कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~Shashi Lumumbu

यस पृथ्वीमा —

तिमीजस्ता धेरै मानिसहरू बस्दछन्
तिमी जे सोच्दछौ
त्यो तिनीहरू पनि सोच्न सक्दछन्
तिमी जे बोल्दछौ
त्यो तिनीहरू पनि बोल्न सक्दछन्
देख्दछन् तिमीले झैँ

उनीहरूले पनि सुन्दर सपना
नठान— ममात्रै सत्य हुँ
र, भ्रम हुन् अरु सबै….!

सत्य हो — Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले जन्माएको बाउ

~प्रदीप कन्दङवा~Pradeep Kandangwa

मेरो वालसुलभ प्राकृतिकताको उपज हुन सक्छ त्यो, जो अकारण र निर्विघ्न मेरो मानसपटलमा आएर उफ्रिरहन्छ, नाचिरहन्छ, जिस्किरहन्छ र खेलिरहन्छ अनि भत्किन्छ यसरी, जस्तो त्यहाँ बम ब्लाष्ट भएको होस, र वस्तुतः म हलचल गर्न सक्दिन । लाग्दछ, म र्सवाङ्ग अपाङ्ग भएको छु । हिंड्ने खुट्टाहरु छैनन् मेरा, हातहरु काटिएका छन्, आखाँहरु बन्द छन्, कानहरु केवल आकारमा सीमित भईदिएका छन् । यसरी र्सवागं अपाङ्ग तर जीवनरत एउटा शालिक पो भएछु म त । शालिकमा जीवन हुनु, उत्कण्ठा हुनु, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : कस्तो मजा

~दुर्गालाल श्रेष्ठ~Durga lal Shrestha

प्राणीमा ठूलो मान्छे हो भनी
भनेको कल्ले हो –
पशुले होइन, पन्छीले होइन
मान्छे आफैले हो ।

ठूलो छ मान्छु, मान्छेको घर
लवाई-खवाई
बसेकै छ उ यतिको ठूलो Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ ?

~विक्रम सुब्बा~Bikram Subba

तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन्

मेरो सपना पनि हराएको थियो
हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो
मेरो आफ्नो फैलावट हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाँउ छैन

~कल्पना राई~Kalpana Rai 'Khusi'

नदी मिल्छ दोभानमा, हामी मिल्ने ठाँउ छैन
कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन

डालीबाट फूल झर्यो, काँडा देख्छु हाँगाभरी
ढुङ्गामाथी बज्रिदिन्छ मन यहाँ छाँगासरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भगवान

~ईश्वरी कार्की वर्षा~Ishwari Karki Barsha

आँ आँ गर्दै
पहिलो पटक
मैले सिकेको शब्द हो
आमा
मैले गरेको
पहिलो स्पर्ष
आमालाई हो ।

याद छ मलाई
आफ्नो भाग्को भन्दा
आमाको भागको
मीठो लाग्थ्यो ।

मेलापातबाट थाकेर
घर पस्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुखाँ हानु जस्तो

~प्रेम ओली~Prem Oli

अफिस गयो
काम गराउने घेर्ने
भ्याइ नभ्याइ गर्‍यो काम
हाकिमले ढिला सुस्ती भनि हेर्ने
साहायकलाई अह्रायो टेर्दै नटेर्ने
टेन्सनले एक प्याक तानु जस्तो
थुइक्क जागीर ! मुखाँ हानु जस्तो ।

जति राम्रो गरे पनि
पत्रकारको कलमले
सधै नराम्रो कुरो मात्र छेर्ने
मन्त्रीले कुरो कुन्थ्रो नबुझिकन
अफिमा बोलाएर केर्ने Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साँढेको सिङबाट चुहेको दूध

~पुरुषोत्तम दाहाल~Purusottam Dahal

मेरा आँखा अगाडि
बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट
अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन्
र मानव भीड पङ्क्तिबद्ध
दूधेरो बोकेर उभिएको छ
कसैका बाल्टीभरि दूध छ
कसैका करुवाभरि
कोही त ड्रम बोकेर आएका छन्
गाउगाउहरूबाट
बस्तीहरूबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सल्लाह

~मदन राई ‘लामाखुले’~Madan Rai 'Lamakhule'

हे…..ल्लो,,…..

