कविता : चित्रप्रसाद

~पूर्ण इन्फादा~Purna Infada

पोतेको छु- पसिनाले यो माटोको कण-कण
भिजाएको छु- लछप्पै रगतले
अहोरात्र खटेर
बचाएको छु- मृत्युको मुखबाट
सिकाएको छु- जीवन बाँच्ने कला
जीवनको लय बिग्रेका मान्छेलाई
मजस्तै दीनहीन बेसहारालाई ।

सिंगो जिन्दगी सहर्ष दिएँ गाउँलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छायाँ

~राजेश क्षेत्री~

म धकेल्न खोज्छु यसलाई, पर सारिदेऊ न भन्दै
म लत्याउन खोज्छु यसलाई, कहिले देख्नु नपरोस् भन्दै
झन् टाँस्सिन्छे, हात तान्दै डोर्‍याउँछे मलाई
झन् नदेख्ने गरी कहिले घचेड्छे मलाई ।

जर्फरिएर बिउँझन्छु, मलाई एक टकले हेरी बस्छे
उठेर झ्याल खोल्छु, बाहिर जाली कि भनी
जाडो भएझैँ गरी अझ च्याप्प टाँसिन्छे
बिस्तारै म फर्किन्छु, निदाउँछे कि भनी ।

कुहिरोले ढाक्दा गुम्म परेर मेरो हात सुम्सुम्याउँछे
उज्यालो दिनमा मसुक्क हाँस्दै मेरो अघिपछि नाच्छे
म झोक्रिएको बेला, मेरो टाउको सुम्सुम्याउँछे
पीडामा छट्पटिँदा मेरो शरीरसँगै काप्न थाल्छे ।

अँध्यारो हराउनुपर्ने होइन र ? म आफैँलाई सोध्छु
बत्ती निभाउँछु, आँखा चिम्म गरेर बिर्सन खोज्छु
निस्पट अन्धकारलाई छिचोल्दै अगाडि ठिङ्ग उभिएकी छे
मुसुक्क हाँस्दै, मलाई जिस्काउँदै, मेरो आत्मालाई बुझेझैँ गर्छे ।

बिउँझिएको छु म आज मध्यरातमा अनौठो सपना देखेर
यसले मलाई छोडिछे रे, भन्दै नभनी कता हिँडिछे
पागल झैँ खोज्न थालेँ, आफ्नो अस्तित्व हराएको सम्झेर
मीठो विपना भनेको यही रै’छ, यो काली त यही रै’छे ।

जन्मिँदै यसलाई लिएर आएँ, अब मर्दा पनि साथै लानेछु
सँगै हिँड्छु भन्छे, हात थाम्न खोज्छे, म हात समाइदिन्छु ।

प्रकाशित: श्रावण ५, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

Posted in कविता | Tagged | Leave a comment

छोक : चमत्कार

~विचन्द्र प्रधान~

सलाममा जुन रफ्तार छ
त्यो नमस्कारमा पनि छैन
तिम्रो र मेरो मिलनमा- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलमलाई मेरो आज्ञा

~ज्याकब खालिङ~

आज , एकापट्टी सुनको थालमा

चाँदीको चामल जस्तो टुक्राहरु राखेर

अनि अर्कोपट्टी पात गांसेर बनाएको टपरामा

एक सरो दाल-भात राखेर

म मेरो कलमलाई आज्ञा गर्दैछु – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सीपीको ढिपी

~मिलन बगाले~Milan Bagale

दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ?

सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए।

दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो काम

~माधव सयपत्री~Madhab Sayapatri

‘दिदी, हेर्नुस् त, कमिलाको ताँती। भित्तामा कमिला, भुइँमा कमिला। जताततै कमिलैकमिला। यी कमिला कहाँ जान हिँडेका होलान्?’ दमनले सोधे। दीक्षाले भनिन्, ‘उनीहरूको पनि आफ्नो काम हुन्छ नि भाइ, हेर न, कसरी मिलेर काम गर्छन् कमिलाले।’

