कविता : तिमी जलिरहँदा ……….!

~विजया ‘स्मृति’~

दृढविश्‍वास, कर्तव्यनिष्ठ- भई
शान्तिको मार्ग रोज्दै
कर्मभूमिमा खटिएका तिमी
अहोरात्र सेवामै सक्रिय थियौं।
वैशाख १२ को विपत्तिमा होस्
या कैलाली डुवानमा पर्दा
ज्यानको वाजी थापेर
रक्षक तिमी नै बनेका थियौं।

आन्दोलनको हिंसात्मक ताण्डव नृत्यमा देश डुबिरहँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकीको बलेनीभित्र अटाउँछौ कति ?

~यशोदा पोख्रेल~Yasoda Pokharel

झुपडीको मालिक बन्ने रहरमा, छिमेकीको पिछा गर्छौ कति ?
छिमेकीको ढुंगा पन्छाउन, आफ्नै झुपडीमा ढुंगा फाल्छौ कति ?

ढुङ्गाले थिचिएको झुपडीको, मालिक बनेर गर्छौ के तिमी ?
आफ्नो झुपडीको छाना नै धुजा धुजा पारेर ओत लाग्छौ कहाँ तिमी ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा नानीहरुलाई

~मीन बहादुर विष्ट~Min Bahadur Bishta

तिम्रा नानीहरुलाई
देशको नाम भन्न सिकाऊ
देशको नाम लेख्न सिकाऊ
देशको मानचित्र कोर्न सिकाऊ

पाखुराहरुबाट
रगतका केही थोपाहरु झिक्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डेराबाट यहाँ स्थाई घरमा बसाई सर्दै

चाँडै नै “साहित्य संग्रहालय” आफ्नो डेराबाट यहाँ स्थाई घरमा बसाई सर्दै छ । कृपया प्रतिक्षा गर्नु होला ।

– साहित्य संग्रहालय

Posted in Misc | Leave a comment

व्यङ्ग्य कविता : म बिरामी छु

~भरतकुमार भट्टराई~Bharat Kumar Bhattarai

साथी ! ओ साथी !
म बिरामी छु
साँच्चै साथी
म असाध्यै बिरामी छु
भुइँचालाले भर्खरै मेरो भकारी रित्तो बनाइदिएको छ
सत्ताको हुचिलले दिउँसै देशको भकारी लुटिदिएको छ
ठूलाघरेहरूबाट दिनरात गिद्धका तिखा नङ्ग्राहरू प्रदर्शित छन्
मेरो प्यारो धर्तीमा सभाभित्र बाँदरहरूका गरिबी खेल मञ्चित छन्
म जनता काकाकुल आशामा पेटपालो हुने दुर्दिन गनेर बसेको छु
साथी ! ओ साथी !
म बिरामी छु
साँच्चै साथी
म ज्यादै सिकिस्त छु । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

बाजा एकतालमा एकैनाशले बजिरहेछ ।

उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ?

दोश्रो कुरा फेरि उसलाई के छ भने उसको अनुहार जात्राको मुकुण्डोले छोपिएको कारण आफ्नो सुपरिचित सभ्य समूहबाट एकदमै नचिनिने ग्यारेण्टीले एकदमै निर्धक्क नाच्न सक्दछ । उसले निकै बेरसम्म मनचाहे नाच नाच्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनको आवाज

~सौरभ कारन्जित ~Saurav Karanjit

मुहारले नभए नि ब्यबहारले पिडा खोल्दछ
आवाज नभए नि आंसुले दु:ख ब्यथा बोल्दछ ।
अरुको दु:ख उसैले बुझ्छ, जस्ले भोगेको हुन्छ
कसैको बगेको आंसुले कोही कसैलाई पोल्दछ ।।

गलत मित्र लाई लाग्दो हो, सधैं नै जांच्न पाए हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा जीवन गीत

~दिपा राई पुन~Deepa Rai Pun

आफ्नै छात्तिको समुन्द्रमा
छालहरू उर्लिएर
ठोकिएको छ मनको किनारमा
चोटको मिठो तरड्ग
फैलिएको छ
एक पछि अर्को
यी सम्झनाहरू नै
समयका डोबहरू हुन्
आफ्नो अस्तित्वको एक झिल्का
आफ्नोत्वको अमिट अभिलेख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गज़ल : डसेका डस्यै छन्

~कोमल भट्ट~Komal Bhatta

छिमेकीहरूले डसेका डस्यै छन्
सधैँ तीक्ष्ण छुरी धसेका धस्यै छन् ll

निजी स्वार्थ मात्रै छ नेताहरूमा
रिझाएर चिल्लो घसेका घस्यै छन् ll Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नकाबभित्र ‘तिमी’

~विजया सिम्खडा~

छरपष्ट छन् भत्किएका जीवनहरु
बिना जगको भव्य महलको कल्पनामा
जान्दिन म, कठै जिउछन कसरी
खोक्रिएको अजीर्ण त्यो कल्पनामा

ढलिसक्यो अगावै तिम्रो आडम्वर पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मनका तरंगहरू — पाल्पाली माटोका कविता

~देवेन्द्र पौडेल~

मोफसलबाट विभिन्न बान्कीका छन्दोबद्ध कविताको सँगालो पस्केर पहिलोपटक काव्य फाँटमा देखा परेका छन् सरोजप्रसाद नेपाल । राष्ट्रप्रतिको असीम माया, जीवनप्रतिको अथाह प्रेम, जीवन भोगाइका तीतामीठा पल, प्रकृतिप्रेम, मानवता र लोककल्याणकारी शान्ति समर्पित आत्मज्ञानलाई मुख्य रूपमा मनका तरंगहरूले प्रतिविम्बित गर्न खोजेका छन् । कविताभित्र नेपाली समाज र नेपाली प्रकृतिको चित्रण गर्न Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

Story : The Cruel Rule of Economics

~Bishwaraj Adhikari~Bishwa Raj Adhikari

My friend and I were riding horse while the owner of the horse was holding the bridle and walking behind us. It wasn’t a pleasant journey for me. As a soft hearted person, I could barely tolerate the fact that the poor horse owner was walking while we were enjoying the ride. Continue reading →

Posted in Story | Tagged | Leave a comment

संस्मरण : स्कुल हडताल अनि सांस्कृतिक क्रान्ति

~जीवन क्षेत्री~Jiwan Kshetry

पारिपट्टि बारीको डिलमा हेडसर र टुकनाथ सर देखा पर्नुभयो । मेरो मुटु काँप्यो । म ऊबेला त्यसै पनि काफर थिएँ तर यति सारो मुटुचाहिँ अरू बेला विरलै काँप्थ्यो । सरलाई देख्दा विद्यार्थी डराउनु अनौठो होइन । अझ हातमा लट्ठी नखाने विद्यार्थी विरलै हुने हाम्रो समयमा सरहरूको हप्कीदप्की र कुटाइ सामान्य कुरा थिए । तर, त्यस दिन मेरो मुटु काँप्ने कारण अर्कै थियो । केही दिनदेखि हामीविद्यार्थी हडतालमा उत्रिएका थियौँ । अघिल्लो दिन मात्र सबै शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अफिस कोठामा दिनभर थुनेका थियौँ । पठनपाठन ठप्प थियो । आन्तरिक परीक्षामा बसेका सीमित विद्यार्थीको समेत कापी खोसेर च्यातिदिएपछि परीक्षा नै स्थगित भएको थियो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

अनूदित छोक : कुर्सी

~गोरख पांडेय~Gorakh Pandey
अनु : चन्द्र गुरुङ

जबसम्म ऊ भुइँमा थियो
कुर्सी नराम्रो थियो
कुर्सी पाउने बित्तिकै उसलाई Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : माटोको चित्कार

~मिरा प्रसाई शर्मा~Mira Prasai Sharma

रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो
लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले
मात्रीवात्सल्य च्वास्स च्वास्स घोच्यो ।

विश्वाश दुर्घटित भएर
मेरो देशको माटो आशुमा लपेटिएकोछ ।

शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर
बगाई रहेकोछ मेरो देश् निरन्तर्
म भित्रको मात्रीत्वको निर्मम हत्या भएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : म बिदा भएँ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

के यसरी भनिन्छ ? म बिदा भएँ
जान दिउँ या रोकुँ दुविधा भएँ

गए यदि छोडेर दोधारै तिमी
म के सोचुँ छ बन्धन या रिहा भएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~Bipul Sijapati

‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा सल्बलाईरहेका जुठेका औंला रोकाइ मुख खोलाउन सकेनँ ।

‘बा sss, हाम्रो पानी चल्दैन रे हो ?’

‘खै sss, त्यसै भन्छन्,’ बल्ल जुठेको वाक्य खुल्यो ।

‘बा, तिमी त सधैँ दर्वाराँ सनाई बजाउन जान्छौ, पानी चलाइ माग न ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वीको छायाँ

~राशि पाण्डे~Rashi Pande_1

आकाश रातो हुन लगेको छ
आकाशमा आगो लागेको छ
यो सूर्योदय वा सूर्यास्तको लाली होइन
नवविवाहिताको सिउँदोमा
घोप्टाइएको सिँदुर पनि होइन
वसन्तपूर्णेको उल्लासपूर्ण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सुकीजाने मुल तिमी

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

डुबीजाने घाम रहिछौ, सुकीजाने मुल तिमी
झझल्कोमा सँधै आउने,रहिछौ मिठो भुल तिमी!!

के भरोसा रह्यो अब, मुहान सुकी गए पछी
रित्तो भएँ खाली-खाली, आँशु लुटी लगे पछी
तिम्रै लागि रोइ दिएँ, आँशुको मूल सुक्यो मेरो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छेस्का : खोज्ने तिमी निहुँ

~रमेश पल्लव~Ramesh Pallav

आजकाल सधैंभरि आउँछौ किन राति
आफूचाहि पर्खी बस्ने तिम्रै कुरा माथि

दिनभरि अर्कैसित गर्छौ बाई-बाई Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

कविता : मृत ईश्वरको नाममा

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

जब मन्दिरबाट,
जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै
क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ्
र, म
चेतनालाई छोपेर ढुकढुकीले
रामनाम जपिरहन्छु ।
जब चर्चको आँखी झ्यालहरुबाट
फुत्त-फुत्त निस्किएर झन्कार संगीतको
फैलिएर हावाको तरङ्गमा
पातहरुलाई नचाउन थाल्छ
र, म
एक जोडा बन्द आँखा भित्र
क्राइस्ट चियाउँछु ।
जब मज्जिदहरुको भित्तोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अचेल पिउन थाल्नु भएछ

~भूपेन्द्र महत~Bhupendra Mahat_1

मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~Manu Brajaki

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो।

‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, के ल्याएँ आज।’

अन्नपूर्णा देखा परी।

भव्य भएको भग्नावशेषझैं देखा परी। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लखरी मन

~चन्द्र ज्योति~Chandra Jyoti

लखरी मन,
कहिले हाँस्छ,
कहिले रुन्छ,
यसको कुनै ठेगान छैन,
कति बेला के गर्ने हो !
कहिले चङ्गा जस्तै उड्छ ।
कहिले धागो झैं चुड्छ,
छिनमै विस्मात, छिनमै निरस
कुनै टुङ्गो छैन यसको ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : साथ पनि दियो

~कविराज मगर~Kabiraj Magar

जिन्दगीमा पिरतीले साथ पनि दियो
लड्दा खेरी समाउने हात पनि दियो ।

कैले काहिँ रमाएर खुशी हुँदा खेरी
उमङ्गले भरिएको मात पनि दियो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गज़ल : दुखाइ दिन्छु

~कोमल भट्ट~Komal Bhatta

दुख्दछ जिन्दगी दुखाइ दिन्छु
आँसु छ नेत्रमा चुहाइ दिन्छु

रात र दिन नै भयो अशान्ति
सक्दिन हाँस्न नै रुवाइ दिन्छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : नौ महिना कोखमा नराख्दाको पीडा