यो, ….कठामण्डू हो त नि ..? त्यहाँ कम्रेड रावल साहव होईसिन्छ त ?

हे..ल्लो …हेल्लो ,…….

कम्रेड…म पार्टि कार्यले मईन्द्रनगर कन्चन्पुरबाट बोल्या छु । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : युरोपका युवतीहरु

~युयुत्सु आरडी शर्मा~Yuyutsu RD Sharma

डेनहाग्, नोरदेन्डेका

साँघुरा गल्लीहरुमा

देख्नेछौ तिमी जताततै

मात्र ती झ्याले पुतलीहरु

हिन्दुका चौरासी हजार देवीदेवताका

मूर्तिहरुझैँ वाराणसी वा काठमाडौँका गल्लीहरुमा Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : शान्ति आइनन्

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

अणु बमको बिष्फोट संगै
धुजा धुजा भएर च्यातिएकी,
पिइसकेको रक्सीको बोतलसंगै फ्यालिएकी,
फुत्किएकी मेसिन् गन मिजाइलहरूबाट,
त्यो कोलाहलदेखि
ज्यानमारा बन्दी झैं
हिडेकी आश्रयको खोजीमा कहीं,
रावणले हरेकी सिता झैं
खोसिएकी मेरो जिन्दगीदेखि,
प्रचण्ड हुरीको चक्रब्यूहले रन्थन्याएकी,
आकस्मिक भीमकाय खहरेले लगारिएकी,
आज यी छातौराक बथानमा छैनन्
यी सुन्तलाले चुलिएका डोकामा छैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो कुन हो माया

~राम कृष्ण आचार्य~

अल्मलिएको मनको प्रश्न मेरो कुन हो माया,
हजार तारा हो की कहीँ एउटा जुन हो माया |

सम्झनाले रोपी रोपी घाऊहरु बनाइदिन्छ,
मन मात्र कि नसा नसा बग्ने खुन हो माया | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सुदूर भविष्यवाणी

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

कुनै नयाँ शताब्दीको एक साँझ
अनायास जानेछ एउटा डरलाग्दो भूकम्प !

र उँभो– उँभो पहाडतिर बग्न थाल्नेछन् नदीहरू !
रङ्गहरूले सिंगारिएर बनेका
मालिकका गुँडहरू भग्नावशेष लडिरहेछन्
यत्रतत्र ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सरुको हार

~जानकी जानु~Januka BK 'Janu'

जीबनमा जितेर पनी कहिले काँही कसैको खुसीको लागी हार्नु पर्ने रहेछ आज त्यहि हारमा पलपल जली उनको मायामा तिरस्कृत भई बाँचेकी छु । खै कहाँबाट शुरु गरौं मैले आफ्नो जीबन कथा ? भएर न अन्त्य भयो न अन्त्य हुनलाई शुरु भयो, कसरी म भुलौं जीबन तिमीसँग बिताएका अतितका ति पलहरु ? तिमीले झै भूल्न सकेकी भए त आज बारम्बार तिम्रो यादमा तड्पिने थिईन होला । जीबन बिछोडको बियोगमा जलिराखेकी छु, हिजोको त्यो हाँसो खुसीहरु कहाँ गयो थाहा भएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आग्रह

~आश्रय रवि~

काडाँघारीको
जंगली मान्छेलाई
फूल नपठाईदिनु
महोदय
जब कि मलाई
फूलभन्दा काडाँनै
प्रिय लाग्छ
म चाहन्छु फूलको
अपमान नहोस्
अध्यारै-अध्यारो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मैले मृत्युको अनुभव गरिसकें

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।

मृत्यू आनन्द रैछ ।
मृत्यू शान्ति रैछ ।
मृत्यू कामना रैछ ।
मृत्यू भावना रैछ ।
जीवनको अन्तिम सत्य मृत्यू मात्र रैछ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए पाक्मा

~आश्रय रवि~Aashray Rabi

ए पाक्मा
कति घुर्क्याउँछौ
कति रिसाउँछौ…
यो ताङ्साङसँग
सबै छुट छ तिमीलाई
पोखिन्छु झरी बनेर
अनि भिजाउँछु तिमीलाई।
तिम्रै लागि भनी
जून तारा
हाम्रै लागि भनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घरभित्र एउटा घर

~विप्लव ढकाल~Viplav Dhakal

हाम्रो घर एउटै छ !
यो घरको सुनको छानो एउटै छ
हरियो आँगन एउटै छ, रङ्गीन फूलबारी एउटै छ
तर बाबा र मामुले हेर्ने ऐनाहरु छुट्टै छन् !
बाबा र मामु सुत्ने ओछ्यानहरु छुट्टै छन् !
…….
हाम्रो घरभित्र पस्ने बाटो पनि एउटै छ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : महत्त्व

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

बार्दलीमा बसेर
खोकिरहेको बृद्ध मान्छे
सोच्दो हो
किताबका भारी बोकेर
सिमाना काटेका छोराछोरीहरू
धर्तीको
कति नं. अक्षांश र देशान्तरमा
सपनाका गलैचाहरू बुनिरहेका होलान् ?
कुनै अधबैंसेलाई
कतै बसमा, माइक्रोमा, टयाक्सीमा वा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : इजिप्ट तातेको अठार दिन

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ लाखौको संख्यामा प्रदर्शनकारीहरु जम्मा हुने क्रम शुरु भएको थियो, होस्नी मुबारकको बिरोध गर्दै, उनको राजिनामाको माग गर्दै। म तहरिर स्क्याएरबाट केही पर रहेको एउटा अपार्टमेन्टमा थुनिएको थिए। त्यो अपार्टमेन्टमा बस्ने व्यवस्था मेरा एक काइरो निवासी मित्रले मिलाई दिएका थिए, खासमा म उनैको निमन्त्रणमा त्यहाँ पुगेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पोस्टमार्टम रिपोर्ट

~चन्द्र गुरुङ~Chandra Gurung

यो लास
त्यही मान्छेको हो–
प्रत्येक तोडफोडमा
जो बोक्दै विदेशी भाला र तरबार
खोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरू,
हिँड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरू
–कुनै निरङ्कुश शासकलाई अग्रगमनकारी भन्दै
–विष्णुको विशुद्घ अवतार मान्दै
दरबाररूपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Full Moon at the riverbank

~Krishna Bhushan Bal~Krishna Bhushan Bal
Trans : Mukul Dahal

Looking into the mirror
of emerald meadow of waters,
the moon has flashed a fruity chuckle.
Tickled at the gentle touch of breeze
the water spreads wavelets,
and the entire moon appears to be a neonate, Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

छोक : आस्था

~यज्ञेश~Yagyash Dhwoj Karki

आस्था हृदयका कुनाकाप्चामा खोज, खोताल
मसीका मन्त्र, बोलीका प्रवचनमा होइन,
त्यहाँ सायद, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : इँजार

~नयनराज पाण्डे~Nayan Raj Pandey

‘ए आशा ! कहाँ छ्यौ अचेल तिमी ? के तिमीले अझै ओठमा लाली लगाउँछ्यौ ? अझै गाजल लगाउने गरेकी छ्यौ आफ्ना ठूलठूला आँखामा ? रातो धागोले दुई चुल्ठो बाट्छ्यौ अझै पनि ? तिम्रो केशबाट के अझै आउँछ चमेली तेलको बास्ना ? पाउमा पाउजू लगाउँछ्यौ अझै पनि या नियतिको निर्दयी जंजिरले बेरिएकी छ्यौ अचेल ?’

अहँ, जवाफ कतैबाट आउँदैन । आउँछ त बस् एउटा अग्लो लहर, एउटा चिसो छाल र एउटा सुकिलो बास्ना । आशासित जोडिएका सम्झनाहरूको लहर, उसैको सम्झनाको चिसो छाल र उसकै शरीरबाट निस्कने मादक बास्ना । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा प्रतिको आभार

~गिरीप्रसाद बुढा~ Giri Prasad Budha

अनौठो यो ब्रहमाण्ड
अनन्त छ नि भनिन्छ
यसको शुरु कहाँ हो
कुन विन्दुमा सकिन्छ !
।१।
रहस्य मात्रै होइन यो
संसार बोधगम्य छ
यो धर्ति भित्र मान्छेको
अस्तित्व सुन्दर रम्य छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आकाशभरि

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

आकाशभरि नौ लाख तारा एउटै तारा साथ छैन
आशु धेरै बगी सक्यो अझै भन्छौ घात होईन

मुटु चुडी फुल भन्छौ पीडा के हो वात छैन
साथ छोड्या छैन भन्छौउकालीमा हात छैन
अघिअघि तिमी हिड्छौ भेट हुने आशा छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बिग्र्यो

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

बोलाएर हैन नहाँसेर बिग्र्यो
लजाएर हैन नआँटेर बिग्र्यो

पैलो पैलो प्रेम अनूभुति थियो
टोलाएर हैन नबाँडेर बिग्र्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अनन्त यात्राको शुरुवात

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

म दैव हुँ !
मूर्खहरुको भिडसंग डराउँछु,
र
लोचन उघारेर
हतार हतार उक्लिन्छु
हाँस्दै हाँस्दै म,
आफ्नै घरको तलामाथि-

किनकि मैले देख्नु छ |
यो पृथ्वीको धरातल
मैले नाप्नु छ, आकाशको आयतन-
साँझ बिहान जीवन खेल्ने आँगन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : तीन कुरा

~गङ्गा कर्माचार्य पौडेल~Ganga Paudyal

अभिशेषलाई बिरामी हजुरआमा छोडेर स्कुल जानै मन लागेन । उस्ले आफ्नी आमासँग सोध्यो “आमा ! आज म स्कूल जान्न है -”

“किन नजाने – दिनभरी हल्लेर बस्न -” प्रति प्रश्न गरिन् अमिलाले ।

“हैन आमा घरमा बसे पनि लेखेर पढेर बस्छु” अभिषेकले भन्यो ।

“उसो भए तँलाई पैसा खर्च गरेर किन स्कुल भर्ना गर्नु पर्‍यो -” जङगीएर भनिन् तिनले अभिशेष नबोली हजुरआमाको कोठामा गयो र नजिकै बस्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : चे ग्वेभारा

~उमेश राई “अकिञ्चन”~Umesh Rai Akinchan

मेरो घरको
बाटो भएर हिँड्छ देश
चे ग्वेभारा अंकित टोप लगाएर
युवा जोशमा कस्सिएका मुठीहरु उचालेर
क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर
दौडिन खोज्छ देश ।

चैतको मौसममा आउने आँधी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर्खेत छोड्दा

~अमर शाह~

यहीँ रहनेछ उत्तरको अग्लो डाँडो

र, यतै छुट्नेछ

सूर्योदय र सूर्यास्तमा रंग बदल्ने आकाश

भेटिने छैनन् अब

बाटोघाटो र बजारमा

परिचित, अर्धपरिचित धेरै मुस्कानहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पूजे

~बेईमानी बर्मू~

अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा – आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने – तर त्यल्ले कत्ति कुरै बुझ्दिन। त्यस्को खास नाम त पूजा भन्नि थाहा भैहाल्यो, हैन। तर मैले त, कस्सम, कैलेपनि तेल्लाई पूजा भनेर बोलाको छैन। जैलेपनि पूजे। एक हप्तादेखि त्यो पनि अर्कै मान्छे जस्तो भकी छे। बोल्न पनि मन गर्दिन। क्यै सोध्यो भने मुन्टो मात्रै हल्लाउँछे – बोलिहाली भने पनि हो कि हैन मात्र भन्छे। हो र हैन भन्दा लामो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment