कविता : जीवन आफैंमा एउटा सिंगो काव्य रहेछ.

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

गृष्मको धपधपी गर्मीलो दिन होस्
वा हिंउंंंदको कठयांग्रिने चीसो रात
अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा
लागिरहेछ हमेशा कविताको मात

पाखा कन्दरामा प्रतिध्वनित सुसेली
वा झरनाको मनमोहक झंंकार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : परदेश बाँस भयो

~प्रकाश जे धामी~Prakash J Dhami

जन्म भुमी डडेल्धुरा,परदेश बाँस भयो ।
कसो हो अभागी कर्म,सोचेर नास भयो ।।

दुर्गा मन्दिर दर्शन गर्या,सुख होला भणी ।
खाडी मुलुक दिन काट्नु,रात दिन गणि ।। Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : अस्तित्व थाङ्नाको

~सर्गमञ्जरी~Sargamanjari

ए दिदी, भन त
खै तिम्रो थाङ्ना भित्रको
आत्माको अस्तित्व
खै तिम्रो प्रसव पीडा
घुलेको मातृत्व
खै तिमीले जन्माएका
सन्तान-सन्तान बीचको भातृत्व
तिमी उसिनेको भातसरी
छरपष्ट छरिएको वर्तमान च्यापेर
जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा
पावामा ग्राम घटाउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : दुधकोशीको चिसो पानी

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

दुधकोशीको चिसो पानी प्यास लागि पिउँदा
जीवन मेरो वगर भयो तिम्रैं लागि जीउँदा

चौतारीमा पर्खिरहें, दोवाटोमा कुरिरहें
सारा आँखा बिछ्याएर आउने बाटो हेरिरहें
आँखाभरि बाँच्दो रैछ मनमा आशा छाउँदा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सँगै हो नि!

~आवाज शर्मा~

माया भन्नु बत्ती न हो लोभिने त सँगै हो नि !
पर्ख पर्ख हे पुतली होमिने त सँगै हो नि !!

यिनै दुई नजरभित्र हजार आशा बाँचेका छन् !
कतै हाँसो कतै आँशु पोखिने त सँगै हो नि !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जवाफ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

भो नहेर हस्तरेखा अनुमान हो जवाफ
म त बुझ्छु भाग्य कुर्नु अवसान हो जवाफ

यो त निधो धेर थोर मिहिनेत गर्नै पर्छ
प्रतियोगी दुनियाँमा पहिचान हो जवाफ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मायाँ गर्ने मन

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

यौटै थियो तिम्रो मेरो मायाँ गर्ने मन
के कुराले चोट पार्यो तिम्रो दिलमा भन !!

मेरो हाँसो तिमी थियौ मेरो आँशु तिमी
पीडा सबै भुल्थेँ मैले साथ हुँदा तिमी
यौटै थियो चोट लाग्दा दुख्ने हाम्रो तन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आजका मान्छेहरु

~नन्दलाल आचार्य~Nandalal Acharya_1

रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु
सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु
अर्काको मन बुझ्न खोज्ने मनहरु
थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो
नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु ।

कस्तो विडम्बना
के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ?
के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मनको दह धमिलिंदा….

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

आङमाथि चर्को घाम, छातीभित्र छाँया
मनको दह धमिलियो,सङ्लिएन माया

थाहै नपाई दुईटा मुटु, जले कतिखेर ?
धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर
आफ्नै जीवन जलाउने, भयो आफ्नै छाँया Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लगाएर ढोका

~विजय योजीत~Bijaya Yojit

धकेल्यो कसैले लगाएर ढोका
नदेखेर होला जुहारात पोका

कयौं चोट खाएँ लखेटेर हान्दा
गनेकाे छु मैले समेटेर खोका Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सावन अनि उनी

~निराजन प्रभात~Nirajan Prabhat

जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु …….र देश सम्म मेरो पिछा गर्नेछ
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछनयी पर……………देशी मन
हो
मेहन्दीको रंग भन्दा गाढा बस्नेछ माथिङ्गलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो बोझ केही हदमा

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

तिम्रो बोझ केही हदमा मैले पनि लिएकी छु
तिम्रो साथ भागय ठानी खुशीमा नै जिएकी छु

जीवनका हरेक मोडमा कुनै दिन नहौ टाढा
ठान तिमी टाढा हुँदा जह र मैले पिएकी छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : यो साँझ यो सुवास

~नीर शाह~Neer Shah

यो साँझ यो सुवास यो खुसीले रमाएको मन
यो गीत यो संगीत दिलभित्र उठेको उमंग
म भन्छु मायालु यो पिरतीको खेल हो

कल्पनाको रहर चल्छ मनै मनमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हतियार

~राजेश्वर कार्की~Rajeshwor Karki

सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ

र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यादहरु पठाएर

~निशा प्रतीक्षित~Nisha Pratikshit

बारबार सताउँछौ यार,यादहरु पठाएर
नगर भो ! अत्याचार, यादहरु पठाएर

जब तिमी बेस्सरी,धड्किन्छौ मुटुभित्र
ढुकढुकी गर्छ प्रहार, यादहरु पठाएर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : यताबाट बाहिरियो

~कपिल अन्जान~Kapil Anjan

जब उताबाट बाहिरियो, यताबाट बाहिरियो
जिन्दगी सङ्घर्ष हुदै शुन्यताबाट बाहिरियो

यो ससारमा घामको पनि अस्तित्व रहेनछ
घाम हेर्दा हेर्दै बिस्तारै छाताबाट बाहिरियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सिंगो धर्ती

~मनोज गजुरेल~Manoj Gajurel

धर्ती हाम्रो घर, आकास हाम्रो छाना
छानामुनी बरोबरी हामी सबै जना

रुवाण्डाका हुत्तु तुत्सी मेरा दाजुभाई
श्रीलंकामा जनता मर्दा चित्त दुख्छ मलाई
अप्रिmकाका काला हुन् कि अमृकाका गोरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई सम्झेर

~बाबु लामा~Babu Lama

खुशी भई बस्दैछु आज , तिमीलाई सम्झेर
हर्षले आकाश छोयो आज , तिमीलाई कल्पेर

सम्झना आउँछ ती दिनहरु , झलझली आखामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घरदेश र मन

~दीपा राई पुन~

Deepa Rai Pun

आमा ! दुख र कष्ट थियो तिमीसित
निको नहुने घाउ पनि थियो
आज प्रकृतिले मुटुमा चोट रोप्यो
तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर !

यो बिपत घडीमा
तिमी दुख्नु हुदैन आमा
कदाचित थाक्नु हुँदैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता–लेख्नु सुदूरका वेदनाहरु

~विम अनुज~Bikash Roka Magar 'Bim Anuj'

उराठ विराठ पहाडहरुमा
कू–प्रथाको भुमरीमा रुमल्लिरहेको छ—
सुन्दर सुदूर पश्चिम

सरापेझैँ नेपाललाई सतिले
सरापेकी छिन् देउकीले सुदूरलाई
मुक्त पार्न त्यो पाप सदासदा
तत्पर रहनू–प्रिय कवि मित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : हात हेर्ने कविता

~नवारुण भट्टाचार्य~Nabarun Bhattacharya
अनु : हरिगोविन्द लुइँटेल

बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य
बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य
हात हेर्ने कविता
म केवल कविता लेख्ने गर्छु
यो कुराको कुनै अर्थ छैन
कतिलाई सायद हाँसो उठ्ला
तर म हात हेर्न पनि जान्दछु ! Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गाउँ

~विमल निभा~Bimal Niva

यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौं भने

कवि विमल निभा
कवि विमल निभा
तिमीलाई थहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्ठ्यारो मान्छे

~विनोदविक्रम केसी~Binod Bikram KC

सजिलै त मलाई केही पनि चाहिँदैन
सजिलो त मलाई केही पनि गर्नु छैन !

सजिलो त
नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ
लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ
वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाबा

~जे पि दाहाल~J P Dahal

डाँडा काडाँ गुम्यौं बाबा,सपनीमा आज
पाँच वर्षभयो ग’को ताज भयो आज ।।

विहानीमा खोजे बाबा तस्वीरलाई छोएँे
भकानीयो मन मेरो घोप्टे परि रोएँ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : विकल्प

~टि पी मिश्र~TP Mishra

म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, हिरो देखिएको छु रे, मेरी सानीले खिसी गर्दै भनेको । सम्झिएँ आफ़्नो मौलिक पोसाकमा म मात्र के हामी सबै त्यस्तै राम्रा-राम्री, हिरो-हिरोनी देखिन्छौं नि । गुमाने ठुले त झन् म भन्दा नि कति हो कति राम्रा देखिएका छन् । सेतो दौरा-सुरुवाल, त्यस माथि कालो कोट छ– छुँदा पनि काट्ला जस्तो गरेर लगाएको स्त्री पत्तीको धार जस्तै देखिन्छ । सिरमा फेटा अनि कम्मरमा पोटुकि, त्यस भित्र गोर्खाली सिरुपाते खुकुरी बोकेका । घाम छोप्ने कालो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशविना

~ज्योति जंगल~Jyoti Jungle

अनावश्यक छौ
नआओ सपना मेरा आँखामा
दृष्टिहरू
मेरो देशको क्षितिजमा छोडिएका छन्
यहाँ विनादृश्यको म
बेठेगाना मात्र हुँ ।
चँुडिएको छु
म हुर्केको बोट त्यतै छाडेर,
पातमाथि राखेर मेरो सत्व
खसें कहाँ त्यसरी
एउटा बूढो पात जस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मरेकी हजुरआमाको अर्ति

~लक्ष्मण कार्की~ Laxman Karki

घिस्सिंदै घिस्सिंदै टिपेपनि
सुकाउन नसकेपछि रुङेर भट्टीमा रातभर
बेचियो काँचै
भित्रियो १५ हजार, १५ पाथी अलैंचीको ।।

त्यहि बगान जहाँ परारसम्म फल्थ्यो
सरदर १० मन अलैंची र भित्रिन्थ्यो १० लाख रुपैयाँ
तर पुर्याउन नसक्दा स्याहार
सालिन्दा हुँदैछ भ्यासेक्टोमी अलैंचीका बोटहरुको
कौडी बन्दैछ हिरा फलाउने बगान ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन देउ मलाई !

~सजना गुरूंग~Sajana Gurung

सक्छौ भने देशको माया भरिएको मन देउ मलाई !
नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई !

आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी
अलौकिक प्रेमपूर्ण शान्तिमय क्षण देउ मलाई ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : गलत

~टेक थजाली मगर~Tek Thajali Magar

मेरो गाउँमा आएर हैकम गर्ने तिम्रो शहर गलत
मेरो प्रगतीका पाईला रोक्न खोज्ने तिम्रो रहर गलत Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : डाँकाहरु छन

~मचिन्द्र तुम्वापो~

राजनितीमा सबै डाँकाहरु छन ।
कोहि भतिज कोहि काकाहरु छन ।

विचारले काँचा कचिला छन् तर
उमेरले वैतरणि पाकाहरु छन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निर्धा निमुखालाई राहत कहिले

~डा. हरिकुमार श्रेष्ठ~

उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति ।
त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता ।
दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी

~राजु पौडेल~Raju Poudel

अकिन्चन !
भयातुर रंगमंचमा रमाएको दर्शक
सु:ख छ,हाँसो छ, तर पटक्कै शान्ति छैन
मणि गुमेको सर्प जस्तो मानी हराएको …
स्वानिर्देशित योजना छैन
प्रतिशोधपूर्ण बिष बिनाको डसाई
रंग छैन जीवनको ,अनर्थपूर्ण प्रतिकार
बेतुकको तर्क बितर्क |
Continue reading →

Posted in कविता | Tagged | Leave a comment