~चित्रकला विवश~Chitrakala Biwash

आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : प्रतिद्धन्द

~डा.बिनोद मणि बराल~

सँझना आउँंछ उस्लाई त्यो रुखो रातमाटे डाँडाको, जँगलको नाममा धमीराले खाएर आज हो कि भोली भन्ने नेपालको अर्थ बजेटजस्तै ढलीजाने आभाष लिई निभ्ने बेलाको बत्तिजस्तै संंघर्ष गरिरहेका ब्याँलेले चूसीएका सालघारी भएका पखेरुहरुको, मान्छेको नाममा बसांई सर्न समेत नसक्ने भई सानो चून्ते झोपडीभित्र जिन्दगीका अन्तिम क्षणहरु खोलाका गड्तिरमा बिताईरहेका माझीहरुको,मान्छेले मायां मारेर छोडी गएपछि धेरै समयसम्म त्यो गोरेटोमा कोही नहिंड्दा सिस्नुघारीले मिचीसकेपछि टी.बी.को रोगी Continue reading →

Posted in लेख | Tagged | Leave a comment

तामाङ भाषी कविता : तामाङ ग्योइदा माया लाबा

~भिम दोंग तामाङ~Bhim Dong Tamang

तामाङ ग्योइदा माया लाबा
मोक्कोन छामे ब्योन दोर्जे
ह्राङ्लान रीमठीम छार्नालाअी
ह्राङलान ग्योइदा ज्येनालाअी………..।।

आज्याबा ठीमदा पोबारी Continue reading →

Posted in तामाङ कविता | Tagged | Leave a comment

लघुकथा : अग्रिम उपहार

~आचार्य प्रभा~acharya Prabha

आज रेजिनाको बेबी सावर । सबै साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती हो कत्ती ?

त्यही कार्यक्रममा रुपापनि आफ्नो ४ बर्षको छोरालाई लिएर आएकी छ ।

रुपा एक्ली आमा,श्रीमानको मृत्‍यु पस्चात टुहुरो छोरालाई लिएर परदेशमा दु:ख Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~पुष्प अधिकारी ‘अञ्जलि’~Pushpa Adhikari 'Anjali'

“हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ? केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् । भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो यो डेरामा मात्रै ? केटाकेटीहरू ठुला भैसके एउटा कोठामा साँघुरिएर अब कसरी चल्छ खै हजुरले केही सोच्नु भा छ ? खाली लेख्न पाए हून्छ कसैको वास्ता छैन् हजुरलाई ?” श्रीमती एकोहोरो फलाकी रहन्छिन ।

आशाकाजीलाई श्रीमतीको कुराले केहि प्रभाव पार्दैन । ऊ आफ्नै शुरमा लेखिरहन्छ । श्रीमती झन कराउन थाल्छिन । “हैन हजुरले किन नसुन्या भन्या रात दिन साहित्य भनेको छ दौडिएको छ ,घरमा हुँदा लेखेको लेख्यैछ समयमा पाकेको खाना पनि हिँउजस्तै नभै खान पाईँदैन न रातमा चाँडै सुत्न पाईन्छ म त दिक्दार भैसकेँ यसरी लेख्नुपर्ने मान्छेले त आफ्नो छुट्टै घर बनाउनु अनि पो कराइरहन्छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लधुकथा : बिदा

~साक्ष्यात सुशिल~Sakshyat Sushil

दाइले फर्स्ट डिभिजनमा एस. एल. सि. पास गर्दा दानुको माइलो भाई गोठालो जाने र भैसी चराउने पेशा मै ब्यस्त हुन्थ्यो, कती पटक गाँउले ले गाली गर्दा स्कुल जा पढनु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्दा रिसाउथ्यो रे, अह उसलाई कसैको आज्ञा को पालाना गर्नु पनि थिएन अनि ठुलो मान्छे बन्नु पनि थिएन हेर्दा हेर्दै समय पनि बितेको पनि पत्तै भएन दानु पढाई को सिलसिला मा दुइ चार देश धुम्दा पनि माइला लाई कहिलेई इश्य्रा जागेन आफु भन्दा सानु उमेर का सँगी साथी भाई हरु को प्रगती मा उसलाई कहिले पनि डाहा भ्एन साथी हरु आफ्नै कार चाडने हैसिएत का भै सके, तर उ भैसी चडेर भए पनि गाँउ घुम्यो जङ्ल र चारअन घुम्यो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment