लघुकथा : नियति

~यासिन राई~

पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, अलौकिक दृश्य … नियाल्दै म….
. . . घाँसको कस्सिलो भारी लिएर घर मुनिको काँल्ला उक्लदैथे मलाइ देख्न साथ् मेरो सानो छोरा चिच्याउन थाल्यो र रुन पनि । घाँसको भारी ठाँटीको अढयाउनेमा बिसाउदै सोधे के भयो छोरा ? किन यसरी रोएको तिमी ?
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : चिठी

~भ्लादीमिर भिसोत्स्की~Vladimir_Vysotsky
अनु. ज्ञान बहादुर छेत्री

मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन ।
त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर)
सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख ।
स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ ।

“के पिउँछौ ?” हामी त केही पनि पिउँदैनौं ।
घमाइलो मौसम छ तर हामीसित हिउँ मात्र छ । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : आहा ! ति दिन

~वरुण पोख्रेल~

राम्रोसंग पाक्न नपाएको आटो(मकैको च्याँख्ला)अनि मोहि-दुध तरकारि त कहिलेकाहिँ मुस्किलले भेटिन्थ्यो।बिहानको नौ बजिसकेको हुन्थ्यो।

बिहानै उठेर धारामा पानी लिन जाउ पालो कुर~~

अनि गाउँले आइमाइका घरायसि कुरा सुन~~ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : ए है निष्ठुरी साइला

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

ए है निष्ठुरी साइला तिमीले यो घरगाउँ विर्सदा
पुर्खौली सस्कृति रोयो साइला तिमी झिल्के भइ दिदा

विदेशियो साइला कोपिलाहरु कोइलीले गाउनै छोड्यो
बज्दैन साइला बिनायो मादल गाउँघरै शुन्य भो
सम्झना आउछ लोक भाकाको दशैं तिहार आइदिदा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Random romance

~Rajan Kafle~

When you were awake
You emerged by me
Like a pink daisy
And moved sideways
Like a serpentine
Before a snake charmer
You threw on me
Like you never cared yourself
Like you gave yourself up to me
Sublime you were
And it felt like being
In a sweet paradise Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : प्रलयमा ज्यूँदो प्रेम

~गण्डकीपुत्र~

आज अचानक
हरायो बादलको जङ्गल
र प्रकट भयो
विहानको तेज लिएर
आँगनमा फूलहरुको जुलुश
सुस्केराका सबै महाकाव्यमा
आगो सल्काएर
केवल कविताको मात्र बजायो
नविन सारङ्गी
र म जीवनको अप्ठ्यारो डिल पन्छाएर
सुटुक्क आँए तिम्रो ममताको सँघारमा
र रमायो हाम्रो मन
आफ्नै धैर्यताको लय समातेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : खुवा र बिरालो

~विनय कसजु~Binay Kasaju

पाँच पाथी अटाउने कराहीमा दूध भक्भक् उम्लिरहेको थियो । एउटा बिरालो दूधको कराहीको छेऊमा बसेर हेरिरहेको थियो । दूध बाक्लो भएर खुवाको मिठो बास आउन थालेको थियो । बिरालोले कराहीको बाक्लो दूध खान धेरै पटक कोसिस गर्‍यो, तर तातो बाफले पोलेर बिरालो म्याउँ गरेर पछि सथ्र्यो । कहिले दूध चिसो होला र खाउँला भनेर पर्खने धर्ैय उसँग थिएन, किनकि धरका बूढाबूढी आइपुगे भने उसले खुवाको Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : संबाद

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे !
” अंकल ! म त डाक्टर बन्ने ! ”
” अनि तिमी नि ? ”
” म त इन्जिनियर बन्ने ! ”
” तिमी ? ” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हिउँदको लामो रात

~रमेश सायन~Ramesh Sayaan

निदाउन सकिनँ !
जिन्दगीका स–साना गणितमा फसेँ !
किन घरधनीले दुई दिन अघि नै भाडा माग्यो
प्रेमिका किन बहाना बनाएर भेट्न आइन
किराना पसलेले किन उधारो पत्याएन
किन हिँड्यो माइक्रो बस रु. एक फिर्ता नगरी ?

कोल्टो फेरें !
आमालाइ एक्लै छाडेर किन हिँडेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : जाइतक टुकरी

~विनीत ठाकुर~Binit Thakur

जाइतक टुकरी नै ऊँच–नीच महान्
छी हम सब मैथिल मिथिला हमर शान

होइ छै एकेटा धरती एकेटा आकाश
पिवैत छी सबकिओ एकेटा बतास
चाहे ओ पंडित हो, पादरी आ खान Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कथा : आज केटा आउने रे

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। उसको बिबाह हुन सकेन भन्दैमा अरुको पनि रोक्न मिलेन नि हामीले। तिमीहरु मध्ये जसलाई मन परायो उसले र ऊ पनि मन पराउनेलाइ मन पर्यो भने एक हप्ता भित्रमै बिबाह गरिदिने। बिबाह गुहेस्वरी मन्दिरमा गर्ने। छिटो छरितो …………’। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बाटो फराक छ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

लक्ष्यतिर बढ्नेलाई गल्ली ,बाटो फराक छ
धैर्य , होश , जोश बिना जहिंतहीँ धराप छ

काँडा,धोका,निन्दा,घात अवरोध मात्र देख्छौ
सामना नै नगर भो कायर हो ! सराप छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य : कमरेट काठमाडौमा

~प्रकाश आस्था~

पहिलो रात

‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’। लामखुट्टेको आक्रमण थियो। आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्री निन्द्रा विथोल्न लामखुट्टेहरुको बगाल अर्को ‘टिँईँ आन्दोलन’मा थिए। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ‘पिस्कर’ अझै अनिँदो छ

~रामनाथ खनाल~Ramnath Khanal

आज फेरि यो छातीमा
पिस्कर चसक्क दुखेर आउँछ
पिस्कर त्यो भूमि जुन
इली र बीरबहादुर थामीहरुको रगतले
चुर्लुम्म भिजेथ्यो
महादेवस्थान किनारमा
माघेसंक्रान्तिको मध्यरात
निहत्था नागरिकमाथि
पञ्चायतले गरेथ्यो कत्लेआम
अकारणै भएथ्यो बन्दुक वर्षा
अनायसै जुन लुकेथ्यो बादलभित्रै
चराहरु गुँड छाडेर बाहिर
मानवता खोज्न निस्किएथे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तै बसाई सरे हुन्छ

~बाबु लामा~Babu Lama

म त ट्याक्टर जस्तै हिलोमा फसेको मान्छे
सुन्दर शहर तीर नखोजे हुन्छ !
सधै भगवनको नाम जप्ने गर्छु खै कुन
भगवानले सुन्छ ?

भो मायाँ लगाउछु नभन मलाई आस् देखाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मकैबारी लभ

~जोतारे धाइबा~Jotare Dhaiba

गर्मीले बाँसका सुकेका पात जसरी लुगा खोलेको थियो । बलौटे सडकमा बाफको रिदममा नाच्न मग्न थियो, नाङ्गै ।

भित्री मधेसमा पर्ने उदयपुर गर्मी मौसममा घाम उदाउनासाथै तापमा पुरिन्थ्यो । घामले निष्फिक्री डाम्न सक्ने खुला आँगनमा थियो स्कुल । स्कुलमा ब्याग बोक्ने चलन थिएन । सरकारी स्कुलको लोकतान्त्रिक पारा ∕ कम्मरमा पानीको गाग्री बोकेसरि किताब च्यापेर घर–स्कुल गरिन्थ्यो । त्यस्तैमा पसिनाले निथ्रुक्क भिजेर गाता र कतिपय भित्री पानाहरू बाटोमै हराउँथे, सतीदेवीको अंगपतन भएझैं । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आमा तिमी कहिले आउँछ्यौ ?

~श्लेष्मा क्षेत्री~

राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई लिन काही आएनन्। उनलाई अनायास आफ्नी आमाको सम्झना आयो, आमालाई नदेखेको एक वर्ष भएको थियो। उनकी आमा उनलाई धेरै माया गर्थिन्। बाबा भने धेरैजसो अफिसको कामले बाहिरै हुन्थे। त्यसैले बाबा र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रुदा देश धुरु धुरु

~डिल्लीप्रसाद खरेल~Dilli Prasad Kharel

रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ
चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ,

चारैतिर लासैलास अनि खुनको तालमा
हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : अँधेरी रातमा

~हिरण्य भोजपुरे~Capture3

अँधेरी रातमा जून बनेर आउनू
अँधेरी रातमा जून बनेर आउनू ।
कुहिरोको घुम्टो ओढेर
मीठो-मीठो मुस्कान छर्दै-छर्दै
मीठो-मीठो मुस्कान छर्दै-छर्दै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : प्रेम

~खालिल जीब्रान~Khalil Gibran
अनु : तेजेन्द्र निरुकोवा

जब कुनै पे्रमले तिमीलाई संकेत गर्छ
उनको बाटाहरु कठिन र भीरालो भएपनि
उसलाई पछाऊ
जब उसको पखेटाहरुले तिमीलाई छोप्न खोज्छन्
केहिगरी यसभित्रको लुकेको छुरीले तिमीलाई घाउ बनाएपनि
उनलाई समर्पण गर
जब उनी तिमीसंग बोल्छिन् Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : डा.केसीको पक्षमा

~विजयदेव भट्टराई~Bijaydev Bhattarai

माफियाको द्रव्य पचाउन
दलाली पाचक खाई सुतेको छ सरकार
अब डा.केसी चिन्दैन
तर पेटभित्रै औजार हालेर
सिलाएर मरेकी श्रीमतीका श्रीमानहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको नक्सा

~जितेन्द्र तुलाधर~Jitendra Tuladhar

दिन प्रतिदिन
साघुरिँदै गएको छ मेरो भूगोल
अतिक्रमणको घेरा भित्र घेरिएर
आज खुम्चिदैँछ मेरो राष्ट्र
गिद्धका गिद्धे नजरहरू बीच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्ति

~कला अनुरागी~Kala Anuragi

आफ्नै हृदयको मसीले
आफ्नो हक लेख्न
संविधानसभामा पुगेपछि
गर्वले कोटको खल्तीमाथि खिलेको
सभासद्को फुली झर्ने गरी
जब सोठ्यायो सत्ताको लौरोले
छिनमै रिसले फुल्दै
छिनमै निराशाले खुम्चदै
डेरा फर्केको सभासद् नातिलाई
हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए
र, भने– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि

~जे पि दाहाल~J P Dahal

तिमीले गर्दा नै मैले बाँच्न सिके
अनि
हिड्न सिकायौ,बोल्न सिकायौं
अप्ठारोमा पर्दा गुहार माग्न सिकायौं
संसार गोलो छ भनेर बुझन सिकायौं ।
तोतेबोलीमा गाउन सिकयौं,
गाउँदा गाउदै
लेख्न सिके, पढन सिके
सिक्दा सिक्दै आफ्नो बारेमा कविता लेख्न सिके
तिमिले गर्दा नै मैले बाँच्न सिके

भन्थेउँ आफ्नो खुट्टामा उभिन सिके Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खाडल

~माधव सयपत्री~Madhab Sayapatri

म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा भयो मैले थाहा पाइनँ। चिया पिएपछि उनीहरू गए। उनीहरू गएपछि बुबा-आमाले मलाई बैठकमै बोलाउनुभयो। बुबाले सोध्नुभयो, ‘सरु, केटा तिमीलाई कस्तो लाग्यो त ?’मैले भनें, ‘अनुहार हेर्दैमा मानिस चिनिन्छ र ? मेरो विवाहको कुरा अहिले नठाउनुहोस् बुबा ! म एम.ए. नसकी विवाह गर्दिनँ।’ बुबाले दबाबको भाषा बोल्नुभयो, ‘धनीमानी र सभ्य परिवारको केटा माग्न आएका बेला पनि मानिनौ भने हरिकङ्गालसँग परौली, विचार गर। तिमी कति Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : सुन्दर प्रकृति : भव्य संस्कृति

~देवी नेपाल~Devi Nepal

टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा
मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा
योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना
यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा ।

चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना
गैँडा छर्छ अपार जीवनकला बाँच्ने नयाँ चेतना
काँडे भ्याकुर गण्डकीलहरमा बन्दा चिनारी नयाँ
नेपाली मनभित्र सुन्दर छटा बर्सन्छ जैल्यै यहाँ । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~डा. गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

अरुको सहयोग पाउन्जेल निहुरिने
सक्षम भएपछि पन्छिने
अनि आफ्नो विचारको बाणले
सहयोगीलाई नै प्रहार गर्ने
स्वार्थको पर्यायवाची हो मान्छे

आफ्नो विचारको आरती गर्दै
अरुको बद्ख्वाइँ गरी हिँड्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुमिना

~रविन्द्र रिजाल~

भन्दै थिएँ केटाहरूलाई आज बिहीबारै नगरौँ भनेर। कसैले टेरपुच्छर लाको होइन। पार्टी र डान्स भनेपछि सुकेको हड्डी पनि रसाउन थाल्छ ब्रो हरुको। अस्ति भर्खर ख्रिष्टमसको पार्टीमा भैलो खेलेपछिको पार्टीको ह्याङ्ले छोडिसकेको छैन, फेरि पाँच नबज्दै कलेजको गेटमा आइपुगे साथीहरू बाइक लिएर। विद्यार्थीले देखे भने पनि के भन्ने होलान्। भर्खर २ हप्ता भो क्लास लिन सुरू गरेको। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जिन्दगी

~पशुपति कार्की~

कहिले जित्ने कहिले हार्ने तास रहेछ जिन्दगी
हल्लिरहने पेन्डुलम झै खास रहेछ जिन्दगी

अायौँ हामी के लियर,जान्छौ के लगेर पो
व्यर्थै किन रिस राग,बक्वास रहेछ जिन्दगी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

फुच्ची जमुनाका २ छेस्का

~फुच्ची जमुना~ Fuchchi Jamuna

१
प्रिय, उता हेर त धुवा उडिरहेको
कतै तिम्रो दिल त जलेन ? Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

कविता : लेखक यात्रा

~बासु श्रेष्ठ~SONY DSC

सेतो खाली पानामा
शब्दहरुको मरुभूमिमा
वैचारिक शक्ति लिएर
कलमको सहारा लिएर
लेखक यात्रा थाल्दछ ।

सुःख दुःख
आँसु हाँसो
मिलन विछोड  Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तादी किनारको गीत’ भित्रको सामाजिक चिन्तन

~शिशिर पराजुली~Shishir Parajuli

नेपाली साहित्यको आकाशमा थुप्रै ताराहरु छन् । केही तारा चम्किला छन् त केही कम । साहित्यको आकाश यति फराकिलो छ जहाँ हजारौं ताराहरू छन् र ती हजारौं ताराहरूको आ-आफ्नै भूमिका र कर्तव्य छ । यिनै ताराहरू बीच महेश पौड्याल एक परिचित तारा जो अरू तारा भन्दा फरक तरिकाले आफूलाई साहित्यको आकाशमा चम्किलो बनाउने प्रयासमा सदैव लागिरहन्छन् र जो कथा, अनुवाद, नाटक, समालोचना, गीत लेखन र बालसाहित्यमा आफूलाईं सिंचित गर्न साह्रै खप्पिस छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment