कविता : दीयोकॊ ईतिश्रीः

~बासु श्रेष्ठ~SONY DSC

तेल हालुाजेल बल्ने
यो बत्ती
प्रकाश त दिन्छ
आफ्नै मुनी अन्धकार छरेर
त्यस अन्धकारमा
मनपरी तन्त्र चलाउँछ
जगलाई प्रकाश छरेको ज्याला लिँदै
आफ्नै मुनीको अन्धकारमा
आफ्नो बर्चस्व बचाउन
नाना भाँतीका खेल रच्छ ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भिन्न परिवेशको एउटै चोट

~प्रकाश के.सी.~Prakash KC

दृश्य नं. १ : ०

”रक्सीको मात हुनुपर्छ, त्यसपछि ऊ हाँसेन ।” तर, रक्सीको मात नै यति पर्याप्त हुन्छ कि हाँस्नका लागि कुनै कारण चाहिँदैन । ”हाँसो बेलगाम फुस्किने कमजोर स्थितिमा ऊ ढल्मलाएर पनि हाँस्दै गर्दैको अवस्थाबाट एक्कासी चुप लागेको छ ।” उसका साथीहरुलाई हाँस्नको लागि अब अर्को कारण यथेष्ट भएको थियो त्यसपछि । सँयोग नै हो, कुनै एउटा जँडिया, त्यही समूहबाट कमेन्ट्री गर्दैथियो । हाँस्नेहरु र हाँस्न सक्नेहरुले समायोजित त्यस समूहमा उसको ‘लाइभ-कमेन्ट्री’ले के प्रभाव पार्‍यो, उही जानोस्, यथार्थ यो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शावुल शाण्डिल्यका चार छेस्का

~शावुल शाण्डिल्य~

१.
पासा जाल सकेसम्म फेकिँदैछ ऐले
दर्शनको नारा भीड देखिँदैछ ऐले
सु–शासनको नयाँ भाका झिकीझिकी
अन्धाहरूलाई ऐना बेचिँदैछ ऐले ।

२.
इज्जत जान्छ भनी कति डर मान्छन् Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाइटो सन्काउने !

~चट्याङ मास्टर~Chatyang Master

गज्जब फेसन आयो यो, टाउको टन्काउने !
आँखा छोपी चश्माले, नाइटो सन्काउने !!

प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको !
चोली छोटो हो कि यिनको भित्री तन्केको !!
Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : भिजेको लुङ्गी

~बद्री पलिखे~Badri Palikhe

पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्‍यो ।चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको एकजना पुरुष जसलाई म पहिलेदेखि नै चिन्दछु । अर्की युवती थिइन् जसलाई म चिन्दिन थिएँ । दुवै पानीले भिजेका थिए । तौलिया दिएँ । उहाँहरूले तौलियाले जीउ पुछ्नुभयो । ती युवतीलाई मैले कुनै चलचित्र या कुनै फिल्मी पत्रिकामा देखेको हुनुपर्दछ । ठम्याउन सकिन । परिचय भयो । भलाकुसारी कुराकानी पनि भयो । पूर्वपरिचित पुरुषले पाँच प्लेट मःमः मगाउन पैसा दिनुभयो । रेष्टुराँको नाम र ठेगाना पनि बताउनुभयो । मैले हुन्छ भनेर छाता ओढेर मःमः रेष्टुराँमा गएँ र अर्डर गरेँ ।

Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो जोकास्टा आमाको समर्थनमा

~हाङयुग अज्ञात~

महावाणी
ओ मेरो जोकास्टा आमा
अब म तिमीसित बिहे गर्छु,
र टाइरासीयस बूढोको छाला काढेर
एकजोर जुत्ता सिलाउँछु !
-श्री ५ हाङयुग अज्ञात
ओ ! मेरो जोकास्टा आमा
जसरी नपुंशक समयको विरूद्घमा
कुनै बेला
भर्जिन मेरीले येशु ख्रिष्ट जन्माइन्
तेसरी नै तिमीले जन्माइसकेकी छौ
बिना सम्भोग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रै ठूले प्रधानमन्तरी भो !

~गोबिन्दबाबु तिवारी~Govinda Babu Tiwari

हौ झुम्से !

के के न गर्छु भन्थे तोरीलाहुरेहरू
खूबै पो गरेछन् त हौ !
अचाक्ली नै गरेछन्
छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि
मरी मरी हाँसेछन्
आफ्नो भन्नु त्यै एउटा लँगौटी
त्यो पनि सूनको किस्तीमा हालेर
बिचरो ठूलेलाई जिम्मा लाइदिएछन् ।
तर झुम्से ‘जो कुछ् भो ठिकै भो’ है
यिनले गर्दा हाम्रो ठूले प्रधानमन्तरी भो
कि कसो हौ झुम्से ? Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~Biwash Pokharel

‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो ।

‘सर बिजी हुनुहुन्छ भनिदेऊ’ एकमनले लाग्यो व्यस्तताको बहाना झिकेर फर्काई दिऊ उसलाई । मलाई भेट्न आउने आइमाई अरु को होली र ! त्यही बहुलाई त होली ! त्यही ‘काउसो’ त होली ! जसले मलाई त्रासद छाया बनेर जिन्दगीभर पछ्याइरहेकी छे । खबर ल्याउने पियनले विशेष प्राथमिकता दिएको ‘लेडिज’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना देख्ने बानी गरौं

~केशव भट्टराई~Keshab Bhattarai

सपना देख्नु पर्छ यस्तो मलाई लागेको छ,
मैले, तिमीले अनि हामी सबैले सपना देख्नैपर्छ
सपनाविना विपना कसरी सुखद हुन सक्छ र ?
कल्पनाविना यथार्थ कसरी श्रृजना हुन सक्छ र ?

सपना देख्नमा पनि किन कंजुस्याई ?
आखिर सपना नदेख्दैमा कसले के नै पाएको छ र ?
सपना देख्दैमा कसले के नै गुमाएको छ र ?
यसैले जतिसक्दो धेरै सपनाहरु देख्ने गरौं,
जतिसक्दो राम्रा,अनि रहरलाग्दा
एकसे एक उत्कृष्ट र आनन्ददायी सपनाहरु देख्ने गरौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराध बोध

~टंक वनेम~Tanka Wanem

मान्छेभित्र पलाउने संवेदना
पहाड जस्तै ठिङ्ग उभ्न थालेपछि
वर्तमानको बिरुद्धमा
कविताले नङ्ग्रा तिखार्न थाल्छ,
तरवार उध्याउन थाल्छ,
बन्दुक पड्काउन थाल्छ,
कविताको अनुहार
कविता जस्तो नभएर
द्वैध चरित्रको नक्कली अनुहारले सिँगारिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखको पर्याय

~शिव प्रकाश~SHiva Prakash

मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकताभित्र
यौनका नवीन सँस्करण
घाम-जूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडकी रानी

~महेश रेग्मी~

तिमी हिँडेपछि
तिमीसँगै
म हिँड्ने बाटो पनि हिँडेछ ।

अब मसँग हिँड्ने बाटाहरु छैनन्
अब मसँग हेर्ने आँखाहरु छैनन् ।

छोरी हिँड्ने गरेको बाटोमा
एउटा छाया हिँडिरहेको छ
तिमी हिँड्ने गरेको बाटोमा
लासैलास हिँडिरहेका छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्ता कस्ता छन् !

~राकेश कार्की~Rakesh Karki

मन्दिर भित्र-बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दुस्ख आँशु झारी खप्नेहरु छन् ।

कोही मुसा बनी पसेर सिँह बनी गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन् । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~Aayam Phuyal

बेजोडले गड्गडाउँछ
खोलो गर्जेर बग्छ
हजारौँ टरबाइन घुमाउने
शक्ति भिरी आउँछ
तर…
टरबाइन झोलामा बोकिन्छन्
र शक्ति गएर गाउँमा पोखिन्छन्!
एक साता पछी,
ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ
सजीव लासले गिज्याउँछ
निर्जीव लासले पनि गिज्याउँछ
र तीन पाउण्ड पाउरोटी फाल्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : डायनाः मेरो पार्टनर

~पवन आलोक~Pawan Alok

म इम्मा स्मिथ । डायना मेरो पार्टनर – मेरी श्रीमती । म डायनाको पार्टनर उस्की श्रीमती ।

आज ४ जुलाई २०१५ । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस । अमेरिकाभरि आजको यो दिनलाई धुमधामसँग मनाइयो । फायर वक्र्स र विभिन्न कार्यक्रमहरुको आयोजना गरियो सबै स्टेटहरुमा । डायना र मेरो जोडीको लागि यो वर्ष महान र अविस्मरणीय रहेको छ । मलाई लाग्छ डायना र म मात्र होइन, सम्पूर्ण अमेरिकी समलिंगी जोडीहरुको लागि यो दिवस साँच्चिकै ऐतिहासिक रहेको हुनुपर्छ । ५ जुलाई शनिबार सार्वजनिक विदा परेकोले सो दिनको सट्टा ४ जुलाई शुक्रबारकै दिन स्वतन्त्रता दिवसको सट्टा विदा दिने निर्णय भएकोले अब तीन दिन लगातार सार्वजनिक विदा पाइयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : साँढेहरु

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

यी मान्छेका नामधारीहरु
जहिले पनि आफूलाई
साँढ नै ठानिरहन्छन्
यिनले जन्मदैमा
थप उपहारमा
दुइटा खुट्टा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : विवशता

~बिनोद गुरागाँई~Binod Guragain

एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् । तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । एक थप्पड हानिन् उनले त्यो अबोध बालकको गालामा । पुर्लुक्क मतिर हेर्यो अनि केहि भन्न खोज्दै, टोलाएका ऑखा मोडेर लाग्यो त्यो बालक उनको पछिपछि । केही पर पुगेपछि पछाडि हेर्र्यो र आफ्ना अवोध ऑखा झिम्कायो त्यसले । मानै ऊ नै संसारको सबैभन्दा तगडा घमण्डी अनि निडर बच्चा । प्रत्येक दिनको चारबजे टेकुको शिक्षण पेसाको काम सकेर पैदल लाग्छु सानेपा बासस्थानतर् । टेकु – कालोपुल ह‘ुदै सानेपा चोकतर्फ तर किन किन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मायाको मुल्य …..

~राजु छेत्री ‘अपुरो’~Raju Chhetri 'Apuro'

हरेक आइतबारको बिदामा झैँ आज पनि नास्ता बोकेर आइ ऊ ।

तर आज उसको एकदम निन्याउरो अनुहार देखेर मैले सोधेँ – तबियत त ठिक छ ?

म त ठिकै छु तर मम्मी….!

अचानक रोकिन पुगि ऊ ।

मम्मीलाइ के भयो र ? मैले आत्तिदै सोधेँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा: शहीद

~सुशीला देउजा~Sushila Deuja

आज सहिद दिवस । स्वर्गमा पुगेका सहिदहरु आफूहरुले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलब्धिबारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन् । देशले द्रूत गतिमा विकास गर्नेछ । जनता सुखी र सम्पन्न हुनेछन् । कसैको धाकधम्की र दवावमा बस्नुपर्ने छैन भन्ने हाम्रो सपना थियो । त्यसैको लागि हामीले जीवन बलिदान दियौं तर आजपर्यन्त देश र जनताको हालत झन झन खराब हुंदै छ । के कारणले यस्तो भएको होला ? ती यस्तै यस्तै छलफल गर्दै थिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हस्ते घर आउन मानेन

~माधव बुढ़ाथोकी~ Madhav Budhathoki

दँशैमा आनुपर्ने हस्ते, आएन । बंगलोर गएको तीन बर्ष भयो । यसपाली त आउँछु भन्थ्यो आएन । आमाले यो पाली छोरो आउँछ भनेर आशा गरेकी थिइन् , बाबुलाई पनि छोरोले आएर दँशै उज्यालो बनाउनेछ भन्ने लागेको थियो । दँशै आउनु हप्ता दिन अघि दँशै खर्च पठाइदिएछ । गाउँको चन्द्रबीरको हातमा स्वास्नी र नानीलाई अनि बाबु आमालाई लुगा पठाइदिएछ । उसले आउन मन गरेनछ यो पाली पनि ।

विहे गरेको तीन बर्षमा उ कमानको काम छोड़ेर बंगलोर लागेको , स्वास्नीलाई काम दिएर । सनमान गाउँको रहरसिंग कान्छाको छोरी वसु प्राइमेरी पढ़दा संगै पढ़ेकोसित उसले विहेबारी गऱ्यो । छोरी जन्मेपछि एकदिन हठात हस्तेले वसुलाई कमानको काम सुम्पेर तिलकबहादुर, सुकचन्द्रहरूसित लागेर बंगलोर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुँगुर चेतना

~जीवन दहाल~Jiwan Dahal 'Pidit'

एउटा अनुचरले मलाई चित्रगुप्तका अघि उभ्यायो यमलोकको दरवारमा र चित्रगुप्तलाइ जम्लाहात गरेर भन्यो-“यसलाइ पनि लिएर आएँ भगवन ।”

“अकस्मात मलाइ यमलोकमा देखेर चित्रगुप्तले बिष्फारित नेत्रले मलाइ हेरे अनि अनुचरतिर फर्किएर सोधे-“यो मनुवालाई यति चाँडै किन ल्याएको ? यसलाइ ल्याउँने बेलै भएको थिएन त ।”

“अवधी नपुगी ल्याएको हैन त भगवन , यस मनुवाले जानी-जानी काल निम्त्याएर आफैले आफुलाइ यमलोकमा ल्याउँन बाध्य बनाएर ल्याइएको चैं पो हो त “-अनुचरले करजोडी जोडि उत्तर फर्कायो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मधु माधुर्यका पाँच हाइकु

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

अण्डा कि फूल ?
मात्र ढाँटको गेडो –
अप्रिल फुल !

गणतन्त्र? खै –
गाँस-बास-कपास ?
अप्रिल फुल ! Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : डोरीतान्ने खेल

~खेमलाल पहारी~Khemlal Pahari

तथाकथित ”मधेस पहाड’ विखण्डन कप’ डोरीतान्ने खेल झण्डै छ महिनाको राजनितिक रस्साकस्सीपछि दर्जनौं खेलाडी र सयौं रमितेहरूको प्राणकै आहुति दिएर बल्लतल्ल टुंगियो। यति लामो समयसम्म डोरी तानिरहदँदा कतिका हत्केलाका खाला गए र कतिका पैतालै च्यातिए। टन्टलापुर घाममा बिच सडकमा घम्साघम्सी गरिरहँदा कतिका लगाएका लुगा फाटे त कतिका कपाल र छातिका रौं समेत गायब भए। के डाक्टर इन्जीनियर, के शिक्षक ब्यापारी सबै कामधन्दा छोडेर यो खेलका मुक दर्शक बनेका थिए।

यता खेलमा बेलाबेलामा थकाइ मार्ने छुट्टी हुन्थ्यो त्यही मौका छोपेर दुवै पक्षका खेलाडीहरू दिल्लीको बजारबाट बिभिन्न पोषण मगाएर शक्ति संचय गर्दथे र फेरी मैदानमा झर्दथे। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : अन्त माया लाएको छैन

~बाबु लामा~Babu Lama

उकाली नै उकाली परेछ भाग्यमा
समथर भेटीएको छैन !
मन भरी चोट भए पनी मुटु रेट्ने
साराङ्गी धुन सँगै बिराहि गीत
गाएको छैन !

तिमीले पो हजारौ साथी पाएकी हौली
हजार संग माया लाएकी हौली
म त तिमीले जहाँ छाड्यौ त्यही नै छु
अझै अन्त माया लाएको छैन ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ट्याक्सी नम्बर २२८०

~हरिहर खनाल~Harihar Khanal

झण्डै दु्ई महिना पहिले लामो विदेश बसाइपछि ऊ घर आइपुगेको थियो । त्यति बेला उसको मन असाध्यै प्रफुल्ल भएको थियो । अमेरिकामा उसको लागि सबै कुरा सुलभ थियो । बाह्र वर्षसम्म त्यहाँ बस्ता ऊ पूर्ण रूपमा त्यहाँको वातावरणसित भिजेर घुलमिल भएको थियो । उसको जीवन एक किसिमले भन्दा नयाँ गोरेटोमा प्रवेश गरेको थियो । तर त्यहाँ सबै सुखसुविधा भएर पनि उसको मन समयसमयमा बाबु आमा, घर परिवार र स्वजनहरूलाई सम्झेर निकै उद्धेलित हुन्थ्यो ।

त्यसैले होला, त्यहाँको नागरिक भैसकेपछि पनि समयसमयमा उसलाई उसको जन्मथलो , उसको मातृभूमि र उसका आफन्तहरूको सम्झनाले घरिघरि सताउँथ्यो र त्यो दुःखद स्मृतिबाट उन्मुक्ति पाउन बेला मौकामा नेपाल आउने र बाबुआमा, इष्टमित्र र आफन्तहरूसित केही समय बसेपछि फेरि नयाँ घरतिर फर्कने गर्दथ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विपरीत फल

~मिना लामिछाने~Mina Lamichhane

समय—समयको कुरा हो । समयचक्रकै कारण ‘रामसिं’ पनि टाढा रहन सकेन त्यसैले अब ऊ बुढेसकालको चपेटामा घचेटिँदै गएको छ । आफ्नो जिन्दगीमा अत्यधिक सङ्घर्षहरूको सामना गरेर बुढेसकालमा सुखमय जीवनयापन गर्ने उसका सपनाहरू सपनामै परिणत भएका छन् । उसले यो धर्तीको माटोमा आफ्नो रगत र पसिनाले धेरै नै सिंचित गरेको रेकर्डहरू जानिफकारहरू पनि बताउँछन् र आफैले नै यो कुरा स्वीकार्दै आफ्नो दुःखेसो ‘चन्द्रकान्त’ सँग पोख्न सुरु गर्छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रात ढलेको थिएन

~गोपीकृष्ण प्रसाई~ Gopikrishna Prasai

यो रात औंसीको रात
आकाशमा टह टह ताराहरु चम्किरहेछन
जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला
बगिरहेछ कतै जीवन रुपी खोला
थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर
निन्द्रा बल्झाउनुको पीडाले
वार्तालाप चलिरहेछ रात संग आज
रात पनि बोल्छ म पनि आफ्ना कुराहरु खोल्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : विभक्ति

~डा. राजेन्द्र भण्डारी~

म छु
तिमी छौ
बीचमा ‘लाई’ भइदिएको भए
मलाई तिमी हुनेथियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो माझी

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

पुरानो टालोमा
एक मुट्ठी सातु पोको पारेर
एकाबिहानै
लाग्छ ओरालो नदी किनार !
नाङ्लो जत्रो मन लिएर
र्झछ तल-तल
र्फकंदा चाल्नो हुन्छ उसको मन
छिया-छिया खुइय्य र्फकन्छ ऊ
निरस र्फकन्छ ऊ !
सेतै फुलेको कपाल
चाउरी परेको गाला
धमिलो देख्ने एक जोडा आँखा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शीरबाट खसेको त्यो गुराँस !

~रामनाथ खनाल~Ramnath Khanal

अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने छाँगोको आवाजमा भिन्नता आयो कि उस्तै होला ? भष्मे मुन्तिर घाम ओरालो लागेपछि ढल्कने दिनका आकार र गोधुलीको रंग उस्तै होला या त्यसमा पनि भिन्नता आइसक्यो ?

बाँसको झ्याङमा साँझ नपर्दै र विहान नझर्दै कोकोहोलो हाल्ने सारौँका बथानहरूको चिरविर पनि बदलिए कि उस्तै होलान् ?
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अँ साँची

~आयाम फुयाल~Aayam Phuyal

अँ साँची, अब कर्णाली नबग्ने अरे,
मर्स्याङ्दी नसुसाउने अरे,
भोटेकोसी सन्यास लिने अरे,
अनि त्रिशुली सुख्ने अरे!

अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे,
कन्चनजंघा पग्लिदिन्छ अरे,
मकालु र मनास्लु एकादेशका भइदिने अरे,
अनि साइपल र जुगल भासिदिने अरे!

अँ साँची, हिमाली डाफे आफुलाई कालो देख्नचाहन्छ अरे, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : होटलमा

~नरेन्द्रकुमार नगरकोटी~Narendra Kumar Nagarkoti

घरिघरि ऐना हेर्छु
र कानमाथिबाट मिलाउँछु
छरिएका कपाल

मिलाउँछु
आफ्नै कमाइले अस्ति भर्खरै फुटपाथमा किनेको सर्टको कलर
मनमा खेलिरहने कुराहरू भने
कहिल्यै मिलेर आएनन्
जतिचोटि बल्छ ग्याँसको चुल्हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment