संस्मरण : लाहुरे फूलहरुलाई सम्झँदै

~ईश्वर चाम्लिङ~

सम्झनाहरुको के कुरा र ? सम्झनाले त पलभरमै निथ्रुक्क रुझाई दिन सक्छ । वर्षाको दर्के पानीले झैं वा उडाई लान पनि सक्दछ, चैत-बैशाखको हुरीले सुकेका पातहरु उडाएझैं । न यसको आउने कुनै क्रम नै हुन्छ, न त यसलाई इतिहास झैं क्रमैसँग राख्ने नै गरिन्छ । यद्यपि सँगालिन्छन् सम्झनाहरुलाई सबैको मनभरि, मुटुभरि र कहिलेकाही सम्झने गरिन्छ, बितेका पलहरु आखाभरि । सायद त्यसैले सम्झना एक अलिखित इतिहास हो, जसलाई जुनबेला र जहाँबाट पनि पढ्न सकिन्छ, देख्न सकिन्छ वा सम्झन सकिन्छ । सम्झना मेरो विचारमा मूलको पानी जस्तै हुन्छ । हरेक पलहरु बित्दै जाँदा सम्झनाहरु पनि यसै बन्दै जान्छन् । मूलको पानी उम्रन्छ र बग्दैबग्दै सागरमा पुग्दछ । सम्झना पनि त्यसरी नै जीवनको Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जलेको छ देश मा

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

गाउँ अन्धकार छ शहर, जलेको छ देश मा
बिकाश निर्माण बिना प्रहर, ढलेको छ देश मा

बाटो, पुल त्यो बन्छ भन्थे, खोई त बनिए
उल्टै भत्की जन लहर , गलेको छ देश मा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : फर्कँदैछु आमा अब म

~राजेन्द्र कुमार थापा~

संविधान-सभाको नतिजा हेरेँ,
महिलाको अत्यधिक सहभागिता देखेँ,
नयाँ नेपालको नयाँपन ठान्दै भनेँ-
‘दिदी-बहिनीहरु, तिम्रा आँट तथा हौसलालाई सलाम !’
संविधान-सभाको नतिजा हेरेँ,
जनताको सर्वोपरि सत्य रुप देखेँ,
नयाँ नेपालको आधार खण्ड मान्दै भनेँ-
‘स्वदेशी वन्धुहरु, तिम्रा प्रकट फैसलालाई सलाम !’

कहाँबाट शुरु गरौँ ? कताबाट थुम्थुम्याऊँ ?
आप्रवासी जीवन भोग्ने क्रममा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बरु धावा नै बोल न प्रिय !

~नीर खड्का~

बरु धावा नै बोल न प्रिय !
के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ?
म हारेर लम्पसारिएको होइन,
पराजिताको पराधीन मानसभित्र
लम्पसार पर्नुको नियति भोगेको पनि होइन,
त्यो त समय हो, जसको चक्रपथमा
नियतिले यो पल्ट फड्का खाएको छ ।
भावनाको अकर्मण्यताले गर्दा
विवश म निराधर पल्टेको हुँला, सायद !
बरु घोँची नै हाल न भालाले प्रिय ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष गर यहीं

~ठाकुर मान लामा~ Thakur Man Lama

ए बाबु !
अब तिमीले कतै जानु पर्दैन रे ।
तिम्रो सपना फुल्नलाई,
अन्तै कतै भूमि खोज्नु पर्दैन रे ।

ए बाबु !
अब तिमी आफ्नो शीप,
यही माटोमा छर्न सक्छौ रे !
परिश्रमको एक एक पसिना,
मोतीका रुपमा भर्न सक्छौ रे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालका प्रथम राष्ट्रपतिहरु

~मोती चाम्लिङ~

लिगलिग कोटको दौडजस्तै

लाखौंबाट छानिएका धावकहरु

उछिन-पाछिन धकेलेर

खुट्टा खुट्टामा छिर्के हालेर

तँछाड-मछाडको स्पर्धामा

हतास दौडिरहेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो संस्कार

~रामकृष्ण वान्तवा~

प्राणीमध्ये बुद्धि-विवेक भएको मानिस
बुद्धि भएर गर्दैन पुण्य किन मानिस ?

धेरै छ यहाँ गर्ने गरी कुनै साध्य छैन
केही गरी जाऊँ, जन्मेर मर्नु मात्र हैन
प्राणी जन्मेर मर्नु त संसारको रीतै हो
अमर नाम राखी जानु अति नै राम्रो हो
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर हिंड्ने बाटो

~सन्जिव राई~Sanjeev Rai

उर्लिरहेका थिए
एक हूल आवाजका हिंस्रक लहरहरू
आक्रोशको समूद्रमा

…

किंकर्तब्यबिमूढभई टोलाएर हेरिरहेका थिए
चालकहरू,पसलेहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : उत्तर आधुनिकता भत्केको-साकेला

~देश सुब्बा~Desh Subba

म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोसान पहाडमा किराँत राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किराँत जातिहरूको । यो एउटा नेपालका आदिवासीहरूले आदिम कालदेखि बचाएर ल्याएको गर्वको पर्व हो । मानव इतिहासको विकासक्रममा प्रारम्भिक काल, आधुनिककाल, उत्तर आधुनिक काल नालीबेली पर्दै, विभिन्न घुम्तीहरू काट्दै यो पर्व यहाँसम्म आइपुगेको छ । यस पर्वमा विभिन्न जातजाति, विभिन्न पेशा, साथीभाइ, आफन्त इष्टमित्रको भेटघाट हुने गर्छ । यो एउटा आदिवासी जनजातिहरूको प्रतिभाको प्रदर्शनको थलो पनि हो । त्यसैले यस Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

~राजा पुनियानी ~Raja Puniyani

संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो।
तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको।
रगत जति बाटै-बाटो झरिसकेपछि
कठ्याङ्ग्रिएको नसा छ उसको।
बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो
जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ उम्रेको छ।
यो हो कश्मीर।

आजादी तिम्रो हक हो बाबु – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरेको छैन

~अनिल किराती~Anil Kirati

पहाड झरेको छ ममाथि
घर भत्किएको छ
ढुङ्गा माटोले पुरिएको छु म
छुट्टिन लागेका छन् शरीरबाट –
हात, खुट्टा र टाउको
घोचिएको छ काठका चोइटाले
कोखा, तिघ्रा र कम्मर
नङको फेद, गीजा र कुर्कुच्चाबाट
बगेको छ रगत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~साँझ किराती~

ऊ साह्रै खराब छ
यसो पनि के भनिहाल्नु !
यो दुनियाँमा झुठो बोल्ने
ऊ एक्लो मान्छे हुँदै होइन
सायद सत्य बोल्नु
उकालो चढ्नु जस्तै हो क्यारे !
बरू झुट नै सही
ओरालै झरिरहन्छ,
मान्छे ।

साह्रै घाती छ ऊ
यसो त झन के भन्नु र !
यसो गर्छु भनेर त्यसो नगरेको न हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रन्थ सूचि

~विमल कोइराला~Dr Bimal Koirala

अनुसन्धानको सिलसिलामा
पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी
आफूभित्र हराएर
बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ,
उसले तयार पारेको सूचिभित्र
सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : छक्क

~गोबिन्दबाबु तिवारी~Govinda Babu Tiwari

भातसात खाएर घरका सबैजना टिभीमा झुम्मिरहेका थिए, अचानक घरका बुढा घुप्लुक्क ढले । मुर्छा परे खैलाबैला भो, रुवावासी चल्यो । सवै अक्क न बक्क भए । के गर्ने, कसो गर्ने ? यस्तैमा झट्ट बुढी कराइन् – डाक्टर बोलाओ, डाक्टर

यो आवाजले सबै झल्याँस्स भए र जेठाले तत्कालै फोन उठाइहाल्यो । तर अक्मकियो । किनकि उ त डाक्टरको फोन नम्वर थाहा नभइकनै फोन समात्न पुगेको थियो । त्यसपछि उ पनि चिच्याउन थाल्यो – होइन कुन डाक्टरलाई बोलाउने हो र ? नम्वर कति हो ? जवाफ कतैबाट आएन ।

यस्तैमा फेरि बुढी कराइन् – होइन के को कुन् डाक्टर र नम्वरको कुरा गरी राख्या भन्या ? एउटा लाठे दौडेर गएर डाक्टर बोलाएर ल्याउन सक्दैनौ ?

बुढीको आद्रस्वर सकिंदा नसकिंदै साँहिलाले फाल ठोक्यो । करिब आधा घण्टा पश्चात एउटा डाक्टरलाई सँगै लिएर आइपुग्यो । घरका सवै जना केही आश्वस्त भए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो कोशी

~लक्ष्मी गौडेल~Laxmi Gaudel

तराईका बिशाल फाँटहरुमा
पौरखीका पाखुरा
साहसीका आँटहरुमा
तिमी बिना बन्देज बग्थ्यौ भने
मेरो कोशी
तिमी पहेलापुर धान फलाउँथ्यौ
लटरम्म तोरी फलाउँथ्यौ

तिमी नहर बनेर गर्हाहरुमा
तिमी अदृश्य शक्ति बनेर
टाँगिएका सराहरुमा
मेरो कोशी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक संकल्प

~सागर तामाङ ~Sagar Tamang

_फुटेका
सपनाका टुक्राहरु बटुलेर …
मलाई बनाउँनु छ एउटा तारा
र
सजाउनु छ
त्यो मनको निलो आकाशमा ।
_झरेका
आँशुका थोपाहरु अञ्जुलीमा थमाएर
मलाई बनाउँनु छ
त्यो हृदयको मझेरिमा एउटा तलाउ
र
फुलाउनु छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी याङ्सिला र घर

~रिना बम्जन ‘तामाङ’~Rina Bamjan 'Tamang'_1

प्रकृतिले लुटेको…
बैशाख बाह्रसँगै
बस्तीहरूमा
ठूलो
मानव नरसंहार
लाशहरूको लस्कर
सपनाहरूको
निमेषमै
कन्त बिजोक ।
हूरीले खच्याखुच्युक
बनाएको,
मुसलधारे बर्षाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~आशिष दनाई~Ashish Danai

यो ‘कंकृट’हरुको जंगलमा,
पिल्लरहरु जस्तै
उभिएका छन् मान्छे,
‘कंकृट’लनैे बनेको चार पर्खालभित्र
एउटा सोफा छ,
एउटा ‘लो-बेड’ छ,
र छन् एक थान कुर्षी-टेबलहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-2

~गोरख पांडेय~Gorakh Pandey
अनु : चन्द्र गुरुङ

यसपटक दंगाफसाद निकै ठूलो थियो
निकै परेको थियो
रगतको वर्षा Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मृत्युबोध

~माधव मूल~Madhab Mul

मेरो मृत्युपश्चात्
बीचमै म भट्किरहेछु
कतिञ्जेल यो अवस्थामा म भइरहनेछु
थाहा भएन विचरा म
मेरो आफ्ना घरपरिवार
शेषपछिको ममाथि
मृतात्माको पूर्णतामा लागिरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दिलमा हिलो भैदिए

~कमल संघर्ष~Kamal Sangharsha

कमल बनिदिन्थे त्यो दिलमा हिलो भैदिए
यो जिन्दगीलाइ फेर्न यति सजिलो भैदिए

भित्तामा टाङ्गिएको घडि बिग्रिएको रहेछ
म पनि समय संगै चल्ने मान्छे ढिलो भैदिए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : धड्क्यो सास छातिभित्र

~अनिल थापा~Anil Thapa

आयौ तिमी र पो धड्क्यो सास छातिभित्र
जाग्दै गयो नयाँ नौलो आस छातिभित्र

जाग्दै छ चाह आँधी बढ्दै छ आँट खोला
उत्साहको बढ्यो न्यानो रास छातिभित्र Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : ब्याक टू बागेश्वरी

~पुरुषोत्तम लम्साल~

अरुको मनको कुरा म जान्दिन तर मलाई के लाग्छ भने सात समुद्रपारी आएदेखि मलाई नेपालमा मनाइने कुनै पनि चाडपर्व यहाँ मनाउन नपरिदिए हुन्थ्यो भन्ने लाग्छ । हिजो पनि आज पनि । मनजति सबै थातथलोमा राखेर यहाँ पर्वको उल्लास मनाउनुको अर्थ म देख्दिन । जहाँ रहर हँदैन त्यहाँ उल्लास र उमंग खोज्नु मेरो लागि ठीक होइन । देश परदेश जहाँ भए पनि आफ्नो संस्कृति हो भन्नेहरुको तर्कलाई मैले प्रतिवाद Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : बुचर चिकित्सा

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

‘तपाईंको बच्चा एकदम गम्भीर छ । तुरुन्त आइसियुमा भर्ना गर्नुपर्दछ ।’ डाक्टर बुचरले उसको सातोपुत्लो उडाए ।

‘उसको आँखा हल्का पहेंलो भएर मात्र देखाउन ल्याएको हँु । बाबु हिँडेरै आएको हो । किन आइसियुमा भर्ना गर्ने ?’ उसले आफ्नो तर्क राख्यो ।