दीक्षा र दमन टहरोमा बसी दसैँ बिदाको होमवर्क गर्दै थिए। भूकम्पले घर भत्काइदिएपछि बाबाले बारीको पाटामा जस्तापाताको टहरो बनाउनुभएको थियो। भित्तामा कमिलाको ताँती थियो। कमिलाको लर्को परसम्म पुगेको थियो। दमनले छेस्कोले कमिलाको ताँतीमा छोइदिए। कमिला तितरबितर भए। फेरि ताँती मिलेर हिँडे। अर्को पटक पनि छोइदिए। कमिला यता र उता भए। केही छिनमा कमिला ताँतीमै मिले।

दमनले भने, ‘म सबै कमिला भगाइदिन्छु। यी कमिला हामी बस्ने ठाउँमा किन आएका?’ दीक्षाले सम्झाइन्, ‘हामी बस्ने ठाउँमा कमिला आएका होइनन्। उनीहरू बस्ने ठाउँमा चाहिँ हामी आएका हौँ। टहरो बनाउनुअघि कमिला कहाँ बस्थे, हामीले याद गरेका थियौँ?’

दमनले दिदीले भनेको टेर्दै टेरेनन्। उनले कमिलाको ताँती छोइदिएर खाटमा आए। होमवर्क गर्न लागे। दिदीले भनिन्,
‘तिमी कमिलासँग धेरै नजिस्क है १ तिनीहरू रिसाइसके।’ उनले भने, ‘जाबो कमिला रिसाएर के हुन्छ र? मिचेर सबैलाई मारिदिन्छु म।’ दिदीले भनिन्, ‘ल ल, सबै कमिला भागिसके। छिटो लेख। भात खाने बेला भैसक्यो।’

ल मार्‍यो है १ कमिलाको ताँती त खाटमै आएछ। कमिला कापीमै चढ्न लागे। कापीमा कमिला देखेर दमन झनै रिसाए। ‘लौ न दिदी, कमिलाले हामीलाई साह्रै हेपे। यिनीहरूलाई तपाईं तह लगाउनु न। जे गरे पनि कमिलाले खेदो गर्न छाडेनन्।’

दिदीले भनिन्, ‘कमिलाले हाम्रो खेदो गरेका हैनन्, हामीले कमिलाको खेदो गरेका हौँ। सबै जीव जनावरहरूलाई यो पृथ्वीमा बस्ने अधिकार छ। उनीहरूको अधिकार हामीले मिचेका हौँ। भन त भाइ, कमिला, कीराफट्यांग्रा बस्ने ठाउँमा हामीले टहरो बनाइदिएपछि उनीहरू कहाँ जान्छन्?’

दमनले ठुस्स परेर भने, ‘दिदी पनि कमिलातिरै लाग्नुहुन्छ। भन्नुस् न, अब कमिलालाई खाटबाट कसरी हटाउने? यिनीहरूले हामीलाई टोक्छन्।’ दिदीले भनिन्, ‘कमिलालाई चलाउनु हुँदैन। यिनीहरूले हामीलाई केही गर्दैनन्। कमिला आफ्नो बाटो हिँड्छन्। हामी आफ्नो बाटो हिँडौँ। कमिलालाई हटाउने हैन, हामी हट्नुपर्छ।’ दमनले भने, ‘आ, दिदी पनि जिस्किनुहुन्छ। हामी हटेर कहाँ जाने? कमिलासँग पनि डराएर भाग्ने?’ दिदीले भनिन्, ‘हामी एकछिन बाहिर गएर बसौँ। कमिला कता जाँदा रैछन्।’

दीक्षाले भनेको दमनले मानेका थिएनन्। दीक्षाले भाइको हात समातेर बाहिर ल्याइन्। दुवैजना खेततिर गए। खेतको आलीमा बसेर दिदीले भनिन्, ‘भाइ, उ: त्यो कान्लामा राम्ररी हेर। अनि भुइँमा पनि हेर।’ दमनले भने, ‘किन र दिदी? के छ त्यहाँ? म हेर्छु है त १’

