सुन्दर वर्ण दियो
तिनिहरु वनस्पतीबाट बन्चित भए तिनको सुन्दरता
आत्मासँगै सास लिन्छन् Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : संक्रमित बुद्ध

~सन्देश राई~

असम्भव यहाँ केही रहेन
पिपलको फेदमा बस्ने बुद्धलाई
एच.आई.भी. भएको छ

परिवर्तित छन् सोँचाईहरु
हराएको छ आफ्नोपन
मौलाएको छ गलत मानसिक्ता
बुद्ध संक्रमित छ सम्झी सम्झी विर्सँदैछौँ आफैलाई
मष्तिष्कमा भर्दैछौँ हिंसाका कुहिराहरु
बाध्य पार्दैछौँ पुछिनलाई सिउँदोहरु
टुहुराको सम्मान दिँदैछौँ दुधे बालकलाई
डुबुल्की मार्दैछौँ रगतको स्विमिङ्ग पुलमा
पेटपुजा गर्दैछौँ परेवालाई काटेर
बुद्ध संक्रमित छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्व छापामार

~स्वप्निल स्मृति~Swapnil Smriti

१६ वर्षको हुँदा
पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम
र थर्थरी काँप्दै लियो नागरिकता
२० वर्षको उमेरमा
आफूलाई अनागरिक घोषणा गर्‍यो
र युद्धमा आफूलाई होमिदियो

युद्धमा कब्जा हुँदा सदरमुकाम
उसले फस्ट एसल्टको जिम्मेवारी निभाएको थियो
सिडिओ कार्यालयको प्रवेशद्वार छिचोल्ने बेला
घाइते भएपछि
सहयोद्धाहरुले उसलाई उडाएका थिए डोकोको जहाजमा
हेडक्वाटरले उक्त युद्धलाई यसरी संश्लेषण गरेको थियो-
‘हारे-हारेजस्तो जीत
जिते-जितेजस्तो हार
कामरेडहरु ! समग्रमा जित नै हो .’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को हिटलरको जन्म

~मनु लोहोरुङ्~Manu Lohorung Rai

भोक र शोकको सन्तापमा
कहिले सम्म उभ्याउछौ ?
उभ्याउ मलाई आकाश खस्दा सम्म
उभ्याउ मलाई धर्ति फाट्दा सम्म
किन कि,
मेरा पुर्खाले हिम्मत हार्न जानेन,
हरेसका धर्सा गनेन निधारमा
नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच
म बेत्ताल भएर यो ब्रमाण्डमा उत्रिनेछु,
त्यसैले
चाहे मलाई,
फेरी भोकले मार
मलाई शोकको रोगले मार,
तर म एकदिन हरेकको अन्तर आत्मबाट अजिब भएर जन्मिनेछु
हो,म रुकुम रोल्पा र दोरम्भामा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आशा र ज्याकरान्डा

~भुवनेश्वर शर्मा~

दरबारमार्ग उजाड हुंदा
हामीले रूखहरू रोप्यौ
ज्याकरान्डा र पैयुंका रुखहरू
सुन्दरता ल्याउनलाई

हिउंद आयो दरबारमार्गमा
पतझड बृक्षका पातहरू झरे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम छ

~शिरीष~

जन्मदेखि मृत्युसम्म जीवनको त्यो लामो यात्रा
यसमा मेरो प्रेरणा तिमी, मेरो गीत हौ, संगित हौ ।
जन्म दिने आमा तिमी, ज्ञान र ममताको सागर
सफलताको सही बाटो देखाउने प्रदीप हौ ।।

बुवा तिमी सबैभन्दा सहयोगी मित्र हौ
आत्मीय साथी मेरो, प्रभुको एक चित्र हौ ।
तिमीबाटै सुनेको हूँ कथा सुख दूखको
तिमीजस्तो बन्ने नै हो लक्ष्य जीवनमा मेरो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको निर्माण गरौ

~राजन पौडेल~

मेची देखी महाकाली सम्म, तराइ देखी पहाड सम्म
चारै तिर बिकास को फुल फुलाउनु छ
देश लाई अब प्रगती को मार्ग देखाउनु छ
सारा नेपाली मिली नयाँ नेपाल को निर्माण गर्नु छ

जाग नेपाली हो, हिम्सा र हतियार त्याग
बुद्धले जन्म लिएको यो देशमा
शान्ती र सुरक्षा फर्काउनु छ
लागि पर दिदी बहिनी हो, नयाँ नेपाल को बिकास गर्नु छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : टुल्कीको प्रेम अनि पुर्पुरोको खत

~मणि बनबाशी~

लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। सधैं नसामा रम्ने उन्का पति परमेस्वोर भनाउदो भुण्टे आफ्नो बाहुबलको पुर्ण प्रयोगका साथ भकुरीरहेको थियो टुल्कीलाई। त्यो कारुणिक द्रिश्यबाट बिचलित नहुने कोहोला? त्यसमा पनि भुण्टेको बाल सखा म भुण्टेलाई त्यसो नगर्न आग्रह गर्छु। भुण्टे भने मेरो आग्रहबाट झनै उत्तेजित हुंदै अझ बढि प्रहार गर्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहिलेकाही त नाच न चरी।

~नवराज दाहाल~

बथान छोडी चारोको आसमा
नौ डाँडा काटी यहाँसम्म आयौ
ति साथी-संगी , ति डाँडा-काँडा
ति दिन सम्झी हाँस न चरी।

त्यो हरियो फाँट
त्यो चिसो बतास
त्यो निलो आकाश, निस्फिक्री उडान
तस्विर मनमा टाँस न चरी। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~केशव थापा~

चन्द्रमाको सतहमा उफ्रिनेनि मान्छे
सगरमाथा चुचुरोमा पाइला टेक्ने मान्छे ।
बाटो-घाटो घर-पुल बनाउने मान्छे
बनाएका आक्रितीलाइ भत्काउने मान्छे ।।

मध्ये रातमा जाली नोट कमाउने मान्छे
पसिनाले भाग्य कोर्ने मेहनती मान्छे ।
आकाशको छानो मुनी सडकमै सुत्ने मान्छे
भोकै पेट भारी बोक्ने भरियापनी मान्छे ।।… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका उकालीहरु

~कमल भण्डारी~

जीवनका उकालीहरु
तिमीलाई मैले सापटी दिएथे।
एक हल मनको बगैचामा
तिमीलाई नै नासोको रुपमा दिएथे।

आज म जीवनको ओराली हिड्दै गर्दा
जीवनका उकालीहरु सम्झिरहेछु।
तिमिले भर्‍याङ् चढाउन खोज्दा
मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल हाम्रो देश

~आभाष वाग्ले~

नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ ।
नेपाल अब नेपालीको, हामी नेपाली,
मिलिजुली सबै मिली हामी बनाउने ।

अङ्रेज पनि आए गए, राणा पनि छैनन्,
राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो।
नेपाल हाम्रो देश बनाउनु छ,
विश्व सामु हामी मिली चिनाउनु छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी घरको याद आयो

~सहदेव पौडेल~Sahadev poudel

काठे पुल तर्दै धुलौटे माटोमा खेल्न मन लाग्यो
घासे चौरमा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो
फुल्दै गएको मेरी आमाको कालो कपाल केलाउन मन लाग्यो
यसपटक फेरी घरको याद आयो

बाक्लिदै गएको मेरो गाउ, पातलीदै गएको परिवार भेट्न मन लाग्यो
एकै छिन घरगोठको स्याहर सम्भार् गर्न मन लाग्यो
कमजोर बन्दै गएको मेरा बा’को आखाको दृश्य बन्न मन लाग्यो
यसपटक फेरी घरको याद आयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरु

~उषा गिरी~

जीबनका रङ्गिन सपनाहरु
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरु लुटेर होस्
भाबुकताको पोखरीमा
स्वतन्त्ररुपमा
अरुको मन नदुखाइ
भुगोलको कुनै पनि कुनामा
संकटहरुलाई भुली
आफुलाई जलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पवन चाम्लिङ ‘किरण’~Pawan Chamling 'Kiran'

तिम्रो दु:ख मलाई लाग्छ
मुटु मेरै दुखे जस्तो,

तिम्रो आँसु मलाई लाग्छ
मेरै आँसु बहे जस्तो ।

यति धेरै लाग्छ मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रफुल्लित मन

~केशर थुलुङ~Keshar Thulung

मन
त्यसै-त्यसै फुरुङ्गिएको छ
खुसीले
नयाँ विचारले
नयाँ पाइलाले

मैले सोधेँ-
कोसी किनारै-किनार
हिँडिरहेका आमाबुबाहरुलाई
भन्दै थिए उहाँहरु-
साकेवा सिल्ली, मारुनी, सोरठी,
कौरा, देउडा, च्याब्रुङ,
वैरभ, धाननाच, लाठीनाच,
लाखेनाच, देउसी-भैलो
खेल्न /नाच्न हिँडेका हामी त

उकालिदै
आपस-आपसमा कुरा गर्दै थिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अब्यक्त प्रेम

~रेवती राज खड्का~Rebati Raj Khadka

न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु ।

मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । कहिले काँही बाहेक हरेक चोटी उनि त्यही न्युरोड गेटको भिडवाट निस्किन्थिन, अनि लाग्थ्यो लामो पर्खाइले विश्रान्ती पायो । शरीरमा आनन्दको रक्तसंचार हुन्थ्यो । कहिलेकाँही उनि नआउँंदा म साँझ ७ बजेसम्म यतिकै मान्छे गनेर बसिरहेको हुन्छु । अर्को दिन उनलाई हेर्ने इच्छा झन दोब्बर हुन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~कला राई~Kala Rai

यो धर्तीको सवैभन्दा
नयाँ गीत गाएर
सम्झनाको सवैभन्दा पुरानो
प्रेम सन्देश बोकेर
उडिरहने प्रिय बादल
र
मेरो प्रियतमको अनुहार
आइरहन्छ आँखामा एकसाथ |

समयलाई चुनैति दिएर दौडने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : के तीज छोरीचेलीलाई मात्र आउँछ ?

~आचार्य प्रभा~acharya Prabha

तीज नजिकै आएकोले मिना माइेती आउने खबरले उस्की आमा बडो हर्षित र बेचैन थिइेन्,छोरीको प्रतिक्षामा । निक्कै चुस्तीफुर्तीकोसाथ घरमा अर्‍हाइेकराइे गरिरहेकी थिइेन् । यता बुहारीपनि धेरै बर्षपछी माइेती जान पाउने खुशीमा हर्षित हुँदै आफ्नो तयारीमा लागेकी थिइे ।

“ए…,दुलही कहाँ छेस् ? छिटोचाँडो गर् । आज मिना आउँदैछिन्,दर खान। खानापिनाको तयार गर्नुपर्छ । ”

बुहारीलेपनि जवाफमा भनी । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दुई जिउकी नर्स

~सन्तोष पौड्याल~Santosh Paudyal

अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको छ। कति बेला पैतला मुसारिदिन्छ। गाह्रोसारो सोधिरहन्छ। प्युबिक हेयर उसैले काटिदियो।

‘छि छि छि, यी झाम्टा काट्नु पर्थेन?’ अनितालाई सेभिङ नगरी आएका आईमाई फोहरी लाग्थे। उनी गाली गर्थिन्। तिनीहरू मसिनो गलामा प्रस्ट्याउँथे। अनितालाई कारण पेश गर्नु परेन। मेरा श्रीमान घरमा हुनुहुन्न, पेट बढेकाले आफैं काट्न मिलेन भनेर। सायद उसलाई थाहा भएकोले नसोधेको होला। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पैलो प्रस्ताव

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

पैलो प्रस्तावमै यदि सत्कार पाए
अझ कुन हाल होला ? पत्यार पाए

मुटु दिनेलाई मुटु दिनेछु भन्ने
मेरो मनलाई जित्ने बिचार पाए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Mother!!!

~Santosh Koirala~Santosh Koirala

Years and Years of hardship
Nine months of pain
She gave a life to a baby
Profounded of a huge gain

Caring from the very beginning
Life has turned so pity
She never regrets her deed
Thinking of her upmost duty

Everything the baby does
brings her lot of joy Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Translated Poem : You are my same moon

~Nabaraj Dahal~
Trans: Durga Pandey

I never knew that you were the same “moon”
I never bothered to take a glance of you when I could
I had come here leaving you oceans apart
And fearing if I would never get to see you again

I never knew you were my own “moon”
Same old coolness on your shade
Same old impatience on your manners
Same old tenderness on your love Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : तिमी नै तिमी पाउँछु

~रजित ओझा~Rajit Ojha

तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा
होश आजकल रहन छोड्यो भनाई र गराईमा

लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ?
तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के हो के हो?

~आर पि दाहाल~

म त तिमीलाई सम्झन्छु नि
तिमी त खै के हो के हो?
मलाई त लाग्छ तिमी आफ्नै मान्छे
म त खै को हो को हो?

हिजो हैन र? परिचय भएको
आज फेरी को हो को हो? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर र अवयव इन्द्रियहरु

~मोती चाम्लिङ~

शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने
छदम कांचको चस्मा लगाउने रहर किन ।।?

चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने,
सदाकांक्षा वांच्दैन त सादा कात्रोले नयन छोप लौ ।।

यसो गर्दा श्मसानको निनादमा संगीत अंकुरिन्थ्यो शायद
रवि भाष्करमा मगन अधरले लोकनिन्दा गाल्थ्यो शायद ।।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~रामचन्द्र कार्की~Ram  Chadra Karki

रुन्छौं आमा बनपाखामा, म शहरको माझमा,
दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा।
बनका माझ खेतका आली, पानी धारा सँगै,
रातदिन एकैनाश, आकाशका तारासँगै।

गोठालो र घाँस दाउरा, जंगलको बास,
मेलापात पधेरोले छैन, बेलामा गाँस।
सगै हुदाँ साथ मेरो, दाहिने हात थियो,
शहर छिरे अक्षर चिन्न, ढल्छ क्यारे दियो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यन्त्र

~तारामणि राई~

खट्प्वाल
लिम्सो भित्तो
झ्यालका काप
अथवा कहीँ कतैबाट
आईरहेछ-
एक तमास षड्यन्त्रको गन्ध

षड्यन्त्रको प्रपञ्च:
-मेरो थात बास उठाउनका लागि हुन सक्छ
-सर्बश्वहरणका लागि हुन सक्छ
-अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख

~जगदीश घिमिरे~Jagadish Ghimire

कवि, केही त सार्थक लेख
शब्द धेरै लेख्यौ
केही सार्थक भाव पनि लेख

तिमीले सधैँ फूलका कविता लेख्यौ
अब रूखका कविता लेख
हाँगाबिँगा र मूलका कुरा लेख
ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख
ती जराले समाउने माटाका कुरा लेख
जुन माटोमा तिमी र म जन्मियौँ
जुन माटो नभए तिमी पनि हुत्रौ, म पनि हुत्रँ
त्यो माटाको अस्तित्व जोगाउने जराका कविता लेख
जराका कथा लेख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन र जीवन

~विश्वास दीप तिगेला~biswasdip tigela

यो मन
क्षणक्षण टोलाइ दिन्छ
खोइ बैरागिएर पो हो की
यो मन
बतासिन्दै बहिरहन्छ
खोइ कुनै सीमा परिधि नपाएर हो की
कतै माया पि्रर्तिलाइ गुथेर
कतै बैशालु जोवनलाइ छोपेर
फेरी यो मन र जीवन
उडिरहन्छ उडिरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चोट

~डा. वानीरा गिरी~Banira giri

चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट सुरु गर
दुइ आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू
तिमी र म
मितेरी लगाई एकाकार बनौं
सदा-र्सवदालाई ।
कति घतलाग्दो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको कथा

~रुपेश राई~

इन्फेचुएसन जस्तै
ईश्वर तिम्रो कथा। प्रेमको।
रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको।

मान्छेको आस्था। तिमी वेपर्वाह छौ।

तिम्रो नाटक। विपरित लिङ्गमा।
प्रयोजनीय छ।
कार्यकलाप पनि।
कथानक होला अलिक फेरबदल।
प्रश्न उठ्छ।
शिवलिङ्गमा अङ्गालिएकी युवती, Continue reading →

Posted in कविता | Tagged | Leave a comment