‘तपाईं डाक्टर कि म डाक्टर ? तपाईंको बच्चालाई जुनसुकै बेला जे पनि हुन सक्छ । तपाईं त्यसको जिम्मेवारी लिनुहुन्छ ?’ डाक्टर बुचरको भनाइले उसलाई डर लाग्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : Intriguing disconnection

~Rajan Kafle~

An enchanting repartee
Between you and me
Was stopping the ticking clock
And calming my living block
Utter silence and tranquillity around
Simply the echoes of a soothing sound
Came from the wires as we proceeded
And my heart only conceded
To the sweetness of a nightingale tone
As if there was no tomorrow to come
As if my metabolism needed no rest
I was in a mood to wait and wait
To listen the sound waves from wires
That struck and echoed in my ears Continue reading →

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : भोटे कुकुर र फुच्चे खरायो

~सुशीला प्रधानाङ्ग~

बिहानको चिसो हावामा फुच्चे खरायो लुसुक्क नजिकैको गाजरबारीमा गयो र किसानले भर्खरै उखेलेर थुपारेको गाजरबाट एउटा गाजर मुखले च्यापेर बारी पछाडि गई कुतुरकुतुर खान थाल्यो। त्यो देखेर किसानको भोटे कुकुरलाई रिस उठ्यो। उसले खरायो बसेको तिर हेर्दै भुक्न थाल्यो ‘भो…भो…भो।’

भोटेले भुकेको देखेर किसानले यताउता हेर्दै भने, ‘भोटे ! किन भुक्दैछौं ?       मैले त केही देख्दिनँ।’ भोटेले किसानको कुराको वास्ता गरेन । उसले बारीतिर पस्ने ठाउँमा आएर ओहोरदोहोर गर्दै झन् बेस्सरि भुक्न थाल्यो, ‘भो…भो…भोंऔंऔंऔं।’ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : रैकरी देखि रैथाने सम्म

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

बन्डलै बन्डल मायाको ठेली भित्र
कतै एक पन्ना पहाडे कागजमा
बाँसको कप्टेरोले लेखिएको
‘म’ऐलानी जग्गाको भरपाई हुँदो हुँ !
एक पुरानू खेस्रा, मेटिन लागेका
रैकरी अक्षरहरुको अस्तित्व……’म’
An ancient ego.

अब ! विस्तारै आधुनिक डिजिटल
खबटाभित्र प्रवेश गरि
जिवनका खुसीहरु सर्च गर्दैछु
र भन्छु तिमी पनि त्यसै गर l
कि गिदी भित्रका बेकामे कुकिजहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना हीनता

~लालकाजी श्रेष्ठ “कमल”~

हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू
म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ काठमाण्डू !

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

आफ्नै चेतनाका किरणहरूको स्पर्शबाट म ब्यूँझेको छु
र, तिमीलाई भन्दै छु
ओ काठमाण्डू !
सिँगान
खकार
थुक
र मलमूत्रले आल्हादित छौ तिमी ।

कसले काटिदियो तिम्रो हात ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~अनुराधा पाण्डेय~

हत्या हिंसा आतंकले दन्किएको आगो ।
शान्तिको महल बल्यो चाहियो शीतल हाँगो ।।

अन्धकारमा देश डुब्यो खोजौँ अब ज्योति ।
धेरै नष्ट गरिसक्यौ रोकौँ अब क्षति ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~O Henry

पिचर, ब्रोकर हार्भी म्यक्सवेलको निजी कारिन्दा हो। उसले अन्नदाता म्याक्सवेल साढे नौमा जवान सेक्रेटेरी लिस्लीसँगै कार्यालयभित्र छिर्‍यो र यस्सो आँखा उठाएर हेर्‍यो। मुखबाट निस्केको ‘गुड मर्निङ् पिचर’ अभिवादन सँगसँगै म्यक्सवेल आफ्नो टेबलतिर हुर्रियो। यस्तो लग्थ्यो उसले टेबललाई नै एक फड्को मार्दैछ। अनि ऊ टेबलमाथिका चिट्ठी र टेल्रि्रामको थुप्रोतिर बढ्यो जुन उसकै प्रतीक्षामा थिए। Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

कविता : पुरुष

~उर्मिला थपलिया~Urmila Thapaliya

ऊ पुरुष
तिमी पुरुष
तपाईं पुरुष
हजुर पुरुष
मात्र सम्बोधन फरक । Continue reading →

Posted in कविता | Tagged | Leave a comment