दमनले खेतको कान्लामा हेरे। भुईंतिर पनि हेरे। उनले त्यहाँ कमिला र अरू कीरा देखे। उनले भने, ‘यहाँ पनि कमिला, कीराफट्यांग्रा मात्रै छन् दिदी। मलाई किन कान्लो र भुइँ हेर्न लगाएको तपाईंले?’ दिदीले भनिन्, ‘अब तल्लो कान्लामा पनि गएर हेर। अनि म भनुँला।’

दमनले तल्लो कान्लामा गएर हेरे। गह्रातिर पनि हेरे। त्यहाँ पनि कमिला, कीराफट्यांग्रा देखे। उनले भने, ‘हैन दिदी, कमिलाहरू जहाँ पनि हुँदा रैछन् त १’ दिदीले भनिन्, ‘हो, सबै जीव जनावरलाई यही जमिनमा बस्ने अधिकार छ। हामीले रिस गरेर हुँदैन।’ दमनको चित्त बुझ्यो। उनले भने,

‘हो रैछ दिदी। टहरोमा कमिला आउँदा हामीले उनीहरूको रिस गर्न नहुने रहेछ। ल, अब टहरोमै जाऊँ।’

उनीहरू टहरोभित्र पसे। खाटमा कमिला थिएनन्। भित्तातिर ताँती लागेर हिँडिरहेका थिए। दिदीले सोधिन्, ‘खाटमा कमिला छन् त भाइ?’ उनले भने, ‘छैनन् दिदी। खाटबाट झरेर भित्तातिर गैसकेछन्। अब म कमिलालाई चलाउँदिनँ दिदी। उनीहरू आफ्नो काम गर्छन्। हामी आफ्नो गरौँ।’

भाइका कुरा सुनेर दिदी मुसुक्क हाँसिन्। दिदीभाइ आफ्नो काम गर्न लागे। कमिला पनि आफ्नो काम गरिरहेका थिए।

प्रकाशित: पुस ५, २०७२

(स्रोत :कान्तिपुर – कोपिला )

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित कविता : साँझको चमक

~यि थाइ—गुग~Yi Thai Gug
अनु : केशव सिग्देल

ओहो, त्यहाँ पानी उम्लिरहेछ; बादल आफैँ जलिरहेछ
एउटा वृत्ताकार ग्लोब आगोको भकुण्डोझैँ दन्किरहेछ
यो अहिले अस्ताउँदो क्षितिजमा झुण्डिरहेछ

रातो रगतले लत्पतिएको अग्निको महान चक्र अहिले डुबिरहेको छ Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : केवल आठसय त्रिपन्न शब्दमा

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् “यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -” त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी प्रकृतिबारे भेद गरेको पनि थिइन । तन्मयतासाथ लेख्थें, व्यग्रतापूर्वक त्यसको प्रकाशन मितिको प्रतीक्षा गर्दथें । टेलिफोनद्वारा धेरैलाई सुनाउंथे “फलाना बारको अखवारमा मेरो यस्तो आर्टिकल आउंदैछ, पढ्न नभूल्नू होला ।” अनि त्यो Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छेस्का : हिजो आज दिन अनि

~रोहित राना~Rohit Rana

हिजो आज दिन अनि रातले सताउँछ
उही झुठो बोलीचाली बातले सताउँछ Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

कथा : चुइङ्गम

~दीपेन्द्रकुमार जोशी ‘निक’~Dipendra Nik Joshi

ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक स्त्रीछायासँग ठोक्किन पुग्छ । जसले गर्दा त्यस छायाको सामान तितरबितर हुन पुग्छ । गल्ती उसैको थियो, उसैको लापरवाही अथवा भनौँ न एकोहोरोपनाले गर्दा त्यो घटना घट्न पुगेको थियो । त्यसैले “सरी !” भन्ने सस्तो अङ्ग्रेजी वाक्य ओकल्दै त्यस छायाको सामान टिप्न सहयोग गर्न थाल्छ । उनी भने हल्का बड्बडाहटसँगै आफ्ना असन्तुष्टिहरू पोख्दै थिइन् – “कस्ता आँखा भएका अन्धाहरू होलान् । केटी देख्नै नहुने … जानीजानी ठोक्किन आइपुग्नु पर्ने ! …” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविता ! नाङ्गै पदार्पण मात्र गरी हेर ! !

~डा कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

भाषाको तरङ्गसँगै अभिव्यक्त भयौ ।
मेरो मानसभित्र तिम्रो जन्म भएको छ ।
कविता तिम्रो नाम भयो ।

मानसपुत्री !
नाङ्गै तिमी जन्मेकी छौ ।
कुनैपनि आस्थाहरुले म तिमीलाई बेर्दै छैन ।
नाङ्गै तिमीले स्वाभाविक बाँच्न पर्नेछ ।

घामपानीबाट बच्न
लुगा फगत लुगाका धरोहरुले तिमीलाई बेर्दैछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : खुशी तिम्रैं

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

खुशी तिम्रैं हाँसी राख रुन चाहिं मै रुईदिउँला
सारा आँशु मै पिएर खुशी तिमीलार्ई दिउँला

मन भएर सायद ममा क्षितिजि आशा बाँचिरह्यो
चरी भएर तिमी उड्यो मनको माया मनमै मारियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाटो कामीको सपना

~शिव पी नेपाल~

त्यो प्रमिथसको आगोको फिलिङगो,
हिजो बिहान् लाटो कामीको आरनमा
खलातीको बिंडमा लागेको बाहुबल
देखेर सगरमाथाको फेदिमा
उत्रिएको एक डफ्फा खैरा पर्यटकझै
उत्साहले डुक्रेर चिसिएका
नांगा भिमफेदीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वरहीन

~~ज्योति जंगल~Jyoti Jungle

कहिल्यै प्रेम भएन इश्वर र मेरो,
भक्तिको नाममा न मैले इश्वरको प्रगीत बोलें
सपनाको थप एउटा चगां उडाएं,
मनकै भयको कसिंगर डडाएं,
भजनको लयमा मनोरञ्जन मिसाएर मेरै खुशी गाएं ।
र मन्दिरमा सम्पूर्णतः मैले इश्वरलाई विर्सिएं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हाइ, हाइ हिमाल

~युवराज नयांघरे~Yubaraj Nayaghare

मनबाट बाहिर निस्के हिमालहरू ।

कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।।

गोरखाको उत्तरी थुम्कामा गजधुम्मिएको पुरानो राजमहल । हामी पसिनामा पखालिएर टेकियौं यो थुम्कीमा । अघिको खलखली पसिना अब साटियो चिसोमा । आंखाहरूले सबै थोक हेरी-हेरी हानिए उत्तरतिर । र, हृदयको पाइतोसराइ भयो मास्तिरका शैलशृङ्खलातातिर । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

आधुनिक गीत : के दिएँ र खै ?

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

के दिएँ र खै ? जिन्दगीमा पीर बाहेक
ती आँशुहरु के बने र ? नीर बाहेक

म पिरतीको तिमीलाई दिन्थें सागर
लौ के भो के भो सिद्धिएन हिँडी बगर
के दिएँ र खै मरुभूमि तिर बाहेक Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आई झिकि देउ न !

~बासु श्रेष्ठ~SONY DSC

आमा ! काँढा मन्मा बिझ्यो
आई झिकि देउ न !
दाईले घोच्यो भाईले घोच्यो
आई सघाई देउ न !

दाजु कंश भाई रावण
छैनन् कोहि मानव
स्तनपान तिम्रो गरे
तर भए दानव !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उसको आत्मकथा

~खेमलाल पहारी~Khemlal Pahari

थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो भएका रहेछन्| उनी कुनै घरानियाँ बिदेशी नश्लका ‘एल्सिसिएन्’ थिए रे| मेरी आमा यही सहरको कुनै सबर्बमा जन्मेर गरिबीमा हुर्किएकी अभागिनी थिईन्| मान्छेहरू भन्छन् बैंसमा त स्याल पनि घोर्ले हुन्छ त्यस्तै मेरी आमा पनि बैंसमा निकै लोभलाग्दी हुँदिहुन् र त सहरका गन्यमान्य भनाउंदाहरु उनको पछाडि तँ छाड म छाड गर्दै पछि लाग्थे रे| मेरी आमाको एक रात पाउन, टौवामुनि दुई चार घण्टा बिताउन, बाटोनेरको कुलाको डिलमा, करेसा बारीमा, बनमाराको झाडीमा उनलाई अंगालो हाल्न, उनका अंग प्रत्यंगको नापतौल लिन अथवा भनौं उनको उर्बर भूमीमा उनीहरुको जवानीको पसिना बगाउन उनिहरु ज्यान लिन र दिन पनि हिच्किचाउँदैनथे रे| उसबेला तिनै अंगिकृतले स्थानीय बंसजवालाहरुलाई दपेटन सफल भएर आमाको मन जितेका रहेछन्| तर आमासँग छुटेकै पल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : नोट

~अवधेश कुमार~ Awdesh Kumar
अनु : लक्ष्मण अर्याल

उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ |

मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका साथ यसरी हेरेँ जसरी मेरो छोरो आकाशको उंडिरहेको चंगा हेर्छ | Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कथा : शत्रु

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मनको पिर धुन्न

~भूपेन्द्र महत~Bhupendra Mahat_1

धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न

माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : र टेक्यौ जलाई

~विजय योजीत~Bijaya Yojit

जलें हूँ म काँटी र टेक्यौ जलाई
बुझें जिन्दगानी छ जस्तै सलाई !

निभायौ तिमीले कि आँधी चलेथ्यो
थिएँ या म आफैं मधूरो बलाई ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : न अमेरिकन भए न नेपाली भए

~राकेश कार्की~Rakesh Karki

कुर्सीको मोह हुनेहरु अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : किन आउँथ्यो याद तिम्रो

~रामनाथ घिमिरे~Ramnath Ghimire

किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए
तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए
प्रीत रोपी फूल रोपेर, नगोडेको भए
फूलेपछि बगरमा, नछोडेको भए

छेपारोले जस्तै रंग फेर्यौ बेइमानी
धनकै लागि विश्वासघात गर्यौ बेइमानी
आज तिमीले मेरो साथ नछोडेको भए Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : वास्तविक रूप

~सिन्धु गौतम~Sindhu Gautam

बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हाम्रो दायित्व

~देवी नेपाल~Devi Nepal

भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू
भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू
ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो
गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो ।

फोस्रा ढोँग भए अनन्त रचना लेखिन्न माटो जहाँ
अन्धाधुन्ध हिँडेर पुग्नु र कहाँ देखिन्न बाटो जहाँ
दाँजोमा अब पुग्नुपर्छ सृजना त्यो विश्वसाहित्यको
हाम्रा काव्यकला सिँगार्नु छ अझै दायित्व हाम्रै त हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : बस्छु म त हिमालको छायाँमा

~प्रेम विनोद नन्दनPrem Binod Nandan

बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली माया Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : याद

~जे पि दाहाल~J P Dahal

तिमी कहाँ जाने होला,म कहाँ जाने हो
दोवाटोमा भेट भयो,माया केलाई लाउने हो ।
भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन
दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।।

तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं
जीवन हाम्रो एक भए दिल भिन्ना भिन्न भनौै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : पुतलीको मामाघर

~रत्‍न प्रजापति~Ratna Prajapati

छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’

छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी चाँडै मामाघर जाने। हामी मामाघर जाँदा धेरै राम्राराम्रा फूलहरू फुलेका हुन्छन्।  Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : एक अँजुली घाम

~हिरण्य भोजपुरे~Capture3

आस्थाको मान्द्रोमा
सुकाएको छु
एक अँजुली घाम Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~Rupesh Shrestha

आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन।

शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो दृश्यांस । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : म छिट्टै आउने छु

~बाबु लामा~Babu Lama

मलाई सम्झी नरुनु है आमा
म फर्की आउने छु !
हलो र जुवा काँधाम बोकी आफ्नै
खेत बारी धाउन छु !
असारे गीत गाउदै फेरी मर्सी धान
लाउने छु !

त्यो तिम्रो हातले पकाएर दिएको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment