कविता : राजधानीलाई खबर

~अभागी थेगुवा~

काठमाडौँ
आखिर
काठमाडौँ नै रहेछ ।
उससँग एकपल्ट भेट्ने रहर
दोहोरो चिनजान गर्ने इच्छा
मसँग नभएको कहाँ हो र ?
तर, गुनासाका बिस्कुन लगाउन
चार भन्ज्याङ काट्न सकिएन
उसले पक्कै चिन्दैन होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~निमेष नेवाः~

फुर्सदको समय
न यता, न उता
वैरागी पहर
बिस्तारै चिहाउँछ ।

मुसुक्क हाँस्छ
नवयुवतीको हाँसोझैँ
एउटा छुट्टै तरंग फैलाई
न साथमा कोही हुनुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : मिलन

~पूर्ण ओली~Purna Oli

उसको मिसकल आएको देखेपछि मैले उसलाई फोन लगाएँ । फोनको एक घण्टी पनि नजाँदै उसले उठाइहाली ।

के भनूँ भनी भेउ नै पाइन मैले ।

उसैले भनी, “हेलो !”

मैले पनि जवाफ फर्काएँ, “हेलो ?”

उताबाट घुर्की आयो, “निर्मायाँ !!”

“के भनेको ?” स्पष्टीकरण मागेँ मैले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुर्योधन सत्संगमा भिजेका छन्

~कृष्ण प्रसाईं~krishna prasai_1

देशमा विभीषणहरू जिउँदै छन् ।

देशमा एकलव्यहरू पनि छन् ।

जे जति अर्जुनहरू छन्

ती अब कुनै हालतमा,

कृष्णको बेकारी बहकाउमा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्बी ! ए पृथ्बी !

~ज्योति जंगल~Jyoti Jungle

पृथ्बी ! यसरी मात्र हल्लिनू
झरुन् मुनामा अल्झिएका शीतका थोपा
उक्लियोस बतासको ताप उँभोतिर
चलोस चिसो छोएर बतास ।

तर होस् यसरी
मान्छेकै सार्वभौम शक्ति हल्लाएर
पटकपटक विध्वंशको अवतार ननाँच्नू, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : कनेरी

~अर्नेष्ट हेमिङ्वे~Ernest Hemingway

लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू जोडसित चट्टानमै बजारिन आइपुग्थे । Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

छोक : कुकुर हो रिङरोड

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

दिनभर
रातभर
एकनास
… घुमिरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नै छाँया छोडीदिन्छ

~निशा प्रतीक्षित~Nisha Pratikshit

कहिलेकाही जिन्दगीले आफ्नै छाँया छोडीदिन्छ
छोरोले पनि बुहारीका निम्ति आमा छोडीदिन्छ

समय पनि चटक देखाउँछ बेला बखतमा
अनेक मोडमा ल्याएर जमाना छोडीदिन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बन्धन …….

~जुनिता सुब्बा~Junita Subba

हामीले डोरीहरू बनायौं
आफुलाई बाँध्नलाई ।
हामीले सिमाना कोर्यों
आफुलाई साँध भित्र राख्नलाई ।
हामीले भब्य महल बनायौं
आपनो लागि मात्र भनेर एउटा बगैंचा बनायौं ।
आफु मात्र अट्ने ढोका बनायौं ।
जीव ,पशु ,पंक्षी ,पुतलीहरु नआवोस् भनेर
फलामको तारले घेर्यों ।
आफुलाई मात्र भनेर
घाम पानी बाट बच्न छानो लगायौं ।
अलिसान महलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हिउँभन्दा चिसो आगोभन्दा तातो

~नीर शाह~Neer Shah

हिउँभन्दा चिसो आगोभन्दा तातो
तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो

यो साइनोले मुटुमा लै लै गाडिसक्यो जरो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : जिन्दगानी

~विजय योजीत~Bijaya Yojit

सबै कल्पिए झैं भयो जिन्दगानी
यही सुन्न पाए हुनेथ्यो कहानी

अझै याद होलान् सगरका सितारा
कि बिर्स्यौ र छाती थियो यै सिरानी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देशबाट आएको सन्देश

~बासु श्रेष्ठ~SONY DSC

आज स्वदेशबाट चिठ्ठि आयो
रातो रक्तमा लिप्त
आँसु र रोदनले भरिपूर्ण
वेदनाका चिच्याहट
अनि विवशताले भरिएको
मेरो मन कटक्क खायो ।

किनभने
मेची कालीमा गङ्गा होईन  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घाम उही हो

~डा तारानाथ शर्मा~Taranath Sharma

तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो
गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो

लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा
भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय उठ्यो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

न्याय ढलेको ठाडो पार्न
उभियो बबण्डर चर्को
पतनशील अनुहार प्रष्ट भो
प्रतिगामीका धर्को

आजादीका सही दिशातिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौन-कथा : अग्निस्नान

~प्रेम विनोद नन्दन~Prem Binod Nandan

घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ कुनै गहिरो तलाउमा विश्राम लिन आतुर थिए । शिशिरको चिसो बतास नदीकिनारको स्याँठले हान्दा दुवै छाँयाहरू न्यानो ओत पाइएला भन्ने सोँचमा थिए । त्यस्तो अवस्थामा फरिकोले बारेको, रातोमाटोले लिपेको हावा छेक्ने बारबन्धनभित्र धपधपी बलिरहेको अगेना र त्यो आगोको तातो रातो ज्वालामा तात्न पाउँदा एउटा रमाइलो आनन्दको अनुभूतिमा रमेका थिए । आगोको गुण तताउनु नै थियो । जीउ त तात्दै गयो । त्यसपछि मन पनि तात्न लाग्यो । आगाको रापसँगै त्यस घरकी मालिक्नी पनि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भुताहा घर

~सन्जोग नेपाली~

दुर्गम गाउँबाट आएका बिद्यार्थीहरू त्यो ठूलो घरमा भाडामा बसेका छन् । उनीहरूले बस्न पाउनुमा पनि उनीहरूकै जिल्लाको गुन्डा नेताको ठूलो हात छ ।

‘फेरि बिजुलिको लाइन काटियो । टेलिफोन त उहिल्यै काटिएको हो । अब कसरी बस्ने होला ?’

‘भाडा तिरेका छैनौ र?’ अर्को दिद्यार्थी सोध्छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक मजदुरको बयान

~पुन्यराज पुडासैनी~Punyaraj Pudasaini

मेरो नाम समरध्वज ठकुरी हो । मेरो नामले तपाइलाई लाग्न सक्छ म कुनै खानदानी मान्छे हु तर हैन म त कर्णाली हुम्लाको एउटा अति पीड़ित नागरिक हु ।

मेरो गाउमा जग्गा जमीन छ तर बाली लाग्दैन । परिवारका सबैले हाड घोटेर काम गर्दा पनी ३ महिना भन्दा बढी खान पुग्दैन । अरुका छोरा छोरी स्कूल जान्छ्न मेरा चाही पर्म मेलापात अनी मजदूरीमा साचै त्यस वेला मेरो छाती ग्लानी र पीडाले पोल्दछ । ९ महिना पेट भरनका लागी हाम्रो पूरा गाउका पुरुषहरु कालापथर जाने गरेका छन । त्यहा पसिनाको खोलो बगाएर नून तेल लता कपड़ा जोहो गर्दछ्न । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : छोराछोरीहरु

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

मेरा छोराछोरीहरु
टोलमै गुमनाम
गल्लीभित्रको÷जस्तामुनिको
घामपानी नछेकिने
झ्यालढोकाबिनाको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बुकी

~शिशिर परियार~Shishir Pariyar

उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । साँझहरु प्रेमिल लाग्नथालेका थिए । त्यस्तै डुब्नलागेको घामलार्ई भोलि उदाउन आग्रह गर्नथालेकी थिई ऊ । फूलहरुले ढपक्कै ढाकेका पैयुँका छायामुनि पल्टिएर सुन्दर प्रेमका कविताहरु लेख्नथालेकी थिई ऊ । पुतलीको चञ्चलताहरुदेखि इष्र्या गर्नथालेकी थिई । उसका आँखाहरुमा मैले प्रेमका अंकुरहरु टुसाएको देखेको धेरै भएको थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनमा माया सम्मान

~ठाकुर मान लामा~Thakur Man Lama

मनमा माया, सम्मान जागृत गराउने हो भने
दरिला हाथमा पौरखी हात जुटाउने हो भने
निश्चय नै धरातल यो स्वर्ग बन्ने छ
जसरी माटोले पानीको स्पर्श पाउँदा
बाला धानका लहराउँने गर्दछ ।

थुप्रिएर रहेका मैला मनका फ्याँकिदिने हो भने
विभेदताका कालो पहाड उखेलिदिने हो भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना . . . . .

~गोदावरी कुमारी पाण्डेय~Godawari Kumari Pandey

यातायात् सुविधा हैन, विज्ञानको जाल ।
छानी-छानी के लैनोहै, कठै! पापी काल ।।

सब्का दाइ फर्की आए, तिहार आयो भणी।
मेरा आँखा आँशु दैव, तैले निको माणी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~Nabin Bibhas

‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला ।’

बसमा पाश्र्वगीतझैँ बजिरहेथ्यो :
चालै नपाई
आफ्नै रगत
अरूले बेचेपछि
के थाहा
आफ्नै रगतको
मूल्य कति थियो ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~dayamohan-acharya

आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो
सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो

लोकल पनि त आखिर रक्सी नै त होनी
“त्यस्को झोल” रेड लेभल पियर ठूलो Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : एक मङ्गलबासी घर पठाउँछ पोस्टकार्ड

~क्रेग रेइन~Craig Raine
अनु : सुरेश हाचेकाली

क्याक्स्टनहरू
बहुपङ्खले सज्जित प्राविधिक चरा हुन्
र तिनीहरूमध्ये केही
आफूमा अङ्कित विषयवस्तुका कारण मूल्यवान छन्
अरुलाई कति पनि दुःख नदिई
तिनीहरू आँखालाई पगाल्छन्
र शरीरलाई खुम्च्याउँछन्
चरा भएर पनि तिनीहरू उडेको देखिन्न
तर कहिलेकाही तिनीहरू हातमा बस्छन् । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

मुक्तक : लत लागेको छ

~निशा प्रतीक्षित~Nisha Pratikshit

तिम्रै यादहरुको यति मज्जासंग लत लागेको छ
बस! तिमीलाई नै सम्झिरहने आदत लागेको छ Continue reading →

Posted in मुक्तक | Tagged | 1 Comment

गीत : यो गाउँको ठिट्टो म

~प्रेम विनोद नन्दनPrem Binod Nandan

पहराको छातीबिच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भूल
यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

पीर व्याथा बोकिहिंड्ने कति साथी भेट्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छ तिम्रो र मेरो

~नीर शाह~Neer Shah

कहाँ छ तिम्रो र मेरो मिलनको बिन्दु
जब कि तिमीलाई टेक्न सुनको भूईं छ
मलाई ओत लाग्ने ठाउँसम्म छैन

बिचका यी पर्दा र पर्खालहरू
च्यातिनु पर्छ भत्किनु पर्छ
तर यी सब यो जुनीमा सम्भव नै छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म ज्वाला पिउँदैछु

~भाष्करराज राजकर्णिकार~Bhaskar Raj Rajkarnikar

निलेर आगो म ज्वाला पिउँदैछु
आफैभित्र म कुन युद्ध लड्दैछु

जितेरै पनि कुन भूमि टेकु म ?
आफै हारेर कुन जीत रोजु म ?

कति गर्व जति छ यो स्वदेशको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : म निदाएको छैन

~मातृका पोखरेल~Matrika Pokhrel

मोबाईलवाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुम्बासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँवाट प्राप्त भैसकेको थियो ।

“यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ ।” मैले सूचना पाउने वित्तिक्कै प्रतिक्रिया दिएको थिएँ ।

“अब यो पार्टी हाम्रो रहेन । जनताको पार्टी रहेन ।” पार्टीका नेताहरुलाई चुनौती दिंदै भनेको थिएँ मैले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्नः सुखानीको

~देवी नेपाल~Devi Nepal

खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ?
खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ?
आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ?
खै ! ‘नारायण’को त्याग ? आस्था पर्दै छ धारमा ।

औँला पाँच भए साथ मुट्ठी बन्दछ शक्तिको
शिर पाँच भए पूर्ण वेग चल्छ विचारको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : रसाएको नयन

~आरती केसी~Aarati KC

रसाएको नयन बसाएको मन
तिर्सनामा पो रैछ पत्तै छैन झन!
मिलनको आशामा पलपल तड्पिएर Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अदृष्टि,अवाद अनि अकविता

~बिबश बिप्र~Bi pra

अदृष्टि,अवाद अनि अकविता
दृष्टिहरु आँखाका लागि ।
आँखा अदृष्टिका खातिर ।

सभ्यताको कठघरामा
अर्धनग्न मेरो घाट
आफ्नैँ छातीको उतारचढाव देख्न चाहन्छ ।

आँखाहरु अदृष्टिका खातिर …..
ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण । Continue reading →

Posted in कविता | Tagged | Leave a comment